नागरीक सर्वोच्चताको आन्दोलनप्रति यूरोपभरिका प्रगतीशिल संगठनहरुको ऐक्यबद्धता

                                                                                मिती ०८ नोभेम्वर ०९

प्रेस बिज्ञप्ति                                      

 

जनयुद्ध र जनआन्दोलनको रक्षा गरौं

नेपाली जनताको आन्दोलनलाई सहयोग र समर्थन गरौं

 

जनयुद्ध र जनआन्दोलनको उपलब्धी स्वरुप संबिधानसभाको निर्वाचन पछि देश शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याई नयां संविधान  निमार्ण भई देशको पुनर्संरचनामा लाग्नु पर्नेमा यथास्थितिवादी,प्रतिकृयावादी,सामन्त,दलाल तथा नोकरशाही तत्वका प्रतिनिधिका रुपमा रहेका नेपालका केही राजनैतिक दलहरुको शान्ति प्रकृयालाई ध्वस्त पार्ने षडयन्त्रमा मोर्चावन्दी गर्दै आन्दोलनका उपलव्धीहरुलाई एक पछि अर्को गर्दै ध्वंस गर्ने प्रकृयामा लागेकाले त्यसका विरुद्ध नेपाली जनता फेरी  आन्दोनमा उत्रन बाध्य भएका छन ।

    बिधानतः कार्यकारी अधिकार प्रप्त जननिर्वाचित सरकारको निर्णयलाई उल्ट्याएर सामन्तवाद साम्राज्यबाद अनुदार सैन्य शक्ति र दक्षिणपन्थिहरुको षडयन्त्रस्वरुप राष्ट्रपतिको मुकुण्डोलाइ अगाडी सारेर आधा रातमा कु भएको छ । नागरीक सर्वोच्चताको आधरभुत मुल्य र मान्यतालाई कुल्चदै सैन्य सर्वोच्चता लादिएको छ । राष्ट्रपतिको उक्त असंबैधानिक कदमले देशलाई मुठभेड र गृहयुद्ध तर्फ धकेल्दै लगेको छ भने शान्ति, संबिधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रकृयालाई सैनिक आतंकको भरमार ध्वस्त पार्ने योजनामा प्रमुखतः नेकपा एमाले, नेपाली कांग्रेस लगायतका केही दलहरु लागेका छन् । परिणाम स्वरुप नेपालको राष्ट्रीय अस्मितानै ध्वस्त हुने कुरा ब्यवहारतः पुष्टी हुंदैछ । त्यही षडयन्त्रलाई कार्यान्वयन गराउने योजनाको गर्भबाट बर्तमान यथास्थितिबादी र आत्मसमर्पणबादी कठपुतली सरकार गठन भएको हो ।

      बर्तमान कठपुतली सरकार र सत्ताधारी बर्ग बृहत शान्ति संझौताको मर्म, निर्वाचनमा ब्यक्त जनअभिमत, शान्ति र संबिधान निर्माणको मर्म बिपरीत छ । यो सरकार आन्दोलनको उपलब्धीहरुको क्षयिकरणमा निर्लिप्त छ भन्ने कुरा सरकार गठन गरे लगत्तै पुरानो सरकारले गरेको निर्णयलाई फटाफट उल्ट्याउदै प्रतिगमनको पक्षपोषण गरेवाट नै प्रष्ट भएको छ ।

   लोकतन्त्रको सुगा रटाईबाट नथाक्ने तर राष्ट्रपकिो असंबैधानिक कदमको बारेमा नेपाली जनताको सर्वोच्व थलो संबिधान सभामा छलफल सम्म गर्न तयार नहुनु र कठपुतली सरकारका रक्षा मन्त्रिले बृहत शन्ति समझौताको पुनरावलोकन हुनुपर्छ भन्दै सैनिक सर्वोच्चतालाई स्थापित गर्न खोज्नु र शान्ति सम्झौता विपरित क्यान्टोनमेन्टमा रहेका जनसेनाहरुलाई  अपमान गर्दै निशष्त्रिकरण गर्ने अभिव्यक्तिहरु दिनु ,भारतीय राजदुतले बर्तमान कठपुतली सरकारलाई टिकाई राख्न गरेका बिभिन्न कसरत उपयुक्त षडयन्त्रका पछिल्ला अभिब्यक्तिहरू मात्र हुन् ।

   संबिधानसभाको निर्वाचन र संघिय लोकतन्त्रिक गणतन्त्रको घोषणा बिगतमा सम्पन्न आन्दोलनका उपलब्धी भएता पनि देशको अर्धसामन्ति र अर्धऔपानिवेशिक अवस्थामा कुनै आधरभुत परिवर्तन भएको छैन, न त राज्यसत्ताको बर्गचरित्रमा कुनै आधारभुत परिवर्तननै भएको छ ।

    राष्ट्रीयता जनतन्त्र र जनजिविकासंग संबन्धित देश कुनै पनि अधारभुत समस्या समाधान भएका छैनन् । बर्तमान सत्ताधारी बर्गसंग यी समस्याहरु सामधान गर्ने सोच दृष्टीकोण र कुनैपनि योजना छैन र हुन पनि सक्दैन । यो कठपुतली सरकार जनयुद्ध र जनआन्दोलनको उपलब्धीलाई क्षयीकरण गरेर नेपाललाई यथास्थीतीमा फर्काउने योजनमा मात्र छ ।

    सारमा बर्तमान द्धन्दको चुरो प्रश्न सघिय लोकतान्त्रिक गणतन्त्रलाई ब्यवहारिक अर्थमा श्रमजिबीबर्गको गणतन्त्रको रुपमा बिकास र संस्थागत गर्नेकी यसलाई सामन्तवादी,दलाल तथा नोकरशाही पुंजीपतिहरुको क्रिडास्थलको रुपमा प्रयोग गर्न दिने भन्ने नै हो ।

   तसर्थ अहिले एनेकपा माओवादीको नेतृत्व र संयुक्त राष्ट्रिय जनआन्दोलनको आह्वानमा उठेको नागरीक सर्वोचाताको आन्दोलन भनेको जनताको गणतन्त्रलाई संस्थागत गर्ने आन्दोलन हो भन्ने ठहर गर्दै यसप्रति युरोपमा रहेका प्रगतीशिल संगठनहरुको छाता संगठन संयुक्त नेपाली मोर्चा यूरोप लगायत यूरोप भरिका प्रगतीशिल संगठनहरुले सक्रिय समर्थन तथा ऐक्यबद्धता जाहेर गर्दछ ।

 

धन्यवाद

 

संयुक्त नेपाली मोर्चा, युरोप

अध्यक्ष

नवीन सापकोटा

 

नेपाली जनजाति सरोकार मञ्च, युरोप

अध्यक्ष

राम वहादुर गुरुङ

 

नेपाली जनप्रगतिशिल मंच, बेल्जियम

अध्यक्ष

विष्णु भुजेल

 

नेपाली जनजाति सरोकार मञ्च, वेल्जियम

अध्यक्ष

राम वहादुर गुरुङ

 

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम

अध्यक्ष

कृष्ण तिवारी

 

नेपाली जनप्रगतिशिल मंच, फ्रान्स

अध्यक्ष

अशोक घले,

 

अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी

अध्यक्ष 

प्रभाकर शर्मा

 

नेपाली ऐक्यवद्धता मंच, स्वीट्जरल्याण्ड

अध्यक्ष  

अशोक चौलागाई

 

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोचुगल

अध्यक्ष

राम वहादुर गौचन

 

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड

संयोजक

तुलसी अंगाई

 

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी

अध्यक्ष

गंगालाल श्रेष्ठ

 

नेपाली जनप्रगतिशिल शान्ति समाज, अष्ट्रिया

अध्यक्ष

राजेश खतिवडा

 

नेपाली समाज युके, सम्मेलन आयोजक समिति

संयोजक 

रण बहादुर के सी

 

नेपाली जनप्रगतिशिल मंच, स्पेन

अध्यक्ष

ईश्वर शर्मा

 

नेपाली समाज, नर्वे

संयोजक

डा कृष्ण अर्याल

 

तमु राष्ट्रिय मुक्ति मोर्चा ,वेल्जियम

संयोजक

गम वहादुर गुरुङ

 

मगर राष्ट्रिय मुक्ति मोर्चा, वेल्जियम

अध्यक्ष

कुल वहादुर मगर

 

नेपाली प्रगतिशील महिला मञ्च, वेल्जियम

अध्यक्ष

कल्पना मगर

 

नेपाली जनप्रगतिशील मञ्च, डेनमार्क

संयोजक

उदय गौतम

 

नेपाली जनजाति सरोकार मञ्च, नेदरल्यण्ड

अध्यक्ष

बृख सुब्बा 

यस्तो छ, माधव नेपालको भारतीय दलाली

प्रधानमन्त्री माधव नेपाल भारतीय दलाल र तिनकै कठपुतली हुन् भन्ने कुरा उनले पछिल्लो समयमा व्यक्त गरेका विचारहरूले पुष्टि गरिरहेका छन् । यसैको पछिल्लो चरणमा हालै वसेको संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको बैठकमा उनले भने, ‘नेपाल-भारतबीच कालापानी र सुस्ताबाहेक अन्यन्त्र सीमा विवाद छैन, विवाद भनेर गरिएको प्रचारमा समेत कुनै तुक छैन ।’ उनले भारतीय राजदूत र मन्त्रीले जस्तै सीमा विवाद ९८ प्रतिशत हल भइसकेको बताएर आफू पक्का भारतीय दलाल भएको सार्वजनिक गरे । Read More…

एमालेले दुखायो सल्लाहकारको चित्त

हालैका दिनहरूमा एमाले नेतृत्वले एकिकृत नेकपा -माओवादी विरुद्ध देखाएको रवैया र कम्युनिस्ट आन्दोलन विरोधी चिन्तनलाई लिएर एमालेका सल्लाहकारहरू चिन्तित भएका छन् । सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाजस्ता घोर दक्षिणपन्थी र जनविरोधी तत्त्वलाई शिरमा राखेर एमाले नेतृत्व पार्टिभित्रका प्रगतिशील शक्तिलाई सिध्याउन लागिपरेको भन्दै उनीहरूले एमालेबाट इमानदार कार्यकर्ताहरूले विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । एमालेका केन्द्रीय सल्लाहकार रामचन्द्र अधिकारीले एमाले दक्षिणपन्थीहरूको गोटी बनेको बताउदै यस्तै चाल रहिरहे केही वर्षमै एमाले सिद्धिने बताए । Read More…

किन भइरहेको छ चीनलाई कमजोर पार्ने षड्यन्त्र ?

- ठाकुरप्रसाद देवकोटा

चीन अहिले उदियमान शक्तिका रूपमा विश्वको शक्ति सन्तुलनमा जबरजस्त उपस्थित भएको देश हो । यसको आर्थिक प्रगतिसंगै सामरिक विकासले विश्वका अन्य शक्तिकेन्द्रहरूलाई सशंकित पारेको छ । जसका कारण अन्य शक्तिकेन्द्रहरू चीनको बढ्दो विकास गतिलाई निश्चित आकारमा राख्न चाहन्छन् । हङकङ ताइवान, तिब्बत र अल्पसंख्यक जातीय विद्रोहलाई मलजल गरेर चीनलाई क्षत-विक्षत बनाउन चाहने शक्तिले विभिन्न बहानामा यसलाई उकासिरहेको छ । यीमध्ये तिब्बत र दलाई लामा ती शक्तिकेन्द्रका लागि गतिलो मसला भएको छ । Read More…

बेल्जियममा नेपाली दुतवास घेराउ गरिने

-      दधिराज घिमिरे, बेल्जियम

 नेपाली जनताको सर्वोच्चता स्थापना तथा राष्ट्रपतिको असंबैधानिक कदमले  नेपाली जनतामाथी लादिन लागेको निरंकुशताका बिरुद्ध नेपाली जनताले चलाएको आन्दोलनलाई सक्रिय सहयोग र समर्थन गर्न बेल्जियम नेपाली दुतवास घेराउ गरिने भएको छ । Read More…

जनताको मुक्तिका लागि जस्तोसुकै कष्ट भोग्न तयार

हुमप्रसाद बस्याल / दहवन, रोल्पा

 बृहत शान्ति सम्झौता अनुसार विगत ३ वर्षदेखि क्यान्टोनमेन्टमा बस्दै आएका जनसेनाहरु अझैं पनि थुप्रै समस्या र जटिलताका दिन बिताइरहेका छन् । टिन र त्रिपालले बेरेका चिसा घरभित्र ओढ्ने ओछ्याउने र लगाउने लत्ता कपडाहरुको अभाव कायमै छ, हिउंदयामको चिसो बढ्न थालेपछि जनसेना कसरी चिसोबाट बच्ने चिन्तित भएका छन् । चिसो बढिसक्दा पनि कुनै व्यवस्था  नगरिएकाले जीर्ण बनेका त्रिपाल र पुरानै कपडाहरु प्रयोग गर्न उनीहरु बाध्य भएका छन् । Read More…

आन्दोलनको उठान गर्नुपर्ने आवश्यकता र शर्तहरु

- विश्वराज न्यौपाने

 सन् १९९० को दशकतिर संसारमै कम्युनिष्ट नदेख्नेहरु दोस्रो जनआन्दोलनपछि नेपालमा समेत कम्युनिष्ट साफ भएको सपना देख्न थाले । विश्वमै प्रजातन्त्रमात्र देखिरहेकाहरुले चुनवाङ बैठकपश्चात् नै भन्न थाले नेपालको माओवादी शक्तिले पनि अब कांग्रेसको बाटो लियो, एमालेको बाटो लियो र चिल्ला गाडीमा हिड्न सिक्यो, जनतालाई ढांट्न जान्यो आदि आदि । १० बर्षसम्म अविरल र अथकरुपले जनयुद्ध सञ्चालन गरेको पार्टी किन र के का लागि प्रजातन्त्रभित्र अवतरण गर्‍यो भन्नेतर्फ सोच र विमर्श नै नगरी जनतासामु अफवाह फैलाउंदै हिड्नु प्रतिक्रियावादीहरुको नियत हो र यसबाट प्रष्ट हुनु जनताको कर्तव्य पनि हो । Read More…

बिचल्लीमा पर्दैछन् विदेशीएका महिलाहरु

सुशीला आचार्य

 फुस्रो अनुहार, मानौं शरिरमा रगत नै छैन कि जस्तो । वैदेशिक रोजगारका लागि विदेश गएर घोराही नगरपालिका-१० बस्ने सीता केसी (नाम परिवर्तन) भर्खरै घर आइपुगेकी छिन् । आर्थिक अवस्था कमजोर भएकोले सानो उमेरमा पढ्न नपाएको गुनासो गर्ने सीता भन्छिन्- ‘धेरै मान्छेहरु विदेश गएको कुरा सुनेकी थिए, थोरै समयमा धेरै पैसा कमाउने सोचाईले मलाई पनि विदेशप्रतिको मोह जाग्यो ।’ कुन देशमा जान कति रकम लाग्छ ? के काम पाइन्छ केही पनि थाहा थिएन उनलाई । Read More…

नागरिक सर्वोच्चताको सुनिश्चितताको लागी …

सर्जन गौतम

 मुलुक तिव्रताका साथ मुठभेडको दिशातर्फ प्रवेश गरिरहेको छ । लामो समयदेखि मुलुकमा प्रमुख राजनीतिक दलहरुका शीर्ष नेतृत्वको बीचमा कायम गर्न खोजिएको सहमति प्राप्त हुन नसक्दा मुलुक मुठभेडको दिशातर्फ प्रवेश गरेको हो । माओवादीका नेताहरुलाई थुनेर बजेट पारित गर्ने, माओवादीलाई पेलेर भएपनि ठीक गर्ने धम्कीहरु सरकारी मन्त्रीहरुबाट आइरहंदा एकिकृत नेकपा माओवादी सम्बद्ध संयुक्त क्रान्तिकारी जनपरिषद्ले निर्णायक प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि मुलुकको राजनीति वार कि पारको स्थितिमा प्रवेश गरेको छ । Read More…

नयाँ दुर्घटना देखि सावधान

-      मंगल शर्मा

हाम्रा राजनैतिक पार्टीहरूमा समयमै काम नगर्ने र फुर्सदमा पछुताउने रोग पहिले देखिको हो । उनीहरू स्वदेशी हुन् या विदेशी वार्ता छलफल आदिमा प्रायः गृहकार्यको कमी भएको भन्ने गरिन्छ । झट्ट हेर्दा सहभागीहरूको कमीकमजोरी देखिए पनि वास्तवमा त्यस्ता सहभागी व्यक्तिहरू वास्तविक रूपमा स्वतन्त्र हुंदैनथे । तर अहिलेको परिवेशमा त्यस्तो नहुनुपर्ने हो । विशेषगरी शान्ति सम्झौता देखि अहिलेसम्मको अवधिलाई मात्र मूल्याङ्कन गर्ने हो भने पार्टीहरूले समयमै गर्नुपर्ने निर्णय एवं कार्यहरू यथा समयमै हुन नसकि हतारमा लतार प्रकारले निर्णयहरू गर्ने र हतारमा गरेका कार्यले ल्याउने कमीकमजोरीहरूबाट पन्छाउनुपर्ने अवस्था सृजना भएको देखिन्छ । त्यो रोग यति व्याप्त छ कि आफ्ना निहित स्वार्थ देखि दलहरू माथि उठ्न सकेको देखिएन । वर्तमानको सदन गतिरोध त्यसैको पुनरावृत्तिमात्रै हो । Read More…

लोकप्रिय हुंदैछन् कृषि सहकारी पसलहरु

प्रकाश चौधरी / घोराही

उपभोक्ताहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन थालेपछि दाङका गाउंगाउंमा सञ्चालित कृषि सहकारी पसलहरु  दिन प्रतिदिन लोकप्रिय बन्दै गएका छन् ।

‘गाउं-गाउंमा सहकारी, घर-घरमा भकारी’ भन्ने एकीकृत माओवादी नेतृत्वको सरकारले लिएको नीतिअनुरुप जिल्लाका प्रायजसो गाविसमा सस्तो सहकारी पसलहरु खोलिएका हुन् । Read More…

सरकारी कार्यालयमा सेना, सेवा दिन समस्या

विनोद ढकाल, रेडियो गोरखा -

 

आठवर्षदेखि कार्यालय भवन नेपाली सेनाले प्रयोग गरेपछि जिल्लाका तीनवटा सरकारी कार्यालयले सेवाग्राहीलाई सेवा दिन समस्या परेको गुनासो गरेका छन् ।

गोरखा नगरपालिका – ८ नाम्जालीडांडास्थित जिल्ला पशुसेवा, जिल्ला वन र जिल्ला भू-संरक्षण तथा जलाधार कार्यालयमा बिगत आठ वर्षदेखि नेपाली सेना बस्दै आएको छ । आफ्नो भवनमा सेना बसेपछि ती कार्यालयहरुले गोरखा बजारमा घर भाडामा लिएर  दैनिक कामकाज गर्दै आएका छन् । Read More…

सुनसान हुंदैछ गाउं

विनोद ढकाल

 

हिन्दु नेपालीहरुको महान चाड बडादशै मनाउन यसवर्ष अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि देशका बिभिन्न ठाउंमा वसोवास गर्ने र विदेशमा वस्ने गोरखालीहरु गाउं फर्के । यातायात ब्यवसायीहरुका अनुसार अघिल्ला वर्षहरु भन्दा यसवर्ष आउनेहरुको संख्या धेरै रह्यो । वर्षदिनमा एकपटक आउने चाडबाडमा विदा मिलाएर घरमा आउने, आफन्त साथीभाइहरुसंग भेटघाट रमाइलो गर्ने उद्देश्यले पनि मानिसहरु गाउं आएका हुन् । दशैको केही दिन भएपनि मानिसहरु गाउं आएकाले गाउंको मुहार नै बदलिएको भान भएको थियो । प्राय सुनसान हुने गाउंघर २/४ दिन भएपनि रमाइलो भएको थियो । दशैं मनाउन आएका युवाहरुले गाउंका वाटो वरपरका झाडीहरु फांडेर चिटिक्क बनाए, पिङ हाले, पाटि पौवा, चौतारा, कुवा, धाराको सरसफाइ गरे , उनीहरुले गाउंलाई दुलही झै सिंगारे Read More…

काठ दाउरा र वालुवा बेचेर विद्यालय सञ्चालन

विनोद ढकाल, रेडियो गोरखा –

 

गोरखाको वोर्लाङ गाउं विकास समितिको पाटनदेवी निम्न माध्यामिक विद्यालय विगत १४ वर्षदेखि खोलाको बालुवा र स्थानिय सामुदायिक वन समुहको सहयोगमा सञ्चालन भइरहेको छ । नेपाल सरकारबाट प्राथमिक तहको मात्र स्थायी अनुमति पाएको विद्यालयले माध्यामिक तह सञ्चालनको लागि स्थानिय ज्यादुल खोलाको बालुवा बिक्री र वन समुहसंग सहयोग लिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले बताए । स्थानियले खोलाबाट बालुवा लैजादा विद्यालयलाई प्रतिपाथी ५० पैसा तिरेर लैजाने गरेका छन् । जसबाट उठेको पैसाले विद्यालयले शिक्षकलाइ तलब खुवाउछ । Read More…

निरर्थक बन्दै गएको सहमतिको प्रयास

लामो समयदेखि अबरुद्ध राजनैतिक गतिरोधको अन्त्यका लागि देशका प्रमुख ठूला तीन दलहरु दशैं अघिदेखिबाट वार्ता र सम्वादको थालनी गरेको भएतापनि अहिलेसम्म सहमति हुने कुनै संभावना देखिएको छैन । बरु सहमति जुट्ने संभावना क्रमशः न्युन हुंदै जान थालेको देखिन्छ । सदनमा देखिएको गत्यावरोधलाई हटाउन सत्तामा रहेका प्रमुख दल कांग्रेस-एमाले गैरजिम्मेवार भएर राष्ट्रपतिको गलत कदमलाई सच्याउन नमान्दा सहमतिको कुरा जनतालाई आश देखाउने प्रयासमात्र हुन गएको छ । Read More…