- धर्म लामिछाने
नेपाली इतिहासमा आफ्नो पहिचानलाई सुनौला अक्षरमा कोर्न सफल गोरखा जिल्ला नेपाल र नेपालीको परिचयको सुचक मानिन्छ । विश्वमै गोरखाली विरताको परिचयले नेपाललाई नचिन्ने देश प्रायः छैनन् होला । विश्वलाई थर्काउदै अधिकांश देशहरुलाई आफ्नो अधिनमा राख्न सफल अंग्रेजहरु समेत गोरखाली विरहरुसंगको नराम्रो पराजय वेहोरेर खेदिनु परेको अमर इतिहास ताजा वनेर वसेको छ । नेपाली वीरहरुको साहस, धैर्यता, कुटिलताले नै आज विश्व इतिहासमा हाम्रो देश नेपाल कसैको अधिनमा नरहेको अहंकारले हामी आफ्नो शिर उच्च पारिरहेका छौ । भौगोलिक अखण्डताले सिंगारीएको देश नेपाल दुई तिर विकसीत राष्ट्रको विचमा आफ्नो भौगोलिक परिधी सांधुरो भएपनि विश्वमै अद्धितिय नमुनाको प्रतिक वनेर आफ्नो परिचय दिईरहेको छ । यस्ता विविध पक्षवाट सवल रहेको हाम्रो देश नेपालको अभिन्न अङ्गको रुपमा साथै नेपाली अर्थतन्त्रको धरोहर तथा पर्यटकीय क्षेत्रको रुपमा पनि गोरखा जिल्लालाई मानिन्छ । खासगरी नेपालको अर्थतन्त्रको मुख्य आयश्रोतको रुपमा पर्यटन क्षेत्रलाई लिईन्छ । पछिल्ला दिनहरुमा आम्दानीका अनेकौ श्रोतहरुको संभावना रहेतापनि हालको अवस्थामा पर्यटन क्षेत्र नेपाली अर्थतन्त्रको अव्वल दर्जामा रहेको छ । विश्वकै सवैभन्दा अग्लो हिमाल सगरमाथा रहेको देश नेपाल प्राकृतिक सम्पदा पौराणीक कला साहित्य मानव जिवनमै विशुद्ध मनोरम दृश्यावलोकन नेपाली रहन सहन भौगोलिक विविधताको अनुपम उपहार नेपाली विशिष्ट जिवनशैलीका कारणलेनै नेपाली पर्यटनका चिनारीहरु ताजा भएर रहेका हुन् । नेपाली पर्यटन क्षेत्रको विशेष हिस्सा उत्तरी भागमा रहेका मोतिका दाना सरी फैलिएका हिमालका विशाल पंक्तीहरु हुन् । नेपालको अधिकांस जिल्लाहरुमा हिमाल रहेका छन् । यस मध्यको मनासलु हिमालपनि एक हो । गोरखा जिल्लामा रहेको यो हिमाललाई नेपाली पर्यटन क्षेत्रले पहिलो दर्जामा राखेको छ । यस जिल्लाको उत्तरी भेगमा रहेका ७ वटा गाविसहरु – सिर्दिवास, विही, ल्हो, प्रोक, सामागाउं, चुम्चेत, छेकम्पारलाई संरक्षण क्षेत्रको रुपमा मनासलु संरक्षण क्षेत्र आयोजना ( Manaslu Conservation Area Project- MCAP ) ले ब्यवस्थापन गर्दै आइरहेको छ । यस क्षेत्र मुख्य गरी हिमाल, चट्टान र घांसे मैदानले ढाकेको छ । यो क्षेत्र प्राकृतिक दृष्यावलोकनका अलावा निरमसी, चिराईतो, पाँचऔले, पध्मचाल, यार्सागुम्वा जस्ता बहुमुल्य जडिबुटीको भण्डार समेत मानिन्छ । यस संरक्षण क्षेत्रको कुल क्षेत्रफल १ लाख ६३ हजार तीनसय हेक्टर रहेको छ ।
गोरखा जिल्ला पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो । यसको माथिल्लो क्षेत्र साहसीक पर्यटन, अनुसन्धान भ्रमण तथा प्राकृतिक रुपमा पनि सुन्दर ठाउं भएकाले प्रायः विदेशी पर्यटकहरु आउने गर्दछन् । हिमाल चढ्ने पदयात्रा गर्न मनपराउने पर्यटकहरुका लागि यो क्षेत्र उत्तम मानिन्छ । वर्षेनी मनासलु क्षेत्रमा हजारौ पर्यटकहरु मनासलु हिमाल आरोहण तथा दृश्यावलोकन गर्न आउने गर्दछन् । यो हिमाल समुन्द्रि सतहवाट करीव ४९१० मिटर भन्दा उचाईमा रहेको छ । पुर्वमा चिनको स्वशाषीत क्षेत्र तिव्वत उत्तरमा लमजुङ्ग जिल्ला तथा मनाङ्ग जिल्लाको सिमाना रहेको, मनासलु हिमालको पदयात्रा गर्दै लम्जुङ्गको वेसीसहर हुदै फर्कनपनि सकिन्छ । किनकी यो हिमालको वेशक्याम्पवाट लार्केपास हुदै लम्जुङ तथा मनाङ जिल्लामा पनि जान सकिन्छ, कतिपय पर्यटकहरु वेशक्याम पार गरी लम्जुङ तथा मनाङको विभिन्न ठाउहरुमा पनि घुम्न जाने गर्दछन् ।
ट्रेकिङको मज्जा लिने हो भने काठमाण्डौवाट २२ दिनको यात्रा पछि ८१६३ मिटर अग्लो मनासलु हिमाल पुग्न सकिन्छ । पदयात्राको शुरुवातमा काठमाण्डौवाट एक दिनमा गोरखा वजारसम्मको वसवाट गरिन्छ । वाँकी दिनहरु पैदलयात्रावाटै गर्नुपर्ने हुन्छ । गोरखा जिल्लाको विभिन्न क्षेत्रमा अझै मोटर वाटो पुग्न सकेको छैन तापनि सदरमुकामवाट अरु क्षेत्रमा पक्कि सडक वन्न सकेको छैन । त्यसैलेपनि पदयात्राकालागी निकै कठिन महशुश भएको छ । तर यसले पदयात्रामा कुनै असर पार्दैन । मनासलु पदयात्राका लागी सम्पुर्ण वन्दोवस्तीका सामाग्रीको प्रवन्ध पहिलेनै गर्नुपर्छ खाध्यान्न सामाग्री लगायत प्राथमिक उपचारका लागी औषधि समेतको प्रवन्ध गर्नु पर्दछ । गोरखा देखी सम्पुर्ण सामाग्री वोकाएर लैजानुपर्ने भएकाले आवश्यकता अनुसार भरिया (porter) को व्यवस्था मिलाउनु पर्छ । आवश्यक प्रवन्धको तैयारी पश्चात पदयात्राको सुरु गरिन्छ मनासलु हिमालको मनोरम दृष्य हेर्न र प्रकृतिसंग मितेरी लगाउन ।
मनासलु हिमालको पदयात्राको पहिलो दिन काठमाण्डौवाट गोरखासम्म तय गरिएको छ । “अतिथी देवो भव” को भावनाले ओतप्रोत गोरखा जिल्ला र जिल्लावासीहरुको सत्कार सहित पहिलो दिनको यात्रा समाप्त गर्न सकिन्छ । भौगोलिक विविधताका कारण साथै विभिन्न उकाली ओराली हिड्नु नै पर्ने हुनाले पैदल पदयात्रा प्रायः एक दिनमा २० देखी २२ कि. मि. मात्र गर्ने गरी यात्राको तैयारी गरीएको छ । दोश्रो दिनमा हामी खाञ्चोक वजार (Khanchowk Bazaar) सम्मको यात्रा गर्न सकिन्छ । २२ दिनको लामो पदयात्राका क्रममा स्वदेशी तथा विदेशी पर्यटकको साथमा प्रकृतिका मनोरम छटाहरुको अवलोकन गर्दै निकै उत्साहपुर्ण तरीकाले दोश्रो दिन समाप्त हुन्छ । तेस्रो दिन आरुघाट वजार ( Arughat)सम्मको यात्रा गरिन्छ । आरुघाट वजारको वसाई पश्चात बांकीका प्राय दिनहरुको यात्रा हामी वुढी गण्डकीको किनारै किनारवाट गर्दछौं । चौथो दिन आरुघाटवाट आर्खेत वजार, स्याम्राङ्ग वजार हुदै सोती खोला (Soti Khola) सम्म पुगी वास वस्न सकिन्छ । आरुघाटवाट माथीका यात्रामा उचाई वढ्दै जाने भएकाले अलिक चिसोपना महशुश हुन्छ, सोतिखोलावाट चिसोको सिरेटोसंगै हिउपनि भेटाईन्छ । यि स्थानहरुमा प्रायः पर्यटकहरुकालागी सामान्य रुपमा होटलहरु समेत राखीएको पाईन्छ । पांचौ दिन माछाखोला (Machha Khola) पुग्न सकिन्छ, सोतिवाट माथिका क्षेत्रहरुमा आलु फापर, जौ आदिको मात्र खेति हुन्छ । निकै चिसो हुने भएकाले अन्य खेति गर्न सकिन्न । छैटौं दिन जगतगाँउ (Jagat) पुग्न सकिन्छ यहां ससाना पहाड जस्तोगरी हिउ जमेको छ । त्यहां हिउ खेल्नकालागी पर्यटकहरु निकै उत्साहित हुन्छन् किनकी त्यति उचाईमापनि समथर ठांउ रहेको जगतगाँउ सांच्चै मनोरम रहेको छ । सातौ दिन देङ्ग (Deng) गाँउसम्मको यात्रा हुन्छ, यहां गोरखा वा आरुघाट वजारवाट वोकाएर लगीएका खाद्यान्नहरु मात्र पाईने भएकाले खाद्य सामाग्री ज्यादै महङ्गो तथा दुर्लभ मात्रामा पाईन्छ । आठौ दिन घाटगाँउ (Ghap) पुगिन्छ अरु ठांउ भन्दा यो अलि रमाईलो ठांउ छ किनकी यहांको भुभागमा चारैतिर हिउ देखिन्छ, चिसो वातावरणले गर्दा सवै पाल भित्र वसी नाच गान गर्नतिर लाग्छन् । फरासिला गाउलेहरु पर्यटकहरु संगै कम्मर मर्काई मर्काई नाचेर रमाउने गर्दछन् । नवौ दिन साओ गांउ (Shao Village) पुगिन्छ साओ गांउको वसाई पश्चात दशौ दिन पुञ्जेन गुम्पा (Pung – Gyen Gompa) मा पुगिन्छ यो ठाउ झनै रमाईलो हो, हिम चितुवा याक चौरीहरु देख्न पाईन्छ । त्यहां पर्यटकहरुका लागी याकमा राखेर घुमाउने व्यवस्था समेत गरिन्छ । पर्यटकवाट प्राप्त रकमहरु गाँउमा आईपर्ने समस्याहरु तथा पर्यटकका स्वागतार्थ खर्च गर्नेगरेका छन् । दसौ दिनको यात्रा पछि एघारौ दिन आराम गर्ने (Rest day) गरी पदयात्राको रुट मिलाईएको हुनाले दुई दिनसम्म पर्यटक पुञ्जेन गुम्पामै आराम गर्ने गर्दछन् । आराम पछिको वाह्रौ दिन वल्ल हामी मनासलु हिमालको वेसक्याम्प (Manaslu Base Camp) पुगिन्छ । वेसक्याम्पको यात्रा पछि तेह्रौ दिन सामा गाँउ (Sama Gaon) पुगिन्छ सामा गाउमा मनासलु संरक्षण क्षेत्रले पर्यटकहरुलाई वसोवासका लागी राम्रो व्यवस्था गरेको छ । सामागाँउको वसाई पछिल्लोदिन चौधौ दिन दोग्नाङ्ग गाँउ (Dongnang) पुग्न सकिन्छ भने चौधौ दिनको पदयात्रा पश्चात पन्ध्रौ दिन पोखरी गाउं पुगिन्छ । पोखरी (Pokhari) गाँउको यात्रा संगै ४९१० सम्मको उचाई पार गरी सोह्रौ दिन लार्केपास हुदै सत्रौ दिन तङवोचे (Larkya La to Tanbuche) परिक्रमा गरिन्छ । अठारौ दिन खार्चे (Tanbuche) गाँउ पुगिन्छ खार्चे गाँउ (Karche or Tilche) को यात्रा पछि अठारौ दिनको पदयात्रा पश्चात उन्नाईसौ दिनको यात्रामा हामी ताल (Tal) गाँउ सम्म पुग्न सकिन्छ । मनासलु आरोहणको ईच्छा राख्ने पर्यटकहरुकालागी त्यहांवाट नै आरोहणको व्यवस्था मिलाईएको हुन्छ । विसौं दिन जगत (Jagat) र एकाईसौ दिन न्यग्दी (Ngadi) गांउसम्मको यात्रा तय गरीएको छ जव न्याग्दी गांउ पुग्छौ हामी करीव करीव लम्जुङ र मनाङको सीमानामा पुगिन्छ । मनासलु हिमालको मनोरम वातावरणको दृश्यावलोकनका साथै त्यहांको प्राकृतिक, सांस्कृतिक एवं भौगोलिकता संगको नाता प्रगाढ वनाउदै वाईसौ दिन लम्जुङको वेसीसहर (Beshishar) सम्म पुग्न सकिन्छ । वेसीसहरको वसाई पछि वाईसौ दिन मनासलु क्षेत्रको हिमाली पदयात्रा सकिन्छ । यसरि पदयात्रा गर्दा कतिपय पर्यटक पहिलेकै वाटोवाट फर्किन चाहन्छन् भने कतिपय मनाङ जिल्ला घुम्दै फर्किने गर्दछन् ।
annaeveresti@yahoo.com. धावा- २ गोरखा
7 Comments
Comments RSS TrackBack Identifier URI
Leave a comment




Tapaaile lekhe anusaar gorkhali bahaduri katha nai bhaisakyo ni. aba panai “Mero baje le Ghyu bhaat kha ko, mero haat sungh” bhanna milchha ra ? Ahile ko gorkhali ta arab desh ma Dhakar, India ma Darbaan Bahadur, chaukidaar Europe America tira masalchi bhako matra sunchhu. Uta bihari le simana lutne yeta Neta haru dulo pasne ke ko bir nepali ?
It’s very intresting. I’m also wanna visit it.
Ma pani treaking jane bare sochdai thiya aba kehi sajilo hunchha ki ?
It’s very Intresting rout of Nepal.
Aru ta Sabai Thik chha, Tara Prastutikaran Ko shaili chahin Ali attractive banauna sakinthyo ki jasto lagyo.
Nepal ma treaking ko ramro sambhawana bhayeko thaun ho yo.
मनासलु संरक्षण क्षेत्र आयोजना ( Manaslu Conservation Area Project- MCAP ) को वारेमा पनि अली खुलाएर लेख्नु भएको भए अझ सुनमा सुगन्ध हुने थियो ।
Its a amazing factor