अणुत्व(परिणाम) र महत्वद्वारा कर्म तथा गुण (पनि) अभिव्यक्त हुन्छ ।
हामी भन्छौं- यो महान कार्य हो, यो सानो कार्य हो । त्यसैगरी कसैको ज्ञान महान हुन्छ त कसैको अल्प । यि सवै कुराहरु व्यवहारवाट मात्रै प्रष्टिने हुन्छन्, यस्ता कार्यहरु व्यवहारको कसीमा परिक्षीत हुन थालेपछि राष्ट्र र जनताको कल्याणका लागि कति महत्वपुर्ण रहेछन् भन्ने प्रमाणीत हुदै जान्छन् ।
मुलुक अहिले संक्रमणकालिन अवस्थावाट गुज्रिरहेको छ । दैनिक हजारौं युवा रोजगारिको खोजीमा विदेशीईरहेका छन् । यसरी श्रृजनशील जनशक्ती निरन्तर विदेश पलायन हुनु राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि निश्चय नै राम्रो संकेत होईन । तर, मुलुकमा विद्यमान प्राकृतिक श्रोत साधनलाई उपयुक्त ढंगवाट सदुपयोग गर्दै दृष्य वा अदृष्य सवै प्रकारका वेरोजगारहरुलाई राज्यका तर्फवाट रोजगारिको सुनिश्चितताका लागि एउटा सिन्कोसम्म पनि भाँचेको पाईंदैन । उल्टै जनस्तरवाट भएका पहलहरुमा समेत राज्यको तर्फवाट आवश्यक सरोकार वा सहयोग भएको देखिंदैन । वैदेशीक सहयोग, अनुदान र रेमिट्यान्सका भरमा धानिएको राष्ट्रिय अर्थतन्त्र र त्यसकै आडमा धनाढ्य कहलिएकाहरु यस्तै संक्रमणकाल वाट प्रशष्तै फाईदा कमाएर वसेका छन् भने जनता तिनीहरुकै प्रतिवेदनमा आधारित रहेर आफ्नो आर्थिक स्तर वृद्धि भएको भ्रम पालेर वसिरहेका छन् ।
मेरो वुवा भन्ने गर्नुहुन्थ्यो :- “नेपालको आर्थीक विकासका लागि वाधक तत्व भनेको निरन्तर वृद्धि हुँदै गएको आर्थिक परनिर्भरता, पारवहन समस्या, निजिकरणका नाममा दलाल व्यापारिक फर्म (Cartels) ले मच्चाएको लुट, पुँजी विकासको कुनै ष्पष्ट निती नहुनु, अस्थिर सरकार र चरम राजनितीकरणका साथै राजनैतिक तथा प्रशाषनीक प्रतिवद्धताको कमी (Lack of commitment) नै हुन् ।” यि वाधक तत्वहरुलाई समुल नष्ट गर्नु कसैको वुताको कुरा होईन । यद्यपी सरकार, निजी क्षेत्र, गैर सरकारी सामाजीक सेवा क्षेत्र तथा जनसहभागितामा आधारीत एकिकृत कार्यक्रम निर्माण गरि लागू गर्न सकेमा विस्तारै कम गर्दै लान सकिन्छ । यी सवैलाई सुधार गर्नु अत्यावश्यक छ तर सरकार तथा राजनैतीक दलहरुको यसतर्फ ध्यान जान सकेको देखिदैन । उहाँका अनुसार – “आफ्नो विकासको लक्ष्य निर्धारण गर्न जनतालाई प्रत्यक्ष सहभागी गराइनु पर्दछ । न्याय र समानताका आधारमा विकासको प्रतिफल पाउन परम्परागत सामाजिक मुल्य मान्यता र विकासका आधुनिक सिद्धातहरु एक अर्काका परिपुरक वन्नु पर्दछ ।” तर यस विपरित कतिपय कथित वुद्धिजिवीहरुका विचारमा विकास भनेको केवल आधुनिकता हो, र आधुनिकताले केवल पश्चिमा भौतिकवादी चिन्तनसंग मात्रै सम्वन्ध राख्छ । यिनका विचारमा आधुनिकता भनेको त्यतिमात्रै हो तर त्यस्तो आधुनिकता केवल प्रगतिको लक्ष्य वा स्वरुपवारे सोच विचार नगरि हचुवामा थालिएको अन्तहिन कदम हो जो विनाशमा गएर टुंगिन्छ ।
पिताजीका विचार मेरा लागि त्यतिवेला खासै महत्वका थिएनन् तर, विस्तारै वुझ्दै जाँदा, उहाँका ति विचारहरु नै मेरा प्रेरणाका श्रोत वनेर आउन थाले । वुवाको निधनपछि केहि समय म अनिश्चयको भुवँरीमा रुमलिन पुगेँ, वाटो विराउन पुगेजस्तो भयो तर, अहिले सम्हालिएर तिनै विचारहरुलाई समयको सापेक्षतामा जाँच्दै सहि मार्गमा फर्कने कोशिष गर्दैछु । विकास माथिवाट तलतिर होईन, तलवाट माथितिर उन्मुख हुनुपर्दछ भन्ने मान्यताका साथ मुलुकमा विद्यमान प्राकृतिक श्रोत साधनलाई उपयुक्त ढंगवाट सदुपयोग गर्दै दृष्य वा अदृष्य सवै प्रकारका वेरोजगारहरुलाई स्वरोजगारमुलक व्यावशाय प्रति अभिप्रेरित गर्दै आर्थिक-सामाजिक सवलता प्रदान गर्न र त्यसका लागि आवश्यक जनसहभागिता (Mass Participation), सहभागीमुलक उद्यम (Participatory entrepreneurship) तथा वजार सञ्जाल (Marketing Network/Channel) निर्माण गर्ने प्रयासमा “दिगो विकासका लागि सामुदायिक कार्यक्रम, नेपाल” अन्तर्गत स्वरोजगार अभिवृद्धि तथा उद्यमशिलता विकास परियोजना {Self Employment and Entrepreneurship Development (SEED) Project} सञ्चालन गर्न गईरहेको छु ।
हामी हरेक काममा वैदेशीक सहयोग र अनुदानको मुख ताक्छौं र गैर सरकारी सामाजिक क्षेत्रको काम भन्नासाथ त्यस्तै खाले डलरखेतीको मानसीकताले सोच्ने गर्दछौं तर, यसो गर्दा त्यस्ता आर्थिक सहायताले दीर्घकालीन रुपमा हाम्रा आवश्यकता र आकांक्षाको परिपुर्ती गर्ने होईन, परनिर्भर वनाईदिन्छ भन्ने कुरालाई भुलिरहेका हुन्छौं । यसरी हाम्रो जस्तो विकासोन्मुख राष्ट्रले न त आफ्नो देशको विकासलाई नियन्त्रण नै गर्न सक्छ, न त यसखाले परनिर्भरतावाट खास अनुभव गर्न सकिने उपलव्धी नै पाउन सक्छन् । विगत देखिको वैदेशिक अनुदान र त्यसको समग्र आर्थिक सामाजीक उपलव्धीलाई केलाएर हेर्ने हो भने देखिने सत्य यहि नै हो । समग्रमा यो राष्ट्रको नोक्सानीलाई छोप्ने पर्दा सावित हुनपुगेको छ र यसले जनतालाई निर्भरतामुखी विकासमा आश्रीत वनाईदिएको छ । तसर्थ, अव राष्ट्रिय उत्पादनको संरचनामा समेत व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि चेतनशील युवाहरुले जनतामा अर्काले मारिदिएको माछा खाने वानी होईन, आफैं माछा मार्न सक्ने सीपको विकास गराउनु पर्दछ । जसवाट विहान वेलुकाको छाक टार्नमै सिमित साधारण जनताले अन्तर्राष्ट्रिय वजारमा समेत प्रतिष्पर्धा गरि आफ्नो वजार विस्तार गर्न सक्ने वातावरण वनोस । देशमा रोजगारिको अवसर भएन भनि विदेशतिर हान्निनु भन्दापनि स्वदेशमै वसेर उद्यमशिलताको प्रवर्द्धन गर्न सकेमा कमसेकम हाम्रा भावी पुस्ताले पनि विदेशिनु पर्ने वाध्यता आईलाग्दैन थियो ।
कतिपय मित्रहरुको तर्क होला आफैं वेरोजगार भएर विदेशिनु पर्ने वाध्यता छ कहाँ भावी पुस्ताको कुरा गर्नु ? भनिन्छ, भोको पेटले सेवा गर्दैन तर, भोकै वस्नुपर्छ भन्ने होईन पेट भरेरै पनि १/२ गाँस छुट्याएर सेवा गर्न अवश्य सकिन्छ त्यती नभए, स्वउद्यमद्वारा स्वावलम्वीपनको परिचय दिन त अवश्य सकिन्छ । संसारमा हरेकको निश्चित समय र प्रक्रियामा जन्म हुन्छ, निर्जिव वस्तुहरु समेत कुनै कालखण्डमा निश्चित प्रक्रियाद्वारा पैदा भएका हुन्छन् तर त्यसको जन्म सार्थक मानिन्छ जसले वहुजन हितको काम गरेको हुन्छ । नितान्त आफ्नो रोजिरोटीका लागि अर्काको चाकडीमै जिन्दगी विताउने भए मानवको रुपमा जन्म लिनुको के अर्थ भयो र ? म यहि मान्यताका आधारमा काम गरिरहेको छु र आज अगष्ट २ मा पर्ने आफ्नो जन्मदिनवाट यस अभियानप्रति अझै समर्पीत भएर लाग्ने प्रण गर्दैछु । साथै, उद्यमशीलता विकासको यस अभियानमा आम वुद्धिजिवी तथा चेतनशील वर्गवाट आवश्यक सल्लाह र सहयोगको अपेक्षा गरेको छु । “सवै शुभेच्छुक आफन्ती हुँदैनन्, सवै मित्र सहयोगी हुँदैनन् र सवै सहयोगी आफन्त वा मित्र हुँदैनन्” तर, जसले कमजोरीहरुमा सरसल्लाह तथा असल काममा सहयोग गर्दछ उहि नै आफन्त वा मित्र हुन्छ, वाँकी सवै औपचारीक मात्रै । हेरौं यस यात्रामा कति मित्रहरु र कति आफन्तहरु फेला पर्छन् ।
निता पाठक
August 2, 2011 at 9:58 AM
“सवै शुभेच्छुक आफन्ती हुँदैनन्, सवै मित्र सहयोगी हुँदैनन् र सवै सहयोगी आफन्त वा मित्र हुँदैनन्”
म तपाईंको यस अभियानमा संलग्न हुन चाहन्छु मित्र या आफन्ती कुन रुपमा स्विकार गर्नुहुन्छ ?
Samita
August 2, 2011 at 10:03 AM
उद्यमी वनौं, सवल अर्थतन्त्रको निर्माण गरौं ।
कामरेड निहार
August 2, 2011 at 10:29 AM
भनिन्छ, भोको पेटले सेवा गर्दैन तर, भोकै वस्नुपर्छ भन्ने होईन पेट भरेरै पनि १/२ गाँस छुट्याएर सेवा गर्न अवश्य सकिन्छ ।
आर्थिक क्रान्तीका लागि तपाईंले शुरु गर्न लाग्नु भएको यो कदम सराहनीय छ ।
रामेश्वर लोहनी
August 2, 2011 at 10:35 AM
आफ्नो NGO को विज्ञापन गर्न लाग्नु भएको त हैन चिन्तनजी ?
नेपालमा कुनचाहिँ NGO/INGO ले जनहितमा निस्वार्थ ढँगवाट काम गरेको छ ? उदाहरण दिन सक्नुहुन्छ ?
sonali
August 2, 2011 at 7:11 PM
Very good Article Dear Chintan, Go On …..
Parvati Koirala
August 2, 2011 at 8:06 PM
Dherai samay pachhi tapaiko lekh padhna paiyo, Dherai nai khushi lagyo. tara lekhda ali hatar garera lekhnu bhayeko ho ki k ho ?
hemanta jha
August 8, 2011 at 7:17 PM
Thumbs Up … !!!
अन्तेश
September 6, 2011 at 7:29 PM
Good Job ! I appreciate It.
Sahara Sansar
February 14, 2012 at 5:16 PM
राम्रो विचार!
साहारा संसार