BIVAS
उद्यमशीलता र जन्मदिवस
अणुत्वमहत्वाभ्यां कर्मगुणाश्च व्याख्याता ॥वैशेषिक दर्शन:७।१।१६॥
अणुत्व(परिणाम) र महत्वद्वारा कर्म तथा गुण (पनि) अभिव्यक्त हुन्छ ।
हामी भन्छौं- यो महान कार्य हो, यो सानो कार्य हो । त्यसैगरी कसैको ज्ञान महान हुन्छ त कसैको अल्प । यि सवै कुराहरु व्यवहारवाट मात्रै प्रष्टिने हुन्छन्, यस्ता कार्यहरु व्यवहारको कसीमा परिक्षीत हुन थालेपछि राष्ट्र र जनताको कल्याणका लागि कति महत्वपुर्ण रहेछन् भन्ने प्रमाणीत हुदै जान्छन् ।
मुलुक अहिले संक्रमणकालिन अवस्थावाट गुज्रिरहेको छ । दैनिक हजारौं युवा रोजगारिको खोजीमा विदेशीईरहेका छन् । यसरी श्रृजनशील जनशक्ती निरन्तर विदेश पलायन हुनु राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि निश्चय नै राम्रो संकेत होईन । तर, मुलुकमा विद्यमान प्राकृतिक श्रोत साधनलाई उपयुक्त ढंगवाट सदुपयोग गर्दै दृष्य वा अदृष्य सवै प्रकारका वेरोजगारहरुलाई राज्यका तर्फवाट रोजगारिको सुनिश्चितताका लागि एउटा सिन्कोसम्म पनि भाँचेको पाईंदैन । उल्टै जनस्तरवाट भएका पहलहरुमा समेत राज्यको तर्फवाट आवश्यक सरोकार वा सहयोग भएको देखिंदैन । वैदेशीक सहयोग, अनुदान र रेमिट्यान्सका भरमा धानिएको राष्ट्रिय अर्थतन्त्र र त्यसकै आडमा धनाढ्य कहलिएकाहरु यस्तै संक्रमणकाल वाट प्रशष्तै फाईदा कमाएर वसेका छन् भने जनता तिनीहरुकै प्रतिवेदनमा आधारित रहेर आफ्नो आर्थिक स्तर वृद्धि भएको भ्रम पालेर वसिरहेका छन् ।
मेरो वुवा भन्ने गर्नुहुन्थ्यो­‌ :- “नेपालको आर्थीक विकासका लागि वाधक तत्व भनेको निरन्तर वृद्धि हुँदै गएको आर्थिक परनिर्भरता, पारवहन समस्या, निजिकरणका नाममा दलाल व्यापारिक फर्म (Cartels) ले मच्चाएको लुट, पुँजी विकासको कुनै ष्पष्ट निती नहुनु, अस्थिर सरकार र चरम राजनितीकरणका साथै राजनैतिक तथा प्रशाषनीक प्रतिवद्धताको कमी (Lack of commitment) नै हुन् ।” यि वाधक तत्वहरुलाई समुल नष्ट गर्नु कसैको वुताको कुरा होईन । यद्यपी सरकार, निजी क्षेत्र, गैर सरकारी सामाजीक सेवा क्षेत्र तथा जनसहभागितामा आधारीत एकिकृत कार्यक्रम निर्माण गरि लागू गर्न सकेमा विस्तारै कम गर्दै लान सकिन्छ । यी सवैलाई सुधार गर्नु अत्यावश्यक छ तर सरकार तथा राजनैतीक दलहरुको यसतर्फ ध्यान जान सकेको देखिदैन । उहाँका अनुसार – “आफ्नो विकासको लक्ष्य निर्धारण गर्न जनतालाई प्रत्यक्ष सहभागी गराइनु पर्दछ । न्याय र समानताका आधारमा विकासको प्रतिफल पाउन परम्परागत सामाजिक मुल्य मान्यता र विकासका आधुनिक सिद्धातहरु एक अर्काका परिपुरक वन्नु पर्दछ ।” तर यस विपरित कतिपय कथित वुद्धिजिवीहरुका विचारमा विकास भनेको केवल आधुनिकता हो, र आधुनिकताले केवल पश्चिमा भौतिकवादी चिन्तनसंग मात्रै सम्वन्ध राख्छ । यिनका विचारमा आधुनिकता भनेको त्यतिमात्रै हो तर त्यस्तो आधुनिकता केवल प्रगतिको लक्ष्य वा स्वरुपवारे सोच विचार नगरि हचुवामा थालिएको अन्तहिन कदम हो जो विनाशमा गएर टुंगिन्छ ।
पिताजीका विचार मेरा लागि त्यतिवेला खासै महत्वका थिएनन् तर, विस्तारै वुझ्दै जाँदा, उहाँका ति विचारहरु नै मेरा प्रेरणाका श्रोत वनेर आउन थाले । वुवाको निधनपछि केहि समय म अनिश्चयको भुवँरीमा रुमलिन पुगेँ, वाटो विराउन पुगेजस्तो भयो तर, अहिले सम्हालिएर तिनै विचारहरुलाई समयको सापेक्षतामा जाँच्दै सहि मार्गमा फर्कने कोशिष गर्दैछु । विकास माथिवाट तलतिर होईन, तलवाट माथितिर उन्मुख हुनुपर्दछ भन्ने मान्यताका साथ मुलुकमा विद्यमान प्राकृतिक श्रोत साधनलाई उपयुक्त ढंगवाट सदुपयोग गर्दै दृष्य वा अदृष्य सवै प्रकारका वेरोजगारहरुलाई स्वरोजगारमुलक व्यावशाय प्रति अभिप्रेरित गर्दै आर्थिक-सामाजिक सवलता प्रदान गर्न र त्यसका लागि आवश्यक जनसहभागिता (Mass Participation), सहभागीमुलक उद्यम (Participatory entrepreneurship) तथा वजार सञ्जाल (Marketing Network/Channel) निर्माण गर्ने प्रयासमा “दिगो विकासका लागि सामुदायिक कार्यक्रम, नेपाल” अन्तर्गत स्वरोजगार अभिवृद्धि तथा उद्यमशिलता विकास परियोजना {Self Employment and Entrepreneurship Development (SEED) Project} सञ्चालन गर्न गईरहेको छु ।
हामी हरेक काममा वैदेशीक सहयोग र अनुदानको मुख ताक्छौं र गैर सरकारी सामाजिक क्षेत्रको काम भन्नासाथ त्यस्तै खाले डलरखेतीको मानसीकताले सोच्ने गर्दछौं तर, यसो गर्दा त्यस्ता आर्थिक सहायताले दीर्घकालीन रुपमा हाम्रा आवश्यकता र आकांक्षाको परिपुर्ती गर्ने होईन, परनिर्भर वनाईदिन्छ भन्ने कुरालाई भुलिरहेका हुन्छौं । यसरी हाम्रो जस्तो विकासोन्मुख राष्ट्रले न त आफ्नो देशको विकासलाई नियन्त्रण नै गर्न सक्छ, न त यसखाले परनिर्भरतावाट खास अनुभव गर्न सकिने उपलव्धी नै पाउन सक्छन् । विगत देखिको वैदेशिक अनुदान र त्यसको समग्र आर्थिक सामाजीक उपलव्धीलाई केलाएर हेर्ने हो भने देखिने सत्य यहि नै हो । समग्रमा यो राष्ट्रको नोक्सानीलाई छोप्ने पर्दा सावित हुनपुगेको छ र यसले जनतालाई निर्भरतामुखी विकासमा आश्रीत वनाईदिएको छ ।  तसर्थ, अव राष्ट्रिय उत्पादनको संरचनामा समेत व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि चेतनशील युवाहरुले जनतामा अर्काले मारिदिएको माछा खाने वानी होईन, आफैं माछा मार्न सक्ने सीपको विकास गराउनु पर्दछ । जसवाट विहान वेलुकाको छाक टार्नमै सिमित साधारण जनताले  अन्तर्राष्ट्रिय वजारमा समेत प्रतिष्पर्धा गरि आफ्नो वजार विस्तार गर्न सक्ने वातावरण वनोस । देशमा रोजगारिको अवसर भएन भनि विदेशतिर हान्निनु भन्दापनि स्वदेशमै वसेर उद्यमशिलताको प्रवर्द्धन गर्न सकेमा कमसेकम हाम्रा भावी पुस्ताले पनि विदेशिनु पर्ने वाध्यता आईलाग्दैन थियो ।
कतिपय मित्रहरुको तर्क होला आफैं वेरोजगार भएर विदेशिनु पर्ने वाध्यता छ कहाँ भावी पुस्ताको कुरा गर्नु ? भनिन्छ, भोको पेटले सेवा गर्दैन तर, भोकै वस्नुपर्छ भन्ने होईन पेट भरेरै पनि १/२ गाँस छुट्याएर सेवा गर्न अवश्य सकिन्छ त्यती नभए, स्वउद्यमद्वारा स्वावलम्वीपनको परिचय दिन त अवश्य सकिन्छ । संसारमा हरेकको निश्चित समय र प्रक्रियामा जन्म हुन्छ, निर्जिव वस्तुहरु समेत कुनै कालखण्डमा निश्चित प्रक्रियाद्वारा पैदा भएका हुन्छन् तर त्यसको जन्म सार्थक मानिन्छ जसले वहुजन हितको काम गरेको हुन्छ । नितान्त आफ्नो रोजिरोटीका लागि अर्काको चाकडीमै जिन्दगी विताउने भए मानवको रुपमा जन्म लिनुको के अर्थ भयो र ? म यहि मान्यताका आधारमा काम गरिरहेको छु र आज अगष्ट २ मा पर्ने आफ्नो जन्मदिनवाट यस अभियानप्रति अझै समर्पीत भएर लाग्ने प्रण गर्दैछु । साथै, उद्यमशीलता विकासको यस अभियानमा आम वुद्धिजिवी तथा चेतनशील वर्गवाट आवश्यक सल्लाह र सहयोगको अपेक्षा गरेको छु । “सवै शुभेच्छुक आफन्ती हुँदैनन्, सवै मित्र सहयोगी हुँदैनन् र सवै सहयोगी आफन्त वा मित्र हुँदैनन्” तर, जसले कमजोरीहरुमा सरसल्लाह तथा असल काममा सहयोग गर्दछ उहि नै आफन्त वा मित्र हुन्छ, वाँकी सवै औपचारीक मात्रै । हेरौं यस यात्रामा कति मित्रहरु र कति आफन्तहरु फेला पर्छन् ।
उद्यमी वनौं, सवल अर्थतन्त्रको निर्माण गरौं ।
शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग
-विनोद ढकाल, रेडियो गोरखा
प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ ।
पहिलो दिन :-
सदरमुकामबाट विहान ८ वजे आरुघाट जाने वसमा दुइघण्टामा मसेल गाविसको घ्याम्पेशाल पुगिन्छ । घ्याम्पेशालमा विहानको खाना खाएपछि बायापट्टिको बाटोबाट पदयात्रा शुरु हुन्छ । त्यहांबाट अगाडी जाने मोटरबाटो भएपनि सांघुरो भएकाले पदयात्रा घ्याम्पेशालबाट नै शुरु गर्दा उपयुक्त हुन्छ । दुइ घण्टा हिडेपछि पांचखुवा देउराली  गाविसमा पुगिन्छ । दुइचारवटा किराना पसल, औषधी पसल छन् । केही पसलमा सामान्य चिया खाजा पनि खान पाइन्छ । चिया खाएर २० मिनेट उकालो हिडेपछि पांचखुवा देउरालीकै मुलावारी भन्ने ठाउंको गुरुङ वस्तीमा पुगिन्छ । १५ सय मिटर अग्लो डांडामा गाउंका महिलाहरुले सामुदायिक भवन बनाएका छन्, त्यहां मण्डली महिला समूहका गुरुङ्सेनी आमा दिदीबहिनीहरुले फुलमालाले स्वागत गर्छन् । त्यसपछि चिया पनि टक्र्याउंछन्, तुरुन्तै गुरुङ पोशाकमा सजिएकी महिलाहरुले नाचगान र दोहोरी खेल्छन् । खानामा गुन्द्रुकको परिकार कहिल्यै छुटाउंदैनन् । गीत नाच हेर्दाहेर्दै समय वितेको पत्तो हुदैन । पहिलो दिनको वास त्यहीं हुन्छ ।
दोश्रो दिन :-
विहान चियानास्ता गरेर १५ मिनेट हिडेपछि पांचखुवा देउरालीकै ग्यांजीको तामाखानी पुगिन्छ । पहाडको टाकुरोबाट पुछारमा तामाको खानी देखिन्छ । खानीकै छेउवाट तामाजस्तो पहेंलो पानी बगिरहेको छ । त्यहांका वासिन्दाले पुरानो प्रविधिबाट तामा गालेर गाग्री समेत बनाएका छन् । लालीगुरांसको जंगलै जंगल ३० मिनेट हिडेपछि स्वांरा गाविसको रुपाकोट र सुलिकोट नजिक पुगिन्छ । दाहिनेतिर रुपाकोट देव्रेतिर सुलीकोट । ती डांडाहरु घले राजाले शत्रुमाथि आक्रमण गर्न र युद्धकला सिक्न प्रयोगमा ल्याएको स्थानीयको कथन छ । त्यहांबाट २०/२५ मिनेट तेर्सो हिंडेपछि अगाडि वजेनी ताल छ । जहां घले राजाहरुले पानी पिउने र नुहाउने गरेको जनश्रुति पाइन्छ ।
दुइघण्टाको हिंडाइपछि स्वांरा गाविसकै वडा नंबर २ मा पर्ने सीता गुफा आइपुग्छ । गुफाको आकार कति ठुलो छ भन्ने बारे स्थानीयले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । भित्र एक घण्टा ३० मिनेटसम्म हिड्दा पनि अन्तिम विन्दु फेला पार्न नसकेपछि डराएर बाहिर निस्केको स्थानीय बताउंछन् । गुफाको कथा राम र सीतासंग पनि जोडिएको छ । पहिले रामले सीतालाई लखेट्दा सीता भाग्दै अहिलेको सीता गुफामा लुकेको भनाइ रहिआएको छ ।
सीता गुफाको अवलोकनसंगै विहानको खाना खाने बेला हुन्छ । शहरदेखि निकै टाढाको गाउं भएकाले त्यहांको स्वाद नै बेग्लै हुन्छ । नुन र प्याजबाहेक सबैथोक गाउंकै । १ घण्टा ३० मिनेट उकालो चढेपछि खारचोक भञ्ज्याङमा पुगिन्छ । चिया नास्ताको लागि सानातिना पसलहरु छन् । त्यहांदेखि अगाडि पसल भेटिदैन केही सामान सकिएको छ भने किनिहाल्नु उपयुक्त हुन्छ ।
खारचोक भञ्ज्याङबाट १ घण्टा ४५ मिनेट उकालो हिडेपछि स्वांरा-८ को ठोट्नेरी गाउंमा पुगिन्छ । १६०० मिटर उचाइको यो गाउं त गुरुङ संग्रहालय नै हो । झण्डै दुइसय घर गुरुङहरुको वसोवास रहेको यो गाउंमा मारुनी, चुट्का, घांटु, लाहुरे नाच लगायतका नाचहरु देख्न सकिन्छ । भेषभुषा पनि थरिथरिका, त्यहां प्राक सतीघाटु नाच्छन्, सानादेखि ठुला सबै गायन कलामा खप्पिस छन् । युवायुवतीको संस्कृतीप्रतिको लगावले त्यहाँको संस्कृति जगेर्नामा महत्वपुर्ण् भुमिका खेलेको छ । गाउंमा सिस्नो धेरै पाइन्छ, त्यसैले खानामा मकैको ढिंडो र सिस्नो लोकप्रीय छ । सुत्नवस्नको लागि होटलको ब्यवस्था छैन, गाउंलेकै घरमा पाहुना भै वस्न पाइन्छ ।
तेश्रो दिन :-
विदा हुने बेला स्थानीयले माया गरेर मकै भटमास र गुन्दु्रकको अचार पठाउंछन् त्यसलाई लिएन भने माथि जंगलमा भोक लाग्छ । लसुन पिंधेर पनि लैजानुपर्छ लेक लाग्न सक्छ । ठोट्नेरीबाट माथि गएपछि एक दिन जंगलमा नै बस्नुपर्छ । कम्तीमा तीनछाक खानेकुरा साथमा नै राख्नुपर्छ । बाटोमा केही गाइगोठ र खर्कहरु मात्र भेटिन्छन् । १ घण्टा ३० मिनेटको बाटोमा पर्ने गार्इखर्कसम्म पानीको सुविधा छ । त्यसैले चाहिने जति पानी त्यही भर्नुपर्छ । विहानको खाना खाने बेलामा न्याउली खर्कमा पुगिन्छ ।  न्याउलीखर्कमा पुगेपछि आफुले लगेको खानेकुरा खाएर वाटो तताउनुपर्छ ।
न्याउलीखर्कबाट ३ घण्टा उकालो हिडेपछि पदमार्गको केन्द्रविन्दु ३ हजार २ सय ४५ मिटर उचाइको धार्चे डांडामा पुगिन्छ । यो डांडालाई गोरखाको स्वांरा, सौरपानी, वारपाक, लाप्राक, गुम्दा, लापु, थुमी, आरुआर्बाङ् गाविसको संगमस्थल भनिन्छ । मनासलु, अन्नपुर्ण्, हिउंचुली, लाङटाङ, माछापुच्छ्रे, गणेश, श्रृङ्गी, कंगारु, लमजुङ, लार्केपीक, बुद्ध, पुतली, रुपीनाला, लगायतका दर्जनभन्दा बढी हिमाल देख्न सकिने भएकाले यो डांडाको महत्व निकै छ । उत्तरमा हिमाल देखिने त्यस डांडाबाट दक्षिणतिर भने गोरखा, धादिङ, तनहुं, र चितवनका अधिकांश भुभाग देख्न सकिन्छ ।
प्रायः त्यस क्षेत्रमा दैनिक रुपमा मौसम बदलिइरहने हुंदा हिंउ परिहाल्छ । त्यसैले जुनसुकै मौसममा जांदा पनि हिउं खेल्न पाइने संभावना हुन्छ । धार्चेडांडा वरपर धेरै ठुलो स्वरमा चिच्याएमा एकैछिनमा हिउंपर्ने र भवितब्य हुने जनविश्वासले सो क्षेत्रमा प्रायः शान्त रहनुपर्ने प्रावधान छ । धार्चेडांडामुनी सौरपानीका रामप्रसाद पनेरुले बनाएको ५० वर्षन्दा पुरानो पाटी छ । त्यसमा तेश्रो रात त्यही बस्नुपर्छ । खानेकुरामा ठोट्नेरीबाट लिएको मकै र गुन्द्रुकको अचार काम लाग्न सक्छ । हिउं परेमा लेक लाग्ने सम्भावना रहन्छ । स्थानीय उपचार लसुन र नुनले गर्छ भने त्यसका लागि औषधी पनि बोक्नुपर्छ । नजिकको वस्ती लापु वा गुम्दा पुग्न तीनदेखि चार घण्टा लाग्ने हुनाले धार्चे डांडामा नै क्याम्पिङ गर्नु राम्रो हुन्छ ।
चौथो दिन :-
चौथो दिन विहानै लालीगुरांस फुलेका पाखाहरु हेर्दै ओरालो लागेपछि वास वस्ने बेलामा लापु गाविसको माझगाउंमा पुगिन्छ । देख्दा नजिकै देखेपनि पहाडलाई फनक्कै फन्को मार्दा समय वितेको पत्तो हुंदैन । धार्चेबाट लापु जाने बाटोमा थरिथरिका वोटविरुवा, वनस्पति, जीवजन्तु, जडिबुटी, गुरांस आदि फूलहरु देखिन्छ । लापु पुग्नुअघि पाङखर्क भन्ने ठाउंमा विहानको खाना खाने वेलामा पुगिन्छ । मानिसको वस्ती नभेटिने ती ठाउंमा खाना खाने होटल र लजको ब्यवस्था हुन त वर्षौ लाग्न सक्छ । खाना खाएर दुइघण्टा हिंडेपछि वेलुका लापु गाउंमा पुगिन्छ र फेरी शुरु हुन्छ परम्परागत नृत्य र संस्कृति प्रदर्शनी । तीन सय ५० घर गुरुङहरुको वसोवास रहेको सो गाउंमा स्वांराको ठोट्नेरीमा हेरेभन्दा भिन्न किसिमको मारुनी र घांटु देख्न पाइन्छ । लापुमा देखाइने घांटुमा १२ वर्षन्दा कम उमेरका किशोरीहरुमात्र नाच्न मिल्ने चलन छ भने अन्य ठाउंमा उमेरको हद देखिदैन । परम्परागत राजा रानीको कहानीमा नाचिने घांटु बुझ्नलाई निकै कठिन भएपनि बुझेपछि निकै आनन्द आउंछ । त्यसदिन घांटु र मारुनी हेर्दै लापु गाउंमा गाउंलेको घरमा वास वस्नुपर्छ ।
पांचौ दिन :-
लापुबाट पांचौ दिन बिहान हलोगुफा, भिरकोट आदिको अवलोकन गरी खाना खान सामान्य उकालो ओह्रालो हिडेपछि गुम्दा पुगिन्छ । हलो गुफा भन्ने ठाउंमा लामाहरुलाई प्रकृतिले साथ नदिएकाले उनीहरु भागेको भन्ने जनश्रुति पाइन्छ । त्यहां एउटा डरलाग्दो भीरमा एउटा हलो नाटकीय ढंगमा झुण्डिरहेको छ ।
लापुबाट चार घण्टामा मनमोहक गुम्दा गाउंमा पुगिन्छ । गुम्दा गाउंमा पुगेपछि खाना र आवासका लागि सेन्टर होटल एण्ड लज छ । काठले छाएका घरहरुमात्र रहेको यो गाउंलाई सरकारले पर्यटकीय नमुना गाउं बनाउन ५० लाख रुपियां खर्च गरेको छ । वाटोहरु ढुङ्गा विच्छ्याइएको छ, ठाउंठाउंमा सूचना पाटि, नमुनाघर बनाइएका छन् । यो गाउंमा २ सय वर्षन्दा पुरानो गुरुङहरुको छ्योर्तेन छ । ग्रामीण पर्यटनको लागि यो गाउं निकै रमाइलो छ । गुम्दाबाट तीनघण्टा तेर्सो र केही उकालो हिडेर पांचौ रात वास वस्न लाप्राक पुगिन्छ ।
छैठौ दिन :-
लाप्राकमा गुरुङ संस्कृतिको विचित्र अवस्था छ । सातदिने पदयात्रामध्ये एउटै समुदायमा धेरै विशेषता भेटिने गाउं यहि नै हो । लाप्राक सिङ्गो गाविस नै पांचसय धुरीको एउटै गाउं हो । गुरुङ र विश्वकर्माहरुको वसोवास रहेको यहां घांटु, मारुनी, चुट्का, मकै विवाह, अर्गुन (मृत्यु संस्कार), घ्यार्मो, तुक्लुङ, झांक्री लगायतका नाचहरु देखाइन्छ । वास वस्नका लागि होटलहरुको ब्यवस्था छैन । गाउंलेहरुले नै माया गरेर घरमा पाहुना झैं राख्छन् । प्रशस्त आलु पाइने यो गाउंमा धेरैजसो परिकार आलुकै हुन्छ । उसिनेको आलु खाने प्रचलन बढी छ ।
गाउंदेखि माथिका डांडाहरुमा छपक्कै गुरांस फुल्छन् । गाउंमा लघु जलविद्युत आयोजनाबाट विद्युतको ब्यवस्था पनि गरिएको छ । क्यामेरा र मोवाइल चार्ज गरिहाल्नु राम्रो हुन्छ । लाप्राकमा चर्चित एउटा पहिरो छ । स्थानीयलाई निकै दुख दिएको यो पहिरो केही वर्षेखि यो बग्न छाडेको छ । पहिरोमाथि हरियाली थपिदैछ र अहिले पर्यटकीय ठाउं बनेको छ ।
विहानको खाना खाएर अर्को सुन्दर गाउं वारपाकको लागि उकालो लाग्नुपर्छ । दुइ घण्टाको उकालो पछि पुसु डांडामा पुगिन्छ । यो डांडालाई गुरांसे बगैंचा भनिन्छ । राता र सेता गुरांसले ढकमक्क ढाकेको यो डांडामा पुगेर विश्राम लिने र फोटो खिच्ने गरिन्छ । पानीको सुविधा छैन । लाप्राक गाउंबाट ल्याईएको उसिनेको आलु र पानी काम लाग्नसक्छ । पर्यटकीय पदमार्ग विकासका लागि यहां केही चिया खाजा पसल राख्नु उपयुक्त हुन्छ । पुसुडांडाबाट सांढे दुइ घण्टा ओह्रालो हिंडेपछि वारपाक गाउं पुगिन्छ । वारपाक आएपछि यात्राभरि लागेको थकाइ सबै मेटिएको अनुभुति हुन्छ । यो गाउं निकै सफा, घरहरु पनि एकै नासका ढुङ्गाले छाएका, गल्लीहरु फराकिला र ढुङ्गा छापिएका, वेलायती सेनामा भिक्टोरिया क्रस पाएका गजे घलेको गाउं हो । वारपाकमा गजेघलेको इतिहास पनि भेटिन्छ । उनको पुरानो घर पनि छ त्यहां ।
वारपाक रुपीनाला, नारदपोखरी, वौद्ध हिमाल, लगायतका क्षेत्रमा जाने मुख्य बाटो हो । सो क्षेत्रमा जाने पर्यटकहरु एकदिन वारपाक वसेर थकाइ मारेर जाने गर्छन । ३० घरमा गाउंलेकै प्रयासमा होम स्टेको ब्यवस्था छ । ती घरहरुमा पर्यटकका लागि दुइवटा कोठा, शौचालय, पानीको ब्यवस्था छ । गहुं र आलुको परिकारको साथमा गोलभेंडाको अचार यहांको मौलिकता हो । अन्य चिज खानुपरे सदरमुकाम वा अन्य बजारबाट किनेर लैजानुपर्छ । सांझमा स्थानीयले मारुनी, ठाडोभाका झांक्री नाच आदि देखांउछन् । वारपाकको मारुनी नाच अन्य ठाउंको भन्दा निकै उत्कृष्ट भएको उनीहरुको दावी छ । यहां रातभरि मारुनी गाउने प्रचलन छ । साउने संक्रान्तिदेखि माघेसंक्रान्ति वीचमा मात्र मारुनी नृत्य देखाइन्छ, अरु समयमा पाइदैन ।
सातौ दिन :-
पदयात्राको अन्तिम दिन वारपाकमा विहान गहुंको केक र कालोचियाको ब्रेकफाष्ट गरेपछि सदरमुकामतिर बाटो तताउनुपर्छ । वारपाकमा सडक पुगेको छ । साना सवारीहरु फाट्टफुट्ट चल्छन् । ठुला सवारीहरु प्रायः जान सक्दैनन् । नियमित चल्ने सवारी छैन । स्थानीय ब्यापारीले मालसामान ढुवाली गर्न जीप लगेको वेला परे चढेर फर्कन पाइन्छ । वारपाकबाट तीन घण्टा ओरालो हिंडेपछि राङरुङ खोलाको किनारमा आइपुगिन्छ । त्यहां माछाको परिकारसंगै खाना खानु उपयुक्त हुन्छ । खाना आएपछि यात्रुवाहक वस चढेर सांझ काठमाडौ, पोखरा वा गोरखा सदरमुकाम पुग्न सकिन्छ ।
यो पदयात्रा मार्ग पर्यटकका लागि नयां गन्तब्य हो । कतिपय पुर्वाधारहरु विकास हुन बांकी नै छ ठाउंठाउंमा पानीको धारा र क्याम्पिङ गर्ने ठाउंहरु पनि निर्माण गर्नुपर्ने देखिन्छ । दोवाटोहरुमा डेष्टिनेशन डाइरेक्शन मार्करहरु राख्नुपर्ने अवस्था छ भने चियानास्ता गर्ने ठाउंहरु पनि अझै थप्नुपर्छ । सबै ठाउंमा पर्यटकलाई स्वागत गर्ने परम्परा छ, तर गाउंघरको सरसफाइमा पनि संगसंगै जोड दिनुपर्ने आवश्यकता छ ।
के के लैजाने ?
न्यानो लुगाहरु, पैदल यात्राका लागि सजिलो खालका कपडा र जुत्ता, लेक लाग्न नदिनका लागि पिंधेको लसुन वा नुनिलो खानेकुरा, केही ड्राइफुडहरु साथै चिसोको औषधी ।
पाइने कोशेली :-
गहुंको केक, भेडाको ऊनबाट बनेको राडी, पाखी, गलैंचा, आदि ।
राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान
By हरि नेपाली [1]
शायद जतिसुकै हस्तक्षेप भए पनि चुपचाप बसिरहने नेपालको लाचार सरकारकै कारण होला भारतीय विभिन्न निकायहरु गौतमबुद्धको जन्मस्थल लुम्बिनी, कपिलबस्तुलाई समेत नेपालमा नभै भारतमा भएको विश्वव्यापी रुपमा भ्रम सिर्जना गर्न लागि परेका छन् भने बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको जस्तै भौतिक संरचना सन् २०१२ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी असी प्रतिशतभन्दा बढी काम पनि सकिसकेको छ । जसले गर्दा निकट भविष्यमा नै नेपालमा रहेको लुम्बिनी नक्कली हो भन्ने प्रचारप्रसारमा भारतीय पक्षहरु लाग्ने देखिन्छ । त्यसैले भारतीय पक्षको उक्त भ्रमलाई चिर्दै सांस्कृतिक, आर्थिक र पर्यटकीय रुपमा नेपालको महत्वपूर्ण क्षेत्र तथा शान्ति र अहिंसाका प्रतिमूर्ति  भगवान् गौतम बुद्धको जन्मस्थल कपिलबस्तुलाई चिनाउने उद्धेश्यका साथ भर्खरै मात्र कपिलबस्तु दिवस विश्व कार्यसमितिको गठन हुन पुगेको छ भने बुद्ध जन्मेको स्थान नेपालको लुम्बिनी नै हो भन्ने बलियो प्रमाणको रुपमा रहको अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् अन्टोन फुहररले विश्व सामु ल्याएको दिनको सम्झनामा प्रत्येक बर्ष “कपिलबस्तु दिवस” मनाउँने निर्णयका साथ गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिबसको रुपमा बिभिन्न कार्यक्रमका साथ बिभिन्न देशमा मनाएको छ ।
विभिन्न देशहरुका विद्यालय तथा कलेजका पाठ्यपुस्तकहरुमा लुम्बिनी भारतमा रहेको उल्लेख हुनु, त्यही अनुरुप प्रचारप्रसार हुनु र भारतले पनि बुद्ध भारतमा जन्मेको भन्ने भ्रम सिर्जना गरेर भौतिक संरचना निर्माण गर्नुले भारतले सीमा अतिक्रमणका अलावा अन्य नेपाली राष्ट्रिय अस्मिताको विषयहरुमा समेत आँखा गाडेको प्रष्ट हुन्छ । साँस्कृतिक तथा पर्यटकीय महत्वको स्थान लुम्बिनीको विषयमा विश्व जनमानसलाई गुमराहमा राख्ने षड्यन्त्र भइरहेको छ । यदि यस्तै भैरहने हो र हामी नेपालीहरु चुपचाप बसिदिने हो भने आगामी दिनहरुमा अन्य स्थलहरु पनि भारतमा नै पर्छ भन्ने प्रचारवाजी गर्ने अवस्था सिर्जना नहोला भन्न सकिदैन जबकि केही समयहरुमा सगरमाथा पनि भारतमा नै पर्छ भन्ने प्रचारबाजी सुरु भइसकेको छ । त्यसैले हामीले यी भ्रमहरुलाई गम्भीर ढंगले लिन र सचेत तरिकाले चिर्न सख्त जरुरी भएको छ । त्यसको लागि हामीले सरकारी स्तरबाट भारतीय सरकारबाट भइरहेको हस्तक्षेपकारी भूमिकामा सचेत गराउँदै त्यसप्रति कुनै न कुनै रुपमा गर्न र बोल्न दबाब दिने र विभिन्न माध्यम तथा पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थलका बारेमा भ्रम सिर्जना गर्ने खालका पाठ्यबस्तुहरुलाई सच्याउन कुटनैतिक रुपमा पहल गर्नको लागि दवाव सिर्जना गर्ने काम यो अभियानले गर्नेछ । साथै संसदले सर्वसम्मतिले पारित गरी लुम्बिनी क्षेत्रलाई ” अन्र्तराष्ट्रिय शान्ति शहर” को रुपमा विकास गर्न ल्याएको संकल्प प्रस्ताव तथा बाँकी रहेको लुम्बिनी विकास गुरुयोजनाको कार्यलाई तीन बर्षको अबधिभित्र पुरा गर्न सरकारलाई दिएको निर्देशनलाई जतिसक्दो चाँडो पुरा गर्न खबरदारी गर्नु पनि कपिलबस्तु दिवस अभियानको दायित्व हुनेछ । अरु पनि यस्तै किसिमका राष्ट्रियतासंग सम्बन्धित समस्याहरु समाधान र पर्यटन बर्ष-२०११ लाई बुद्ध, लुम्बिनी तथा कपिलबस्तुसंग जोडेर प्रचारप्रसार गर्नुका  साथै नेपाली राष्ट्रियताका विषयहरुलाई अन्तरराष्ट्रियकरण गराउने र नेपाललाई विश्वमा सकारात्मक ढंगले चिरपरिचित गराउने काम नै प्रमुख हुनेछ । अतः हामी धर्म, जाति, क्षेत्र या विभिन्न नाममा विखण्डित र विश्रृखलित हुनुभन्दा पनि राष्ट्रिय हितको पक्षमा एकजुट हुन सक्यौ भने न्याय र सत्यका धरोहर बुद्धको नाममा असत्य र भ्रमका खेती गर्ने भारतीय अतिक्रमण नीति र त्यसैलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनेहरु आफै पराजित भएर जानेछन् अनि मात्र हामीले स्वाभिमानका साथ नेपाली भएकोमा गर्व गर्न पाउनेछौ ।
bibash_alone@yahoo.com
[1] लेखक कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिको कतार एबं मध्यपूर्ब संयोजक हुनुहुन्छ ।
Kapilvastu Day Movement Global Committee Formed
As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, Nepal; the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.
The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini.
After celebrating the Kapilvastu Day as the Global Day for the first time in history on December 1, 2009, we discussed on how to keep the program going ahead. Hence a 19 member executive committee (which will be of 21- member in the future) has been formed as the Kapilvastu Day Movement Global Committee under Ram Kumar Shrestha’s leadership. The committee is constituted as follows:
Ram Kumar Shrestha                  Global Coordinator, UK
Abi Sharma                                  Coordinator, Canada
Baburaja Maharjan                       Coordinator, Newzealand
Bhanu Poudyal                             Special Coordinator, Canada
Binay Shah                                   Coordinator, Hongkong
Chandra Rai                                 Coordinator, Canada
Hari Kumar Shrestha                   Coordinator, Taiwan
Laxman Devkota                         Coordinator, Portugal
10.  Laxman Puri                                 Coordinator, Nepal
11.  Mrs Laxmi Simkhada                   Coordinator, USA
12.  Om Gurung                                  Coordinator, Japan
13.  Raj Shrestha                                Coordinator, Nepal
14.  Ramhari Shrestha                        Coordinator, UK
15.  Santosh Neupane                        Coordinator, Belgium
16.  Miss Sanu Ghimire                      Coordinator, Australia
17.  Shailesh Shrestha                        Coordinator, USA
18.  Shambhu Kattel                           Coordinator, USA
19.  Sujan Neupane                            Coordinator, Australia
To make the movement more effective and to simplify the decision making process of the committee a nine member secretariat has been formed and the secretariat members shall be the regional coordinators of corresponding regions as follows:
a)      Baburaja Maharjan (Australia, Newzealand and surrounding countries),
b)      Hari Nepal (Middle East),
c)      Binay Shah and Om Gurung (Japan, Hongkong, China and surrounding countries),
d)      Shailesh Shrestha (USA and South America),
e)      Chandra Rai (Canada)
f)       Santosh Neupane (Europe).
g)      Raj Shrestha (SAARC)
The Global Coordinator shall be the Chief in the secretariat which shall be located in London.
Bhanu Poudyal shall be designated as the Special Coordinator, to inform those who are misinformed particularly on Lumbini, and? the birth place of the Buddha.
To smoothly spread the Movement’s Peace Mission at national and International levels a seven member Advisory Board shall be formed with the following members:
a)  Mr. Agni Frank Eickermann (writer, Founder of Spiritual Teachers Training, Alpha Chi Consultants, and “Path into Light”, Speaker: Spirituality, Traditional Chinese Medicine, Feng Shui, Management solutions, Golden Age, USA),
b) Dr. Arzu Rana-Deuba (CA member and MP),
c) HE Mr.? Deepak Khadaka  (Consulate General, NSW, Australia),
d) Ms Domo Geshe Rinpoche (Spiritual Director, White Conch Dharma Center, USA),
e) Dr.  Kavitaram Shrestha (writer and founder of Aswikrit Movement),
f)  Mr. Rajendra Shrestha (former minister), and
f)  HE Dr. Rishi Adhikari (Nepali Ambassador to Malaysia)
The Movement expects coordination and cooperation in attaining its objectives from Nepal government, intellectuals, journalists and all peace movement committed institutions from different part of the world and committed to give its hands to all peace loving institutions.
शिक्षा नीति : जनकेन्द्रित कि धनकेन्द्रित ?
- गणेश आचार्य
नेपालका युवा कम्युनिस्टहरु भन्छन्- शिक्षामा आमूल सुधार हुनुपर्छ । जनवादी र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्छ । थोत्रो परम्परागत सामन्ती शिक्षा अब बेकार छ । तर यो भनाइको तात्पर्य के ? जनवादी शिक्षा भनेको कुन चरीको नाम हो ? यो प्रश्नले सर्वसाधारण जनताको मात्र होइन, तिनका निरीह विद्यार्थी छोराछोरीको मन रिंगाउन थालेको पाइन्छ । कारण, ६० प्रतिशत जनमत बटुलेका कम्युनिस्ट पार्टीका ‘माउ’ नेताहरुले ‘जनवादी’ शिक्षाका सपना साकार पार्ने आशामा तुषारापात हुँदै गएको छ । यो गम्भीर र विडम्बनापूर्ण सवाल हो । २००४ मा भर्खर कम्युनिस्ट पार्टी जन्मँदै थियो । चार जनाले कलकत्तामा खोलेको यस पार्टीको मूल्य, मान्यता, आदर्श, नीति र सिद्धान्तहरु शिक्षाको क्षेत्रमा कति अंश लागू भए या हुँदैछन् ? यो आजको यक्ष प्रश्न हो । तमाम विद्यार्थीहरुले कम्युनिस्ट पार्टी सत्तामा गएपछि यसको मूल्यांकन र अनुगमन गर्नु स्वाभाविक छ ।
२०५१ मा ठूलो पार्टीको हैसियतमा नेकपा (एमाले) ले नौ महिना एकमना सरकार चलायो । वामपन्थी विद्वान नेता तथा साहित्यकार मोदनाथ प्रश्रित शिक्षामन्त्री बने । अर्कोपटक राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसँगको गठबन्धन सरकारमा सामेल हुँदा राजावादी लाइनमा पुगेका शिक्षक नेता देवीप्रसाद ओझा एमालेकै तर्फबाट शिक्षामन्त्री बन्न पुगे । त्यसपछि भने कोही पनि ‘शुद्ध’ कम्युनिस्टले शिक्षा मन्त्रालयको नेतृत्व हाँकेको इतिहास पाइँदैन । यी दुई कार्यकाल बाहेक बाँकी समय नेपाली कांग्रेस र अन्य साना दलको कोटामा शिक्षा मन्त्रालयको बागडोर परेको तथ्य घाम झैं छर्लंग छ । लेख्नलायक यो छ कि यसबीचमा स्वर्गीय मनमोहन अधिकारी नौ महिना र आमूल क्रान्तिकारी भनिने एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठ महिना प्रधानमन्त्री बनिसकेका छन् । र, एमालेकै पूर्वमहासचिव माधवकुमार नेपालले प्रधानमन्त्रीका रुपमा आठ महिनादेखि सत्ताको बागडोर सम्हालिरहेको अवस्था विद्यमान छ ।
तर शिक्षामा जनवादीकरण खै ? आमूल सुधारको पक्षमा वामपन्थी विद्यार्थी संगठनहरुले जतिसुकै चर्को नारा लगाए पनि सत्तामा पुगेपछि तिनका मातृ पार्टीबाट उल्टो सास्ती खेप्नुपरेको तीतो सत्य हाल आएर पुनः उद्घाटित भएको छ । हाल त्रिभुवन विश्वविद्यालयले एकोहोरो रुपमा शुल्क वृद्धि गर्नु र त्यसविरुद्ध वाम-विद्यार्थी संगठन मात्र होइन, पुँजीवादी मार्काका नेविसंघ लगायतका संगठन समेत आन्दोलनमा उत्रिनु यसैको एउटा ज्वलन्त उदाहरण हो । शुल्क वृद्धि गर्नुका पछाडि त्रिविविका आफ्नै कथा-व्यथा होलान् । तर, पनि यसलाई जनवादी शिक्षाको आर्थिक पाटोमाथि झापड हानिएको भन्नुपर्छ, जसले जनताकेन्द्रित शिक्षाको उपहास गरेको छ । जनवादीकरण भन्नाले शिक्षा सर्वसुलभ, गुणस्तरीय, वैज्ञानिक, व्यावहारिक, जीवनोपयोगी, सीपमूलक र व्यवसायिक हुनु भन्ने बुझिन्छ । शिक्षामा समान पहुँच त्यसको अर्को कडी हो ।
यी सबै मापदण्डहरु नेपाली धर्तीमा कुहिराको काग झैं विलुप भएको देख्नु वाम-विद्यार्थीका लागि पीडादायी विषय बनेको छ । अनेरास्वविय (क्रान्तिकारी), अनेरास्ववियू र अन्य वाम-विद्यार्थी संगठन नै जनवादी शिक्षाको दिशा प्रक्षेपण गर्ने वर्तमानका गतिला क्षेप्यास्त्र हुन् भन्दा फरक नपर्ला । तर, ‘डाडुपन्युँले खाना नपस्किएपछि हनमेनोको के काम’ भने झैं अवस्थामा विद्यार्थी संगठनलाई पुर्‍याइएको महशुस हुन्छ ।
एकातिर शिक्षामा धनी र गरीबका बीच ठूलो खाडल पैदा गरिएको छ । फरक-फरक गुणस्तर प्रदान गरिन्छ । सरकारी शिक्षण संस्थाहरु प्रमाणपत्रधारी बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । निजी क्षेत्रको शिक्षा आर्थिकरुपले अभिभावक रुवाउने, निरस अखडा सावित हुँदै गएको प्रष्ट छ । यो स्थिति र प्रवृत्ति रोक्न प्रभावकारी पहल कसैले गरेको देखिँदैन । निजीकरणको नाममा तँभन्दा म कम भने झैं केही वामपन्थी पार्टीसम्बद्ध समूहहरु पनि जनकेन्द्रित होइन, धनकेन्द्रित शिक्षातर्फ धकेलिएको पाइन्छ ।
त्यसैले जनशिक्षा लागू गर्नका निम्ति अब अपनाउनुपर्ने अपरिहार्य विधि हो-सत्तामा रहँदा जनवादी शिक्षानीति कार्यान्वयन गर्नु र सत्तामा नरहँदा दबाबमूलक कार्यक्रम सञ्चालन गर्नु । तब मात्र वाम-दलको नेतृत्वसँग युवावर्गले विश्वास गर्ने दिन आउँछ ।
http://www.lalrakshak.com