RSS

गजल

नववर्ष तिमी

नववर्ष तिमी विश्वासको दीप जलाई आउ ।

चारैतीरवाट शान्तिको झण्डा फहराई आउ ।।

धेरै वहाए रगत जनताले यस धर्तिमा

रक्तिम धरामा श्रृजनाको नदी वगाई आउ ।।

मातृभुमीको दुर्गती देखेर निराश वनेको

जनमानसमा उत्साहको ज्वाला उठाई आउ ।।

धनी र गरीवविच विभेद सुल्झाउने

राहतको नयां अवधारणा वनाई आउ ।।

हिंसा र आतंकवाट पिडीत वुद्धको देशमा

“वसुधैव कुटुम्वकम्” को सन्देश फैलाई आउ ।।

— — — — — — — — — — — — — —

चन्द्र र सुर्य अंकीत झण्डाको मान हाम्रो ।

वुद्ध सगरमाथा वेग्लै पहिचान हाम्रो ।।

हिमाल पहाड तराइ जाति भाषा र लिंग

थरि थरि छन् रिति तर एउटै छ शान हाम्रो ।।

आदी यो ज्ञानभुमी शान्तिभुमी संसारमा

इतिहास छ उंचो शिरको झुक्दैन अभिमान हाम्रो ।।

एकजुट भै नरनारी पुकारौं  एकै स्वरले

जय जय हे नेपाल आमा तिमी नै हौ प्राण हाम्रो ।।

गजल परिचय

गजल अरवी मूलको शव्द हो । यसको व्युत्पत्तिमूलक अर्थ खोतल्दा तिनवटा शव्द समूहहरु देखिन्छ ग – गफ (वाणी), ज – जनाना (स्त्रि), अल – निकटता (संगै) । कुनै सुकुमारी या लावण्यवतीसंग गरिएको सुमधुर प्रेमालाप वा प्रणय चेतनाको हार्दिकता नै गजलको विम्व हो । अरवी भाषामा मृगलाई “गजाला” भनिन्छ, त्यसैले कुनै मृगनयनी, स्वप्नपरिप्रति प्रेमाशक्त भई लेखिने छन्दमय रसदार प्रणय – अनुरागयुक्त प्रेमपत्र नै गजल हो ।

काव्यशाष्त्रमा श्रृंगार रसलाई रसराज मानिन्छ । यसै श्रृंगार रसको केन्द्रियतामा गजल रहेको हुन्छ । गजलको परिभाषामा विविधता पाईएपनि प्राविधिक, विधानसम्मत, छन्दमय र गेयात्मक अनुभुतिको तरल रुपमा गजललाई सवैतिरवाट अंगिकार गरिन्छ । गजलको अर्थका सम्वन्धमा उत्तरप्रदेश हिन्दी संस्थान (लखनउ) द्धारा प्रकाशीत उर्दु – हिन्दी शव्दकोषको सप्तम संस्करण (ई. सं. १९८२) मा भनिएको छ – “गजल स्त्रिलिंगी शव्द हो र अरवी मूल भाषा हो । प्रेमिकासंगको वार्तालाप हो । उर्दू फारसी कविताको एक प्रकार हो । यसमा ५ – ११ शेरहरु हुन्छन् । सवै शेरहरु एउटै रदीफ र काफियामा हुन्छन् र प्रत्येक शेरको मजनु अलग्गै हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसका दुवै मिसराहरु सानुप्रास हुन्छन् र अन्तिम शेर मक्ता हुन्छ जसमा शायरले आफ्नो तखल्लुसपनि प्रयोग गर्दछ ।” नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानद्धारा २०५८ जेठमा प्रकाशीत वृहद नेपाली शव्दकोष (तृतिय संस्करण) मा सोही शव्दकोषको अनुवाद मात्रै गरिएको छ । त्यसैगरि, द अक्सफोर्ड इंलीस डिक्सनरीका अनुसारः- “विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।”

गजल गेय विधा हो त्यसैले यसमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकता भन्नुको अर्थ गाउन मिल्ने भन्ने हो, गाउनको लागी छन्दमा हुनु जरूरि हुन्छ यसर्थ, गजल छन्दवद्ध हुनुपर्छ । तर यसको मतलब गजल केवल गीतको परिभाषा अटाउंछ भन्ने होइन, न त यो कविता नै हो । यि दुवै भन्दा भिन्न गजल स्वतन्त्र विधा हो। उर्दु फारसी मुल भएकाले गजलका प्राविधीक शव्दावलीमा सोही भाषाको प्रयोग गरिएको पाइन्छ । छन्दलाइ उर्दुमा “वहर” भनिन्छ जुन गजलको प्रमुख अनिवार्यता हो । संस्कृत तथा नेपाली गद्य साहित्यमा गण र मात्रा मिलेर वन्ने लयलाइ नै छन्द मानिन्छ, गजलमा ति प्राविधीक शव्दहरूलाइ “रूक्न” र “अरकान” नामले चिनिन्छ । छन्द या वहर विनाको गजल पुर्ण वनेको मानिंदैन र यस्तो गजललाइ “गैर मुसलसल” गजल भनिन्छ । तर छन्दमा लेख्ने भन्दैमा गजल पुरै शाष्त्रीय नै हुन्छ भन्ने होइन, यद्यपी यसले कुनै लय भने समातेकै हुनुपर्छ । तसर्थ, गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् ।

यद्यपी, आधुनिक गजलको विकाससंगै  गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ ।

ध्यान दिनुपर्ने कुराहरू

गजल लेख्नुअघी यसको मुलतत्व वुझ्नु जरूरि हुन्छ जसको लागि निम्न प्राविधीक शव्दावलीहरूवारे जानकारि हुनुपर्ने देखिन्छ ।

१) बहरः- गजलको छन्द वा लयलाई नै बहर (meter) भनिन्छ । गजल लेख्नुअघि वहरको ज्ञान हुनु अनिवार्य मानिन्छ तर, गजलको आधुनिक यात्रासंगै वहरको कडा फलामे अनुशाषनमा रहनुपर्ने नियम अलि खुकुलो हुंदै गएको छ । अचेल वहरको ज्ञानविना नै लेखिएका गजलहरूको वाढि नै आएको छ । यसले कतै गजललाइ नै वगाएर लाने त होइन भन्ने चिन्तापनि वरिष्ठ गजलकारहरूमा देखिन थालिसकेको छ । हुनत, गजलमा वहर नमिलेपनि त्यो गेयात्मक वन्न सक्छ, तर गजल लेख्नेहरूमा कमसेकम वहरको ज्ञान भएमा मात्रैपनि गजलले साहित्यका अन्य विधाभन्दा आफुलाइ सदा उच्च स्थानमा राखिराख्न सक्ने देखिन्छ ।

२) शेरः-

वेहोसी म हुदापनि तिमीसंगै रम्न पाए ।

मधुप यो अधरले अधर त्यो चुम्न पाए ।।

जिन्दगीको यात्रा गर्दा टाढिएर रहेपनि

सपनीमा संधै संधै तिमीसंगै घुम्न पाए ।।

गजलका प्रत्येक दुर्इ हरफलाई शेर (stanza) भनिन्छ । यो ३, ५, ७, ९, ११ जस्ता विजोर संख्यामा हुनुपर्छ भन्ने गजलको मान्यता रहेपनि आजकाल ४ शेरका गजलहरूपनि प्रशष्तै देख्न पाइन्छन् । गजलमा प्रत्येक दुइ (एक जोडी) हरफलाइ एक शेर भनिन्छ । यहां, माथीको उदाहरणमा दुइ शेर छन् ।

३) मत्लाः-

व्याख्या होईन परिवर्तन गरेर देखाउ ।

सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।

गजलको केन्द्रिय भाव वोकेको पहिलो दुर्इ हरफलाई मत्ला भनिन्छ । मत्लाका दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । यो गजलको मुख्य भागपनि हो । कतिपय शायरहरूले एउटै गजलमा एकभन्दा वढि मत्लापनि प्रयोग गरेको पाइन्छ । यस्तो अवस्थामा दोश्रो शेरमा आउने मत्लालाइ “मत्ला-ए-सानी” या “हुस्न-ए-मत्ला” भनिन्छ ।

४) मक्ताः-

अन्धकार औंसि रातमा, वांच्नु साह्रै गाह्रो भयो

‘सावन’को जिन्दगीमा, चांद वनि छाउंछु भन्थ्यौ ।।

गजलको अन्तिम दुर्इ हरफहरुमध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएको छ भने ती दुर्इ हरफलाई मक्ता भनिन्छ ।

५) मिसराः-

कहां गयो पुर्खाहरूले आर्जेको त्यो भुमी,

पुर्व टिष्टा र पश्चिमको कांगडा खोज्नुछ ।।

मत्ला र मक्ता बीचका प्रत्येक दुर्इ हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई “मिसरा-ए-उला” भनिन्छ भने दोस्रो हरफलाई “मिसरा-ए-सानी” भनिन्छ । मिसराहरुले एउटै भाव वोकेको हुनुपर्छ भन्ने गजलको मान्यता रहंदैन, तर अलग अलग भाव वोकेका भन्दा एउटै भावको नियमितता हुनुपर्ने चलनले जरो गाडिसकेको छ, यसो गर्दा गजलले अरू गहन भाव वोक्न सक्नेपनि देखिएको छ । गजल लेख्दा मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैलीमा हुनुपर्दछ ।

६) काफियाः-

फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा ।

त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।।

काफिया अरबी भाषाको पुलिंगी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुकबन्दीपुर्ण शब्द भन्ने हुन्छ । गजलमा यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि र रदीफभन्दा अगाडि पटक पटक दोहोरिने अन्त्यानुप्रास भइ आउंदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ । यसको प्रयोग मत्ला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित शेर) का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य शेरहरुका दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । यसले गजलमा लयात्मकताको सिर्जना गर्नुका साथै गजलको विशिष्ट संरचना निर्माण गर्दछ । काफियाको साथमा जोडिएर आउने शव्दलाइ “हम काफिया” भनिन्छ । जस्तै :- माथी उदाहरणमा प्रयुक्त शव्दहरू “वनाउने” र “विसाउने” मा अन्त्यानुप्रास मिलेको छ । जहां “आउने” शव्दलाइ काफिया भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छ । यहां “तर्खरमा” रदीफ कहलिन्छ ।

७) रदीफः-

यहां दिनमै शाम हुन्छ ।

आंखा आंखामै काम हुन्छ ।।

रदिफ अरबी भाषाको स्त्रीलिंगी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । गजललाई सांगीतिक बनाउन तथा स्मरणयोग्य बनाउन यसले महत्वपूर्ण भूमिका प्रदान गर्छ । रदीफ गजलको अनिवार्य तत्व होइन तर यसले गजललाइ शक्ति प्रदान गर्दछ । यदि रदीफविना नै गजल लेखियो भने त्यसलाइ ‘गैर मुरद्दफ’ गजल भनिन्छ रदीफ सहितको गजल मुरद्दफ गजल वन्दछ । रदीफले गजललाइ लयात्मक, गेयात्मक तथा दीर्घ प्रभावकारी बनाउन ठुलो भुमीका निर्वाह गर्दछ । कतिपय विद्वानले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् । माथी उदाहरणमा “हुन्छ” शव्द दुवै हरफमा दोहोरिएको छ, यसलाइ नै रदीफ भनिन्छ ।

८) तखल्लुसः-

एकैपटक भएपनि उनले हांसिदिदा खेरी

‘सावन’ लाग्यो जवानीलाई रंगाउने तर्खरमा ।।

अरबी भाषाको पुलिंगी शब्द तखल्लुसको अर्थ गजलकार वा शायरले गजलका अन्तिमका दुर्इ हरफहरु (शेर) मध्ये कुनै एकमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ । यो गजलको अनिवार्य तत्व नभइ श्रृंगारको साधनमात्रै हो । तखल्लुस प्रयोग गर्ने नाममा यसले गजलको भाव तथा सुन्दरतामाथी नै हस्तक्षेप गर्दछ भने त्यस्तो तखल्लुस नराख्दा नै राम्रो हुन्छ । माथी उदाहरणमा “सावन” तखल्लुस हो ।

तर यति शव्दहरूको ख्याल गरेरमात्रै पनि गजल पुर्ण वन्दैन । गजलका प्रमुख र अत्यन्तै आधारभुत प्राविधीक शव्दहरू मात्रै हुन् यि ।

गजलको इतिहास र नेपालीमा गजल विकास

वास्तवमा गजलको विकास सम्वन्धमा चर्चा गर्दा यसको उत्पत्ती र विकासवारे पनि खोतल्नुपर्ने हुन्छ । गजलको शुरुवात कहिले भयो एकिन नभएपनि एघारौं शताव्दीमा फारसवाट मशहुर शायर रोदकिले प्रारम्भ गरेको पाइन्छ । पछि दकिकी, वाहिदी, निजामी, वेडिल, फैजी, शेखशादी, अमीर खुसरो, कविर दास आदी गजलकारहरु लागीपरेका हुन् ।

उर्दू गजलका प्रवर्तक जनाव वलि औरंगावादी (१६३८ – १७०७ ई.) हुन् भने नेपाली प्रवर्तक युगकवि मोतिराम भट्ट (१६२३ – १६५३) मानिन्छन् । त्यसपछि शम्भु प्रसाद ढुंगेल, भिमनिधी तिवारी र उपेन्द्र वहादुर जिगरले नेपाली गजललाई विकासको गति दिने प्रयत्न गरेपनि वि. सं. १९६६ भन्दापछि कसैले चासो देखाएनन् । “विसको दशक”पछि भने ज्ञानुवाकर पौडेल, मनु व्राजाकी, वुंद राना, आदिका रचनाहरु देखापर्न थाले । गजललाई स्वतन्त्र काव्यविधा नमान्नेहरुका माझमा भारतका डा. जे. पी. गंगवार, डा. सरदार मुजावर, डा. रोहिताश्व अस्थाना तथा नेपालीमा मनु व्राजाकी, ललीजन रावल, घनश्याम न्यौपाने “परिश्रमी” जस्ता चिन्तक, समालोचक र शोधकर्ताहरुले स्वतन्त्र काव्यविधाका रुपमा प्रष्ट्याउने र स्थापीत गर्ने कार्य गरे । विगत जे-जस्तो भएपनि नेपाली गजलमा अहिले भेलवाढी नै उर्लेको पाईन्छ । गजलमै नयां नयां प्रयोगहरू भएका छन् । गजलमा नै आफ्नो श्रम, सिप र पसिना वगाउने त्यस्ता सर्जकहरूलाइ नेपाली गजल इतिहासले कालान्तरसम्म याद गरिनै रहनेछ । यद्यपी, नेपाली साहित्याकाशमा जति नै फस्टाएको भएपनि गजलले अझै प्रष्ट कार्यदिशा लिनसकेको पाईंदैन, हामी आशा गरौं एकदिन सर्जक, समालोचकहरुद्धारा यसको स्वरुप तथा कार्यदिशा अवश्यपनि प्रष्टिने नै छ ।

अन्तमा, नेपाली साहित्याकाशमा गजलकै पछिपछि यात्रा गर्दै गरेको अर्को साहित्यीक विधा हाइकु र गजलको संमिश्रण (Fusion) गरेर लेखिएको यो गजल प्रस्तुत गर्न चाहन्छु “हाइकु-गजल”को रूपमा । यसमा प्रत्येक हरफलाइ छुट्टाटुट्टै या स्वतन्त्र रूपमा हेर्दा हाइकु वन्दछ भने संयुक्तमा हेर्दा गजल । यो मेरो सानो प्रयासले कहिंकतै गजलको प्रचलीत मान्यतालाइ नाघ्न गए माफी चाहन्छु ।

नेपाली छोरो, अंगाङ्गमा देश छ, हेप्न नखोज ।

डटेरै लिन्छौं, आआफ्नो अधिकार, खोस्न नखोज ।।

मुलुक रोयो, भोका र नांगासंग, शुन्यताभित्र

सकेनौ गर्न, गर्दछु भन्नेलाई, रोक्न नखोज ।।

हर विहानी, यौटा नयां खवर, हत्या कसैको

शान्ति विथोली, आतंकको श्रृंखला, थप्न नखोज ।।

घुर्मैलो छायां, प्रताडित मुद्रामा, वुद्धको मुर्ति

खवरदार, शान्तिको ध्वजा हाम्रो, छोप्न नखोज ।।

मिलेर गरौं, हिंसा र द्वन्द हैन, भातृत्व खोजी

नयां विधान, वनाउनुछ हाम्ले, भाग्न नखोज ।।

उपहार स्वरूप यो प्राविधीक शव्दावली सहितको गजल प्रस्तुत गर्न चाहन्छु :-

मुस्काननै ‘रदीफ’ तिम्रो मुहार ‘काफिया’ ढंग होस् ।

‘शेर’भित्रका ‘मिसरा’सरि तिम्रो हरेक अंग होस् ।।

लहरायो ‘मत्ला’केश मन्दपवनमा नागवेली

पाउमा छमछम पाउजुझैं ‘मक्ता’ टंग-टंग होस् ।।

पारखीहरुकोमात्र हैन सृष्टिकर्ताकै उत्कृष्ट दृष्टि

‘रुक्न’ र ‘अरकान’ले सजेको तिम्रो भाव-भंग होस् ।।

‘ईवारत’ ‘ईशारत’ अनि ‘अदा’ यिनै त्रिगुणहरु

मधुमास वोकी मुस्काएकी तिम्रो लालीमा रंग होस् ।।

सोह्र श्रृंगार वत्तिस लक्षण प्यारि ‘गजल’ सुन्दरी

‘तखल्लुस’भई “चिन्तन” अव तिम्रो संधै संग होस् ।।

अन्य गजलहरू

व्याख्या होईन

eskhalitsaavan@gmail.com.

व्याख्या होईन परिवर्तन गरेर देखाउ ।

सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।

धेरै हेरियो सुनियो तिम्रो राईं र दाईं

भाषण होईन अव कर्म उतारेर देखाउ ।।

पीडामा कति जलाउछौ मातृभुमीलाई

चोट होईन उनमा प्राण भरेर देखाउ ।।

छाडिदेउ लुटतन्त्र जनता नाङ्गा भैसके

स्वार्थ होईन सेवामा अघि सरेर देखाउ ।।

गहुंसंगै घुनहरु धेरै पिसिसक्यौ यहां

मारेर होईन अरु आफु मरेर देखाउ ।।

+++++++++++++++++++++++++++++++++++++++++++

नयां मोडेल

नयां मोडेल दिनु छैन, संघियता हुन्न भन्छौ ।

ढलीमली रजाईं गर्न, समानता हुन्न भन्छौ ।।

जनता अव सुत्या छैनन्, व्युंझिसके चेतनाले,

ढांटछलमा लाज पचाई, सांचोवोल्न हुन्न भन्छौ ।।

आफ्नो सत्ता स्वार्थसंग, मातृभुमी साट्यौ क्यारे,

देशको हित हुनेगरि, सन्धिगर्न हुन्न भन्छौ ।।

नयां नयां आयो भनि, पुरानै पो ल्याउने हौ कि,

तिम्रो अहम् ठेसलाग्दा, संविधान हुन्न भन्छौ ।।

शोषण र अन्यायको, जांतो कति पिस्छौ अझै,

सारा पोल खुल्ला भनि, समायोजन हुन्न भन्छौ ।।

+++++++++++++++++++++++++++++++++++++++++++

वर्षा लाग्यो …

वर्षा लाग्यो सांझपख झ्यांउकिरीको झंकार राम्रो ।

वाढी आयो दिलभित्र प्रियतमको हुंकार राम्रो ।।

चौरासीमा थप्नुपर्ने अर्को यौटा व्यञ्जन नयां

जोवनको भोक लाग्दा पिरतीको परिकार राम्रो ।।

एकै भेटमा यस्तोपनि हुंदो रैछ कहिलेकाहीं

अचानकै मिलाउने देउताको उपकार राम्रो ।।

संझी आंशु वगाउंदैमा पखालीने याद होइन

हृदयको कुनाविच माया कोर्ने चित्रकार राम्रो ।।

किन चाहियो चिन्तनलाई गहना र गुडिया यो

मनभित्र संधै उहि संझनाको अलंकार राम्रो ।।

+++++++++++++++++++++++++++++++++++++++++++

+++++++++++++++++++++++++++++++++++++++++++

यता हाम्रो शाषक भई

eskhalitsaavan@gmail.com.

यता हाम्रो शाषक भई उताको मतियार आयो ।।

सीमा मिच्न हतार हतार उहि संधियार आयो ।।

जनताले के गर्नु र सरकार लाछी परेपछि,

उठिवास लाउन भनि ध्वांसे लठियार आयो ।।

अव शान्ति चाहियो भनि जनताले भन्दैगर्दा

रगत झनै वहाउन वरू हतियार आयो ।।

रोग, भोक, अशिक्षा र अभावको रंगमञ्चमा,

जनतालाई नचाउने ठाडो अख्तियार आयो ।।

++++++++++++++++++++++++++++++++++++++++++++

गण्डकीका छालहरु

eskhalitsaavan@gmail.com.

गण्डकीका छालहरु संगित झैं कुर्लिदैछन् ।

प्रियसीका यादहरु खहरे झैं उर्लिदैछन् ।।

अतीतको संझनामा वर्तमान जिउदै जांदा

भविष्यका चाहहरु सपना झैं भुलिदैछन् ।।

विछोडको गोलीले घाईते यो मनमापनि

पिरतिका डांडाहरु हिमाल झैं चुलीदैछन् ।।

वटुलेर साहस अझै दुःख संग लड्छु भन्ने

जिवनका आंटहरु लहराझैं लुलिदैछन् ।।

अलन्तर जिन्दगीको वेवारिस वागमा किन

वेदनाका झाङहरु वनमारा झैं फुलीदैछन् ।।

०५८ /११/१६

+++++++++++++++++++++++++++++++++++++++++++++++++

विगतका ति संझना मीठा

विगतका ति संझना मीठा म भुल्न सक्दिन ।

भुलेर गल्ति भएको भए म भन्न सक्दिन ।।

घृणा त लाग्छ वाहिरि तिम्रो त्यो आडम्वरको,

नदेखेपनि मुहार तिम्रो म वांच्न सक्दिन ।।

परायापन पाएं त्यो तिम्रो मनमा लुकेको,

तैपनि स्वार्थी तिमी त भनि म मान्न सक्दिन ।।

आंशु मेरो खस्दा तिमी मुख छोपेर हासेथ्यौ,

अरुको दुःख देखेको वेला म हास्न सक्दिन ।।

आत्माले चिन्छ जाली र जिद्दी कपटि भनेर,

परियो सोझो गाँउले केटा म चिन्न सक्दिन ।।

०५७ /११/०९

++++++++++++++++++++++++++++++++++++++++++++++++

संसार फेर्ने विचार

phuchche@gmail.com

संसार फेर्ने विचार भा‘को पत्र मेरो खोली हेर ।

हृदयलाई विशाल बनाई आफैंसंग बोली हेर ।।

कस्तो जीवन बांच्ने भनी दुविधामा पर्‍या छौ कि

स्वस्वार्थको संकिर्णता जनस्वार्थमा घोली हेर ।।

एकबारको जीवन यो दास बनी के बांच्ने र ?

बांधिएको पशुसंग आफ्नो मोल तौली हेर ।।

के गुम्ला र गुमेदेखि दासताको जंजीर बाहेक

मुक्ति अनि शान्तिसंगै जित्ने द्वार खोली हेर ।।

स्खलनको बैसमा हैन संघर्षको महान ऐसमा

बलिदानको प्रकाशले जीवनलाई मोली हेर ।।

निराशामा संसार पढी अंध्यारोमा बांच्छौ कति

कालो रात सकिइसक्यो रातो दिन भोलि हेर ।।

(२०६२ साल संकटकालमा जनादेशमा प्रकाशित)

++++++++++++++++++++++++++++++++++++++++++++++++++++

दोवाटोमा कुरिवस

eskhalitsaavan@gmail.com.

दोवाटोमा कुरिवस, सांझपख आउंछु भन्थ्यौ ।

पर्खाईमा रात वित्यो, मीठो गित गाउंछु भन्थ्यौ ।।

मन त्यसै ओईलायो, झरेको त्यो फूलजस्तै

गुरांस टिपी ल्याईदेउ, शिरमाथी लाउंछु भन्थ्यौ ।।

हुरिवतास वाधा जंघार, कतै तिमी अल्झियौ कि

चर्को धूप साउने झरि, जसरि नि धाउंछु भन्थ्यौ ।।

कता गयौ मनकी रानी, अन्तै गुंड सार्‍यौ कि त

अंगालोमा वांधिएर, दिलमा घर वनाउंछु भन्थ्यौ ।।

अन्धकार औंसि रातमा, वांच्नु साह्रै गाह्रो भयो

‘सावन’को जिन्दगीमा, झरि वनि छाउंछु भन्थ्यौ ।।

++++++++++++++++++++++++++++++++++++++++++++++++++

कति मीठो मधुर मुस्कान

eskhalitsaavan@gmail.com.

कति मीठो मधुर मुस्कान कति मीठो वोली ।

स्वागत गर्न मन लाग्यो दिलको ढोका खोली ।।

त्यसैपनि सुन्दर त्यो दिव्य रुपमाथी

राष्ट्रियता झल्काईदिने लगाईछ्यौ चोली ।।

घनासुन्दर केशराशी गाजलु ति आंखा

राखीराख्न मुटुभित्र थापिरहेछु झोली ।।

मोहनी लगाउने तिम्रो अधरको हांसो

साचुँ लाग्यो एकपल्ट भेटिदेउन भोली ।।

सपनिमा विपनिमा आईदेउ मेरो सामु

जवानीको रङ्गमञ्चमा संगै खेलौं होली ।।

०५८/१० /०८

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

वेहोसी म हुदापनि

eskhalitsaavan@gmail.com.

वेहोसी म हुदापनि तिमीसंगै रम्न पाए ।

मधुप यो अधरले अधर त्यो चुम्न पाए ।।

जिन्दगीको यात्रा गर्दा टाढीएर रहेपनि

सपनिमा संधै संधै तिमीसंगै घुम्न पाए ।।

प्रकृतिको हराभरा सुकोमल सौन्दर्यमा

वाँच्नु  सार्थक तव हुन्छ प्रेममदले झुम्न पाए ।।

आत्मिक यो शुन्यतामा मदिरासाथ डुवेभन्दा

धैर्य मिल्ने थियो होला प्रेमकुण्डमा डुब्न पाए ।।

त्यागिदिन्छ वरु सवै सांसारीक सुखहरु

यो ‘सावन’ तिमीसंगै प्रेम शिखर पुग्न पाए ।।

०५८ /११/०५

+++++++++++++++++++++++++++++++++++++++++++++++++

याद आउंदा तिम्रो जव …

याद आउंदा तिम्रो जव भित्रभित्रै कस्तो हुन्छ ।

अन्तर्मनका भावहरु कता पोखौं जस्तो हुन्छ ।।

मोलतौल दरभाउ तिमीले त चर्कै गर्यौ

मलाई भने तिमी पाए वांकी सवै सस्तो हुन्छ ।।

अथाह यो संसारपनि किन होला शुन्य लाग्यो

सुटुक्क लौ भनिदेउ तिम्लाईपनि यस्तो हुन्छ ??

+++++++++++++++++++++++++++++++++++++++++++++++++

उदासिएको रहर मनको …

उदासिएको रहर मनको ।

वतासिएको प्रहर मनको ।।

किनार चुम्छ किन घरि घरि,

अतासिएको नहर मनको ।।

वोकेर ल्याउंछ मायाको सागर

हतासिएको लहर मनको ।।

कोर्दैछ गजल श्रृंगार रसमा

यो मातिएको वहर मनको ।।

कहां हरायो खोज्दैछ “चिन्तन”

संहालिएको ठहर मनको ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

+++++++++++++++++++++++++++++++++++++++++++++++++

साथ उसको रातै शराबी ।

प्युंदै गर्दाको मातै शराबी ।।

सुन्दर स्मित मुस्कान अनि,

कोमलताको हातै शराबी ।।

अनुरागिनीका संग संधै

मधुरताको वातै शराबी ।।

एकाकार मन भएपछि,

परस्परको नातै शराबी ।।

त्यसैकारण “चिन्तन” सुन

आईमाईको जातै शराबी ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

वोधो दीमागको वुझाई वेमानी ।

संसांझै ठर्राको रुझाई वेमानी ।।

नलाउ आंखा कोमलतामा तिमी

ति ठुटा दारिको घोचाई वेमानी ।।

भिरमा फलेको गोलकांक्री ताक्ने

तीखा नयनको खोजाई वेमानी ।।

कुलत र कुदृष्टि नै पहिचान तिम्रो

नैतिक विनाको रोजाई वेमानी ।।

लौन “चिन्तन” वुझाउ यिनलाई

नारिलाई हेर्नेको सोचाई वेमानी ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

+++++++++++++++++++++++++++++++++++++++++++++++++

व्यथामात्र यो देशलाई

eskhalitsaavan@gmail.com.

व्यथामात्र यो देशलाई किन वडेको छ ।

जातित्वको भिडमा सद्भाव लडेको छ ।।

आस्थाको जङ्गलमा जालझेलको रांको लाग्दा

विश्वासको झाङ नफस्टाउदै डडेको छ ।।

व्यर्थ रै छ यहां जनउत्तरदायी शाषक खोज्नु

राजनिति त घात – प्रतिघातमा अडेको छ ।।

भागवण्डा लांउदैछन् रे जनताका परिश्रमको

पसिनाकै मोलले शहरमा महल ठडेको छ ।।

कति थिचिनु नाङ्गो आङ्गमा भारी खेप्दै हामी

विदेशी ऋणको भारले थाप्लो गडेको छ ।।

०६० /०३/०४

++++++++++++++++++++++++++++++++++++++++++++++++

फुल सारें ….

eskhalitsaavan@gmail.com.

फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा ।

त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।।

लालीगुरांस फुल्यो वनमा वसन्तले रङ्ग पायो

मन उड्यो उनको चुल्ठो सजाउने तर्खरमा ।।

आज किन वहे कुन्नि आंशु मेरा भलभली

कोही आउछकी आश वोकें संझाउने तर्खरमा ।।

ख्याली सेलो झ्याउरे भाका नराम्रो त किन लाग्थ्यो

प्यारी आईन् जोर मादल घन्काउने तर्खरमा ।।

एकैपटक भएपनि उनले हांसिदिदा खेरी

‘सावन’ लाग्यो जवानीलाई रङ्गाउने तर्खरमा ।।

०६० /११/२

+++++++++++++++++++++++++++++++++++++++++++++++++

यहां दिनमै शाम हुन्छ

eskhalitsaavan@gmail.com.

यहां दिनमै शाम हुन्छ ।

आंखा आंखामै काम हुन्छ ।।

प्रेममा गरिव कोही हुन्न

सवैमा ताम झाम हुन्छ ।।

मनभित्र  के के छ कुन्नि

खल्तिमा चैं खाम हुन्छ ।।

माया यदि सांचो नै भए

दिलमा यौटाको नाम हुन्छ ।।

सोध्नोस् मायाका रोगिलाई

कहां अधर डाम हुन्छ ।।

२०६०/१२/१२

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

 

धान्नै गाह्रो टाउकोमाथी भार वढि भयो हजुर ।।
गर्नुभन्दा देखावटि नारा वढि भयो हजुर ।। 

अन्धकारमा वांचेकाछन् गाउंघरका नानीहरु,
वेकारे ति विजुलीको तार वढि भयो हजुर ।।

पाईला पाईला रेटिदैछन् सोझा सिधा जनहरु,
अनाहकमा महंगीको धार वढि भयो हजुर ।।

फस्टाउंदो छ मुलुकमा हत्या हिंसा अझैपनि,
विश्वशान्ति अग्रदुतको हार वढि भयो हजुर ।।

सवै मिलि गोडमेल गरौं अरु धेरै छांट्नुपर्छ,
गणतान्त्रिक फुलवारिमा झार वढि भयो हजुर ।।

 

 

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

मुक्तक

-चिन्तन

आफु आफैंमा नेपालीको झगडा रोक्नुछ ।

शान्ति विकास समृद्धिको आंकडा कोर्नुछ ।।

कहां गयो पुर्खाहरूले आर्जेको त्यो भुमी,

पुर्व टिष्टा र पश्चिमको कांगडा खोज्नुछ ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

 

36 responses to “गजल

  1. Ashok

    अप्रील 30, 2009 at 7:29 बिहान

    संसार फेर्ने विचार भा‘को पत्र मेरो खोली हेर ।
    हृदयलाई विशाल बनाई आफैंसंग बोली हेर ।।……
    ……………………………………………………..

    Yo gazal sarai ramro lagyo,
    wastabik yathartha futeko jasto lagyo…
    http://ilostangel.wordpress.com

     
  2. chintankochautari

    मे 29, 2009 at 10:38 बेलुका

    नेपाली छोरो, अङ्गाङ्गमा देश छ, हेप्न नखोज ।

    डटेरै लिन्छौं, आआफ्नो अधिकार, खोस्न नखोज ।।

    नेपाली राष्ट्रियता धरापमा परेका वेला हाइकु र गजलको फ्युजन गरेर लेखिएको साहित्यको यो टुक्राले हामीमध्ये कतिको मन छोला ?

    हर विहानि, यौटा नयां खवर, हत्या कसैको ।।

    …… यहि नै अहिले हाम्रो वास्तविकता भएको छ ।

     
  3. skvdkne

    जुन 1, 2009 at 2:43 बेलुका

    जन निर्वाचित सरकारलाई विस्थापित गराएर हाल नयाँ नौटङ्की रचाउंदै बहुमतका नाममा नेपालको संविधान सभाको निर्वाचनमा दुई दुई स्थानबाट पराजित भएका व्यक्तिलाई गणतान्त्रिक नेपालको प्रधान मन्त्री जस्तो गरिमामय पदमा पुर् याइएको छ । बिदेशी प्रभुहरुद्धारा बनाइएका टिके प्रधान मन्त्रीका रुपमा मात्र रहेका माधव कुमार नेपालले नेतृत्व गरेको तर जन अनुमोदित नभएको यो सरकारलाई पूर्णरुपमा तिरष्कार गरिनु पर्दछ ।

     
  4. anhali

    जुलाई 9, 2009 at 2:55 बेलुका

    sahitya ramro chha tara aru pani thapnu paryo

     
  5. Ramesh

    जुलाई 26, 2009 at 8:04 बेलुका

    ajha utkrista rachana padna paye hunthyo
    http://www.bhutaneseliterature.wordpress.com

     
  6. UPASANA

    अगस्ट 1, 2009 at 12:22 बेलुका

    Now it looks good. Go ahead. Very nice ………………

     
  7. PRASAD

    अगस्ट 13, 2009 at 11:56 बिहान

    GOOD !
    IT’S MORE THAN A LITERATURAL WEB SITE BUT YOU SHOULD ADD HERE MORE OTHER LITERATURE LIKE AS STORY, HAIKUS, SAMALOCHANAS, ESSAYS AND MORE………………..
    GO A HEAD.

     
  8. SHARRAF

    अगस्ट 13, 2009 at 12:02 बेलुका

    I LIKE THE FUSION OF HAIKU AND GAJAL हाईकु गजल
    मुलुक रोयो, भोका र नांगासंग, शुन्यताभित्र
    हर विहानि, यौटा नयां खवर, हत्या कसैको
    IN THE REAL CONTEXT OF COUNTRY.

     
  9. NABS

    अगस्ट 13, 2009 at 12:09 बेलुका

    WELL DONE ! THANK FOR YOUR GOOD LITERATURE . GO AHEAD.

     
  10. unnati

    नोभेम्बर 4, 2009 at 1:31 बिहान

    kabitaka koseli ramro chha.

     
  11. निता पाठक

    नोभेम्बर 11, 2009 at 5:51 बिहान

    साहित्य सुस्तायो !

     
  12. जे राना

    नोभेम्बर 30, 2009 at 12:34 बेलुका

    परिवर्तित राष्टिय परिवेशलाई मध्यनजर राखेर समसामयीक साहित्यहरुलाई पनि नियमित अपडेट गरिराख्न पाए विभाष अझै उत्कृष्ट हुनेथीयो भन्ने लाग्छ ।

     
  13. Shiva Khanal

    डिसेम्बर 8, 2009 at 6:24 बेलुका

    From Website http://www.bulbulonline.com/
    बुलबुल – एउटा ईरानि चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक कार्यक्रम !!!
    “स्त्रीहरूसितको बार्तालाबलाई नै गजल भनिन्छ” यदी यो परीभाषालाई मान्ने हो भने हाम्रो बार्तालाब सभ्य हुनुपर्दछ, सिल हुनुपर्दछ, माधुर्य र बिराम हुनु जरुरी छ । कुरामा भाबनात्मक्ता, मादक्ता प्रतिबिम्बित हुनुपर्दछ अनी पो बार्तालाबको मिठास रहन्छ, गजल को मिठास रहन्छ ।
    गजलको दोश्रो अर्थ हरिणको त्यो करुनमय स्वर हो । जब उ शिकारी कुकुरहरूको पन्जामा फसेको हुन्छ त्यो अवस्थामा हरिणको घाँटिबाट यति हृदयबिदारक स्वर निस्कन्छ कि शिकारी कुकुरहरूपनी केही पर हट्न थाल्दछन् । हरिणको त्यो स्वर नैरास्यताको प्रतिकृया हो । असहायताको चारमोत्कर्समा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दाबलिमा यसैलाई “गजालुल कल्व” अर्थात हरिणको दर्दनाक स्वर भनिन्छ ।

     
  14. raj Kohli

    जनवरी 2, 2010 at 3:09 बिहान

    !! कचोट !!
    अहॅक लेल रंजन, हमर भेल गंजन ।
    केहेन खेल ई, रक्त सॅ ह􀄰त मंजन ।।
    तरल नेह पर मा􀃿 दुःखक िसयाही,
    जड़ल देह ह􀄦मर अहॅक आॅिख अंजन ।
    रचल गेल छल जे, सुखक लोक सु􀄠दर,
    चलल अिछ 􀄆लय लऽ तकर सुिध􀄆भंजन ।
    मृतक हम, अहाॅ छी सुधा 􀄰वगर् लोकक,
    अहॅक लेल यौवन हमर गेल जीवन ।।

    स्व.कालीकांत झा “बुच”

     
  15. राज कोहली

    जनवरी 5, 2010 at 4:10 बिहान

    प्यार की इक नई दस्तक दिल पे फिर सुनाई दी
    चाँद सी कोई मूरत ख़्वाब में दिखाई दी (बशीर बद्र)

    दिल में किसी के राह किये जा रहा हूँ मैं
    कितना हसीं गुनाह किये जा रहा हूँ मैं (जिगर मुरादाबादी)

    इस तरह मेरे गुनाहों को वो धो देती है,
    मां बहुत गुस्से में होती है तो रो देती है (मुनव्वर राणा)

    जान जलती है नज़र ऐसे चुराया न करो
    हो ग़रीबों के दुखे दिल को दुखाया न करो

    तस्कीं को हम न रोएँ जो ज़ौक़-ए-नज़र मिले
    हूराँ-ए-ख़ुल्द में तेरी सूरत मगर मिले

    अपनी गली में मुझ को न कर दफ़्न बाद-ए-क़त्ल
    मेरे पते से ख़ल्क़ को क्यों तेरा घर मिले

    साक़ी गरी की शर्म करो आज वर्ना हम
    हर शब पिया ही करते हैं मेय जिस क़दर मिले

    तुम को भी हम दिखाये के मजनूँ ने क्या किया
    फ़ुर्सत कशाकश-ए-ग़म-ए-पिन्हाँ से गर मिले

    लाज़िम नहीं के ख़िज्र की हम पैरवी करें
    माना के एक बुज़ुर्ग हमें हम सफ़र मिले

    आए साकनान-ए-कुचा-ए-दिलदार देखना
    तुम को कहीं जो ग़लिब-ए-आशुफ़्ता सर मिले – उस्ताद शायर मिर्जा ग़ालिब

    – मैले त आफुलाइ मन पर्ने गजल-शेरहरू राखें वांकी यहांकै इच्छा ।

     
  16. music centre

    जनवरी 5, 2010 at 4:34 बिहान

    I think this may be useful for gajal readers:-

    Rainbow Ghazal

    – Elaine G. Schwartz

    Death’s children ride merrily beneath the rainbow
    Three score and ten warily beneath the rainbow

    Red dust catches the moon’s frosty refrain
    Seven ravens dip carefully beneath the rainbow

    Blood circles the crown of shattered gold
    Mad moonlit maids dance daringly beneath the rainbow

    Time’s ancient prairies are coated in dust of bone
    Night winds scream breathlessly beneath the rainbow

    The devil’s dark drones dance across the sky
    Drop phosphorescent terror gleefully beneath the rainbow

    Seven score and more cross night’s golden frontier
    Dark stench of death rises prayerfully beneath the rainbow

    Where there is no bread, only dancing skeletons eat
    Their music dies garishly beneath the rainbow

    Lost children play hopscotch across glass shattered streets
    As mushroom clouds burst poetically beneath the rainbow

    Mother’s solace burns brightly in the braided bark of birch trees
    Illumines the steady black rain falling gently beneath the rainbow

     
  17. music centre

    जनवरी 5, 2010 at 4:35 बिहान

    EXCEPTIONS AND IMP. POINTS TO NOTE
    ==================================

    1. Ghazal is just a form. It is independent of any language.
    there can be (and there are) good Ghazals.

    2. Some Ghazal’s do NOT have any ‘Radif’. Rarely. Such Ghazal’s
    are called “gair-muraddaf” Ghazal.

    3. Although, every Sher, should be an independent poem in itself,
    it is possible, that all the Sher’s are on the same theme.

    4. In modern poetry, there are lots of Ghazal’s which do
    NOT follow the restriction of same ‘Beher’ on both the lines
    of Sher.

    5. The restriction of ‘Maqta’ is really very loose. Many many
    Ghazal’s do NOT have any ‘Maqta’. [ I think 'Maqta' was used in
    the earlier times, as a way to keep the credit. But since this is
    traditional, many Ghazal's do have a 'Maqta' just for the sake of it.
    Sometimes the name of the Shayar comes unnaturally in the last
    Sher of the Ghazal. ]

     
  18. pranits

    जनवरी 9, 2010 at 4:10 बेलुका

    Nice Efforts and comments! I like it. THUMBS UP !

     
  19. Narayan saud

    जनवरी 20, 2010 at 3:39 बेलुका

    गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् । Gajal ko yo defination sarai man paryo. Thanks!

     
  20. Silent Job

    जनवरी 31, 2010 at 2:41 बेलुका

    The Gajal or Gadzhal (Turkish: Gacal, Bulgarian: Гаджал, Gadzhal) are a Turkic subgroup, closely related to the Gagauz. Their name derives from a common root (Gajal are also sometimes named as Gagavuz).[citation needed] The Gajal, however, are Sunni Muslims, unlike the Gagauz, who are Orthodox Christians.[citation needed]
    कभी कभी गजल एसे भी लिखा जा सक्ता हैं :-
    Jo na mil saka wo baywafa
    yeh bare ajeeb si baat hai

    jo chala gaya mujhay chor kar
    wohi aaj tak mere saath hai…

    Wo roshni kay khayal main
    wo na asaka raah mian muntazir

    yeh khalish kahan thi visaal main
    mere justojoo ko khabar nahi

    na wo din rahay na wo raat rahay
    jo chala gaya mujhay chor kar

    wohi aaj tak mere saath hai..
    Kary pyar lab pay koi gila na hoo

    yeh kissi kissi ka naseeb hai
    yeh karam hai uski jafa nahi

    wo juda bhi rehkay qareeb hai
    wo aankh hai mere ru baru

    ussi haath mein mera haath hai
    jo chala gaya mujhay chor kar

    wohi aaj tak mere saath hai
    mera nam tak jo na lay saka

    jo mujhay qarar na day saka
    jissay ikhtiyaar tau tha magar

    mujhay apna pyar na day saka
    wohi shakhs mere talassh hai

    wohi dard mere hayaat hai
    jo chala gaya mujhay chor kar
    wohi aaj tak meray saath hai

     
  21. B Ghaley

    फ्रेवुअरी 13, 2010 at 1:08 बिहान

    I’d know many thing about this blog,Thanks alot. It’s too much helpful those who wants to know about gajhal.

     
  22. Govinda Bhattarai (Aashu Bhattarai)

    फ्रेवुअरी 18, 2010 at 10:25 बिहान

    Intresting work.go ahead.congratulation !

     
  23. Blogging to the Bank Scam

    फ्रेवुअरी 8, 2011 at 2:20 बेलुका

    Stumbled into this web site by chance but I’m certain glad I clicked on that link. You truly answered all of the questions I’ve been dying to answer for some time now. Will truly come back for more of this. Thank you so much

     
  24. Sena Tiboni

    अप्रील 11, 2011 at 12:12 बिहान

    Interesting read. I wish I felt inspired enough to write such good posts onto my own blog. I guess I just need to try harder.

     
  25. Facebook User

    अप्रील 13, 2011 at 4:41 बिहान

    व्याख्या होईन परिवर्तन गरेर देखाउ ।

    सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।

     
  26. Loss Secret

    जुन 10, 2011 at 10:20 बेलुका

    Hey clever points. Why didn’t i consider those? Off subject slightly, this is a blog sample from an unusual set up.

     
  27. Rex Ryan

    अगस्ट 7, 2011 at 10:19 बेलुका

    I think this is one of the most significant information for me. And i’m glad reading your article. But should remark on few general things, The website style is ideal, the articles is really great : D. Good job, cheers

     
  28. Acharya prabha

    डिसेम्बर 20, 2011 at 5:30 बिहान

    utkristha laagyo.yo article.sabai gajal lekhne shikaruharule padhana ra manan garna yogya chha .dhanyabaad lekhaklai.

     
  29. tangkasnet

    फ्रेवुअरी 8, 2012 at 11:58 बिहान

    I genuinely enjoy looking at on this internet site , it holds superb articles . “Words are, of course, the most powerful drug used by mankind.” by Rudyard Kipling.

     
  30. Pedro Skomo

    फ्रेवुअरी 8, 2012 at 11:44 बेलुका

    you’re truly a excellent webmaster. The website loading pace is incredible. It sort of feels that you’re doing any unique trick. In addition, The contents are masterpiece. you’ve performed a fantastic task on this topic!

     
  31. Kris Vasconcelos

    फ्रेवुअरी 10, 2012 at 6:41 बेलुका

    Wow! This can be one particular of the most beneficial blogs We’ve ever arrive across on this subject. Basically Great. I’m also a specialist in this topic so I can understand your hard work.

     
  32. Kathe Vias

    फ्रेवुअरी 11, 2012 at 4:27 बेलुका

    I genuinely enjoy looking through on this web site , it has superb posts . “Do what you fear, and the death of fear is certain.” by Anthony Robbins.

     
  33. Coy Kopfer

    फ्रेवुअरी 14, 2012 at 1:29 बिहान

    I would like to thnkx for the efforts you have put in writing this blog. I am hoping the same high-grade blog post from you in the upcoming as well. In fact your creative writing abilities has inspired me to get my own blog now. Really the blogging is spreading its wings rapidly. Your write up is a good example of it.

     
  34. Darmowe konto w banku dla nastolatkow

    मार्च 13, 2012 at 11:55 बिहान

    Nice design! Where did you get this layout?

     
  35. matematik özel ders

    मार्च 16, 2012 at 6:56 बिहान

    I got what you mean , thankyou for posting .Woh I am happy to find this website through google. “Finley is going over to get a new piece of bat.” by Jerry Coleman.

     
  36. wie livejasmin

    फ्रेवुअरी 21, 2013 at 10:39 बेलुका

    Hello, I enjoy reading all of your post. I like to write a little comment to support you.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
Follow

Get every new post delivered to your Inbox.

%d bloggers like this: