RSS

Monthly Archives: मार्च 2009

विजुली खेर गयो

 विनोद ढकाल / रेडियो गोरखा       

मुलुकमा उर्जा संकटका कारण दैनिक १४ घण्टा लोडसेडिङ भइरहेको अवस्थामा आरुघाट साना जलविद्युत केन्द्रबाट उत्पादित विजुली  भने खेर गइरहेको छ । आरुचनौटे क्षेत्रमा पर्याप्त विद्धुत उपभोक्ता नहुंदा र अन्य क्षेत्रमा प्रशारण लाईन विस्तार गर्न नसक्दा केन्द्रबाट उत्पादित २० किलोवाट विजुली खेर गएको हो ।

      केन्द्रबाट उत्पादित विजुली आरूचनौटे गांउ विकास समितिको सबै घरधुरी र धादिङ जिल्लाको सल्यानटार गाविस वडा नंबर ८ को विशालनगरमा वितरण गरिएको छ । केन्द्रको आरुचनौटे गाविसमा पाचसय १५ घरधुरी र विशालनगरमा एकसय ५६ घरधुरी ग्राहक रहेका छन् । ग्राहकहरुबाट विजुली उपभोग हुन नसकेपछि विद्युत खेर गएको केन्द्र प्रमुख चेतनाथ भट्टराईले जानकारी दिनुभएको छ ।

      विजुली खेर गइरहदापनि आर्थिक अभावका कारण थप क्षेत्रमा विजुली वितरण गर्न नसकिएको पनि उहांले बताउनुभयो । त्यसका लागि ११ के.भी. प्रशारण लाइनको निर्माण गर्नुपर्छ जुन हामी पैसाको अभावमा गर्न सकेका छैनौ प्रमुख भट्टराइले भन्नुभयो । केन्द्रलाई प्रशारण लाइन विस्तारमा  सरकारले वजेट नदिएका कारण विस्तार गर्न नसकेपछि विजुली खेर गएको हो ।

२०४६ सालदेखि नियमित रुपमा केन्द्रबाट विजुली उत्पादन  हुन थालेपछि आरुचनौटे क्षेत्रका छ सय ७१ घरधुरी लाभान्वित भएका छन् भने , पांच फर्निचर उद्योग, छ वटा वेल्डिङ मेसिन र ६ वटा कुटानी पिसानी मिल सञ्चालनमा आएको छ

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on मार्च 20, 2009 in NEWS

 

संरक्षणको अभावमा एैतिहासिक वंगैचा

विनोद ढकाल, गोरखा /  

रेखदेख र हेरचाहको अभावमा गोरखाको बोर्लाङ्गमा रहेको भिमसेन थापाद्धारा निर्मित  बगैचा अलपत्र परेको छ । भिमसेन थापाले आफैले लगाएको आापको बगैचा संरक्षणको अभावमा अतिक्रमण समेत भएको छ । वगैचा आसपासका जग्गाधनीहरुले बगैचाको जमिन हडपेर खेती गर्ने क्रम तीब्र भएको छ । पुराना आंपको रुखहरुपनि अभावमा ढल्दै गएका छन् भने ढलेको ठाउंमा नयां विरुवा नलगाइदा वगैचा खाली हुदै गएको छ ।

तत्कालिन अवस्थामा पाण्डेहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेपछि भिमसेन थापा आफ्नो घर बोर्लाङ्ग आइ वगैचा तयार पारेको स्थानिय बुढाबुढीहरुको कथन छ ।

भिमसेन थापाको निधनपछि अलपत्र पर्दै आएको वगैचा २०२० सालमा नापी हुदा १४२ रोपनी थियो भने २०३८ सालमा नापी हुदा जम्मा १३० रोपनीको हाराहारीमा झरेको थियो ।

२०४२ सालमा वगैचा सार्वजानिक हुनुपर्ने माग गर्दै तत्कालिन अच्चलाधिश गम्भिरमान प्रधान लगायतले जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । जिल्ला अदालत र पुनरावेदन अदालतले वगैचा सार्वजानिक हुनुपर्ने फैसला गरेपनि २०४५ सालमा सर्वोच्च अदालतले उक्त वगैचा ब्यक्तिकै नाममा हुने फैसला गरेको थियो । हाल बगैचा बोर्लाङ्ग र नाम्जुङ्ग गाउं विकास समितिका १२ जना थापाहरुको नाममा रहेको नापी शाखाले जनाएको छ । वगैचा रैतानी भएपनि कसैले पनि यसको संरक्षणमा ध्यान दिएका छैनन् जसले गर्दा एकातिर बगैचा अतिक्रमण भइरहेको छ भने अर्कातिर संरक्षण गर्न चाहनेले पनि पाएका छैनन् ।

वगैचा क्षेत्रभित्र रहेको पाटनदेवी निम्न माध्यामिक विद्यालयले वगैचाको हेरचाह गर्ने जिम्मेवारी आफुलाई दिएमा वगैचाको संरक्षण गर्ने र विद्यालय सञ्चालनमा पनि केही सहयोग हुने बताएको छ ।  विद्यालयलाइ स्वामित्व दिएमा विद्यालयले संरक्षण गर्नुको साथै आम्दानी पनि गर्न सक्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले बताउनुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on मार्च 20, 2009 in NEWS