RSS

संरक्षणको अभावमा एैतिहासिक वंगैचा

20 Mar

विनोद ढकाल, गोरखा /  

रेखदेख र हेरचाहको अभावमा गोरखाको बोर्लाङ्गमा रहेको भिमसेन थापाद्धारा निर्मित  बगैचा अलपत्र परेको छ । भिमसेन थापाले आफैले लगाएको आापको बगैचा संरक्षणको अभावमा अतिक्रमण समेत भएको छ । वगैचा आसपासका जग्गाधनीहरुले बगैचाको जमिन हडपेर खेती गर्ने क्रम तीब्र भएको छ । पुराना आंपको रुखहरुपनि अभावमा ढल्दै गएका छन् भने ढलेको ठाउंमा नयां विरुवा नलगाइदा वगैचा खाली हुदै गएको छ ।

तत्कालिन अवस्थामा पाण्डेहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेपछि भिमसेन थापा आफ्नो घर बोर्लाङ्ग आइ वगैचा तयार पारेको स्थानिय बुढाबुढीहरुको कथन छ ।

भिमसेन थापाको निधनपछि अलपत्र पर्दै आएको वगैचा २०२० सालमा नापी हुदा १४२ रोपनी थियो भने २०३८ सालमा नापी हुदा जम्मा १३० रोपनीको हाराहारीमा झरेको थियो ।

२०४२ सालमा वगैचा सार्वजानिक हुनुपर्ने माग गर्दै तत्कालिन अच्चलाधिश गम्भिरमान प्रधान लगायतले जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । जिल्ला अदालत र पुनरावेदन अदालतले वगैचा सार्वजानिक हुनुपर्ने फैसला गरेपनि २०४५ सालमा सर्वोच्च अदालतले उक्त वगैचा ब्यक्तिकै नाममा हुने फैसला गरेको थियो । हाल बगैचा बोर्लाङ्ग र नाम्जुङ्ग गाउं विकास समितिका १२ जना थापाहरुको नाममा रहेको नापी शाखाले जनाएको छ । वगैचा रैतानी भएपनि कसैले पनि यसको संरक्षणमा ध्यान दिएका छैनन् जसले गर्दा एकातिर बगैचा अतिक्रमण भइरहेको छ भने अर्कातिर संरक्षण गर्न चाहनेले पनि पाएका छैनन् ।

वगैचा क्षेत्रभित्र रहेको पाटनदेवी निम्न माध्यामिक विद्यालयले वगैचाको हेरचाह गर्ने जिम्मेवारी आफुलाई दिएमा वगैचाको संरक्षण गर्ने र विद्यालय सञ्चालनमा पनि केही सहयोग हुने बताएको छ ।  विद्यालयलाइ स्वामित्व दिएमा विद्यालयले संरक्षण गर्नुको साथै आम्दानी पनि गर्न सक्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले बताउनुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on मार्च 20, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: