RSS

मृत शरीर गाड्न समस्या

30 Apr

 विनोद ढकाल , गोरखाबैशाख १६–      

गोरखा जिल्लाको पालुङ्गटार गाउं विकास समितिमा रहेको घाटको सवै ढुङ्गा ठेकेदारले उठाए पछि स्थानिय वासीन्दालाई लास पोल्न र गाड्न समस्या परेको छ ।

      पालुङ्गटार गाविसको चेपेघाटमा रहेको वालुवा र ढुङ्गा ठेकेदारले उठाएपछि लास पोल्न पानी माथी राख्नु परेको र स्थानिय तामाङ्ग, गिरी र गुरुङ्ग जातीले ढुङ्गा नभएकै कारण मृत शरीर गाड्न नपाएको गुनासो गरेका छन् ।

      जिल्ला विकास समिति गोरखाले केही वर्ष अघि  त्यस घाट र वरपरको नदी किनारा वाट वालुवा र ढुङ्गाको लागी तनहुं वाइस जंघारका विष्णु रेग्मी मार्फत ठेक्का लगाएको थियो । अहिले सो ठाउंको  वचे खुचेको ढुङ्गा पनि ठेकेदारले मजदुर लगाएर लागेपछि स्थानियवासी र ठेकेदार विच मनमुटाव हुने गरेको स्थानियवासीले बताएका छन् ।

      जिविसले ठेक्का लगाउदा प्राकृतिक संम्पदा, मठ मन्दिर र घाटलाई असर नपर्ने गरी काम दिएको भएता पनि थोरै पैसाको लोभमा ठेकेदारकै कारण स्थानिय वासीन्दाले लास पोल्न र गाड्न नपाएकोमा जिविस र ठेकेदार प्रति स्थानिय वासिन्दा रुष्ट छन् ।

      सो घाट चेपे र मर्स्याङ्दीको दोभान भएका कारण पवित्र मानिन्छ । पवित्र घाट भएकै कारण गोरखाको पालुङ्गटार, गाईखुर, मिरकोट, आापपिपल र खोप्लाङ्ग लम्जुङ्ग जिल्लाको धमीलीकुवा र छिमेकी गाविस तथा तनहुाको तुरतुरेवाट यहां लास पोल्न र गाड्नका लागी ल्याउने गरिन्छ । 

 
टिप्पणी छोड्नुहोस्

Posted by on अप्रील 30, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: