RSS

नेपालका सेनापति विरूद्द वेल्जियमको चारवटा शहरमा एकैसाथ प्रदर्शनी

01 May

दधिराज घिमिरे / ०१ मे ०९, बेल्जियम 

बिगतका  बर्षहरुमा ब्रसेल्स केन्द्रित मजदुर दीवसमा भाग लिदैं आएको बेल्जियमको एक मात्र प्रगतिशील नेपाली संगठन नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमले यस बर्ष भने नयां इतिहास रचेको  छ । बिगतको व्रसेल्स केन्द्रित  ईतिहासलाई क्रम भङ्ग गर्दै चार वटै क्षेत्रीय समितीहरुले चार शहरमा भाग लिएको हो । आन्थ्रोपेनमा मोर्चाको अध्यक्ष बिष्णु भुजेलले नेतृत्व गर्नु भएको थियो भने ब्रसेल्समा कोषाध्यक्ष लिलाधर पन्तले लुभेनमा केन्द्रिय सदस्य रामहरी घिमिरे र वष्ट भलान्द्रबाट क्षेत्रीय अध्यक्ष राजेन्द्र देबकोटाले नेतृत्व गर्नु भएको थियो ।

नेपालका सैनिक प्रमुख तुरुन्त राजिनामा दे भन्दै प्राय सवै शहरहरुमा वेल्जियमवासी नेपालीहरु जुलुसमा सहभागी भएका थिए । नेपालीहरूको यस कार्यक्रमलाइ यही जुन ७ तारिखका दिन सम्पन्न हुन गइरहेको स्थानीय र युरोपियन पार्लियामेन्टको निर्वाचन आफ्नो पक्षमा प्रचार प्रसार गर्ने अवसरको रुपमा वेल्जियमका विभिन्न राजनैतिक दलहरुले अवसरका रूपमा लिएका थिए। वेल्जियमको ऐतिहासिक तथा ठुलो शहर एन्टवेर्पनको सभालाई वेल्जिमको ट्रेड युनियनका अध्यक्ष ड्रिक स्कोटर, आफुलाई प्रगतिशील भन्न रुचाउने राजनैतिक दल एस पि आ का अध्यक्ष क्यारोलाइन गेनेज र वेल्जियमकी यातायात मन्त्रि क्याथलाईन भान व्रेम्टले विशाल रयालीमा उपस्थित जनसमुदायलाई आफ्नो पक्षमा मत दिन अनुरोध गर्दै संवोधन गरेका थिए ।

 सबै सहरका कार्यक्रमहरुमा संसारका मजदुरहरू एक हौं भन्ने प्ले कार्ड तथा चे ग्वेभेराको प्ले कार्ड बोकेका अन्य हजारौ मजदुरहरुले पनि सडकमा प्रर्दशन गरेका थिए । ब्रसेल्समा वर्कर पार्टीको आयोजनामा  मजदुर मेलाको समेत आयोजना गरीएको छ । बिभिन्न  रङ्गका कपडाबाट सजिएका यहांका मजदुरहरुले आफ्ना स्थानिय मागलाई जोडदाररुपले उठाएका थिए । नेपालीहरूले भने  नेपालका सेनापति तुरुन्त राजिनामा दे भन्दै  व्यापक प्रदर्शनी र नारावाजी समेत गरे ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: