RSS

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चार मन्त्रिद्वारा जारि प्रेस वक्तव्य जस्ताको तस्तैः

03 May

प्रेस सन्देश 

आज विश्व प्रेस स्वतन्त्रता दिवश हो । सर्वप्रथम यस अवसरमा सम्पूर्ण स्वदेशी तथा विदेशी पत्रकारहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु साथै प्रेस स्वतन्त्रताको संघर्षमा उच्च भूमिका निर्वाह गर्ने र पत्रकारिताकै कारण ज्यान गुमाउनु हुने स्वदेशी तथा विदेशी पत्रकारहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै उहांहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

      समग्र सामाजिक परिवर्तन तथा स्वतन्त्रताको संघर्षमा प्रेसले निभाएको सशक्त भूमिकाले आज प्रेस राज्यकै एक प्रभावकारी अंगको रुपमा स्थापित भएको छ । राज्य प्रेसको प्रमुख संरक्षकको र प्रेस राज्यको एक रचनात्मक सहयोगीको हैसियतमा अन्तरसम्वधित भएर मात्र समाज परिवर्तनका ठूल- ठूला चुनौतिहरुलाई सामना गर्न सम्भव छ । वास्तवमा यही धारणामा प्रेस र राज्य को सम्वन्ध सुदृढ गर्नु आजको प्रमुख आवश्यकता हो । वर्तमान सरकार उपरोक्त धारणालाई आत्मसाथ गर्दै प्रेस स्वतन्त्रतालाई मौलिक हकका रुपमा स्थापित गर्न तथा संविधानको भावना र मर्म अनुरुप प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न पूर्ण प्रतिवद्ध छ ।

      यतिवेला हामी विशिष्ट संक्रमणकालिन घडीमा छौ । नया संविधान निर्माण तथा शान्ति प्रकृयालाई सकारात्मक निश्कर्षमा पुर्याउनु हाम्रो आजको प्रमुख कार्यभार हो । यही ईतिहास र वर्तमानको आवश्यकता पनि हो र जनसमुदायले हामीलाई सुम्पेको महान कार्यभार पनि हो । यो कार्यभार नेपालको सुन्दर भविष्य पनि हो । तर यो चुनौति रहित छैन । यसकालागी आग्रहरहित नयां सोच, नयां संकल्प र  नयां धारणा निर्माण गर्न प्रेस जगतले नया भुमिका आगामी दिनमा पनि खेल्नु पर्दछ ।

अन्तमा पुनः सामाजिक परिवर्तन, न्याय र स्वतन्त्रताको पक्षमा नेपाली प्रेसजगत सधै सफल रहने विश्वास व्यक्त गर्दछु ।

२० वैशाख २०६६                                                                       कृष्णवहादुर महरा

                                                                                                         मन्त्री

                                                                                         सुचना तथा संचार

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: