RSS

सरकारद्वारा प्रधानसेनापति बर्खास्त

03 May

 सरकारले प्रधानसेनापति रुक्मांगत कटवाललाई पदबाट बर्खास्त गरी दोस्रो बरियताक्रममा रहेका बलाध्यक्ष कुलबहादुर खड्कालाई कायममुकामय प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ। सेनापति कारबाही र नियुक्तिका विषयमा लामो समयदेखि भइरहेको सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीले राख्नु भएको सो प्रस्तावमा नेकपा एमाले, मधेसी जनअधिकार फोरम र सद्भावनाले भने असहमति राखेको बताइएको छ। सरकारले कटवाललाई सैनिक ऐन २०६३ को दफा ११ बमोजिम सेनापति कटवाललाई सेवाबाट अवकाश दिने निर्णय गरेको जनाएको छ। बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले दिनुभएको जानकारीअनुसार कटवालले सरकारले दिएको आदेश पालना नगरेको भन्दै स्पष्टीकरण सोधेकोमा कटवालको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदबाट हटाइएको बताउनुभयो । यद्यपी कटवालले अवकास पत्रभने वुझ्न मानेका छैनन् ।

२०६६ बैशाख ६ गतेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएकोमा कटवालले बैशाख ८ गते स्पष्टीकरण मन्त्रिपरिषदमा पठाएका थिए । सो स्पष्टीकरण सरकारलाई चित्त बुझ्दो नलागेकाले सेवाबाट हटाउनु परेको दावी मन्त्री पोखरेलले गर्नुभएको छ। यसअघि सहमति जुटाउने विषयमा बिहान बसेको पाँच दलको बैठक बिना निष्कर्ष सकिएको थियो । सेनापति प्रकरणलाई लिएर नेपाली कांग्रेसले सदन अवरुद्ध गर्नुका साथै सडक आन्दोलनमा जाने निर्णय गरिसकेको छ भने माओवादी निकट भात्रृ संगठनहरूले विजय जुलुस निकालेका छन् । सरकारको निर्णय कार्यान्वयन नभए उनिहरूले देशव्यापी प्रदर्शन गर्ने समेत वताएका छन् ।

यसैविच प्रधानसेनापति रुक्माड्गत कटवाललाई सरकारले बर्खास्त गरेपछि नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको हो । सैनिक मुख्यालयमा जारी बैठकमा सेनाले चाल्ने कदमका बारे गम्भीर छलफल भइरहेको बुझिएको छ । प्रधानसेनापति कटवालसहित उपत्यकामा रहेका जर्नेलहरु बैठकमा सहभागी छन् । यद्यपि हालै कायममुकायम सेनापति नियुक्त गरिएका कुलबहादुर खड्का उपस्थित रहे नरहेकोबारे थाहा हुनसकेको छैन ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: