RSS

नयां सरकार गठन प्रक्रिया अनिश्चित, भिडियो प्रकरणवारे माओवादी धारणा

06 May

 माओवादीले संसद् अवरुद्ध गरेपछि नयाँ सरकार निर्माण कार्य अनिश्चित भएको छ। व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको व्यहोरासहितको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनसम्म नभ्याउदै माओवादी सभासदहरूले संसदमा रोष्टम घेर्दै नारावाजी गरेपछि नयाँ सरकार गठन नै अन्यौलमा परेको छ। प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापिका-संसदवाट अघि बढाउनुपर्ने भएकाले नयाँ सरकार गठन अनिश्चित भएको हो।

राष्ट्रपति रामवरण यादवले भने वैशाख २६ गतेसम्म सरकार गठन गर्न मंगलवार व्यवस्थापिका-संसद् सचिवालयलाई पत्र पठाएका छन्। पत्रमा दलहरुबीच सहमति कायम गरी प्रधानमन्त्री चयन गर्न आग्रह गरिएको छ।

सभामुख नेम्वाङले प्रधानमन्त्री निर्वाचनको मिति तोक्न बुधवार १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। नेकपा माओवादी सचेतक जयपुरी घर्तीले कार्यव्यवस्था समितिको बैठक बसे पनि कुनै निर्णयमा जान नसक्ने बताइउनुभयो। उहांले भन्नुभयो ‘राष्ट्रपतिले संवैधानिक ‘कू’ नसच्याएसम्म कुनै पनि निर्णयमा नजाने हाम्रो अडान हो।’

सरकारले अवकाश दिएका प्रधानसेनापति रुक्मांगत कट्वाललाई पदमै रहेर काम गर्न राष्ट्रपतिले आदेश दिएपछि ‘द्वैध शासनको अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार राजीनामा दिनुभएको थियो।

मंगलवारको संसद् अवरुद्ध गर्नुअघि बोल्दै एकीकृत नेकपा माओवादीका संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले आफ्नो निर्णय फिर्ता नगरुाजेल सदन चल्नुको औचित्य नभएको भन्दै ‘राष्ट्रपतिबाट तत्काल निर्णय फिर्ता नगरुञ्जेल सदन चल्न नदिने ठोकुवा गर्नुभयो ।’

यसैविच एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य एवं अर्थमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रपतिले आफ्नो ‘असंवैधानिक कदम’ नसच्याएसम्म नयाँ सरकार गठन हुन नदिने बताउनुभएको छ। क्रान्तिकारी पत्रकार संघद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहांले यस्तो बताउनुभएको हो। राष्ट्रपतिको कदमले शान्ति प्रक्रिया टुटेको बताउँदै त्यसलाई ट्रयाकमा नल्याएसम्म नयाँ सरकार गठनको औचित्य नभएको भन्दै उहांले भन्नुभयो- राष्ट्रपतिले चालेको यो कदम राजा ज्ञानेन्द्रको भन्दा पनि घातक छ यसलाई नसच्याएसम्म हामी कुनै पनि प्रकि्रया अघि बढ्न दिदैनौँ।
कामचलाउ सरकारका मन्त्री भट्टराईले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरे पनि त्यो असम्भव भएको बताउनुभयो । उहांले भने- ‘संवैधानिक विवादको टुंगो नलागुन्जेलसम्म हामी नयाँ सरकार बन्ने कल्पना पनि गर्न सक्दैनौँ।’ यदि त्यस्तो भैहाले सडक र सदनबाट सशक्त संघर्ष गरिने उहांले बताउनुभयो।
नेता भट्टराईले राष्ट्रपतिले कदम नसच्याए उनको राजिनामा मागिने र शान्तिपूर्ण तबरबाट राजिनामा नदिए ज्ञानेन्द्रलाई जस्तै घोक्रेठ्याक लगाइने चेतावनी पनि दिनुभयो। तर राष्ट्रपतिले आफ्नो कदम सच्याई प्रधान सेनापति कटवाललाई बर्खास्त गरेको खण्डमा भने आफ्नो पार्टी सरकारमा जाने संकेत उहांले दिनुभएको छ। त्यस्तो अवस्था आएमा राष्ट्रिय सरकार गठनबारे सोच्न सकिने उहांले बताउनुभयो।
अर्को प्रसंगमा नेता भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहालले जनसेनाको क्याम्पमा दिएको प्रशिक्षँणको भिडियो टेप प्रायोजित ढंगले सार्वजनिक भएको बताउदै अहिलेको परिस्थितिलाई अन्यत्रै मोड्न यस्तो गरिएको ठोकुवा गर्नुभयो। उहांले भन्नुभयो – त्यतिबेलाको सन्दर्भमा टेपको कुरा अन्यथा होइन, हामीले सन्दर्भ सम्झिदिनुपर् यो।

यसैबीच काठमाडौं फर्किने क्रममा उहांले नेपालगन्ज विमानस्थलमा राष्ट्रपतिले विदेशीको उक्साहटमा जननिर्वाचित सरकारको निर्णय उल्ट्याएको आरोप समेत लगाउनुभयो ।
उहांले प्रचण्डको भिडियोलाई राष्ट्रपतिको कदम विषयान्तरण गर्न प्रधान सेनापति रुक्मांगत कटवालद्वारा सार्वजनिक गरिएको दाबी पनि गर्नुभयो । यस भिडियो प्रकरणवारे माओवादी अध्यक्ष प्रचण्डले अजै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

 
2 टिप्पणीहरु

Posted by on मे 6, 2009 in HOME

 

2 responses to “नयां सरकार गठन प्रक्रिया अनिश्चित, भिडियो प्रकरणवारे माओवादी धारणा

  1. Ke Yojana Chha ?

    मे 6, 2009 at 9:56 बिहान

    Gafai ho Sena lai phutaune nai bhaya. Pahile nai 2 thiya sena haru ahile aayara pheri 1 -2 gari 3 . Ali ramro news post garnus na yar na bhaya baru katha kabita matrai post gare pani hunchha bhanera bhanna pani milena tapaiko kura bhayo kere .

     
  2. Flash

    जुलाई 5, 2009 at 2:42 बेलुका

    It’s Nice!

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: