RSS

अब बन्ने सरकारपनि माओवादीकै

07 मे
prachanda
प्रधानमन्त्री पुष्पकमल दाहालले अब बन्ने सरकार पनि माओवादीकै नेतृत्वमा हुने बताउनुभएको छ। तीन दिनअघि सार्वजनिक भएको भिडियो प्रकरण’bout आयोजित पत्रकार सम्मेलनमा उहांले भन्नुभयो- ‘माओवादीकै नेतृत्वमा सरकार बन्छ।’
नयाँ सरकार सहमतिमै बन्नुपर्ने भन्दै उहांले  नयाँ सरकार बन्नुपहिले राष्ट्रपतिबाट भएको द्वैध शासन अन्त्य हुनुपर्नेमा दाहालले जोड दिनुभयो । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा अायोजित करिब आधा घन्टा लामो पत्रकार सम्मेलनमा दाहालले कुनै पनि राजनीतिक दलका कार्यकर्तालाई भौतिक कारबाही गर्ने पार्टीको नीति नभएको बताउनुभयो । ‘रामेछापमा माओवादी कार्यकर्ताद्वारा एमाले र कांग्रेसलाई जिल्ला छाड्न दिइएको धम्कीको प्रसंग उल्लेख गर्दै उहांले यो रोक्न र भएको भए कारबाही गर्न सम्बन्धित इन्चार्जलाई भनिसकेको वताउनुभयो।
मुलुकमा माओवादी सरकार बनेपछि नागरिक सर्वोच्चतालाई ठाडै चुनौती दिने काम भइरह्यो भन्दै उहांले राष्ट्रपतिद्वारा द्वैध शासन स्थापित गर्ने काम भएको उल्लेख गर्नुभयो । यसलाई राष्ट्रपतिद्वारा एक प्रकारको कु नै भएको दाबी समेत उहांको थियो । राष्ट्रपतिको गल्ती सच्चियो भने सबै ठीक भएर जानेपनि उहांको  तर्क रहेको थियो।
तत्कालीन स्थितिमा संविधानसभाको चुनाव हुने हो कि होइन भन्ने चर्चा भइरहेका बेला मैले ती कुरा राखेकै हुँ भन्दै उहांले त्यो भिडियो टेप साँचो भएको पुष्टि पनि गर्नुभयो । संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन माओवादी पार्टी क्रियाशील छ भन्दै उहांले आफूले प्रशिक्षणका क्रममा ‘केन्द्रीय रेगुलर आर्मी’ को मात्र संख्या बताएको उल्लेख गर्नुभयो ।
आफ्नो पार्टीको नीति सदनबाहिर र भित्र शान्तिपूर्ण विरोध गर्ने मात्र भएकाले कसैलाई कारबाही गर्ने र अरु विध्वंसात्मक कारबाही गर्ने नभएको पनि उहांले स्पष्ट पार्नुभयो । त्यो भिडियो टेप कसरी र कहाँबाट आयो भन्ने’bout छानबिन गर्दै रहेको जानकारी पनि उहांले पत्रकारलाई दिनुभयो ।
Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: