RSS

के भनेका रहेछन् प्रचण्डले ?

07 मे

प्रचण्डको चर्चित प्रशिक्षण भिडियोको पुर्ण पाठः 

प्रशिक्षण कार्यक्रमका अध्यक्ष कमरेड हाम्रो पार्टीका सहयोद्धा कमरेड उपस्थित सबै कमरेडमा क्रान्तिकारी अभिवादन ।
कमरेडहरु तपाईहरुको रिपोर्ट संष्लेषितरुपमा तपाइँहरुले धेरै राम्रो तयारी गरेर प्रस्तुत गर्नुभएको रहेका छ । सबैका भावना सबैका जिज्ञासा त्यसमा समेटिएका होलाजस्तो लाग्छ । ५-६ जना कमरेडले प्रत्येक ब्रिगेडमा सल्लाह गरी जो रिपोटै राख्नुभएको छ मलाई के अनुभूति भयो भने यो देशैभरको प्रश्न हुन् र देशभरकै रिपोर्ट हो । हुन त तेस्रो डिभिजनबाट यो आयोजित भयो ।तपाईहरु सबै तेस्रो डिभिजनसँग सम्बन्धित हुनुहुन्छ । तर प्रश्नको प्रकृति चाहिँ देशभरकै प्रश्नलाई समेटिएको छ । हामी अहिले पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछौं । म मोटामोटी त्यसको तयारीमा लागेको छु । केन्द्रीय समितिको बैठकको मुखमा तपाईहरुले पार्टीको के समस्या छन् के जिज्ञासा छन भनेर जसरी संश्लेशितरुपमा राख्नुभएको छ मैले के महसुस गरें भने तपाईहरुको रिपोर्टले केन्द्रीय समितिको बैठक संचालनमा धेरै ठूलो सहयोग गर्छ भन्ने लागेको छ ।

यसले बैठकमा लिने निर्णयलाई पनि केही न केही प्रभावित पार्यो र पार्छ । बैठकको तयारीसँग सम्बन्धित हेडक्वार्टरले केही प्रक्रिया सुरु गरेको छ त्यसमा पनि राम्रो मद्दत गर्यो भन्ने लागेको छ । त्यस कारण तेस्रो डिभिजनका डिभिजन कमान्डरदेखि तपाईहरु सबै कमरेडलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

मैले कमरेड विविध तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम सँग केन्द्रीय समितिको बैठक पछि राखे पनि हुन्थ्यो यो प्रशिक्षण तपाइँले अगाडि राख्नुभयो अलि मिलेन कि भनेको थिएँ । तर तपाईहरुको रिपोर्ट सुनिसकेपछि मलाई अहिले ठीकै समयमा राखियोजस्तो लाग्यो । यो रिपोर्टले हामीले सम्बोधन गर्नुपर्ने विषय कहाँ छ भन्ने राम्रोसँग वोध गरायो । हाम्रा सातवटै डिभिजनमा बैठकपछि प्रशिक्षण गर्नु त आवश्यक छ । त्यो पनि गरौंला । तर यो चाहिँ केन्द्रीय समितिको बैठकको तयारीको प्रशिक्षण हुन पुग्यो । यस अर्थमा यो महत्वपूर्ण रहयो भन्ने मलाई लागेको छ । अनुभूतिको तहमा यो प्रशिक्षणका क्रममा कमरेडहरुलाई म यति कुरा राख्न चाहन्छु ।

विषयवस्तुको दृष्टिकोणले तपाईहरुले उठाएका प्रश्नमा विस्तारमा जाने हो भने दुई चार घन्टा पाच सात घन्टा छलफल गनुपर्ने देखिन्छ । किनकि समग्र कार्यदिशाका ’boutमा रणनीतिका ’boutमा समग्र क्रान्तिका ’boutमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन’boutमा सेना समायोजनदेखि लिएर शुद्धीकरणदेखि लिएर सबै विषय परेका छन् । यी यस्ता विषय छन् जसका ’boutमा घन्टौं छलफल गर्दा पनि कमै हुन्छ। अहिले हामीसँग एक घन्टा पनि समय छैन । योभित्र यी सबै विषय समेटेर तपाईंको जिज्ञासा कति मेट्न सकिन्छ भन्ने कुरा अलिकति कठिनै प्रश्न छजस्तो लाग्छ । तर फेरि तपाईहरुले जे प्रश्न उठाउनुभएको छ त्यसका ’boutमा तपाईंहरुले बुझ्नुभएको छैन भन्ने मलाई चाहिँ लाग्दैन। धेरैजसोले बुझ्नुभएको छ । कार्यदिशा के हो रणनीति कार्यनीति के हो शुद्धीकरण के हो भन्ने तपाईंहरुले बुझ्नुभएको छ ।

अलिकति जोड र कोणमा मात्रै स्पष्ट नभएको हुन सक्छ । तर आधारभूतरुले मात्रै तपाईंहरुले उठाएका प्रश्न अत्यन्त नौलो उत्तर दिनुपर्छ भन्ने मलाई लागेको छैन। यी पुरानै प्रश्न हुन् यिनका ’boutमा धेरै पटक छलफल भइरहेका प्रश्न हुन् त्यसैले तपाईहरुलाई मोटामोटी थाहा छ त्यसैले मैले छोटो उत्तर पनि पर्याप्त हुन्छ भन्ने ठानेको छु ।

यो प्रसंगमा कमरेडहरु हामी नेपाली क्रान्तिको मात्रै होइन विश्व क्रान्तिको पनि असाध्यै महत्वपूर्ण क्षणमा छौं । महत्वपूर्ण प्रयोगमा छौं । विचारको र खाली नेपाली क्रान्तिको निम्तिमात्रै होइन विश्व क्रान्तिका निम्ति पनि विचारको नयाँ प्रयोगको चरणमा छौं हामी । त्यसकारण हामीले उठाउने प्रश्न खाली हाम्रो पार्टी जनमुक्ति सेना जनयुद्ध अथवा हाम्रो क्रान्तिसँग मात्रै सम्बन्धित छैनन् । यो विश्व कम्युनिस्ट आन्दोलन विश्व सर्वहारा वर्ग विश्वभरका श्रमजीवी जनता विश्व क्रान्ति र विश्व साम्राज्यवादसँग सम्बन्धित छन् यी प्रश्न । त्यसैले हामीले बुझ्दा फेरि के बुझ्नुपर् यो भने विश्वको सबभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टी भएको नाताले सबभन्दा अगाडि बढेको आन्दोलनको नाता विचार रणनीति र कार्यनीतिको दृष्टिकोणले पनि सबभन्दा नयाँ स्तरमा उठेको पार्टी हुनुको नाताले पनि हाम्रा प्रश्न विस्तारै सार्वभौम हुँदै जान थालेका छन् । विश्वव्यापी महत्वका प्रश्न हुन थालेका छन् । पहिला हामी जनयुद्धको तयारीका बेलामा उठाउने गरेको प्रश्न हाम्रा प्रश्न हुन्थे हाम्रा देशका प्रश्न हुन्थे हाम्रो पार्टीका प्रश्न हुन्थे हाम्रो रणनीति र कार्यनीतिका प्रश्न हुन्थे दस वर्ष लडेर अहिले फेरि शान्ति प्रक्रियामा पनि हामी लडिराखेकै छौ भिन्न ढंगले । यो लडाइँसम्म आउँदा हाम्रा प्रश्नको चरित्र राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेका छन्। हाम्रो हस्तक्षपको प्रकृति राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेको छ ।

एक वर्षदेखि तपाइँहरु शिविरमा बस्नुभएको छ विभिन्न ठाउँमा उपस्थित भएर तर तपाईं हाम्रा दिमाग प्रश्न फेरि एक ठाउँमा केन्द्रीत छैनन् विश्वव्यापी महत्वका छन् । तपाइँहरुले रिपोर्टमा केही राखेका प्रश्न अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका छन् । किनकि दस वर्षको जनयुद्धमा हाम्रा सोच संस्कार अन्तर्राष्ट्रियकरण भइसकेका छन् ।

त्यसैले सबै प्रश्नको साझा उत्तर के हुन्छ भनेर मैले सोच्दै गएँ । एउटैमा खाँदेर यसको उत्तर कसरी दिन सकिएला के गरेर बुझाउन सकिएला भन्ने मैले सोचिरहेको थिएँ ।

तपाइँहरुलाई पार्टीले धेरै सम्झौता गर्न थाल्यो कि क्या हो विद्रोह गर्न छाडेर भन्ने प्रश्न गर्नुभएको छ । अथवा चुनावमा जाने भनेकै विद्रोह गर्ने भनेको हो कि होइन । चुनाव र विद्रोहको चाहिँ आपसमा तालमेल कति होला चुनावी आन्दोलन र विद्रोहको तयारी अथवा क्रान्तिको तयारी हामीले के भनेका छौ भने हाम्रो युद्धको तयारीमा क्रान्तिको तयारीको विकासका क्रममा रणनीतिक प्रत्याक्रमणमा छौ भनेका छौ हामी । हामी फर्केर रणीनतिक रक्षामा गएको भनेका छैनौ हामीले युद्ध छाडेको पनि भनेका छैनौं। भलै कूटनीतिक भषा प्रयोगमा चाहिँ को को सँग के के गरियो छोड्दिउ अहिलेलाई । आफ्नो भाषामा हाम्रो डकुमेन्टमा हामीले रणीपनतिक प्रत्याक्रमणकै चराणमा भएको उल्लेख गरेका छौ‌ ।

रणनीतिक रक्षा रणनीतिक सन्तुलन पार गरेर प्रत्याक्रमणको चरणमा कार्यनीति चाहिँ चक्ररदार अपनाइरहेका छौ रणनीतिक प्रत्याक्रमणलाई सफल पार्नका निम्ती । किनकि जनयुद्धको चरणमा पनि घुमघुमाउ चक्ररदार बाटा हिंडेर नै रक्षाको चरणमा हामीले जनयुद्धका पहल गरेका थियौं भने अहिले प्रत्याक्रमणको चरणमा पनि फेरि हामीले नयाँ तरिकाले गरेका छौं । नयाँ कार्यनीतिद्वारा प्रत्याक्रमणको तयारी गरेका छौं त्यसैले रणनीतिक दृष्टिकोणले यहाँ केही भ्रम हनुपर्ने कारण छैन । हामी रणनीति प्रत्याक्रमणबाट भड्किएका छैनौ । कमसेकम हाम्रो उद्धेश्य के छ भने प्रत्याक्रमण नौलो तरीकाबाट सफल पार्ने उद्धेश्य छ ।

तपाईंहरुलाई छिटो छिटो शिविरबाट हतियार झिकेर अथवा कहीँ बाहिरबाट हतियार ल्याएर आक्रमण गर्ने कहिले आउला भन्ने पनि लाग्छ होला । त्यस्तो बाटो नअपनाएर यस्तो बाटो किन अपनाइयो भन्ने प्रश्न पनि हुने भयो । अस्ति त विद्रोह गर्ने कुरा गरेको थियो मंसिरमा हुन्छ कि विद्रोह भनेको त फेरि मंसीरमा त चुनावमा जाने निर्णय भयो पार्टीले हेर्दाखेरी यो प्रश्न सानोजस्तो लाग्छ तर यो प्रश्नसाग पूरै संसार जोडिएको छ । धेरै प्रश्न जोडिएको छ यो प्रश्नसँग । त्यसैले म के भन्छु कमरेडहरु हामीले जे कार्यनीति अपनाएका छौं त्यो अहिलेको कार्यनीति होइन त्यो अलि पहिलाका कार्यनीति हो । हामीले कस्ता रणीनति अपनाउँछौं भन्ने कुरा हाम्रो समग्र सोचसँग सम्बन्धित छ । तपाइँ सीधा जान चाहन्छु भने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमै जानुपर्ने हुन्छ । दोस्रो राष्ट्रिय सम्मेलनमा हामीले दीर्घकालीन जनयुद्ध र हाम्रो सशस्त्र विद्रोहका कार्यदिशाको फ्युजन गरेर नयाँ कार्यदिशा बनाउनुपर्छ भनेर आजभन्दा आठ वर्षअघि सम्मेलनद्वारा पारित निर्णयमा भनिएको छ । ‘हामी जहाँ गयो त्यहाँ जानुपर्ने हुन्छ पार्टीको अहिलेको कार्यनीति बझ्नलाई । ’cause दीर्घकालीन जनुद्धको बाटोबाट जाँदा त्यही रणीनति र कार्यनीतिको डरमा अघि बढिरहन्छ । दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको पनि फ्युजन गर्नुपर्छ नत्र जनयुद्ध सफल हुँदैन भनेर दोस्रो राष्ट्रिय सम्मेलनमा भनेका छौ । त्यसपछि हाम्रो कार्यनीति फेरिएको छ ।

आम सशस्त्र विद्रोहको कार्यदिशा भनेको सशस्त्र पनि शान्तिपूर्णपनि कार्यदिशा हो । दीर्घकालिन जनयुद्धको कार्यदिशाभित्र शान्तिपूर्ण कार्यदिशा पर्दै पर्दैन भन्ने त हुदैन सैद्धान्तीक रुपले अथवा कम पर्छ वा पर्दैन बराबर हुन्छ । दीर्घकालीन जनयुद्धभित्र शान्तिपुर्ण रणनीति भन्ने असाध्यै कम हुन्छ । आम सशस्त्र विद्रोहको कार्यनीति अन्तर्गत संगठनको पूर्ण आन्दोलनको धेरू महत्व हुन्छ ।
शान्तिपूर्ण आन्दोलन गर्दा लगेर एउटा विन्दुमा लगेर जनतालाई विद्रोह गर्ने भन्ने हुन्छ। हाम्रो पूरै दीर्घकालीन जनयुद्ध पनि होइन पूरै सशस्त्र विद्राह पनि बनाएका छैनौ । हामीले सशस्त्र विद्रोहका पनि केही कार्यनीति र दीघकालीन जनयुद्धका पनि कार्यनीति मिसाएर फौजी कार्यदिशा तय गरेका छौं ।

साथीहरुले अहिलेको मात्रै रुप हेर्छन र आत्तिन्छन् हामी थोकेकोजस्ता ठान्छन् त्यसरी हेर्न हुँदैन । हामीले यो कार्यनीति पारित गरेदेखि हाम्रो सेनासँग लडाई भयो ब्यारेकहरु कब्जा गर्ने ठूला लडाइँ हामीले त्यो भनेपछि गरेका छौं । दीर्घकालीन जनयुद्धभित्र शान्तिपूर्ण कार्यनीतिको मात्रा अत्यन्तै कम हुन्छ अथवा हुँदैन बराबर पनि भन्न सकिन्छ । तर आम विद्राहको कार्यनीतिभित्र शान्तिपूर्ण सघर्षको लामो प्रक्रिया हुन्छ । माओले क्रान्ति गर्दा सानो छापामार टिमबाट सुरु गरेर बताउँदै लगेर पुरै सत्ता कब्जा गर्ने खालको भयो। त्यो दीर्घकालीन जनयुद्धको रणीनतिअन्तगैत भयो ।

लेनिनले सशस्त्र विद्रोहको राण्नीतिअन्तर्गत क्रान्ति गर्दा लगातार २५ वर्ष शान्तिपूर्ण संघर्ष गरेर अन्तिममा पहिलो विश्वयुद्ध भएर जताततै संकट भएको वेलामा उहाँले केही दिन विद्रोह गर्ने बित्तिकै सत्ता कब्जा भईहाल्यो । त्यसकारण लामो शान्तिपुर्ण संघर्ष थोरै सशस्त्र विद्रोह त्यो हो सशस्त्र विद्रोहको रणनीति। लामो सशस्त्र विद्रोह छोटो शान्तिपूर्ण आन्दोलन यो हो दर्धिकालीन जनयुद्धको रणनीति । हामीले यी दुवैको फ्युजन गरेपछि हाम्रो कार्यनीति र रणनीति भिन्न हुने भए । नौलो हुने भए । त्यसैले पहिला हामी यहाँ गहिरो गरेर बुझ्न जरुरी छ । त्यस कारण तीनपटकसम्म वार्तामा किन बस्यौ होला । संविधानसभा भयो भने हामी आउन तयार छौं पनि भन्यौं होला । ’cause हामीले दुइटा रणनीतिको फ्युजन भनकै बेला संविधानसभा गणतन्त्र सर्वपक्षीय सम्मेलनको माग गर्यौ । एकातिर फौजी रणनीति यथावत राख्नु र उता राजनीतिमा चाही संविधानसभा गोलमेच सम्मेलन र अन्तरिम सरकार भनेर भन्नुको बीचमा गहिरो सम्बन्ध छ । त्यस कारण आज तपाईं हामी जे भोगिरहेका छौं त्यसको वैचारिक जरा रणनीतिक जरा कार्यनीतिको श्रृंखलाको जरा दास्रो राष्ट्रिय सम्मेलनसँग छ । त्यसकारण यदि कसैले हामीले अहिले लिएको कार्यनीति गलत भन्छ भने त्यसले हाम्रो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन गलत भन्नुपर्ने हुन्छ । तपाईं हामी कोही भ्रमित न हौं । अहिले आएर यो रणनीति गलत भन्छ भने कि त त्यसले राजनीति केही पनि बुझेको छैन या ऊ अवसरवादमा पतन भइसकेको छ भन्ने मात्रै हुन्छ ।

हामी पहिलोपटक वार्तामा बस्दा हामी सेनासँग लडेकै थिएनौं। खाली पुलिससँग मात्रै लडेका थियौं र पुलिसलाई चाहिँ हामीले पराजित गरिसकेका थियौँ । प्रहरी शक्तिमाथि कोही पनि हावी भइसकेका थियौ । रुकुमकोटको लडाई र पछिल्लो होलेरीको लडाईसम्म आउँदा हामीले जितिसकेका थियौं । सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ  र संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ । दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो । सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौ । सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ र संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ । दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो । सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौं । तपाइँ विचार गर्नुस् त्यो बेलामा देउवाले मानेको भएका अहिलेको कार्यनीति हामी त्यति बेलै प्रयोग गर्थ्यौं । त्यतिबेला नमानेपछि हामीले दाङ कारबाहीलगायत ठूला फौजी वादविवादको राजनीति तिर हामी अगाडि यौ । यो रणनीति लेनिनको र माओको क्रान्तिको रणनीतिलाई फ्युजन गरेर नेपाली क्रान्तिले एक्काइसौ सताव्दीमा नयाँ कार्यनीति बनाउनेतिर यो परिलक्षित छ । अहिले केही साथीहरुको माग खराब बिन्दुमा पुगेको छ ।

दोस्रो वार्ताका बेलामा ज्ञानेन्द्रले करिब करिब शक्ति लिएको थियो असोज १८ पछि । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेलामा हामीले शाही सेनालाई आस्तु आस्तु पारेका थियौ । त्यती बेला शाही सेनाका हाकिमलाई सकिदैन रहेछ जनमुक्ति सेनालाई भन्ने परेको थियो । भारतीय शासक वर्ग पनि माओवादीलाई दवाएर सकिदैन भन्ने निष्कर्षमा पुगिसकेको थियो । नसकिने अनुभूति उनीहरुलाई हुन थालेकॊ थियो । पार्टीलाई डिल गर्नुपर्छ माओवादीलाई भन्ने भएको थियो ।  त्यति बॆला हामी फेरि वार्तामा आयौं । दोस्रोपटक अलि माथिबाट वार्तामा आयौं । पहिलेको भन्दा एक तह माथिबाट वार्तामा आयौ । त्यतिबेला पनि हाम्रो कुरो त्यही नै थियो । संविधानसभा हुन्छ भने हामी युद्धविराम गरेर आउन तयार छौ भनेका थियौं । हुन हुन खोजेको पनि थियो । पाँच किलो मिटरको फर्मुलाअनुसार शाही सेना जान नपाउने भन्ने भएको थियो । त्यतिबेला वार्ता सफल भएको भए अहिले जे गरेका छौ त्यो त्यतिबेलै भाग्थ्यौं । त्यसपछि के हुन्थ्यो भन्ने कुरा सोच्नु होला तपाईहरु । त्यसपछि फेरि हामी लडाइँमा गयौं तर लडाई हामी नौलो तरीकाले लड्यौं । पहिलाभन्दा अझ नयाँ नयाँ कार्यनीति बनाउँदै लड्यौ । त्यतिबेला उनीहरुको अपरेसन बढ्दै गयो । तारबार तोड्न सजिलो भएन हामीलाई । हामी धेरै तारवारमा अल्झियौ भन्ने त छँदैछ । तर हामीले उसलाई अर्को ढंगले सातो खायौं फेरि । मेचीदेखि महाकालीसम्मका राजमार्गमा हामीले करिब करिब कब्जा जमायौं । उसको हालत खराब हामीले राजमार्गमा पार्यौं  र सहर बजारको नजिक नजिक आएर सेनालाई आतंकित गर्ने र सताउने काम हामीले गर्यौं । यो नयाँ रणनीति थियो । त्यतिबेला ब्यारेकबाट बाहिर निकालेर ठोक्ने वा ब्यारेकमा कैद गरेर धरासायी पार्ने नीति बनायौं र त्यो नीतिअनुसार लडेर फेरि दुई वर्ष लडिसकेपछि स्थिति अर्को ठाँउमा पुग्यो । ज्ञानेन्द्रले पूरै सत्ता लिन खोज्यौ । यसरी हुन्छ कि भन्ने ठाने उनीहरुले त्यो उनको मूर्खता थियो र हामीले हाम्रो राजनीतिक कार्यनीति प्रयोगको भूमि तयार भयो । त्यसैको परिणाम १२ बुँदे सहमति थियो । भारतमा गएर भयो भारतले गरायो कि भनेर कसैले शंका गर्छन् त्यो सिल्ली कुरा हो । त्यो हाम्रो पार्टीले गर्दा नै भएको हो । हाम्रो लडाइ जनयुद्धले गर्दा भएको हो । हाम्रो पार्टीको नेतृत्वमा भएको हस्तक्षेपको कारणले १२ बुँदे सहमति भएको हो ।

१२ बुँदेपछि मूलतः हाम्रा नारा स्थापित भए । संविधानसभा गर्नेमा सबै सहमत भए । त्यहाभित्र बेइमान् छलपकट षड्यन्त्र सबै छ तर पनि संविधानसभा गर्ने भन्ने भयो । कोण फरक फरक छन् र पनि राज्यको पुनस्रंरचना गर्नेमा सहमत भए ।  यो पनि हाम्रै एजेण्डा हो त्यसमा पनि सबै सहमत भए । यी कुरा १२ बुँदे अन्तरीम संविधानमा सबै छ । यो पनि हाम्रो जित भयो । त्यसपछि गणतन्त्रतिर जाने भन्ने कुरा भयो । यी फटाहाले गणतान्त्रिक संविधानमा लेख्न ज्यान गए मान्दैनन् भन्ने लाग्थ्यो हामीलाई तर अहिले प्रेसर गर्दै लैजाँदा गाण्तन्त्र लेखियो । गणतन्त्र लेखिनु नै माओवादीको नैतिक विजय हो । यो हाम्रो एजेन्डामा सबै सहमत भएको हो । तर यहाँसम्म आएर पनि फर्कन सक्छ । लेखेको गणतन्त्र च्यातेर फेरि राजतन्त्र पनि लेखिन सक्छ संविधानमा । अहिले जे भयो हाम्रो पार्टीको कारण भयो ।
कहिले भारतको कहिले अमेरीकाको पछि लागेको जस्तो देखिन्छ कहिले दरबारतिर पछि लागेको जस्तो देखिन्छ भन्छन् नि तिनले कुरा बुझेका छैनन् । हाम्रो पार्टीका चरित्र विशेषता विचार र हाम्रो लाइनको मौलिकतालाई नबुझेकाले भन्ने कुरा हो त्यो । किन यस्तो गर्नुपर्यो त सीधा हिड्छौ भनेका सबै सक्किए संसारमा । यो कुरा नबिर्सनुहोला । तपाइँहरुले झन् गहिरो गरी बुझ्न जरुरी छ । सीधा लडाइँबाट मात्रै जित्छौंभन्दा संसारभर कम्युनिष्ट पार्टी सकिए क्रान्ति सकियो सेना सकियो मान्छे करोडौ मरे वलिदान ठूलो भयो उपलब्धि केही पनि भएन । यो पाटो तपाईंहरुले सोच्नु भएको हो भने हाम्रो कार्यनीति बुझ्नै सक्नु हुन्न । त्यसैले नबुझीकन यो पार्टीको कहिले अग्ररुप देखिन्छ कहिले अत्यन्त दक्षिणपन्थी देखिन्छ तर सार हेर्ने हो भने जहिल पनि क्रान्तिलाई अगाडि बढाउनेछ ।

माओको चीनमा जनवादी क्रान्ति सफल भएपछि संसारभरका कम्युनीष्ट पार्टी त्यसमा पनि हाम्रोजस्तो गरीब देशका सबैले माओको बाटो हाम्रो बाटो हो भन्न थाले । तेस्रो विश्वका सबै कम्युनीष्ट पार्टीले माओकै रणनीति अपनाउन थाले । जस्तै बर्मामा त्यसरी नै क्रान्ति गर्ने भनेर लागे । हजारौंले बलिदानी दिए तर एउटा विन्दुमा गए त्यो ध्वस्त हुनसक्थ्यो । अहिले त्यहा पार्टी छैन पचासौ वर्षदेखि सैनिक तानाशाही चलिरहेको छ । मलायमा पनि क्रान्ति भयो तर अन्ततः सकियो । माओ छँदै सुरु गरेको भनेको फिलिपिन्समा पनि अहिले श्वास मात्रै वाँकी छ । टर्कीमा पनि माओको वाटोमा हिड्दा अहिले सकियो । त्यो भन्दा पनि ठूलो पेरुको कम्युनिष्ट पार्टीले हामीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडी राम्रोसँग जनयुद्ध हाँकेको थियो । तर पछि त्यहाँका नेता गोन्जालोलगायतका सबै केन्द्रीय समिति दुस्मनहरुको हातमा पर्यो । त्यसपछि युद्ध पनि भताभुंग भयो । अहिले त्यहाँ कही कम्युनिस्टको नाम निशाना भेटिदैन । त्यसैले हाम्रो पार्टीले बीचको रणनीति लिएको हो । अहिले माओवादीलाई देखेर विस्तारवादी साम्राज्यवादी तिन चित खाएका छन् ।
देशभित्र अलि अगाडि हाम्रो ग्राफ अलिकति घट्न थालेको थियो त्यो अहिले बढेको छ । हेर्दै जानुहोला अब बढ्दै बढ्दै जान्छ हाम्रो ग्राफ । त्यसैले पार्टीले हाम्रो लाइनले नेतृत्वले जहाज हाँकेको न हो यो । कसैको नक्कल गरेको होइन यो हाम्रो आफ्नै मोडल हो । हामीले हाम्रो देशमा कसरी लड्नुपर्छ भनेर अध्ययन गरेका छौं । त्यही भएर हामी टिकेर यहाँसम्म आएका हुन् । वार्ता पनि चाहिँदैन केही पनि चाहिँदैन भन्दा हामी सीधै सक्किन पनि सक्थ्यौ । ’cause संसार हाम्रो छैन नि त । कही पनि हाम्रा मान्छे छैनन् त सरकार सत्तामा । कहीँ सरकारमा नभएको बेलामा क्रान्तिलाई टिकाएर अगाडी बढाउने भन्ने कुरा कम चुनौतीपूर्ण होइन ।

अहिले पनि हामी प्रत्याक्रमणकै तयारी गर्दैछौं । कतिपय साथीलाई सीडीओलाई पिट्दा क्रान्ति हुन्थ्यो कि भुमिसुधार कार्यालय जलाउँदा क्रान्ति हुन्थ्यो कि जस्तो लगेको पनि हुन सक्छ तर त्यसरी क्रान्ति हुँदैन। योजनामा हुन्छ क्रान्ति । रणनीतिमा हुन्छ क्रान्ति। कार्यनीतिमा हुन्छ क्रान्ति समग्र विश्लेषण र संश्लेषणमा हुन्छ क्रान्ति । यसरी तपाईंले हेर्नुभयो भने पार्टीले गरेको रणनीति चाहिँ धेरै महान छ भन्न सकिन्छ । यो विश्वभर नै केही नयाँ चीज दिने उद्धेश्यको साथ र नेपाली क्रान्तिलाई सफलतामा डोर्याउने उद्धेश्यका साथ नितान्त नौलो प्रयोग गरिदैछ । त्यो प्रयोग चुनौतीपूर्ण र जोखिपुर्ण छन् । किनभन् कुनै पनि नयाँ प्रयोग चुनौती र जोखिमभन्दा बाहिर हुँदैन । त्यसैले हिजो मेसिन गन लिएर दुश्मनलाई मन मार्ने लडाई थियो रुपमा अहिले दुश्मनको अगाडि सँगै बसेर टेवलमा गफ गर्दै चिया खादै लडिएको छ । त्यसैले रुप हेर्दा धेरैफरक तर सार हेर्दा दुइटै एउटै हो । अहिले तपाईहरु क्यान्टनमेनमा बस्नुभएको छ । बेकारमा पार्टीले यत्रो फोर्स ल्याएर थुनेर राख्यो जस्तो लाग्ला । तर तपाईहरू शिविरमामा नबसेको भए यहाँ कु भइसक्थ्यो । नयाँ पत्रिकामा एउटा लेखेको थियो । १७ सालमा वीपी कोइरालाले भनेको थिए ५ सय मात्रै सेना बचाउन सकेको भए १७ सालको घटना हुँदैन थियो र पञ्चायत आउने थिएन भन्ने थियो । त्यतिखेर तुरुन्त विघटन गरेर उतातिर नहुल्दिएको भए महेन्द्रको तागत हुँदैन थियो तर अहिले त हामीसँग हजारौमा सेना छन् यहाँ कसैको पनि तागत छैन । त्यसैले तपाईहरुले अहिले गरेको तपाई त्याग पनि भन्न सक्नुहुन्छ तपस्या पनि भन्न सक्नुहुन्छ बलिदानपनि भन्न सक्नुहुन्छ तर मेरो विचारमा सबै भन्दा शब्द राम्रो चाहिँ तपस्या गरेको हो तपाईहरुले। क्रान्तिका लागि तपस्या ।

त्यसैले क्रान्तिमा जानलाई तपस्या गरेको हो भनेर बुझ्यो भने तपाइँहरुलाई आनन्द लाग्न सक्छ। यो सधै हुनेवाला छैन । मैले अहिले हेर्दाखेरी अब केही महिनामात्रै हो भन्ने देख्छु मैले। केही महिनपछि या त यता या त उता भइसक्छ ।

तपाईहरु शिविरमा नभएको भए हामीले बालुवाटार सिंहदरबार अथवा देशभित्र देश बाहिर जुन हामीले राजनीतिक हस्तक्षेप भनिरहेका छौं नि त्यो तपाईहरुको कारणले मात्रै हामी सफल भएका हौं । त्यहाँ तपाईहरु नहुने हो भने ‘कौन पुछे खिचडीका दाल’ भनेजस्तो हुन्छ । कसैले टेर्नेवाला छैन । सेना छ भनेपछि सबैको सातो जान्छ । म यहाँबाट बाहिर निस्किएपछि एमालेको वामदेवजीको फोन आएको थियो उनले काभ्रेमा हाम्रा साथीले उनीलाई पिटेर लखेटेर मरणाशून्य बनाएर अहिले १ बजे ल्याउँदैछन् अरे । इमजेन्सी भनेर भने तिमीहरुका त गतिला छन् हाम्रालाई अस्कलमा पिटे भनेर हिजो के के भयो भनेर भने मैले । वामदेवले कहाँ हुने हाम्राले त पिट्न कहाँ सक्छन् र तपाईहरुको त सबै तालिम प्राप्त छन् हानेपछि बेस्सरी हान्छन् भने । यो आतंक उनीहरुमा छ ।

मैले उतापट्टिको सेनाका पनि जनरलहरुदेखि मुख्यमुख्य सबैसँग कुरा गरें । तपाईं हाम्रो आतंक उनीहरुलाई छ। ठूलो आतंक छ ।

यहाँ यसो हेर्दाखेरी हाम्रो सेना घट्यो भन्ने छ । तर घट्यो भन्नेमा छैन म चाहिँ । बढ्यो हाम्रो सेना। तपाईंहरुले घटेको देख्नुभयो मैले त एकदम बढेको देख्छु । यही हो रणनीति र कार्यनीति भनेको । तपाईं हामी सम्झौता हुनुभन्दा अगाडी साँच्चै कति थियौं साच्चै भन्ने हो भने त हामी त थोरै थियौ नि त । सात हजार र आठ हजारका बीचमा पुगेका थियौं हामी। त्यति नै राखेकोभए अहिले अनमिनको भेरिफिकेसनले कति बाँकी रहन्थ्यौ चार हजार । सात हजारको भोरिफिकेसन त चार हजारमा आउँथ्यो । हामीले ३५ हजार लगेर राखिदिएको २० हजारमा त आयो कमसेकम । यो हो नि साचो कुरा त अरुलाई हामीले भन्न हुँदैन । हामीलाई त साँचो कुरा थाहा छ नि । अनी हामी किन उताबाट सोच्ने । हाम्रो नेतृत्वले वुद्धि पुर् याएर ७ हजारलाई २१ हजार त बनायो नियमित सेना । अब त सेना भइहाल्नुभयो तपाईंहरु त ।
फेरि बाहिर हामीले वाईसीएल भनेर पनि बनाएका छौं एउटा संरचना । हजारौ त्यता पनि बनाएका छौ । त्यसका समस्या जटिलता छन् भन्ने कुरा पनि हो तर त्यो एउटा तागत त हो नि । साथीहरु जो भेरिफाई हुनुभएन बर्बाद भए कि भन्ने तपाईंहरुलाई परेको छ म के भन्न चाहान्छु यो विषयमा भने त्यसको व्यवस्था गरिन्छ । अनमिनले गर्नु र नगर्नुसँग सरोकार छैन । चुनावी प्रक्रिया आन्दोलनको प्रक्रिया जताबाटा पनि पावर हाम्रो हातमा आयो भने ती सबै भेरिफाई भएका नभएका हाम्रो हातमा हुन्छ सबै । आउँदै आएन भने फेरि क्रान्तिमा जाने हुन्छ त्यो केही अर्थ हुँदैन ।

अस्ति मेरो एउटा नयाँ कुरा भएको छ । यहाँ एउटा जापनिज मान्छे रहेछ । उसको नजिकको नाता पर्ने प्रधानमन्त्री रहेछ जापानमा । उनीसँग भेरिफाइड सेनालाई के गर्ने भन्नेमा छलफल भयो । अनि उनले एउटा प्रस्ताव लिएर आए ।

अमेरिकाको एउटा बुद्धिजीवीसँग गणतन्त्र पास भएपछि फोनमा कुराकानी भएको थियो । त्यहाँ अहिले माओवादीले नेपाल लग्यो नेपाललाई बचाउन सकिदैन भन्ने ठुलो चर्चा छ रे । गणतन्त्र पनि पास भयो त्यो कसले गर्दा पास भयो भने नेकपा माओवादीले गर्दा भयो भन्ने संसारभरी गयो ।

अव कोही पछि हटन खोज्यो भने गद्धार देखिन्छ। जनताले त त्यसलाई मान्दैन नि । अघि बढिसकेको कुरालाई किन पछाडी फर्केको भन्ने हुन्छ । त्यसको राजनीतिक फाइदा कसलाई भयो त भन्दा माओवादीलाई भयो। समानुपातिक हामीले हिजो छाडे छाडे भन्ने भएको थियो । सबै मिलेर जनतालाई ठुलै भ्रम दिएका थिए सबै । अव अहिले हामीले समानुपातिकलाई यस्तो किसिमले समाइयो कि समाएको समाए गरेर विशेष अधिवेशनमा लगेर बहुमतवाट पास पनि गरियो । अनि जनतालाई पनि भनियो । यो बीचमा अन्तरक्रिया पनि धेरै गरियो । पटक पटक अन्तरक्रिया गरेर ल अव लडने भन्ने कुरा त सुन्नुभयो होला नि । अनि अन्तमा भएभरका नागरिक समाजका प्रतिनिधीहरुसँग भने ल है अव तपाईहरुले हातमा कि तपाईहरुले भनिदिनुपर्यो चुनाव छाडिदिनुस् समानुपातिक चाहि हुनुपर्यो त्यहाँ जनजाति महासंघ मधेशी वुद्धीजीवी दलित महिला सबै थिए । नागरिक आन्दोलनका सबै प्रतिनिधी थिए । मैले सिधै भनिदिए तपाईहरुले भन्नुहुन्छ समानुपातिक अव माओवादीले कुनै हालतमा छाडदैन । चुनाव नहोस् भन्नुहुन्छ भने माओवादीलाई चुनाव पनि चाहिएको छैन । हामी समानुपातिक समातेको समात्यै गर्छौं । होइन त्यसो गर्दा झन् वर्वाद हुन्छ चुनाव चाहिँ हुनैपर्छ भन्नुहुन्छ भने हामी अलिकति कम्प्रोमाइज गरेर चुनावमा जान्छौं तर त्यसको जवाफदेही तपाईहरु हुनुपर्छ ।  माओवादीले छाडयो भन्न पाइदैन भनेपछि सबैले एकमुखले चुनाव भएन भने दृश्य झन् वर्वाद हुन्छ अराजकतामा जाने भयो बरु अलिकति कम्प्रोमाइज गरेर भएपनि चुनाव चाहि हुनैपर्छ भन्ने पनि बनाइयो । स्थापित छ । तपाई हाम्रो दिमाग अलिकति तरंगित मात्रै भएको हो । समानुपातिकको प्रवल पहरेदार नेकपा माओवादी हो भन्ने कुरालाई दह्रोसँग ब्याजसहित असुल गरेर स्थापित गरायौं। माओवादीले गर्दा होइन अरुले गर्दा पुरै हुन पाएन भन्ने बनाइयो । यसलाई ५९ त पारियो कम्तीमा २० प्रतिशतको फरक त पारियो नि ।

यसलाई कताबाट हेर्ने यसलाई जितेको रुपमा हेर्ने कि हारेको रुपमा हेर्ने हामी कहिलेकाहीं युद्धमा जाँदा पुरै जितेको हो कि हारेको हो भन्ने हुन्छ नि । कहिलेकाहीं हारेको जस्तो हुन्छ कहिले जितेकै हो भन्ने हुन्छ । यो के हो भने यो पनि हामीले जितेकै हो हारेको त होइन । गणतन्त्र लेखिने र समानुपातिकमा अघि बढनु भनेको त हामीले जितेकै हो । हामी जित्ने अनि हामी नै रुदै हिडने अनि हामी जति वेकुफ कोही हुन्छ लडेर चाहि जितेको छ अनि जितेको मानिस चाहि जितेजस्तो नठान्ने हारेको जस्तो ठान्ने हास्दै यो त भ्रम भयो नि । त्यो दुईटा कुरा छ । अव तेस्रो कुरा के हो भने हामीले गर्न खोजेको के हो भने गाउँमा केही पनि भएन । गाउँमा शहीद परिवारलाई राहत नभएसम्म वेपत्ताको सार्वजानिक नभएसम्म घाइतेको उपचार नभएसम्म र क्यान्टोनमेन्टको तलव भत्ता सुविधा नभएसम्म हामी चुनावमा जादैनौ भनेका थियौ । हामीलाई चुनावको केही अर्थ छैन भनेका थियौं । त्यो संभव नै छैन वातावरण बनाउन । दुई तीन महिनामा यो चाहि विस्तारित बैठकपछि संसारभरी स्थापित भयो तपाई कमरेडहरुले यो कुरा बुझनुपर्छ । मैले त सबै देखेको छु । विश्वभरी स्थापित भएको छ । यो कुरा त जायज हो नभन्ने मान्छे नै छैन । यो चाहि हामीलाई ज्यादै मज्जा भएको छ । हामी माथि पर्ने यो चाहि तर्क भएको छ । खोई शहीद परिवारलाई राहत दिइएको छैन अनि हामी भोट माग्न जान्छौ त भन्दा त्यो त हो हो भन्छन् । अहिले चाहिं प्याकेजमा माघ महिनाभरी शहीद परिवारलाई राहत दिने भन्ने निर्णय भएको छ । त्यो न्युनतम राहत हो क्षतिपुर्ति होइन । क्षतिपुर्तिको लागि न्युनतम दश लाख चाहिन्छ । राहत अहिलेको लागि एक लाख भनेका छौं । एक लाख मात्र दिदा पनि हाम्रो परिवारलाई डेढ अवैदेखी दुई अर्व रुपैयाँ जान्छ । डेढ अवैदेखी दुई अर्व अहिले भर्खरै लगेर वाँडन पाइयो भने के हुन्छ होला । त्यसलाई सानो नठान्नुहोला । एक लाख गाउँमा तपाई हाम्रो गरीव किसान परिवारमा नगद जाने भनेको ठुलो कुरो हो । कुरा बुझनुभयो त डेढ अर्वदेखी दुई अर्व त्यहाँ जान्छ ६० करोड चाहि क्यान्टोनमेन्टमा जान्छ । पहिलाको आठ महिनाको गर्दा करीव ६० करोड क्यान्टोनमेन्टमा जान्छ । यो पैसा मात्र होइन राजनीति पनि हो । पैसा मात्र जान्छ भन्ने होइन । कुरा बुझनुभयो त शहीद परिवारलाई पैसा वाँडने कार्यक्रम र आमसभा एकैपटक राखेर माथिवाट कार्यक्रम बनाएर गयौं भने त्यो के हून्छ त्यो विद्रोहको तयारी हो । त्यो चुनावको तयारी होइन विद्रोहको तयारी हुन्छ । जनता र हामीबीच विग्रीन लागेको सम्बन्ध यस्तो गरेर सुध्रिन्छ कि हाम्रो पार्टी भन्ने हुन्छ । यो एक लाखले पुग्दैन अझै ९ लाखको लागि लडनुपर्छ भन्छौं नि त्यहाँ गएर । अव पुग्यो ल घर गएर बस्नुस त भन्दैनौं नि । हामीले पाउनपर्ने १० लाख थियो ९ लाखको लागि लडनुपर्छ भनेर गाउँ गाउँमा गाउँमा भाषण गर्छों । देशैभरी हाम्रो शहीद नभएको त गाउँ नै छैन भने पनि हुन्छ । देशभरी झक्झक्याउन सकिन्छ । यता क्यान्टोनमेन्टमा ६० करोड गयो भने के गर्छन् त भन्दाखेरी विद्रोहको तयारी गर्न हामीलाई पैसा चाहिन्छ । १० करोड पुरयाउन मैले तपाईहरुलाई भन्ने गर्छु नि ट्रकमा आउछ भनेर । त्यो ट्रकमा आउने बनाउन पैसा चाहिन्छ । कसैले सित्तिध्मा दिदैनन् त्यस्तो हुन्छ । त्यसको लागि पैसा पुगेको छैन । ६० करोड गयो भने तपाईहरुले अलिकति लिनुभयो भनेपनि मैले के देखेको छु भने २० करोड त हाम्रोमा आउछ । एकछिन मान्नुस अव त्यो २० करोडले तयारी गर् यो भने विद्रोहको कति तयारी हुन्छ ’cause हामीले हरेक योजनाको तयारी गर्दा पैसा पनि जोडिन्छ नि । टन्न छ भने राम्रो योजना हुन्छ । ब्याटलप्लान हुन्छ पैसा भएन भने ब्याटलप्लान गतिलो बन्दैन । विद्रोहको लागि अलि धेरै चाहिन्छ भन्ने पनि हो । यो संग जोडनु भयो भने रुपमा हेर्दा पार्टीले फेरी पनि सम्झौता गर् यो कि भन्ने तपाईहरुले देख्नुहुन्छ तर गहिरो गरी हेर्नुभयो भने पार्टी कति गम्भीर ढंगले विद्रोहको तयारीमा लागेको छ भन्ने देखिन्छ । कोही अवसरवादीले आएर केही भन्छ भने म भन्छु वामविसर्जनवादको खतरा छ है पार्टीमा । रुपमा आफुलाई क्रान्तिकारी टोपलिने र पार्टीको क्रान्तिको योजनालाई वर्वाद पार्ने खालको प्रवृति भनेको विसर्जनवादी प्रवृति हो । लेनिन माओ माक्स्रले यस्ता विसर्जनवादको विरुद्धमा लडेका छन् नि । रुपमा देखिने त्यसलाई मैले भन्छु आलोक प्रवृति रवीन्द्र प्रवृति भनेको त्यही हो । आलोकले म जति क्रान्तिकारी कोही छैन भन्ने गर्दथे । त्यतिखेर हेडक्वार्टर दक्षिणपन्थी भइसक्यो भन्थे । मैले त्यतिखेर आलोकले भनेको कुरा जस्ताको तस्तै भन्दैछु  हेडक्वार्टर दक्षिणपन्थी भइसक्यो । बाबुरामको अगाडी घुँडा टेकिसक्यो हेडक्वार्टरले । त्यतिखेर पनि पार्टी हेडक्वार्टर र वाबुरामको बीच लडाई बैचारिक संघर्ष थियो । आलोकले भने अव चहि सिद्धियो हामीले सोच्ने वेला आयो भनेर पूर्वाञ्चलको क्षेत्रीय ब्युरोका साथीहरु मेजोरोटी बनाएछन् । कुरा बुझ्नुभयो त दश दिन लगाएर बाबा यो होइन के को पार्टी हेडक्वार्टर विग्रिने । यो आलोकको वेलाको कुरा । आलोकलाई कारवाही गर्ने वेलाको कुरा । उही सबभन्दा क्रान्तिकारी बन्ने तर क्रान्तिकारिताको नाममा देखिदा खेरी चाहि हेडक्वार्टर दक्षिणपन्थी भयो भन्ने आलोकको आरोप हो म माथि ।

उहिले सिद्धिने वेलाको आलोक पहिलाको आलोक होइन । तर हेडक्वार्टरको दाहिने हात म नै हुँ हेडक्वार्टरलाई बचाउने म नै हुँ भनेर हिडथे । तर त्यो आलोक प्रवृति थियो भ्रष्ट पाखण्डी अनैतिक खालको प्रवृतिको रुपमा त्यो भण्डाफोर भयो । अझ यो भन्दा अगाडीको हेर्नुभयो भने मोहनविक्रम प्रवृति । मोहनविक्रम प्रवृति भनेको के हो भने हामीले जनयुद्धको तयारी गरेको मोहनविक्रम सिहसँग लडेर हो । एमालेसँग पनि लडेको हो त्यतिखेर माले थियो । दक्षिणपन्थी अवसरवादी पञ्चायतमा जाने गर्दथ्यो । त्यो सँग हामी वाहिर लडयौं मुख्यरुपमा । त्यसैको प्रतिनिधी यहाँ भित्रचाहि मोहनविक्रम थियो । मान्छे दक्षिणपन्थी सारमा चाहि दक्षिणपन्थी रुपचाहि क्रान्तिकारी देखाइदिएर हैरान । रुपमा त्यसले के भन्ने भने वाघे ओढार । वाघे ओढारमा तालिम लिएको भन्ने दंगै पार्ने युवाहरुलाई । अहो वाघे ओढारमा तालिम लिएको भन्ने पनि पार्छ । उ चाहि खाली दुलै फेर्दै हिडछ । ब्यवहार हेर्दा त्यस्तो छ । कुरा बुझनुभयो त क्रान्तिको केही पनि तयारी छैन ब्यवहार चाहि । कुरा चाहि वाघे ओढार र सशस्त्र तालिमका कुरा गर्छ । अहिले पनि हेर्नुस न म नै क्रान्तिकारी छ भन्दैछ । त्यो सिद्धिसक्यो तैपनि त्यसलाई अझै ज्ञान चेतना आएको छैन । सिद्धिए भन्ने छैन अझै क्रान्तिकारी भन्दै हिडदै छ । माओवादी चाहि राजावादी हो भन्दिन्छ उसले । लेख्दिन्छ । भर छैन माओवादीको भनिराखेको हुन्छ नि । हामी दश वर्षसम्म मोहनविक्रम प्रवृतिसँग लडेर जनयुद्धको तयारी गरेका हौं कमरेडहरु । यो विर्सन हुँदैन । तपाईहरुले त्यतातिर जोडनु भएन भने कसैले तपाईहरुको अगाडी आएर कसैले तिलस्मी कुरा गरिदियो लौ अव पार्टी त विग्रीसक्या तपाई-हामी मिलेर विद्रोह गर्नुपर्छ भन्यो भने तपाई ठान्नुहोला विसर्जनवादी आयो । फटाहा आयो भनेर बुझे हुन्छ । त्यो मोहनविक्रम आयो भनेर बुझे हुन्छ । त्यो आलोक आएछ भनेर बुझे पनि हुन्छ । त्यो रविन्द्र आएछ भनेर बुझेपनि हुन्छ । मोहनविक्रमकै पछिल्लो रुप हो त्यो आलोक भनेको पनि । मोहनविक्रमकै विकसित रुप हो रविन्द्र पनि । रविन्द्रले भन्ने के हो बुझिसक्नुभएको छ । हेडक्वार्टर सिद्धियो सिद्धिसक्यो भन्ने हो । म मात्रै क्रान्तिकारी छु यो पार्टीमा केन्द्रमा । मलाई उत्तराधिकारी भन्नुपर्ने ठाउँमा पार्टी नेताले मैले उसलाई उत्तराधिकारी भनिदिनुपर्ने रे । म मरेपछि उ भनेर भनिदिनुपर्ने रे नभनेपछि म दक्षिणपन्थी हुने । कस्तो बुद्धी हो त आफुलाई कस्तो ठानेको त अहिले सीआइडीहरुको पत्रिकामा लेखेर हामीलाई गाली गरेर बस्ने दुश्मनलाई सघाउने काम छ त्यसको । अहिले पनि कसैले गहिरो रुपमा नबुझी पार्टीलाई सजिलै आरोपित गर्ने काम गर्छ भने त्यो आलोककै सन्तान हो प्रवृतिगत ढंगले त्यो आलेकै प्रवृति हो भनेर अरु केही हो की तपाईलाई हिजो जति माया लाग्ने मानिस भएपनि त्यो सिद्धियो भनेर बुझे हुन्छ । त्यो आलोक नै हो । किनकी आलोक पनि पहिला त हामी सबैलाई राम्रै लाग्थ्यो । दुःख पनि  सक्रिय पनि थियो भाषण गर्ने हो भने उसले जति भाषण लिलामणिलाई त त्यसले लिलामणिभन्दा दश गुणा तालि खाने हुन्थ्यो आलोक । के काम लाग्यो र त्यो रविन्द्र पनि कम चलाख त होइन नि । राम्रो हो मान्छे । लेख्ने पढने छिटछिटो कम्प्युटर जस्तो गर्न सक्नपनि हो । के काम लाग्यो र त्यो त्यो अहंकारले भ्यागुतो फुल्दा झैं फुल्दै गएपछि फुटछ । मान्छेहरु त्यस्तो हुन्छ । नेतृत्वमा पुगेपछि पनि तयस्तो मान्छे निक्लिराख्छन् । माओ र लेनिनको पार्टीमा पनि निक्लिराख्थे । हाम्रो पार्टीमा पनि निक्लिराख्छन् । दंग नपर्नु होला मुख्य कुरा विचारधारात्मक लाइनको कुरा हो । सबै कुरा यसैले निधो गर्छ ।

यसरी हेर्दा अहिले यो चुनाव छ नि । अहिले हामीले चुनाव चुनाव भनेका छौं । हाँस्दै अव यहाँ विचित्र के हुँदैछ भने अस्तिसम्म हामी चुनाव भाँडने अरु चाहि चुनावको पक्षधर जस्ता देखिन्थे र जनतालाई भ्रम हुन्थ्यो । अहिले के भएको छ काग्रेस चुनाव हुन सक्दैन भन्दैछन् । आज म ढुक्क भएर किन भन्दैछु भने कारण छ । कारण के भने आज ११ वजे सात दलको संयन्त्रको बैठक बस्ने भन्ने तयारी थियो । तर गिरीजाले आज संभव भएन सार्नुपर् यो भनेछन् एकछिन अघि । यो त अस्ति नै बस्नुपर्थ्यो । आयोग बनाउने यो गर्ने उ गर्ने भन्ने थुप्रै काम छ यसको । यो किन पछाडी धकेल्दैछन् भने चुनाव नगर्न । चुनाव नगर्ने तयारी काग्रेसले गर्दैछ काग्रेसले गर्छ । हामीले अझ यो दुई÷तीन महिना संविधानसभा संविधानसभा भन्नुपर्छ । दायाँवायाँ हेर्नुहुँदैन । तपाईहरुले क्यान्टोनमेन्टमा संविधानसभा भन्ने हामीले बाहिर संविधानसभा भन्ने गर्नुपर्छ ।

अव पैसा वाँडन पनि चुनावको लागि हिँडनुपर्ने भयो शहीद परिवारालाई । राहत वितरणमा पनि संविधानसभा संविधानसभा भन्नुपर्छ। त्यसो भएपछि यिनीहरुले संविधानसभा गर्दैनन्। अझ वामपन्थी तालमेल हुने भनेपनि संविधानसभा गराउदैनन् । अनि त्यही वेला हो विद्रोहको वेला । विद्रोह हुने वेलामा विद्रोह गरौं भनेर हुने होइन। यहाँ हाम्रो साथीहरुलाई बुझाउन नसकिएको कुरा के भने विद्रोह विद्रोह भनेर विद्रोह हुने होइन । जनताको मन जितेर जनतालाई अव त माओवादी नै सही हो र यसको पछि लागे मात्र पार लगाउन सकिन्छ भनेर पारेपछि विद्रोह हुने हो । लेनिनले पहिला ठुला ठुला कुरा गर्दा पनि विद्रोह भएन । सशस्त्र विद्रोह यहाँ त्यहाँ भनिनजेल विद्रोह भएन। शान्ति रोटी र जमिनको नारा दिएपछि डयाम्मै वोल्सेभिकले भनेको ठीक रहेछ भन्ने लाग्यो पुरै जनतालाई । सरकारले शान्ति रोटी र जमिन दिन सकेन भन्ने लाग्यो जनतालाई । अलिकति सेना बनाएकै थियो । अनि त दुई दिनमा नै क्रान्ति सफल भयो । हाम्रा साथीहरुलाई कस्तो लाग्यो भने कुनै घर जलाइदियो भने विद्रोह हुन्छ कि कसैलाई गोददियो भने विद्रोह हुन्छ कि त्यस्तो जस्तो गर्छन् साथीहरु । एउटा घर जलाएर र पिटेर विद्रोह हुने होइन नि । अहिले हामीले चुनाव चुनाव भनेको त्यसैकारण हो । हिजो हामी अलिकति डरायौं क्या। तपाईहरुलाई धेरै भ्रम परेपछि लिडरसीप पनि डराउछ क्या । साथीहरुलाई भ्रम पर् यो अव सीधा-सीधा भन्न पनि नपाइने । भनेपछि तपाईहरुलाई अर्का भुत सवार भइदियो भने वर्वाद हुन्छ । वास्तविक विद्रोह लिडरसीपले यो ढंगले देखेको हुन्छ ।

जनतालाई अव देश बचाउने माओवादीले नै हो भन्ने परेको छ । दुश्मनले पनि स्वीकार्न पर्ने भइसक्यो । अरु कसैले सम्हाल्न सक्छ त ज्ञाने आएर सम्हालिदैन । मेरो विचारमा नेपालमा काग्रेसको लास्ट हो । एमालेप्रति पनि जनताको भरोसा छैन । अव हामी केन्द्रीय समिति बसेर तीन महिने मिशन बनाउदै छौं पुरै लिडर तल जाने । शुद्धीकरण पनि त्यही जोडने चुनावभित्र शुद्धीकरण चुनावभित्र विद्रोह चुनावभित्र जनसम्बन्ध चुनावभित्र शहीद परिवार चुनावभित्र वेपत्ता घाइते सबै त्यही हाल्ने कुरा आयो । एउटा मिशन बनाएर सबै लिडर तल गयौं भने के होला हामी त छलाङमा काम गर्ने मान्छे हौं । तीन महिना धक्का दियौं भने यो पार्टीलाई अर्कै बनाइन्छ । अहिले यो गाडी मोवाइल सुविधाभोगी भन्ने छ नि सबै कुरा बदलिन्छ जनतासँगको सम्पर्क पनि पुरै वदलिन्छ । तपाईहरुलाई पनि जोडने कुरा भएको छ । उनीहरु माने भने सल्लाहले बाहिर निकाल्ने मानेनन् भने रोटेसनमा वाहिर निकाल्ने र अभियानमा सबै जुटने । हेर्दा यो चुनावी अभियान जस्तो देखिन्छ तर त्यो विद्रोहको अभियान हो । यो भन्ने होइन यो वाहिर भन्दै हिडेर विद्रोह हुँदैन झन् विग्रिन्छ विद्रोह । भन्ने चुनाव नै हो। स्वच्छ निष्पक्ष चुनाव हुनैपर्छ चैतमा नै हुनपर्छ भन्दै हिडने हो । नहुने भएपछि झन् भन्दै जानुपर्छ । हाँस्दै यसो गरेपछि जनतालाई संविधानसभा र विद्रोहको कुरा घुस्छ ।

संगसंगै त्यही तीन महिनाको बेलामा हामीले प्राविधीक तयारी पनि गर्छौं। मिशनभित्र अर्का तयारी पनि हुन्छ । अनि हामी कसरी दक्षिणपन्थी भइयो अनि हामी कसरी सम्झौतावादी भइयो हामी सकिएको राम्रो हो त विघटन भएर सकिएर पेरु र फिलिपिन्सजस्तो भएको राम्रो हो त कि यसरी क्रान्ति सफल भएको राम्रो हो सफल भएको राम्रो हो । यसरी हेर्नु भयो भने पाटीको लाइन महान् छ भन्ने हुन्छ । त्यताबाट नहेरी यसो एकछिन रुपमा दायाँ गई अघि मैले भने झै गाडीको स्टेरिङ यसो दायाँ घुमाउने वित्तिकै लौ मार् यो मार् यो भन्न थालेपछि त त्यो मर्ने कुरा हुन्छ । सिद्धिने कुरा हुन्छ । हाँस्दै त्यस्तो हुँदैन र हुन सक्दैन । अहिले हामीले चुनाव भन्नुको तात्पर्य चाहिँ चुनावै होइन चुनाव भित्र फेरी चुनाव नै भयो भने हामी भाग्छौं भनेको पनि होइन । त्यसो भए षडयन्त्र गरेको हो त होइन । हामीले चुनाव भन्यौं भने उनीहरुले भाडछन् । मैले शान्ति प्रक्रियामा आउनभन्दा अघि नै भन्ने गर्दथे नि हामीले जित्ने जस्तो भयो भने उनीहरुले गर्दैनन् उनीहरुले जित्ने स्थिती आयो भने हामीहरुले गर्न दिदैनौं चुनाव चाहिं हुँदैन । मेरो दिमागमा त्यो कुरामा कन्फयुजन छैन । माओवादीको पक्षमा जनमत भयो भने अमेरिका भारत सबै मिलेर हुन दिदैनन् । माओवादीको विरुद्ध षडयन्त्र गरेर माओवादीलाई अप्ठयारो पारे हामी हुन दिदैनौं । त्यही भएर मैले एमालेसँग भनेको थिए भनेर विस्तारित बैठकमा भनेको थिए नि । त्यतिखेर तपाईहरु पनि हुनुहुन्थ्यो होला । ’em चाहिं चुनाव चुनाव भनेर लाखे नाच नाच्दै हिडने तिमीहरु बढ्ता ओभर भयौं भने देशैभरी खुट्टा भाँच्न सक्छौं देशैभरी खुट्टा भाँच्दा तिम्रा चुनाव सुनाव ध्वस्त हुन्छ । वेकारमा कुरा मिलाउनु छैन । हाँस्दै शहीद परिवारलाई राहत छैन केही वातावरण छैन भनेपछि एमालेको सातो गएको थियो । देशैभरी उम्मेदारको खुट्टा भाँचन त हामीलाई केही गाहो छैन । त्यो कसैले सुरक्षा गरेर सुरुक्षा हुनेवाला पनि छैन । मान्नुस कि हामीले जित्ने जस्तो हुँदाहुँदै वामतालमेल जनतासँगको सम्बन्ध जनतापनि जसरी भएपनि चुनाव हुनुपर्छ भन्ने भयो र चुनाव भइहाल्यो भने त्यो पनि विद्रोह नै हुन्छ । भइहाल्यो भने हाम्रो धेरै बहुमत हुन्छ । संविधानसभामा गएर लडाई पर्छ टुंगियो भन्ने नठान्नुहोला । चुनाव भएपछि सबै लडाई सकिन्छ भन्ने ठान्ने हो भने गल्ती हुन्छ । संविधानसभामा गएर फेरी लडाई पर्ने वाला छ । हामी माथि परेपछि त माथि परियो नि । माथि परेपछि त लगेको लग्यै पारिन्छ। जताबाट हेर्दा पनि यो कार्यनीति भनेको विद्रोहको कार्यनीति हो । शान्ति रोटी र जमिनको लागि विद्रोहको कार्यनीति भन्दा त हाँसो लाग्छ नि । तर लेनिनको त्यो शान्तिको नारा विद्रोहको नारा थियो। रोटी र जमिनको नारा विद्रोहको नारा थियो । हामीले अहिले चुनावको नारालाई विद्रोहको नारा किन नबनाउने चुनाव भनेर जाँदा त्यही भित्रबाट विद्रोह हुन्छ । कुरा यसो हो कमरेडहरु । हामी अहिले माथि परेका छौं । यो कुरा पक्का हो हामी तल परेको बेला होइन । अहिले सम्झौता गरेको भनेर तपाईहरुले बुझनुभएको छ भने त्यो बेठीक हो । अहिले त हामी माथि परेर गरेका छौं सम्झौता । संघीय गणतन्त्र । अव यो संघ काग्रेसले खोजेको छ भन्ने ठान्नुभएको छ ज्यान गए संघमा जाने पक्षमा छैन काग्रेस । एमाले पनि जानेवाला छैन ।

’emले संघ भनेको अञ्चल बुझन खोज्छन् नेपाली जनताले संघ भनेको हामीले जे बुझेका छौं त्यही बुझेका छन् । किनकी हामीले बुझाएका छौं नि संघ भनेको के हो भनेर । जातिय आधारमा क्षेत्रीय आधारमा भाषिक आधारमा हुनुपर्छ भनेका छौं हामीले । जनताले सबै त्यही बुझेका छन् । तर काग्रेस एमालेको नेताले त्यो बुझेका छैनन् । अञ्चल बनाउने अनि त्यसैलाई स्वायत्त बनाउने भन्छन् । त्यो क्षेत्र भुगोललाई मात्र स्वायत्त बनाउने भनेका छन्। त्यो चाहिं नेपाली जनताले मान्ने स्थिती छैन । त्यसकारण त्यहाँ त हामीले जितिसक्यौं संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा लेखाउने काम त माओवादीले गर् यो नि । त्यसबकारण हामीले जित ठान्नुपर्छ । काग्रेस एमालेले त हारेको ठानेका छन् नि अहिले । हारियो माओवादीले जित्यो भन्ने ठानेका छन् । भारतीय विस्तारवादलाई माओवादीले जित्यो भन्ने परेको छ अमेरिकालाई जित्यो भन्ने परेको छ । जितेको भन्नुपर्ने हामीले उनीहरु त जितेको भनेर खुशीयाली मनाउन त चाहदैनन् नि हारेको हो भन्ने बनाउन चाहन्छन् । जितेको भनेर गर्जेर भन्नुपर्ने हामीले तैपनि जितेको हो कि होइन भनेर भन्दिएपछि त जनतालाई जितेको जस्तो देखाउनुपर् यो नि फेरी जितेकै पनि हो । तर पुरै जितेको होइन । पुरै त कहाँ जितिएको छ त पुरै जित्न त बाँकी नै छ नि । पुरै जितको तयारी न हो । यसरी हेर्दा चाहिं हामी कुनै सम्झौतामा होइन विद्रोहकै कार्यनीतिमा अघि बढेका छौं । तर हल्ला धेरै नगरौं बाहिर धेरै विद्रोह भनेपछि त दुश्मनले अर्कै ढंगले सोच्छ नि । चुनावै हो भनेपछि मात्र जनता बल्ल हाम्रो वरिपरि गोलबन्द हुन्छ । मैले के चाहन्छु भने म जस्तो छु तपाईहरु सबै म जस्तै हुनुहोस् भन्ने चाहन्छु नि । लिडरसीप हुनुको नाताले मैलै दुश्मनसँग जसरी डिल गरिराखेको छु पार्टीहरुसंग र जनतासंग जसरी डिल गरिराखेको छु सबै साथीहरुले त्यसै गरि गरिदिए विद्रोहको छिटो तयारी हुन्थयो भन्ने छ । दशतिर भाँतिएपछि त कसरी विद्रोहको तयारी हुन्छ एउटा नेताले एउटा भन्ने अनि अर्काले अर्कै कुरा गर्ने भएपछि त विद्रोहको तयारी नै हुँदैन नि ।  त्यसकारण भाषा दुई-तीनवटा आउन खोज्यो भने पनि तपाईहरुले सतर्क हुनुपर्यो । किनकी आधिकारिक निर्णय एउटै हुन्छ पार्टीको । त्यो कुरामा तपाईहरुले पनि जोड दिनुपर् यो । त्यसैले बुझिने कुरा छ कमरेडहरु कहि पनि भ्रमित नहोऔं । चुनावभित्र प्राविधीक तयारीदेखी सबै कुरा जोडन खोजिएको छ । राजनीतिक तयारी जनसम्बन्ध शहीद परिवार आदि इत्यादी । सबै कुरा जोडेर हमी गर्न खोज्दैछौं । यो नै ब्यवहारिक र क्रान्तिकारी छ । यो भन्दा वाहिर पार्टी विग्रियो भन्दै हिडन थालियो भने त्यही हो विसर्जनवाद । के बिग्रिनु केही बिग्रिदैन यो । हो केही विकृति र विसंगतिहरु देखा परेका छन् । त्यसकारण आन्तरिक क्रान्ति माथिबाटै सुरु गर्ने भनेका छौं । विग्रीएको तलबाट होइन माथिबाटै हो । तपाईहरुले यहाँ उठाउनु पनि भयो विग्रीएको माथिबाट केन्द्रबाटै हो । तलबाट विग्रीएर धेरै विग्रीदैन त्यसलाई सच्याउन पनि छिट्टै सकिन्छ । माथिबाट विग्रीयो भने सच्याउन पनि धेरै लाग्छ विग्रीन पनि धेरै विग्रीन्छ । अहिले अलिकति कन्फयुजन हुने गरेको माथिबाट हो । चाहे गाडी हो वा अरु । हामी सीसी मिटिङ राख्यौ भने गाडी राख्ने ठाउँ नै पाइदैन । यो सर्वहाराको पार्टी भनेको छ हाँस्दै ३५ वटा सीसीएमलाई ३५ वटै गाडी । अझ कोही कोहीलाई त दुई तीनववटा चाहिने रे । त्यो गाडी राख्ने ठाउँ नपाएर मिटिङ गर्ने ठाउँ नपाइएला जस्तो भइसक्यो । यो सबै बदलिन्छ । अहिलेको केन्द्रीय समितिमा यो सबै बदलिन्छ । पुरै जनतातिर फर्काइन्छ । हेर्नुहोला मलाई त ’til विश्वास छ । हिजो संसदमा गएर फर्काएर युद्धमा होम्न सकियो भने अहिले यति जावो गाडी झिक्न सकिदैन र यो सजिलै सकिन्छ । मैले अहिले आन्तरिक क्रान्ति गर्ने भनेको छु । क्रान्ति त्यहाँबाट सुरु गरेर सबैलाई गाउँ फर्काइदिने कुरा आयो । सब नेताजति काठमाडौंमा किन बस्नुपर् यो एकजना दुइजना बसे भयो । बसै जिल्लामा फर्किएर अभियानमा लाग्ने । तीन महिना अभियानमा लागियो भने के हुन्छ होला त तीन महिनाभित्र कायापलट गरिन्छ पार्टीलाई पनि सच्याइन्छ जनसम्बन्ध पनि बढाइन्छ । शुद्धीकरण पनि त्यही हुन्छ विद्रोहको तयारी पनि त्यही हुन्छ । घनीभुत गरेर लगिदिएपछि हामी साच्चै चमत्कार गर्न सक्छौं र एक्काइसौ शताब्दीमा साच्चै महान् क्रान्तिकारी पार्टीको रुपमा स्थापित गर्न सक्छौं । लाइन यही हो अरु लाइन होइन । अरुले के के भन्छन् छनडिदिनुस् यही हो आधिकारिक लाइन । यही लाइनमा जान्छौं । २० गते सीसी मिटिङ बोलाइएको छ । हेर्नुहोला जाने लाइन यही हो । यही लाइनबाट जाँदा मात्र क्रान्तिको तयारी गरेको हुन्छ । आत्तिएर तपाईलाई क्रान्ति चाहियो भनेर आजै क्रान्ति हुँदैन । त्यसको नियम छ तयारी पुरा गर्नुपर् यो नि ।

अव रहयो समायोजनसम्बन्धी । तपाईहरुले पनि धेरै प्रश्न उठाउृनुभएको छ । समायोजको कुरा चाहिं मलाई लाग्छ यो संविधानसभा अघि हुँदैन । हुनसक्दैन । तपाईहरुले सबैतिर हेर्नुभयो भने संविधानसभा नै हुँदैन । के हुन्छ समायोजन पनि हुँदैन । कुरा बुझनुभयो त (हाँस्दै) सोझो कुरा चाहिं यो हो । संविधानसभाअघि त समायोजन गर्ने भन्ने त कही छैन केही निर्णय पनि भएको छैन सम्झौता पनि छैन समझदारी पनि छैन । संविधानसभा पछि भन्ने छ । संविधानसभा कि त काग्रेसले हुन दिदैन कि हामीले हुन दिदैनौं । त्यो हुँदैन । या त हामीले जितेपछि संविधानसभा हुन्छ या उनीहश्रले जितेपछि संविधानसभा हुन्छ । उसले नि नजित्ने हामीले नि नजित्ने छाँट छैन । यदि भइहालेछ भने फेरी हुँदै हुँदैन भन्ने पनि छैन । माक्स्रवादमा हो र होइन एकैपटक हुन्छ । द्धन्दवाद भनेको त्यस्तो हो । हुन पनि सक्छ । धेरै प्रतिशत त हुँदैन । मलाई लाग्दैन हुन्छ भन्ने । एउटा एउटा बखेडा अर्कोले झिक्छ । हामी मसक्क पर्नेवित्तिकै अर्कोको सातो गएको छ । हाँस्दै यो माओवादी किन मसक्क परेको छ भन्ने उनीहरुलाई परिसकेको छ । त्यसपछि उनीहरु भाग्न थालिहाल्छन् । मानिलिनुहोस् भइहाल्यो भने हामीले वामगणतन्त्रवादी र राष्ट्रवादीको तालमेल भनेका छौं । यो राष्ट्रवादी त्यसै भनेको होइन त्यो बुझेर भनेको हो । त्यहाँभित्रको सेना त्यहाँभित्रको नोकरशाहलाई त्यहाँभित्रका हिजो पछि लाग्नेहरुलाई समेटन खोजेको हो । पुरै राष्ट्रलाई हाम्रो नेतृतवमा ल्याउन खोजेको हो । वामपन्थी गणतन्त्रवादी र राष्ट्रवादी सबैको तालमेल गरेर हामी चुनावमा गयौं भने चुनावपछि समाजिक आर्थिक रुपान्तरण गर्ने नेतृत्व हाम्रो हुन्छ । बहुमत हुन्छ । गतिला त हुँदैनन् तर अगतिलालाई पनि लिदा खेरी बहुमत हुन्छ । जस्तो अस्ति विशेष अधिवेशनमा जस्तो । एमालेसंग त्यत्रो लडाई परिराखेको थियो तैपनि बहुमतमा त ल्याइयो नि । गणतन्त्र र समानुपातिकमा त ल्याएको हो नि । भनेको जस्तै बहुमत हुन्छ । ’twas भने सेना समायोजन हुन्छ । त्यसो भयो भने अहिलेको मात्रै भेरीफिकेसनलाई आधार मानिदैन कमरेडहरु यो बुझाइदिनुस् सबै साथीहरुलाई । यो अहिलेको भेरीफिकेसन त्यहाँ त हामी भाले भएपछि हाँस्दै माफ गर्नुहोला है हामी जितिसकेपछि त्यो जावो किन मान्नुपर् यो अर्कै बनाइदिन्छौं । यो सबै हाल्नुपर्छ उताको यति घटाइदिनुपर्छ भने हुन्छ । हामीले जितिसकेपछि र हाम्रो हात माथि परिसकेपछि यसलाई किन मान्छौं हामी हामी सेना घटाउने तिर लाग्छौं । मैले पहिला पनि भनेको थिए । ३० देखी ५० हजारको हाराहारीमा राख्न खोज्छौं । त्यसो गर्दा उनीहरुको घट्छ । उनीहरुको त स्वात्तै घटने भयो नि एक लाखबाट पचास हजारमा। मानिलिनुहोस् हाम्रो २० हजारबाट १० हजारमा घटला । दश हजार राख्न सकियो भने अस्ति हेर्नुभयो कटवालको बक्तब्य तीन हजार मात्र माओवादी सेना राखियो भने पुरै सकिन्छ भन्ने । हेर्नुभएको छ तीन हजार मात्र माओवादीको सेनालाई समायोजन गर्ने हो भने उनीहरुको एक लाख सेना खत्तम हुन्छ भनेको छ त्यसले । त्यो चाहिँ हो । हाम्रो १० हजार त्यहाँ पस्ने हो भने र अझ हामी माथि परेको बेलामा समायोजन गर्ने हो भने त्यो पुरै सेना माओवादीमय हुन्छ । त्यो कुरा मलाई चाहिँ विश्वास छ । त्यो पुरै हाम्रो मय बनाइन्छ । हाम्रो एजेन्डाभित्र लिएर जान सकिन्छ त्यतिवेला । किन राजनीतिक रुपमा हामी माथि परेको वेलामा वाँकी त हामी सबै बनाइहाल्छौं नि । अहिले त झण्डै झण्डै हुन खोजेको छ। भइहालेको चाहिँ नठान्नुहोला। अलिकति ताल मिल्यो भने अहिले नै भइहाल्ला भन्ने छाँट छ त्यहाँ । त्यसो भएर त कटवालले अस्ति डराएर के भन्यो त समायोजन हुन हुँदैन भनेर बाहिरै बोलेको छ । समायोजन गर्न हुँदैन भनेको छ । किनकी हाम्रो धेरै र थोरैको कुरा छैन । यहाँ चेतनाको कुरा छ । यहाँ त एउटा विचा नीति सोच र दृष्टिकोण छ । त्यहाँ त केहीपनि छैन नि । बुट बजार्ने बाहेक केही पनि हुँर्दन त्यहाँ । त्यो बुट बजार्नेलाई त चेतना भएकाले खाइहाल्छ नि । त्यसैले तीन हजार भयो भने वाँकी ९५ हजारलाई निल्छ भन्ने छ। तर संविधानसभा भइहाल्यो र समायोजन भयो भने आम्रो अनुकुलताको समायोजन हुन्छ । अव संविधानसभा भएन भने हामीले आन्दोलनद्धारा जित्छौं र समायोजन हुन्छ । हामी पहिला सत्ता कब्जा गर्छौं अनि मात्र सेनाको समायोजन हुन्छ । सबै उनीहरुलाई फाल्दैनौं तरिकाले फाल्छौं । हाम्रो नेतृत्वमा सेना हुन्छ । नरिन्तर क्रान्तिको चिन्ता गर्नु भएको थियो नी कमरेडहरुले त्यो निरन्तर क्रान्ति त्यहाँवाट हुन्छ । नितान्त नौलो तरिकाले हुन्छ । रुसको जस्तो हून्छ की हुदैन भनेर नहेर्नु होला । चीनको जस्तै हुन्छ भनेर हुर्नुभयो भने त्यस्तो हुनेवाला छैन । नेपाल जस्तो गरी हुन्छ । समायोजनको छालफल भएको छ फेरी हाम्रो । कसरी भएको छ भने एउटा एउटा नगर्ने भन्ने भईसकेको छ । युनिटवाईज गर्ने भन्ने भएको छ । हाम्रो वटालियन एउटा युनिट हुन्छ अलगै हुन्छ । उनीहरुको वटालियन अलगै हुन्छ । कमाण्ड एकै ठाउँवाट गरिन्छ । कमाण्डमा हाम्रोपनि हुन्छ । हामी जुन सस्कार सोचई तालिममा छौ । हामीलाई पनि विषेश किसिमको व्यवशायिक तालिम चाहिन्छ पाच साता वर्ष । उनीहरुलाई चाही राजनीतिकरण गर्नु छ । लोकतान्त्रीकरण भनिएको छ नी त्यो भनेको राजनीतिकरण भनेको हो । उनीहरुलाई राजनीतिकरण गर्न पनि पाच सात वर्ष लाग्छ । एकैठाउमा राखिदियो भने उनीहरुको पनि विघटन हुने हाम्रो पनि विघटन हुने खतरा हुन्छ । त्यसैले युनिटवाईज समायोज गनुपर्ने छ । वुझ्नु भयो तपाईहरुले कसैले धोका दियो भने युनिटवाईज वसेपछि जे पनि गर्न सकिन्छ फेरी । युनिटवाईज गर्ने भन्नेमा मेरोपनि उनीहरुको नेतृत्वलेवलमा कुराकानी भईरहेको छ । केही विदेशी अनुभव पनि के रहेछ भने युनिटवाईज गर्ने नै अनुभव छ । फेस टु फेस गर्नु भनेको सिध्याउनु हो । छाती नाप्दै भर्ति गर्दै गर्न थालियो भने चाही हाम्रो सेना विघटन हुने उनीहरुको मात्रै रहने हो । युनिटवाईज समायोजन गर्ने भनेको चाही यो विघटन नहुने हो । एक वाई एक गर्दा चाही आत्म समर्पण गर्दा मात्रै गनरिने कुरा हो । हामीले त आत्म समर्पण गरेको त होइन । मैले वोल्दा फेरी भन्छु नी हामीले त सत्तासँग सम्झौता गरेकै होई आन्दोलनकारीसँग गरेको हो १२ वुदे । सडकमा थिई ’em भिकारी जस्तो भएर हिडेका थिए । ’emलाई टिपेर ल्याएर १२ वुदे गरेको हो भन्छु म कहिलेकाही । हामीले सत्तासँग गरेकै होईन सत्ता ज्ञानेको हातमा थियो । सत्ता वाहिराकासँग गरेको हो । सत्ता कव्जा हामीले गरेको हो तर अहिले जसको विवाह उसलाई नल्या जस्तो गरेका छन र पो त । तर धेरै दिन ’emको सत्ता रहनेवाला छैन । तपाईहरु नआत्तिनु होला । संविधानसभा नहुदासँग ढुक्कसँग लडिरहन पाईन्छ आफ्नो ढंगले ।

कमरेडहरुले रिम भनेर भन्नु भएको थियो । रिम भनेको हामी हो । अरु कोही छैन । रिमको स्थिति के छ भनेर सोध्नु भयो भने हाम्रो स्थिती जे छ रिमको स्थिती त्यही छ । त्यति वुझ्नु होला धेरै लामो चाही चाहिएन । हामी हो रिम भनेको कही देख्नु भएको छ रिम अन्त कही भारतको माओवादी रिममा छैन । रिममा भएका मान्छेको तपाई टाउको मात्रै गन्न सक्नु हुन्छ कहि क्रान्ति भएको छ की भनी ठान्नु भयो भने भ्रम हो त्यो ।
अरु कम्युनिष्टहरुले पार्टी वचाउनको लागि धेरै दुःख गरेको छन भन्ने वुझेका छन र मायाँ पनि गरेका छन । नत्र भए पेरु जस्तो हुन्थ्यो होला । तर पनि हाम्रो पार्टीप्रति संसारभरीलाईनै विश्वास भएको छ । हामीले ठूलो वर्ग संघर्ष वलिदान र त्यागपछि वल्ल बनेको हो नी त यो । त्यसप्रति त अलिकति त विश्वास हुन्छ नी दुनियालाई । तपाई हामी के हेर्छौ भने माओले सांस्कृतिक क्रान्ति मात्रै गरेको हेछौ । तपाईहरुपनि सायद त्यसरि नै हेर्नुहुन्छ की भनेको हो मैले । माओले लिनप्याओलाई उत्तराधीकारी घोषणा गरेर गल्ती गरेको किन हेर्नुहुन्न माओले निक्सनलाई वोलाएर अमेरीकासँग सम्झौता गरेको किन हेर्नुहुन्न एकातिर सांस्कृतिक क्रान्ति र सर्वहारा क्रान्तिको कुरा गर्ने अर्कोतिर अमेरीकी साम्राज्यवादसाग हात मिलाएर रुसका विरुद्ध लड्ने तयारी गर्ने स्टालीन सर्वहारवर्गको अधिनायकत्व हुनपर्छ भनेर निरंकुश चलाउने र अर्कोतिर हिटलरसँग सम्झौता गर्ने दोस्रो विश्वयुद्ध सुरु हुनुभनदा ठिक्क अगाडी र पहिलो भाग सम्म त हिटलर र स्टालिनको सम्झौता थियो । संयुक्त मोर्चा गरेका थिए । हिटलरसँग संयुक्त मोर्चा गर्ने स्टालीनलाई किन नसम्झने हिटलरले धोका दिएपछि स्टालिनले रुजवेल्ट र चर्चिलसँग संयुक्त मोर्चा गरेर हिटलरसँग लड्नु पर् यो । रुसि जनताहरुले लड्नु पर् यो । दुई करोड रुसी जनताहरुको वलिदान भयो दोस्रो विश्वयुद्धमा हिटलर हराउनलाई । दुई करोड रुसी जनता मरे हिटलर हराइयो तर त्यसको जस अमेरीका र वेलायतले पनि लिए । ’cause त्यहां संयुक्त मोर्चा थियो । तपाई यतापट्टी किन नहेर्नु हामी एकपक्षिय हुनुहुन्न । स्टालीनले हिटलरसंग गरेको सम्झौता पनि देश जोगाउछु भनेर गरेको हो । क्रान्तिकै लागि स्टालीनले सम्झौता गरेको हो । त्यसैले अहिले हामीले जे गरेका छौ क्रान्ति वचाउन गरेका छौ । यती त विश्वास हुनुपर् यो नी कमरेडहरुलाई । लाईनप्रति नेतृत्वप्रति ढुक्क हुनु पर् यो । क्रान्तिकैलागि गरेको हो । यस्ता कुरा माओ स्टालीन लेनिनले पनि गरेका थिए ।

अहिलेपनि क्रान्ति वचाएर रणनीतिक प्रत्यक्रमणलाई सफल पार्न नेतृत्वले र पार्टी यो सबै तरीका अपनाएको छ । हाम्रो पार्टी महान छ भन्ने हुनपर्छ । किनकी हाम्रो पार्टी कुनै पनि हालतमा क्रान्तिवाट विचलित हुने पार्टी होईन । अनेक गरेर क्रान्तिलाई अगाडी वडाउने पार्टी हो । यसको विचार संस्कार तपाई हाम्रो रगत नशामा क्रान्ति वाहेक केही पनि छैन । दायां गएपनि वायां गएपनि हामी क्रान्तिकै लागि जान्छौ । अघिवढेपनि पछिहटेपनि हामी क्रान्तिकै लागि गछौ । यती कुरा कमरेडहरुले वुझ्नु पर् यो । मुख्य चिजहरु मेरो भनाईमा आयो जस्तो लाग्छ । म अर्को कार्यक्रमा जाने वेला पनि भयो । म आफ्नो प्रस्तुती यतिमै टुङगाउछु । तपाईहरुले उठाएका प्रश्नहरु केन्द्रीय समितिसम्म पुग्छन । यो विश्वास पनि कमरेडहरुलाई दिलाउन चाहन्छु हस्त धन्यवाद ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: