RSS

राष्ट्रपतिको कदम विरूद्दको अभियान तिव्र

07 मे
माओवादी भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीका कार्यकर्ताले राष्ट्रपति कार्यालय अगाडि स्थानीय प्रशासनले गरेको निषेधाज्ञा तोडेका छन् । राष्ट्रपतिले संवैधानिक कु गरेको आरोप लगाउदै सयौंको संख्यामा पुगेका क्रान्तिकारी महिलाहरुले निषेधाज्ञा तोडेका हुन् ।
प्रहरीले रोक्न खोजेपनि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका थिए । राष्ट्रपति डा. रामवरण यादवले जननिर्वाचित सरकारको निर्णय विरुद्ध प्रधानसेनापतिलाई पदमा रहन निर्देशन दिएको भन्दै राष्ट्रपतिको कदम फिर्ता हुनुपर्ने माग गर्दै माओवादीका भातृ संगठन विरोधमा छन ।
निषेधाज्ञा तोडदै गरिएको प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै माओवादी सभासद् जयपुरी घर्तिले राष्ट्रपतिको कदम फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभयो । उहांले सडक र सदनबाट संवैधानिक कु फिर्ता गराउन पहल जारी रहने बताउनुभयो ।
 
दरवारमार्गमा भएको प्रदर्शनको एक दृष्य

दरवारमार्गमा भएको प्रदर्शनको एक दृष्य

राष्ट्रपतिले सेनापतिलाई पदमा बहाल रहन दिएको निर्देशन खारेज गर्नुपर्ने माग गर्दै उनको उक्त कदमको विरोधमा माओवादी सम्पूर्ण शक्तिका साथ सडक र सदनमा खनिएको छ। सदन त माओवादी सभासदहरुले राष्ट्रपतिले माफी मागी सो कदम फिर्ता नदिएसम्म चल्नै दिन्नौँ भनी सार्वजनिक रूपमै भन्दै अएका छन् नै, यसै क्रममा हिजो दरबार मार्गमा भएको प्रदर्शनमा राष्ट्रपतिलाई कागजको श्रीपेच समेत लगाइदिए। ’round विभिन्न दलको नाम लेखिएको टोपी लगाएका मानिसपनि देखिन्थे। यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई प्रदर्शनकारी र केहि प्रहरीपनि घाइते भएका थिए।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: