RSS

नेपाली जनप्रगतिशील मञ्च,बेल्जियमद्वारा जारि प्रेस विज्ञप्ति

09 May

              राष्ट्रपतिको ‘कु’ का विरुद्ध संघर्ष गरौं – नागरिक सर्वोच्चता कायम गरौं । 

                                                     प्रेस बिज्ञप्ती

नेपाली सामन्तवादी राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात र संविधान सभाको निर्वाचन हुदै लोकतान्त्रिक पद्धतिवाट गठन भएको नेपाल सरकारले नेपाली सेनाका तत्कालिन  सेनापति रुक्माङ्गद कटुवाललाई लोकतान्त्रिक पद्धतिमा लान भरमग्दुर प्रयास गर्दा गर्दै पनि उनले देशी तथा विदेशी प्रतिकृयावादी हरुको निर्देशनमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मुल्य र मान्यतालाई निरन्तर चुनौति दिंदै आएपछि नेपाल सरकारले उनलाई आफ्नो पदवाट संवैधानिक तवरवाट नै अवकाश दिएको कदमलाई नेपाली जनताले  हार्दिक स्वागत गरेका छन । एकीकृत  नेकपा माओवादीको नेतृत्वको सरकारले गरेको यो जनपक्षीय कदमवाट अत्तालिएर आफुलाई प्रजातन्त्रको मशिहा ठान्ने नेपालका राष्ट्रपति रामवरण यादवले नेपाल सरकारको कदमलाई चुनौती दिंदै कटुवाललाई पुनर्वाहली गरी नेपालमा फेरी जंगी शाषनको शुरुवात गर्ने असफल प्रयास गरेका छन् । नेपालको राष्ट्रपतिको यो कु को हामी घोर भ्रत्र्सना गर्दछौं र उनले जसरी नागरिक सर्वोच्चतालाई चुनौति दिएका छन् र यस्तो असंवैधानिक कदमलाई  तत्काल खारेज गर्न  हामी नेपालका राष्ट्रपतिलाई आह्वान गर्दछौं ।

 देशी तथा विदेशी शक्तिकेन्द्रहरुको निर्देशनमा नेपाली जनताको हितलाई वेवास्ता गर्ने परम्परा भएका नेपालका केहि राजनैतिक दलहरुको उक्साहटमा नेपालका राष्ट्रपतिले चालेको यो असंवैधानिक कदमले नेपाली जनताको सार्वभौमिकता र नेपाली राष्ट्रको स्वाधिनताको रक्षामा चुनौती खडा भएको छ । नेपालको आन्तरिक मामलामा वैदेशिक हस्तक्षेपको तितो यथार्थ नेपाली जनताले फेरी एकपटक प्रत्यक्ष अनुभव गरेका छन् । यो कुनै एक राजनैतिक दललाई असफल वनाउने भन्दा पनि नेपाल र नेपाली जनतालाई पराधिन वनाई आफ्नो कुटिल इशारामा नेपाललाई चलाइ राख्ने साम्राज्यवादी र विस्तारवादी तत्वहरुको षडयन्त्रको रुपमा हामीले यसलाई वुझेका छौं । एकीकृत नेकपा माओवादीको नेतृत्वको सरकारले नेपालको शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाएर नयां संविधान निर्माण हुने अवस्था मजवुत हुदै गएपछि र नेपालको राज्यसत्ता जनमुखी हुने मार्ग प्रसस्त हुन थाले पछि तिल्मिलाएका जनविरोधी शक्तिहरुले यो सम्पुर्ण प्रकृयालाई ध्वंश गर्ने वा अलमल्याउने प्रयास स्वरुप असफल कदम चालेका छन्। त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, बाहृय हस्तक्षेपको विरोधमा लामवद्ध हुन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र  नयां संविधान निर्माणको मार्गमा लाग्न हामी सवैलाई आह्वान गर्दछौं ।

नेपालमा यति ठुलो राजनैतिक परिवर्तन पछि नेपाली जनताको आवस्यकता र चाहना अनुसार नयां नेपालको संस्थागत विकास हुने र नेपालमा सदियौंदेखि विध्यमान जातीय, क्षेत्रीय, लिङ्गिय लगायतका समस्याहरुको संवोधन सहित नेपालको पुनर्संरचना हुने कुरा अझै जटिल रहेछन् र अझै पुराना संरचनाहरुको विघटनका कुरा त कहां हो कहां त्यसैलाई संस्थागत गर्न यत्रो चलखेल रहेछ भन्ने कुरा यस सेनापति प्रकरण र राष्ट्रपतिको असंवैधानिक कदमले नेपाली जनतालाई छर्लङ्ग पारेको छ । अव यसका विरुद्ध नेपाली जनताले एकपटक फेरी संघर्ष गर्न पर्ने वेला भएको छ । यो आन्दोलनमा हाम्रो समर्थन र सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं र यो आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि हामी सम्पुर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थीहरूलाई एकजुट हुन पनि यसै वक्तव्य मार्फत आह्वान गर्दछौं ।

अध्यक्ष

बिष्णु भुजेल

नेपाली जनप्रगतिशील मञ्च, बेल्जियम

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: