RSS

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्य अभिनन्दित

10 मे

samman

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार वसन्तपुरमा गणतान्त्रिक मञ्च समन्वय समिति नेपालद्वारा

आयोजित समारोहमा नेकपाका एकमात्र जीवित संस्थापक सदस्य नरबहादुर कर्माचार्यलाई अभिनन्दन गर्नुहुँदै ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यलाई अभिनन्दन गरिएको छ । काठमाण्डौको बसन्तपुरमा आयोजित बिशेष समारोहमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहांको सम्मान गर्नुभएको हो ।

समारोहलाई संम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट भन्ने ठुलानेताहरु नागरिक सर्वोच्चताको स्थापना गर्नुको सट्टा कटुवालको वकालत गर्नमा नै फुर्सद नभएको आरोप लगाउनुभयो । उहाँले एकतर्फी कम्युनिष्टहरु काँग्रेसको पुच्छर समातेर बैतर्णी तर्न तर्ने कोशिष गरेको आरोप लगाउदै त्यो कदम कम्युनिष्ट आन्दोलनकालागि घातक सिद्ध हुने दावी गर्नुभयो ।

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलन बिश्वमा रक्षात्मक भएको भन्दै नेपालमा मात्र रक्षात्मक अवस्था नरहेको उल्लेख गर्नुभयो । सो अवसरमा उहांले जन अपेक्षा अनुसार आफ्नोपार्टी अगाडि बढेको बताउदै एउटै कम्युनिष्टपार्टी बनाउनपनि आग्रह गर्नुभयो ।

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यद्वारा वेपत्ता पारिएका शहीद परिवारको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार राजधानीमा उदघाटन गर्दै उहांले नागरिक सर्वोच्चताको लागि २० औ हजारको बलिदान दिनपनि आफूहरु तयार रहेको तर सैनिक सर्वोच्ता कुनै हालतमा स्विकार्य नहुने बताउनुभयो । ‘यो देशलाई मुट्ठीमा राख्न चाहने तथा विदेशी प्रभुको दलाली गरेर कुर्सी प्राप्त गर्न खोज्नेहरु बिरुद्ध मेरो राजीनामा सांच्चै ठूलो हतियार हुनेछ ।’ उहांले भन्नुभयो, ‘मैले जनताप्रति विश्वास भएरै राजीनामा दिएको हुँ । उहांले राजतन्त्रको वेलाको फोहोरी खेल र किनवेच सुरु भएको भन्दै सैनिक सर्वोच्चताको पक्षमा लाग्नेहरु ज्ञानेन्द्र पथमा हिेडिरहेको दाबी समेत गर्नुभयो । ‘तिनिहरु सरकार बनाउने खेल खेल्दैछन रुदैछन’, दाहालले भन्नुभयो, ‘हामी राजीनामा दिदा पनि विजयी भावमा छौ ।’

‘विदेशीको इशारामा सांसद किनबेचको प्रयास भइरहेको छ,’ प्रचण्डले भन्नुभयो, ‘हामी यस्ता घृणित खेल उजागर गर्नेछौं ।’ विदेशीका सामु नझुक्ने अठोट गर्दै उहांले प्रधानमन्त्री पदबाट आफूले दिएको राजीनामा ‘विदेशी दलाल’ र ‘आत्मसपर्णवादी’ विरुद्ध क्षेप्यास्त्र भएको बताउनु भएको छ । उहांले देशमा विदेशी हस्तक्षेप बढेकाले आफ्नो दलले त्यसलाई निस्तेज पार्ने पनि बताउनुभयो । सो कार्यक्रममा उहांले माओवादीलाई बदनाम गराउन देशी विदेशी प्रतिक्रियावादीहरु लागेको भन्दै सबै किसिमका षड्यन्त्रलाई चिरेर अगाडि बढ्ने भनाई राख्नुभयो ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: