RSS

डा भट्टराई र अनमिन प्रमुखबीच भेटबार्ता

10 May

काठमाण्डौ, २७ वैशाख :

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र अनमिन प्रमुख करिन लेन्डग्रेनबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा शान्ति प्रकृया, नयाँ सरकार गठन, सेना समायोजन, प्रधानमन्त्रीको भिडियो प्रकरणलगायतका बिषयमा छलफल भएको छ ।

पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा भट्टराईले नागरिक सर्वोच्चताका लागि माओवादीले सरकार छाडेपनि शान्तिप्रकृयाप्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले शान्ति र लोकतन्त्रप्रति माओवादी प्रतिवद्धतामा शंका नगर्न लेन्डग्रेनलाई आग्रह गर्नुभयो ।

भेटमा लेन्डग्रेनले केही दिनअघि भएको संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको घटनाक्रमलाई गम्भिरतापूर्वक समिक्षा भएको जानकारी गराउनुभयो । राष्ट्रसंघको बैठकमा शान्तिप्रक्रियामा माओवादीले निभाएको भूमिकाप्रति सकारात्मक चर्चा भएको लेन्डग्रेनले उल्लेख गर्नुभयो ।  

नेता भट्टराईले पनि अनमिनको विगतको भूमिका सन्तोषजनक रहेकोमा प्रशंसा गर्दै विगतमा जस्तै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन दुवै पक्ष मिलेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । भेटमा कांग्रेस लगायतका दलले माओवादी जनसेनाको पुनः प्रमाणिकरण गर्नुपर्ने भनाईका बारेमा पनि छलफल भएको थियो । पुनः प्रमाणिकरणको कुरा अनावश्यक र औचित्यहीन भएको नेता भट्टराईले लेन्डगे्रनलाई बताउनुभयो ।  

भेटमा हालै सार्वजनिक भएको भिडियो-टेपको जिज्ञासामा भट्टराईले वदलिएको परिवेशमा त्यसको कुनै सान्दर्भिकता नभएको र त्यसको भ्रममा नपर्न  लेन्डग्रेनलाई आग्रह गर्नुभयो । लेन्डग्रेनले नेता भट्टराईको कुरामा सन्तुष्टि व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि यस विषयमा ठीकसंग बुझाउन आग्रह गर्नुभएको थियो ।www.baburambhattarai.com

अनमिन प्रमुख लेण्डग्रेनसंगको वार्तामा डा. वावुराम भट्टराइ

अनमिन प्रमुख लेण्डग्रेनसंगको वार्तामा डा. वावुराम भट्टराइ

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: