RSS

नेपाली प्रगतिशील महिला मञ्च वेल्जियमको विज्ञप्ति

13 May

नागरिक सर्वोच्चता कायम गर

 २५० वर्षदेखि एक छत्र राज गर्दै आइरहेको सामन्ती राजतन्त्रलाई ने क पा माओवादीको नेेतृत्वमा नेपाली जनताले  जरै देखि फालेर संपुर्ण नेपालीलाई जातीय क्षेत्रीय लिङ्गीय आधारमा भएको विभेद र उत्पिडनको अन्त्य गरि राज्यको संपुर्ण अङ्गमा सवै नागरीकलाई समान अवसर दिई नेपाली जनतालाई सार्वभौमि र आत्मनिर्भर वनाउंदै नयां नेपालको निर्माण गर्ने उद्धेश्यका साथ थालेको दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको १९ दिने जनआन्दोलनले नेपालमा राजतन्त्रको विधिवत रुपमा अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न अहम भुमिका निभाएको हो । संविधान सभाको निर्वाचनमा वहुसंख्यक नेपाली जनताको नयां नेपाल निर्माण गर्ने विश्वासको मतका साथ एकीकृत नेकपा माओवादी सवै भन्दा ठुलो राजनैतिक दलका रुपमा स्थापित भएको छ ।

बर्षौ देखी पुरा नभएका नेपाली जनताका मागलाई पुरा गर्नका लागि गठित प्रथम जननिर्वाचित गणतान्त्रिक सरकारका प्रमुख तथा नेपालसरकारका प्रधान मन्त्री पुष्प कमल दाहाललाई -प्रचण्ड) देशी विदेशी प्रतिकृयावादीहरुले जनमुखी र अग्रगामी काम गर्न निरन्तर अवरोध सृजना गर्दै गए ।नेपाल र नेपालीको मुक्ति,समुन्नती,राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताप्रति वफादार सरकारलाई विस्तारवादी र साम्राज्यवादीहरुको निर्देशनमा प्रतिकृयावादी र यथास्थितिवादीहरुले अस्थिर वनाउन निरन्तर प्रयास गरिरहे ।एकीकृत नेकपा माआृवादीको सरकारले जनपक्षीय कामहरु गर्दा केही राजनैतिक दलहरुले  आफ्नो राजनैतिक अस्तित्वनै समाप्त हुने डरले अत्तालिएर ९ महिने कार्यकालभरि अनेक मुद्धाहरु झिकेर वितण्डा मच्चाइरहे। यसको ज्वलन्त उदाहरण नेपाली सेनाका सेनापति रुक्माङ्गत कटुवाललाई सरकारले संवैधानिक तवरवाट दिएको अवकासलाई विदेशीको इसारामा चलेर लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपती रामवरण यादवले राष्ट्र र राष्ट्रियतालाई आगोमा होम्दै संवैधानिक कु गरि  प्रधान सेनापतिलाई पदमा पुनर्वहाली गराउनु नेपालको अन्तरीम संबिधान बिपरीत तथा सैनिकी करणको अभ्यास हो। नेपालका राष्ट्रपतिको नागरिक सर्वोच्चता विरोधी यो जनघाति कदमको वेल्जियम स्थित हाम्रो संगठन नेपाली प्रगतिशील महिला मञ्च घोर भ्रत्र्सना गर्दछ ।र यो कदमलाई तत्काल फिर्ता लिई नेपाली जनताको सर्वच्चतालाई कायम गर्दै विधिको शासन कायम गर्नका साथै लोकतान्त्रिक गणतन्त्रको मर्ममा अगाडि वढ्न हामी नेपालका राष्ट्रपतिलाई यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।

राष्ट्रपतिको यस कदमले नेपाल र नेपाली जनताका मुत्तिको खातिर आफ्नो अमुल्य जिवन अर्पण गर्ने हज्जारौ शहिदहरुको सपनाको खिल्ली उडाएको छ। यस कदमले नेपाली जनताले नेपाली लोकतान्त्रिक गणतन्त्र मार्फत नेपाली समाजको रुपान्तरण हुने कुरामा शंका उव्जाएको छ ।सदियौं देखि दोहोरो उत्पिडनवाट उत्पिडित नेपाली महिलाहरुले समान अधिकारका लागि लडेर स्थापना गराएको यो संघीय लोकतान्त्रिक गणतन्त्र अव फेरी उही प्रतिकृयावादी र यथास्थितिवादीहरुको षडयन्त्रको घेरावन्दीमा परेको छ ।यो घेरावन्दीवाट मुक्त हुनका लागी नेपाली जनताले गर्ने आन्दोलनमा हाम्रो समर्थन र ऐकवद्धता जाहेर गर्दछौ र प्रवासमा रहेका सम्पुर्ण नेपाली महिलाहरु लगायत  सम्पुर्ण न्यायप्रेमी, देशभक्त , प्रगतीशिल तथा वामपन्थि शक्तिहरुलाई गोलवन्द भई  नागरिक सर्वोच्चताको स्थापनाको पक्षमा आन्दोलन गर्न हाम्रो संगठन आहृान गर्दछ ।

 अध्यक्ष

कल्पना मगर

नेपाली प्रगतिशील महिला मञ्च वेल्जियम

१२ ।०५ ।२००९

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: