RSS

भण्डारी-आश्रित हत्याको रहस्य चाडै खुल्ने

17 May

 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मदन भण्डारी र जीवराम आश्रित हत्याकाण्डको छानविन भइरहेको बताउँदै यसको रहस्य चाँडै नै खुल्ने दाबी समेत गर्नुभएको छ । एमाले मुख्यालयमा आयोजित कार्यक्रममा खनालले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको १६ औ स्मृती दिवसको अवसरमा आयोजीत श्रद्दान्जलि सभामा बोल्दै यस्तो बताउनु भएको हो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी एवम् सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको १६ औं स्मृति दिवस देशभर आज विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

वि.सं. २०५० सालको जेठ तीन गते नेकपा एमालेका तत्कालीन महासचिव एवम् मदन भण्डारी र पार्टीका सङ्गठनक विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो ।

बहुदलीय जनवादका पथप्रवर्तक मानिने भण्डारी र संगठक विभागका आश्रितको पार्टी कामको सिलसिलामा चितवन जाने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा  निधन भएको थियो । सम्झनामा नेकपा एमाले र एमाले सम्वद्ध सङ्घ-सङ्गठनहरुले विभिन्न कार्यक्रम गदर्छन् ।

एमालेले पार्टी मुख्यालय बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरी मदन आश्रित स्मृति प्रतिष्ठानले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि दिउँसो जनताको बहुदलीय जनवाद विषयमा गोष्ठी गर्दैछ ।

एमाले अध्यक्ष झलनाथ खनालले श्रद्धाञ्जलि वक्तव्य दिनुभएको छ । श्रद्धाञ्जली सभा माधव नेपाल,  भरतमोहन अधिकारी, केपीओली, वामदेव गौतम लगायतका एमाले नेताहरु सभामा उपस्थीत रहेका थिए ।

वक्तव्यमा अध्यक्ष खनालले नेपालको कम्यूनिष्ट आन्दोलन यहाँसम्म आउन भण्डारीको ठूलो भूमिका रहेको बताउदै वर्तमान राजनीतिक समस्याका निकासका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गर्नु भएको छ ।

तत्कालीन सरकारद्वारा मदन-आश्रितको हत्याकाण्डबारे न्यायाधिस प्रचण्डराज अनीलको अध्यक्षतामा गठन गरिएको छानवीन आयोगले हत्या नभइ दुर्घटना भएको ठहर गर्दै प्रतिवेदन पेश गरेको थियो । त्यसलाई अस्वीकार गर्दै नेकपा एमालेले केपी शर्मा ओली र नागरिकका तर्फबाट पद्मरत्न तुलाधरको संयोजगत्वमा गठन भएको अलग-अलग आयोगले भने हत्या भएको निष्कर्ष निकालेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: