RSS

हिन्दी चलचित्र र भारतीय गाडीविरुद्ध आन्दोलनको घोषणा

17 May

माओवादी छाडेका नेता तथा कार्यकर्ताको संगठन रिभोलुसनरी लेफ्ट विङले राजधानीमा हिन्दी चलचित्र र भारतीय नम्बर प्लेटका गाडीको आवतजावतमाथि प्रतिबन्ध लगाउन माग गर्दै आइतबारदेखि ५ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ।
विङको विरोध कार्यक्रमलाई मणि थापा संलग्न रहेको पुनर्गठित नेकपा माओवादी केन्द्रीय संयोजन समिति, संयुक्त राष्ट्रिय गणतान्त्रिक महासंघ, नेसनल रेडगार्ड संयोजन समितिले पनि समर्थन गरेका छन् ।

‘नेपालको दैनिक राजनीतिक जीवनमा मात्र नभई सांस्कृतिक र आर्थिक क्षेत्रमा भारतले गरेको हस्तक्षेपलाई कमजोर पार्न आवश्यक ठान्यौं’, माओवादीका पूर्व पोलिट्ब्युरो सदस्यसमेत रहेका थापाले जनाएअनुसार हस्तक्षेपलाई मध्यनजर गर्दै हिन्दी चलचित्र र भारतीय नम्बर प्लेटका गाडी रोक्न संघर्षका कार्यक्रम ल्याइएको हो ।’

‘काठमाडौंलाई हिन्दी चलचित्र मुक्त राजधानी बनाउने दीर्घकालीन उद्देश्य हो, त्यसबारेमा विभिन्न हलवालासँग छलफल गरिरहेका छौं। त्यसपछि विदेशी चलचित्रलाई पनि चल्न नदिने रणनीति बनाउँदै छौं’, थापाले भने ।

दई महिनाअघि विङले राष्ट्रपतिसमक्ष २९ सूत्रीय ज्ञापनपत्र बुझाएका थिए, त्यसमा भारतीय राजदूतको गतिवधि कूटनीतिक मर्यादाभन्दा बाहिर गएको र त्यसलाई रोकिनुपर्ने उल्लेख छ । हाललाई यो नैतिक दबाब र प्रतिकात्मकरूपमा आन्दोलन गरेका छौं, थापाको दाबी छ, ‘अझै हस्तक्षेप रोकिएन भने थप प्रतिरोधात्मक कार्यक्रम पनि ल्याउनेछौं ।’

१२ बुँदे सहमतिपछि नेपालमा नयाँ ढंगले भारतीय प्रभाव बढिरहेको र सेनापति प्रकरणमा त्यो छताछुल्ल भएको विङको आरोप छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: