RSS

दीपेन्द्रका कम्प्युटर चोरी

19 May

दरबार हत्याकाण्डअघि तत्कालीन युवराज दीपेन्द्र, तत्कालीन राजपरिवार सदस्य तथा दरबारका उच्च अधिकारीले प्रयोग गरेका नारायणहिटीस्थित राजदरबारस्थित धेरैजसो कम्प्युटरका पार्टपुर्जा रातारात चोरी भएको पाइएको छ।
उनीहरूले प्रयोग गर्ने राजदरबार सचिवालयका झन्डै २० कम्प्युटरका हार्डडिक्स, मदरबोर्डलगायत महत्वपूर्ण पार्टपुर्जा परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गर्ने क्रममा गायब पारिएका हुन् ।

दीपेन्द्र, राजदरबार संवाद सचिवलगायत अधिकारीले प्रयोग गरेका कम्प्युटरका फाइल सदाका लागि नामेट गर्ने उद्धेश्यले हार्डडिक्स चोरिएको स्रोतहरूले बताए ।
‘निरीक्षणमा जाँदा सबै कम्प्युटर चालू अवस्थामा थिए, हामीले प्याक गर्दिनुहोस्’ भन्यौं’ राजदरबार सचिवालयका सामान बुझ्न गएका परराष्ट्रका एक अधिकारीले भने, ‘उनीहरूले ती कम्प्युटर -केस) मा राखेर प्याक गरिदिए, त्यसलाई शीतल निवास -तत्कालीन परराष्ट्र मन्त्रालय) लग्यौं, केही समयपछि प्रयोग गर्न खोल्दा सबै कम्प्युटर काम लाग्ने अवस्थामा थिएनन्, सबैजसोका हार्डडिक्स र केहीका मदरबोर्ड थिएनन् ।’

पूर्वराजदरबार सचिवालयमा परराष्ट्र सार्ने निर्णय भएपछि त्यहाँका कम्प्युटर, टेबुल, सोफा, दराजलगायत जिन्सी सामान परारष्ट्रलाई बुझाइएको थियो । त्यो बुझ्नअघि गएका परराष्ट्रका कर्मचारीले ती कम्प्युटर सामान्य अवस्थामा चलेको देखेका थिए । सचिवालयको कम्प्युटर हेर्ने शाखाकै कर्मचारीले ती कम्प्युटर परराष्ट्र प्रशासनलाई बुझाएको थियो । परराष्ट्रले पटक-पटक गरी गत मंसिरदेखि माघसम्म सचिवालयका सामान बुझेको थियो ।

अहिले लगभग ‘आउटडेटेड’ भइसकेका कम्प्युटरका हार्डडिक्सलगायत महत्वपूर्ण पार्टपुर्जा हराउनुमा त्यसमा रहेका गोप्य फाइल अरूको पहुंचमा नपुगोस् भन्ने बाहेक अर्को उद्धेश्य नरहेको ती अधिकारीले बताए । स्थायी रूपमा मेटाइएका डाटा पनि पुनः प्राप्त गर्न सकिने हुनाले हार्डडिक्स् नै गायब पारिएको हुन सक्ने उनको तर्क छ ।
‘ती सबै पुराना पेन्टेम-२ कम्प्युटर थिए, अहिले प्रचलनमा रहेका अत्याधुनिक कम्प्युटरमा ती हार्डडिक्स् र मदरबोर्ड फिट हुँदैनन्’ उनले भने, ‘दीपेन्द्रजस्ता आमचासोका केन्द्रमा रहेका र विवादास्पद व्यक्तिका कम्प्युटर बिगार्नुका पछाडि त्यसमा रहेका गोप्य फाइल अरूले नपाओस् भन्नेबाहेक अर्को कारण के हुन सक्छ ?’
युवराज दीपेन्द्र दरबार हत्याकाण्डमा सबभन्दा विवादमा तानिएका पात्र हुन् । दीपेन्द्रले प्रयोग गर्ने गरेको कम्प्युटरमार्फत् उनका धेरै निजी कुरा र दरबार हत्याकाण्डको रहस्यबारे केही न केही खुल्न सक्थ्यो ।

‘सुरुमा ती कम्प्युटरका फाइल उडाएका थिए होलान्’ अर्का एक कर्मचारीले भने, ‘पछि उडाइएका फाइल पनि पुनः प्राप्त गर्न सकिने थाहा पाएपछि हार्डडिक्स् नै लगिएको हुन सक्छ ।’

इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकका नेटवर्क प्रशासक रामकृष्ण देशारका अनुसार हार्डडिस्कबाट हटाइएका फाइल पनि सजिलैसँग पुनः पाउन सकिन्छ । यसका लागि ‘डाटा रिकभर’ गर्ने विभिन्न सफ्टवेयर बजारमा पाइन्छन् ।

‘डाटा रिकभर सफ्टवेयरका सहायताले फरम्याट गर्दा गुमेका र स्थायी रूपमा मेटाइएका डाटासमेत सजिलै प्राप्त गर्न सकिन्छ’ उनले भने- ‘फाइल हरायो, डिलिट हुंदैमा आत्तिनुपर्दैन ।’

देशारले कम्प्युटरका हार्डडिक्स नै ‘क्रयास’ भए पनि कुनै अवस्थामा नेपालकै हार्डवेयर इन्जिनियर र धेरै नै बिग्रिएको अवस्थामा सिंगापुरलगायत देशमा लगे फाइल प्राप्त गर्न सकिने उनले बताए । त्यो प्रक्रिया केही खर्चिलो भने हुनेछ ।

स्रोतहरूले ती पार्टस् हराउनुमा कसको हात रहेको स्पष्ट नपारे पनि राजदरबार सचिवालयका पूर्वकर्मचारीकै संलग्नता हुनसक्ने बताए ।

ती कम्प्युटरका मोनिटर सबै सेतो रंगका थिए । परराष्ट्रका कर्मचारीलाई सचिवालयका कर्मचारीले ‘यो दिपेन्द्रले प्रयोग गरेको, यो संवाद सचिवले प्रयोग गर्ने गरेको’ भन्दै चिनाएका थिए । कम्प्युटरका महत्वपूर्ण पार्टस् झिकेकाले ती अहिले त्यतिकै थन्किएका छन् ।

राजदरबार सचिवालयमा परराष्ट्र सारिने भएपछि त्यहाँका कम्प्युटर, टेबल, डेक्स, कुर्सी, पंखा, फोन सेट, दराजलगायत जिन्सी सामान परराष्ट्रलाई बुझाइएको थियो । त्यस्तै सैनिकसाग सम्बिन्धित सामग्री रक्षामन्त्रालय, पुरातात्विक महत्वका संस्कृति मन्त्रालयले, तक्मा, विभुषणजस्ता सामग्री गृह मन्त्रालयले बुझेका थिए । जुन-जुन शाखाको सामान हो, तिनै शाखाका कर्मचारीले हस्तान्तरण गरेका थिए ।

सचिवालयका कम्प्युटर बुझ्नमा संलग्न परराष्ट्र प्रशासनका एक कर्मचारीले भने एक दुईवटा कम्प्युटर बाहेक सबै चालु अवस्थामा रहेको दाबी गरे । उनले भने, ‘एकाध कम्प्युटर त जहाँका पनि चल्दैनन्, अरू यथावत हालतमा छन् ।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: