RSS

एमालेले विश्वासघात गर्योः किरण

20 मे

एकीकृत नेकपा -माओवादीका वरिष्ठ सचिवालय सदस्य मोहन वैद्य किरणले एमालेले विश्वासघात गरेका कारण माओवादी नेतृत्वको सरकार ढलेको वताउनु भएको छ ।

माओवादी केन्द्रीय सदस्य सन्तोष वुढामगरद्धारा लिखित नेपाली क्रान्ती सत्ता सघर्ष नामक पुस्तकको जनसञ्चार अभियान नेपालमा  विमोचन गर्दै उहाले रुक्माङ्गद कटुवाललाई कार्वाही गर्ने सहमति जनाएपनि पछि धोका दिएका कारण अहिलेको अवस्था आएको वताउनु भयो ।

सरकारले देश  र जनताको पक्षमा राम्रो काम गर्दा गर्दै पनि यो अवस्था आएकोले यसवाट माओवादी विचलित नहुने पनि प्रष्ट पार्नुभयो ।

अहिलेको अनुभववाट सरकार र सदनमा गएर मात्र आमुल परिवर्तन गर्न नसक्ने कुरा स्पष्ट भएको भन्दै जनवादी क्रान्ती सम्पन्न गर्न आफुहरु अघि वढ्ने वताउनु भयो ।

उहांले नयां सविधान निर्माण र सेना समायोजन गर्दै नयां नेपाल निर्माणको प्रकृयावाट आफुहरु कत्ति पनि विचलित नहुने वताउनु भयो ।

यस्तै गरी सञ्चारमन्त्री कृष्ण वहादुर महराले राष्ट्रपतिको असंवैधानिक कदमका कारण मुलुकमा नयां राजतन्त्र देखा पर्न खोजेको वताउनु भएको छ ।

अहिले सतहमा हेर्दा सरकार परिवर्तन जस्तो मात्र देखिएपनि अहिले गम्भीर राजनीतिक संकट आएको उहांले वताउनु भयो ।

नेपाली जनता अझै सामन्तवाद र साम्राज्यवादको उत्पीडनवाट मुक्त हुन नसेको पनि महराले वताउनु भयो ।

देश स्वतन्त्र  र स्वाभिमानका साथ अघि वढ्न चांहदा साम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेपका कारण अहिलेको परिस्थिति आएको वताउदै महराले सवै नेपाली जनता एक भएर देशलाई मुक्त पार्न अघि वढ्नुपर्ने वताउनु भयो ।

उहांले सरकार कसको वन्ने भन्दा पनि लोकतन्त्र र स्वाभिमान वच्छ कि वच्दैन भन्ने मुख्य कुरा भएको पनि वताउनु भयो ।

कार्यक्रममा वक्ताहरुले जनयुद्धको आधार भुमिको रुपमा रहेको रोल्पाली नेता सन्तोष वुढा मगरले जातिय र वर्गीय आन्दोलनलाई समायोजनको रुपमा यो पुस्तक लेखेको वताएका थिए ।

यसै गरी माओवादीका पोलिटव्युरो सदस्य हेमन्त प्रकाश वली, लोकेन्द्र विष्ट मगर लगायतका नेताहरु पनि सो पुस्तक विमोचन समारोहको अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: