RSS

तोकिएको कार्यादेशभित्रै लडाकु प्रमाणिकरणः अनमिन

20 मे

नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन)ले आफूलाई तोकिएको कार्यादेश र क्षेत्राधिकारभित्रै रही माओवादी लडाकुको प्रमाणिकरण गरिएको स्पष्ट पारेको छ।

अनमिनले मंगलबार प्रेस विज्ञप्ति मार्फत सरकार र माओवादीबीच भएको हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौतामा आधारित रहेर माओवादी लडाकुको प्रमाणिकरण गरेको प्रष्ट पारेको हो। नेपाली कांग्रेससहितका केही दलले पुनः लडाकु प्रमाणिकरणका माग गरेपछि अनमिनको विज्ञप्ति आएको हो।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भिडियो टेप प्रकरणपछि अनमिनको लडाकु प्रमाणिकरण’bout बिभिन्न टिकाटिप्पणी भइरहदा जारी गरेको बिज्ञप्तिमा २०६३ साल मंसिर २० गते सरकार र माओवादीबीच भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताले निर्धारित गरेको दुई वटा शर्त भित्रै रहेर लडाकु प्रमाणिकरण गरेको प्रष्ट पारिएको छ।

माओवादी सेनामा आफू कार्यरत भएको देखाउन माओवादी सेनाको परिचयपत्र मात्र प्रस्तुत गर्न आवश्यक रहेको भन्दै अनमिनले आफ्नो कार्यक्षेत्र भित्र रहेर प्रमाणिकरण गरिएको बताएको छ।

अनमिनले लडाकुको लागि हतियार बोकेकै हुनुपर्ने शर्तलाई सम्झौतामा कतै उल्लेख नगरिएको भन्दै २०६३ जेठ ११ गते अघि भर्ती भएका र २०४५ साल जेठ १२ गते अघि जन्मिएकालाई लडाकुको मापदण्ड पुगेको मानिने सम्झौतामा उल्लेख भएको जनाएको छ ।

दर्ता भएका माओवादी सेनाका लडाकुहरू सुरक्षा बलमा समायोजन गर्न योग्य छन् वा छैनन भनेर प्रमाणीकरण गर्न अनमिनलाई अनुरोध नगरिएको प्रष्ट पार्दै अनमिनले यो मुद्दा, माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन, र पुनस्र्थापना गर्ने अन्तरदलिय विशेष समितिको जिम्मामा रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले तयार पारेको प्रमाणीकरणको कार्यविधि तथा त्यसमा सोधिने प्रश्नका ’boutमा संयुक्त अनुगमन संयोजन समितिमा छलफल गरेर पारित गरिएको स्मरण गर्दै अनमिनले राजनीतिक दलका प्रतिनिधिहरुलाई प्रमाणीकरण कार्यको अनुगमन समेत गराएको उल्लेख गरेको छ । प्रमाणीकरणको क्रममा २ हजार ९ सय ७३ जना नाबालिगहरू पाइएका थिए भने पछि भर्ती गरिएका १ हजार ३५ जनालाई अनमिनले अयोग्य ठहर गरेको थियो । दर्ता भएका ८ हजार ६ सय ४० जना प्रमाणीकरणमा अनुपस्थित भएकाले स्वतः अयोग्य भएको ठहर गरिएको थियो । प्रमाणीकरण भएका माओवादी सेनाका सदस्यहरूको सङ्ख्या १९ हजार छ सय २ रहेको छ ।


                     माओवादी सेनाका लडाकुहरुको दर्ता र प्रमाणीकरणसम्बन्धमा

                                                            प्रेस विज्ञप्ति
प्रमाणीकरणमा अन्मिनको काम

                                                      १९ मे २००९                 २०६६ जेठ ५

विगत केही सातादेखि माओवादी सेनाका जवानहरुको दर्ता र प्रमाणीकरणसम्बन्धमा आमसाचार माध्यममा देखिएका चासो र विवादको प्रतिक्रियास्वरुप यो विज्ञप्ति प्रकासित गरिएको हो ।

नेपाल सरकार र नेकपा माओवादी बीच ८ डिसेम्बर २००६ २०६३ मङ्सिर २० मा भएको हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौताले माओवादी सेनाका लडाकु हुनका लागि मापदण्ड तोकेको छ । त्यसमा योग्य हुनका लागि दुईवटा सर्त छन्ः २५ मे २००६ २०६३ जेठ ११ अघि भर्ती भएका र २५ मे १९८८ २०४५ जेठ १२ अघि जन्मेका ।

योग्यताका लागि हतियार बोकेकै हुनुपर्ने कुरालाई सरकार र नेकपा माओवादीले सर्तका रुपमा निर्णय गरेका थिएनन् । माओवादी सेनामा आफू कार्यरत भएको देखाउन माओवादी सेनाको परिचयपत्र प्रस्तुत गर्न आवश्यक थियो ।

हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौताले संयुक्त अनुगमन समन्वय समिति जेएमसीसी को पनि सिर्जना गर् यो यसको अध्यक्षता अन्मिनले गर्छ र यसमा नेपाली सेना र माओवादी सेनाका सदस्यहरु हुन्छन् । दुबै सेनाले सम्झौताको पालनाको संयुक्त सुपरिवेक्षण र छलफल गर्ने यो एक मात्र मञ्च हो ।

माओवादी सेनाका लडाकुहरुको दर्ता र प्रमाणीकरणमा अन्मिनको भूमिका

माओवादी सेनाका लडाकुहरुको दर्ता र प्रमाणीकरणको काम गर्नका लागि सरकार तथा नेकपा-माओवादीले अन्मिनलाई अनुरोध गरेका थिए । दर्ता गर्ने राष्ट्रसंघीय टोलीमा अन्मिनका सैन्य विशेषज्ञ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी का पुनःएकिकरण विज्ञ सामेल थिए भने प्रमाणीकरणको क्रममा संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफका बालअधिकारसम्बन्धी अनुभव भएका कर्मचारी उक्त टोलीमा थपिए ।

दर्ता भएका माओवादी सेनाका लडाकुहरु सुरक्षा बलमा समायोजन गर्न योग्य छन् वा छैनन भनेर प्रमाणीकरण गर्न अन्मिनलाई अनुरोध गरिएको थिएन । यो मुद्दा माओवादी सेनाका लडाकुहरुको रेखदेख समायोजन र पुनस्र्थापना गर्ने अन्तरदलिय विशेष समितिको जिम्मामा छ जसको पहिलो बैठक १६ जनवरी २००९ २०६५ माघ ३ मा सम्पन्न भइसकेको छ ।

दर्तामा अन्मिनको काम

राष्ट्रसंघीय टोलीले व्यक्तिगत सैन्य सूचना संकलन गर्नुका साथै परिचयपत्र जाँचबुझ गरेको थियो । दर्ताको काम १७ जनवरी २००७ २०६३ माघ ३ मा सुरु भयो र यसको परिणामका ’boutमा फेब्रुवरी २००७ मा जेएमसीसी
संयुक्त अनुगमन संयोजन समिति मा प्रतिवेदन दिइएको थियो ।

राष्ट्रसंघीय टोलीले दर्ता भएका माओवादी सेनाका लडाकुहरुको प्रमाणीकरणको काम सन् २००७ को जुन र डिसेम्बर महिना बीचको समयमा सम्पन्न भयो । संयुक्त राष्ट्रसंघले तयार पारेको प्रमाणीकरणको कार्यविधि तथा त्यसमा सोधिने प्रश्नका ’boutमा जेएमसीसी संयुक्त अनुगमन संयोजन समिति मा छलफल हुनुका साथै त्यहाँबाट पारित भएको थियो ।

राष्ट्रसंघीय टोलीले दर्ता भएकाहरुको गोप्यताका साथ विस्तृत अन्तर्वार्ता लिएर उनीहरुको योग्यताको जाँचबुझ गरेको थियो । राष्ट्रसंघीय टोलीमा भाषा सहायक तथा सैन्य बाल चिकित्सक पनि सामेल थिए । टोलीले शङ्का लागेका मामिलालाई उच्चस्तरिय पुनरावलोकनका लागि पठाउने गरेको थियो ।

प्रमाणीकरण प्रक्रियाको परिणामहरुका ’boutमा राजनीतिक दलहरुलाई ब्रिफिङ

जेएमसीसी संयुक्त अनुगमन संयोजन समितिमा प्रमुख हतियार अनुगमनकर्ताले नियमित ब्रिफिङ गर्नुका अतिरिक्त नेपालका लागि महासचिवका विशेष प्रतिनिधिले प्रमाणीकरण प्रक्रियामा भइरहेको प्रगतिको जानकारी वरिष्ठ राजनीतिक नेताहरुलाई दिनुभएको थियो । एउटा शिविरमा सातदलीय गठबन्धनमा सामेल दलका प्रतिनिधिहरुले प्रमाणीकरण प्रक्रियाको अवलोकन गरेका थिए ।

प्रमाणीकरणमा २९७३ जना नाबालिगहरु पाइएका थिए २५ मे १९८८ -२०४५ जेठ १२ पछि जन्मिएकाहरु उनिहरुलाई अयोग्य ठहर गरिएको थियो । २५ मे २००६ २०६३ जेठ ११ भन्दा पछि भर्ती गरिएका १०३५ जना अयोग्य ठहर भए । दर्ता भएका ८६४० जना प्रमाणीकरणमा अनुपस्थित भएकाले स्वतः अयोग्य ठहरिए । प्रमाणीकरण भएका माओवादी सेनाका सदस्यहरुको सङ्ख्या १९६०२ रह्यो ।

शान्ति तथा पुनर्निर्माण मन्त्री तथा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महासचिवका विशेष प्रतिनिधिले अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

अन्मिनको कार्यादेशः पृष्ठभूमि

सन् २००६ मा नेपाली काँग्रेसले नेतृत्व गरेको सातदलीय गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी माओवादीले संविधानसभाको निर्वाचन सम्पन्न गर्न र शान्ति प्रक्रियामा सहयोग पुर् याउन संयुक्त राष्ट्रसंघको सहायताको लागि अनुरोध गर् यो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले २३ जनवरी २००७ २०६३ माघ ९ मा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनको स्थापना विशेष राजनीतिक मिसनका रुपमा गरेको हो ।

सन् २००८ को अप्रिलमा २०६४ चैतमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि अन्मिनको कार्यादेश भित्र हाल निम्नलिखित कार्यहरु पर्छः

२१ नोभेम्बर २००६ २०६३ मंसीर ५ मा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच भएको विस्तृत शान्ति सम्झौता अनुरुप नेपाली सेना र माओवादी सेनाका हतियार तथा सशस्त्र सदस्यहरुको व्यवस्थापनको अनुगमन गर्ने ।

संयुक्त अनुगमन समन्वय समिति जेएमसीसीमार्फत पक्षहरुलाई हतियार तथा सशस्त्र जवानहरुको व्यवस्थापन सम्बन्धमा उनीहरुले गरेका सम्झौताको कार्यान्वयन गर्नमा सहायता प्रदान गर्ने ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: