RSS

मुलुकको समष्टिगत आर्थिक स्थिति सन्तोषजनकः डा. भट्टराई

20 मे

अर्थमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान समष्टिगत आर्थिक स्थिति सन्तोषजनक रहेको बताउनुभएको छ ।आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिएपछि हालसम्मको प्रगति समीक्षाका’boutमा जानकारी गराउन मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले नौ महिनाको आफ्नो कार्यकाल ५० प्रतिशत सफल र ५० प्रतिशत असफल रहेको बताउनुभयो ।

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गराउन, आर्थिक पारदर्शिता तथा सदाचार कायम राख्न सफल रहेको तर सङ्कलित राजस्वलाई विकास क्षेत्रमा खर्च गराउन असमर्थ रहेको उहाँको धारणा थियो ।

यसअवधिमा गत वर्षको तुलनामा ४० प्रतिशतले बढी अर्थात् रु. एक खर्ब १० अर्ब ५१ करोड राजस्व सङ्कलन भएको थियो । ‘अहिलेसम्मकै सबैभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएकोमा मलाई गर्व छ’ उहाँले भन्नुभयो ।

माओवादी सरकारमा गएपछि विदेशी सहायता आउँदैन भन्ने तर्क गलत सावित भएको बताउँदै मन्त्री भट्टराईले यस अवधिमा रु. ४३ अर्ब १३ करोड वैदेशिक सहायता परिचालन भएको जानकारी दिनुभयो ।

सुरुमा आन्तरिक ऋण रु. २५ अर्ब उठाउनुपर्ने अपेक्षा गरिएपनि राजस्व सङ्कलन राम्रोसँग भएको कारण रु. आठ अर्ब ७० करोड मात्र उठाए पुगेको उहाँले उल्लेख गर्नुभयो ।

यस अवधिमा साधारण खर्च सामान्य रहेको तर पूँजीगत खर्च १२ प्रतिशतले मात्र वृद्धि भई रु. २६ अर्ब मात्र खर्च भएको बताउँदै उहाँले यसो हुनुमा बजेट ढिलो आउनु विकास खर्च गर्न मन्त्रालयहरू अझ राजनीतिक दलको हातमा हुनु र स्थानीय निकायको गठन नहुनु मुख्य कारण रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले नयाँ नेपाल अर्थसम्मानअन्तर्गत रहेका ५९ परियोजनामध्ये अधिकांश सन्तोषजनक रहेको बताउँदै दुई लाख ६८ हजार २५९ सानाकिसानलाई ऋण मिनाहा गरिएको जानकारी दिनुभयो ।

मन्त्री डा.भट्टराईले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमबाट साढे पाँच लाखलाई जेठ १ देखि ऋण दिइएको सहकारी र स्वरोजागर अभियानलाईसँगै अगाडि बढाइएको गाविसमा जाने अनुदान वृद्धि गरी १५ देखि २५ लाख पुर्‍याइएको, द्वन्द्वपीडितलाई एक लाखका दरले राहत वितरण गरिएको विवरण प्रस्तुत गर्नुभयो ।

उहाँले आर्थिक वर्षको अन्त्यमा खर्च नभई बचेको रकमलाई विकास क्षेत्रमा लगानी गर्न विकास प्राधिकरणको गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

आयको स्वयम् कर घोषणाबाट रु. १५ अर्बको सम्पत्तिको घोषणाबाट रु. एक अर्ब ५१ करोड राजस्व प्राप्त भएको उल्लेख गर्दै उहाँले विगतमा ऋण लिएर नतिर्ने ३३९ जनाको राहदानी जफत गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री डा. भट्टराईले यसअवधिमा वैङ्किङ क्षेत्रमा सुधार भई खराब कर्जा घटेको, कतिपय सार्वजनिक संस्थानका प्रमुखको नियुक्ति प्रतिस्पर्धाबाट गरिएको बताउनुभयो ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: