RSS

अध्ययन नै नगरी टोली फिर्ता

21 May

भारतले नेपालको आन्तरिक मामिलामा मात्रै होइन, सीमा क्षेत्रमा समेत उत्तिकै मात्रामा हस्तक्षेप गरेको खुलासा भएको छ । बाराको ६४ स्थानमा सीमा क्षेत्रमा रहेका सीमास्तम्भ भारतीय पक्षले रातारात गायव पारेको छ । उक्त क्षेत्रमा पुगेको व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको टोली अज्ञात ठाउंबाट फोन गएपछि स्थलगत अध्ययन नै नगरी फर्किएको बताइन्छ । सीमा क्षेत्रमा पुगेको सभासदहरूको टोलीलाई कसले किन र कहांबाट फोन गरियो भन्ने कुरा खुल्न नसकेपनि ६४ वटै स्थानमा अवलोकन गर्ने कार्य छोडेर टोली राजधानी फर्किसकेको छ ।

टोलीको नेतृत्व कांग्रेस सभासद नविन्द्रराज जोशीले गरेका थिए । उनले प्रतिवेदन तयार पार्ने हो, किन सबै क्षेत्रको अनुगमन गर्नुपर्‍यो र भन्दै अरु सभासदहरूले निरीक्षण गर्ने भन्दाभन्दै पनि काठमाडौं फर्किनु भनेको सहभागी एक सभासदले बताए । ती सभासदका अनुसार ‘जोशीको मोबाइलमा फोन आएको थियो । त्यसपछि उनले राजधानी फर्कौं भन्न थाले हामी त बडो अचम्ममा पर्‍यौं । बाराको नौ वटा गाविसका ६ सय ८५ वटा सीमास्तम्भहरू मध्ये २ सय ६४ वटा सीमास्तम्भ भारतीय सीमा सुरक्षा बल एसएसवीले बेपत्ता पारेको स्थानीयवासीको भनाइ छ । सभासदको टोली सीमा क्षेत्रमा आउने जानकारी पाएका स्थानीयवासीले टोली काठमाडौं फर्किसकेको जानकारी पाएपछि निरास भएर फर्किएका थिए । ‘राजनीतिक रूपमा भारतीय विस्तारवादको ताबेदारी गर्ने कांग्रेसको व्यवहार त्यहां पनि ष्पष्ट रुपमा देखियो’ नागरिक समाजका अगुवा वसन्त खतिवडाले भने । पूरा अध्ययन गर्ने तयारीका साथ सीमा क्षेत्रको अवलोकन गर्न पुगेको सभासद टोली अध्ययन नै नगरी किन फर्कियो भन्ने जिज्ञासा सर्वत्र फैलिए पनि त्यसको चित्त बुझ्दो जवाफ कसैले दिएका छैनन् । यस विषयमा टोली संयोजक जोशीसाग सोध्दा उनले समय अभावका कारण सबै ठाउंको अध्ययन गर्न नसकिएको बताए ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: