RSS

नेपाललाई मुठभेडमा धकेल्ने विदेशी योजना

21 मे

नेपाललाई पुनः एक पटक मुठभेडमा धकेल्ने योजना अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादले बनाएको खुलासा भएको छ । दुवै शक्तिले अलगअलग पाटोलाई समेटेर योजना बनाएको भए तापनि त्यसको अन्तिम नतिजा भने नेपाललाई मुठभेडमा धकेल्नु नै रहेको जानिफकार सूत्रले दाबी गरेका छन् । अमेरिकी साम्राज्यवाद जनमुक्ति सेना नेपाल र राज्यको सेनाबीचको कुनै हालतमा समायोजन हुन नदिने पक्षमा रहेको छ । जनमुक्ति सेनाका ३/४ हजार सदस्यलाई प्रक्रियागत रुपमा पूर्ण गराउने बाहेक जनसेना समायोजन कुनै हालतमा गर्न नदिने पक्षमा अमेरीका रहेको सूत्रहरू बताउाछन् । सूत्र भन्छ- सेना समायोजन गर्न नदिएमा माओवादी सेनाले आत्मसमर्पण गरेको ठहरिने भएकाले अमेरीका त्यस प्रकारको षड्यन्त्र गर्न लागेको हो । सेना समायोजन गर्न नदिएको विषयमा माओवादी पुनः सशस्त्र युद्धमा फर्किएमा लिट्टेलाई जस्तै पराजित गर्न सकिने निष्कर्षमा अमेरीका पुगेको छ । उता भारतीय विस्तारवाद भने नेपालमा माफिया संरचना निर्माण गर्ने विषयमा केन्द्रित रही नेपाललाई मुठभेडमा धकेल्ने योजना बनाउन लागेको छ ।

सूत्रका अनुसार ‘एक मधेश एक प्रदेश’लाई जीवनमरणको सवाल बनाएर मधेशवादी दलहरूलाई उचाल्ने योजना उसले चलाएको छ । मधेशमा बहु प्रदेशलाई मान्यता दिनु भारतीय हित प्रतिकूल हुने निष्कर्षमा पुगेर ‘एक मधेश एक प्रदेश’लाई सार्थक बनाउने योजनामा भारत लागिपरेको हो । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने नाममा ‘एक मधेश एक प्रदेश’को मागलाई एमालेले स्वीकार गरेको कारण भारतले आफ्नो योजना सार्थक बन्ने सोचाइ बनाउन थालेको छ । त्यसो त भारतको निर्देशनअनुसार नै माधव नेपालले नेतृत्व गरेको सरकार चल्ने भएकाले आफ्ना सबै प्रकारका योजना कार्यान्वयन हुने कुरामा भारत विश्वस्त बन्दै गएको सूत्रहरू बताउाछन् । एकीकृत माओवादीले विदेशी हस्तक्षेप र सैनिक सर्वोच्चताविरुद्ध नागरिक सर्वोच्चताको पक्षमा आन्दोलन गर्ने घोषणा गरेको छ । यो विषय भारतलाई सबभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । नेपालको आन्तरिक मामिलामा जतिसुकै हस्तक्षेप गरे पनि संसद्वादी दलहरूले जी हजुरी गरे झैा माओवादीले पनि गर्छन् भन्ने भारतको पूर्व अनुमान विफल भएको छ । विदेशी प्रभुलाई जी हजुरी नगर्ने बरु हस्तक्षेपको विरुद्ध आन्दोलन गर्ने नीति माओवादीले सार्वजनिक गरेको छ । राष्ट्रियताको पक्षमा हुने आन्दोलनमा नेपाली जनताको अद्भूत समर्थन गर्ने खुलासा जेठ ३ गते काठमाडौंको खुला मञ्चमा भएको आमसभाले प्रमाणित गरेको छ । राष्ट्रियताको पक्षमा उर्लिएको मानव सागरको कारण आगामी दिनमा वर्तमानमा झैा नेपालमा हस्तक्षेप गर्न नसकिने ’boutमा भारतमा तर्क बिर्तक पैदा भएको छ ।

त्यसो त विदेशीहरूले शान्ति प्रक्रिया भांड्न, नेपाललाई मुठभेडको दिशामा धकेल्न अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादले बनाएको षड्यन्त्र र राजीनामाका ’boutमा माओवादी अनभिज्ञ छैन । साम्राज्यवादी तथा विस्तावादीले युद्ध वा शान्ति दुवै कालमा बनाएको योजना र षड्यन्त्रलाई चकनाचुर बनाउादै माओवादी वर्तमान अवस्थामा आइपुगेको हो । यद्यपी आगामी दिनमा त्यस्ता शक्तिले माओवादीलाई लिट्टे बनाउन गरेको षड्यन्त्र र योजना कुनै हालतमा सफल नहुने विश्लेषकहरुको ठम्याई छ । माओवादीले शान्ति प्रक्रिया भांड्न तथा यो वा त्यो बहानामा नयां संविधान निर्माण गर्न नदिने योजनाबाट षड्यन्त्रका विरुद्ध शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने र जनतालाई खबरदारी गर्न लगाउने उद्घोष गरेको छ । आन्दोलनले विदेशी हस्तक्षेप, सैनिक सर्वोच्चताविरुद्ध नागरिक सर्वोच्चताको पक्षलाई पनि समेट्ने छ । विश्वस्त सूत्रका अनुसार निकट भविष्यमा बस्ने माओवादी पोलिटब्युरो बैठकले आन्दोलनका ठोस कार्यक्रम सार्वजनिक गर्नेछ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: