RSS

‘म सपथ ग्रहणपछिमात्र बोल्छु’- नेपाल

23 May

माधव नेपाल नयाँ प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको बैठकमा नेपाल निर्विरोध निर्वाचित भएको घोषणा गरे। प्रधानमन्त्री चुनाव प्रक्रियामा माओवादी सहभागी नभएपछि नेपाल निर्विरोध भए। एमाले नेता नेपालले ३५५ सभासदको समर्थनको हस्ताक्षरसहित बिहान १० बजेपछि मनोनयन दर्ता गराएका थिए। बिहान १० बजेदेखि दिउसो १ बजेसम्म प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समयमा अन्य कुनै दलले मनोनयन दर्ता गरेनन्।
नेपालको प्रस्तावक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए। उनलाई २१ दलको औपचारिक समर्थन रहेका छन् । आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेपालले कुनै प्रतिक्रिया दिएनन्। ‘म सपथ ग्रहणपछिमात्र बोल्छु’- नेपालले भने। नेपालले भोलि आइतबार मात्र शपथ लिनेछन् ।

प्रधान सेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपतिले दिएको निर्देशन नसच्चाएसम्म माओवादीले नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने बताएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदनलाई सम्बोधन गरेपछि माओवादी सभाषदले सदन वहिष्कार गरेर बाहिरिएका थिए। उनले सैनिक सर्वोच्चता स्थापित गर्न गठन हुन लागेको सरकारलाई समर्थन नरहने प्रस्ट पारे।

 बनेन् साझा कार्यक्रम
नयाँ सरकारका न्यूनतम साझा कार्यक्रम तय नहुँदा अन्य दलहरु सरकारमा सहभागी हुने/नहुने निर्णय अझै नभएकाले मन्त्रिपरिषद गठन केही दिन ढिला हुने भएको छ। ‘नयाँ सरकारका सहयात्री दलहरुबीच सरकारको साझा कार्यक्रम र कुन दलबाट कतिजना मन्त्रिपरिषदमा सहभागी हुने निर्णय गर्न बाँकी छ’- एमाले सचिव शंकर पोखरेलले भने। उनले मन्त्रिपरिषद गठन गर्न कम्तिमा एक साता लाग्ने बताए । सरकारको न्युनतम साझा कार्यक्रम बारे दलहरुबीच सामान्य छलफल समेत हुन सकेको छैन ।

कांग्रेसमा विवाद
माधव नेपाललाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको नेपाली कांग्रेसभित्र कुन नेताको नेतृत्वमा सरकारमा सामेल हुने भन्नेमा विवाद देखिएको छ। कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भए पनि तयसको असर भने पार्टीभित्र जीवितै छ। स्रोतका अनुसार नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह वा गोपालमान श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्। कोइराला भने रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा सहभागी गराउने पक्षमा भएको स्रोतको दाबी छ। पौडेल नेतृत्वमा सरकारमा जान नहुने पक्षमा कोइराला पुत्री सुजाता सक्रिय भएको पनि स्रोतको दाबी छ । 

धेरै मन्त्री बनाउन फोरमको कसरत

फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ। गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय संसदीय दलबाट पारित गराइसकेका छन्। उता अध्यक्ष उपेन्द्र यादवले भने धेरै मन्त्री बनाउनुपर्ने संकेत सार्वजनिक रुपमै गरे। दलको तर्फबाट सरकारमा लिङ्गीय, जातीय र क्षेत्रीय आधारमा मन्त्रीहरु बनाइनुपर्ने भन्दै उनले मेचीदेखि कालीसम्मका मधेसीले समानुपातिक प्रतिनिधत्व हुनुपर्ने बताएका छन् ।

सरकार पूरा अवधि टिक्ने ओलीको दावी

यसैविच एमाले नेता केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा अब बन्ने सरकार पुरै अवधि टिक्ने दावी गरेका छन् ।

युथफोर्सं रुपन्देहीको प्रथम जिल्ला भेलालाई आज बुटवलमा सम्बोधन गर्दै उनले नयां संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा नपुर्‍याई अबको सरकार नढल्ने दावी गरेका हुन् ।

‘माओवादीविना सरकार चल्दैन भन्ने भ्रम माओवादीले नपाले हुन्छ, सरकार मात्र हैन देशै चल्छ’ -माओवादीका कटु आलोचक ओलीले भने – ’माओवादी अहिल्यै नआएपनि साउन भदौतिर सरकारमा नआई सुखै छैन ।’  एमाले नेतृत्वको सरकारमा माओवादीलाई पनि सहभागी हुन आग्रह गर्दै संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रमुख दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताए ।

माओवादी सुविधाभोगी भएकाले अब जंगल नर्फकने दावी गर्दै उनले भने – ’उनीहरु अब जंगल जान्नन् किनकि जंगलमा पजेरो जान्न, तारे होटल पनि छैनन् ।’  माओवादीको सरकार अरुले नभई चलाउन नजानेर आफ्नै कारणले ढलेको ओलीको भनाई थियो ।

युथ फोर्स सत्संग गर्ने जमात नभई राज्य निरीह भएको बेलामा बल प्रयोग गर्ने संगठन भएको भन्दै ओलीले घुमाउरो पारामा भने -’माओवादीलाई ठीक गर्न युथफोर्स जन्मिएको हो ।’ युथफोर्सले गैरकानुनी काम र गुण्डागर्दी नगर्ने ओलीले दावी गरे । बुटवलमा हत्या गरिएका प्रचण्ड थैवका हत्यारालाई अब बन्ने सरकारले कारवाही गरेरै छाड्ने उनले बताए । भेलामा एमाले जिल्ला सचिव लिला गिरी, युर्थफोर्स रुपन्देही संयोजक राजु गुरुङ लगायतले बोलेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: