RSS

स्वरोजगारको फाराम भरेपनि तालिम भएन

23 May

 विनोद ढकाल / गोरखा  गोरखाको उत्तरी उहिया गाउं विकास समितिका युवाहरुले सरकारले सञ्चालन गरेको युवा साना तथा स्वरोजगार कार्यक्रमको फाराम भरेता पनि तालिम नपाएको गुनासो गरेका छन् । 

सदरमुकामबाट २५ कोष उत्तर दुर्गम गाविसका डेढ दर्जन भन्दा बढि स्थानीयहरुले फाराम भरेपनि तालिम नपाएको स्थानिय शार्कि गुरुङले बताउनुभयो । उहांका अनुसार माओवादी निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको कार्यालयमा फारम भर्नेहरुले तालिम पाएपनि उहियाका १५ भन्दा बढी  छुटेका छन् । हिजो तालिम र फारामको बिषयमा बुझ्न स्थानीयहरु सदरमुकाम झरेका छन् । दुई दिन लगाएर सदरमुकाम झरेका दुर्गम गाउँका स्थानीयहरु होटलमा दैनिक पाँच सय खर्च गरेर बसिरहेका छन् ।

संगठनले गाउँका केहि मानिसहरुलाई मात्र बोलाएर तालिम दिएको सहभागि हुन नपाएका स्थानीयहरुले बताएका छन् ।

सोहि गाविसका अन्य दुई दर्जन भन्दा बढिको नागरिकता र दुईसय रकम स्वरोजगार फारम भर्ने भनेर गाउँबाट तिन जना युवाले उठाएर लगेको जित बहादुर घलेले बताउनुभयो । गाउँबाट उठाएको पैसा र नागरिकता हालसम्म फिर्ता नगरेको पीडितले बताएका छन् ।

उता राष्ट्रिय उद्योग ब्यापार संगठनले भने काशिगाउँ, केरौंजा र उहियाको सेन्टर पर्ने गरि माछिखोला केन्द्रमा बैशाख १९ र २० गते तालिम दिइसकेको जनाएको छ । संगठनले गाउँमा शिक्षकहरुबाट उद्यमशिलता तालिम प्रदान गरेको थियो ।

सदरमुकामबाट टाढा भएकोले उक्त ठाउँका स्थानीयहरु भुलवस छुट्न गएको संगठनका अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । छुटेकाहरुलाई जेठ १७, १८ र १९ गते सदरमुकामा नै बोलाएर तालिम दिने संगठनले जनाएको छ । संगठनले गाउँमा फारम संकलन गर्न कसैलाई पनि नखटाएको उहांले बताउनुभयो ।

अर्थमन्त्रालयले युवा तथा साना स्वरोजगार सम्बन्धीका कार्यक्रमहरु उद्योग बाणिज्य संघका ९० वटा शाखालाई मात्र अधिकारिकता दिएता पनि अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको आदेशमा माओवादी निकट संगठनले यहाँ भने कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्थमन्त्री भट्टराईले गृह जिल्लामा पार्टि निकट संगठनले थालेको अभियानलाई रोक्न नसकेपछि मन्त्रालयको नाम वेभसाईट खोल्न लगाई मन्त्रालयकै नाममा कार्यक्रम अगाडि बढाई रहेको छ ।

केही दिन अगाडि जिल्ला परिषद्लाई संबोधन गर्दा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्योग वाणिज्य संघको समन्वयमा मात्र स्वरोजगार कार्यक्रम गर्न दिएको बताउनुभएको थियो ।

अन्य छोटा समाचारहरू

 निर्माण ब्यवसायीहरुले आफ्नो ब्यवहार नसुध्र्रेसम्म निर्माण ब्यवसाय मर्यादित नहुने गोरखामा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । निर्माण ब्यवसायी समिति गोरखाको १४ औ वार्षिक साधारण सभा तथा सातौं साधारण सभामा बोल्ने बक्ताहरुले निर्माण ब्यवसायमा देखिएको खराब आचरणलाई ब्यवसायीहरुले प्रोत्साहन गरेकै कारण अहिले समस्या भएको बताएका हुन् ।

कार्यक्रममा संवोधन गर्दै निर्माण ब्यवसायी महासंघका अध्यक्ष यक्षध्वज कार्कीले ब्यवसायीहरुले आफ्नो आचरण नसुधारेसम्म समस्या आइरहने बताउनुभएको छ ।

उहांले राजनीतिक दलहरुले पनि निर्माण ब्यवसायीलाई सहयोग नगरेको आरोप लगाउनु भएको छ । टेण्डर हाल्दा वाइसीएल र युथफोर्सले हस्तक्षेप गरेको बताउदै कार्कीले टेण्डर हाल्न राजनीतिक दलका भातृ संगठनलाई ब्यवसायी भएर आउन आग्रह गर्नुभयो । ६० लाख बराबरको काम उपभोक्ता समितिले गर्ने ब्यवस्था गरेर दलहरुले आˆनो कार्यकर्ता पाल्ने गरेको बताउदै अध्यक्ष कार्कीले उपभोक्ता समितिमा राजनीतिक दलका नेताहरु बस्न तछाड मछाड गर्ने आरोप लगाउनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका लेख बहादुर थापा, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा एमालेका विकल कुमार श्रेष्ठले निर्माण ब्यवसायीहरु आफ्नो पेशा मर्यादित क्रियाशिल हुनुपर्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले टेण्डरमा भएको गलत संस्कारका कारण स्थानिय प्रशासनले पनि दुःख पाएको बताउनुभएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी विकास अधिकारी राजकुमार श्रेष्ठले निर्माण ब्यवसायीहरु निर्माण ब्यवसायीहरु आफ्नो पेशालाई मर्यादित बनाउन चेतनशील नभएको बताउनुभएको छ ।

संघका जिल्ला अध्यक्ष धिरज बहादुर मास्केको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निर्माण ब्यवसायी महासंघका महासचिव शरद कुमार गौचन, उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी, पश्चिमाञ्चल क्षेत्रीय निर्माण ब्यवसायी संघका अध्यक्ष अर्जुन बहादुर क्षेत्री, लगायतले मन्तब्य राख्नुभएको थियो ।

साधारण सभामा जिल्लामा कक्षा ८ मा सर्वोत्कृष्ट अंक हासिल गर्ने नवजागृति चण्डी मावि अश्राङका विजय श्रेष्ठ र सुर्योदय निमावि घ्याल्चोकका दुर्गा श्रेष्ठलाई नगद एकहजार ५ सय रुपियां राशीको विश्व बहादुर मास्के स्मृति पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी निर्माण ब्यवसायी संघका सदस्यहरुको छोराछोरी मध्येबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने शन्देश थापा र सरिता मास्केलाई पनि पुरस्कृत गरेको छ । संघले वयोवृद्ध निर्माण ब्यवसायी लिला लामिछानेलाई पनि सम्मान गरेको छ ।

……………………………………………….

विद्यालय र संबन्धित निकायको लापरवाहीको कारण गोरखाका ६ जना विद्यार्थीहरु उत्तिर्ण भएकै कक्षामा पढ्न बाध्य भएका छन् । गोरखा नगरपालिका वडा नंबर २ मा रहेको मदरल्याण्ड इङ्गलिस स्कुलबाट यस वर्ष कक्षा ६ र ७ बाट उतीर्ण भएका विद्यार्थीहरु अन्य विद्यालयमा उही कक्षामा अध्ययन गरिरहेका छन् । विद्यालयले अनुमति नपाइकन निम्न माध्यामिक तह सञ्चालन गरेको भन्दै अन्य विद्यालयहरुले  कक्षा घटाएर मात्र राख्ने बताएपछि उनीहरु उतीर्ण भएपनि कक्षा दोहोर्‍याउन बाध्य भएका हुन् ।

मदरल्याण्डबाट कक्षा ७ उतीर्ण भएका सन्दिप मालवुल र सुवास आचार्य मनकामना बोर्डिङ्ग, सतीपीपलमा उही कक्षामा पढिरहेका छन् । उनीहरुसंगै उतीर्ण भएका देव गुरुङले पनि माथिल्लो कक्षामा अध्ययन गर्न पाएका छैनन् । कक्षा ६ मा उतीर्ण भएका भुमिका श्रेष्ठ शक्ति उच्चमावि पाटेचौरमा,  निरञ्जन रम्तेल नवज्योति माविमा कक्षा दोहोर्‍याइरहेका छन् भने शर्मिला सिर्मलले पनि माथिल्लो कक्षामा अध्ययन गर्न पाएका छैनन् ।

कक्षा ७ उतीर्ण भएको आफ्नो छोरालाई कक्षा ८ मा पढाउन कुनै विद्यालयपनि नमानेपछि फेरी सोही कक्षामा पढाउन बाध्य भएको पीडित विद्यार्थी सुवास आचार्यकी आमा विन्दा आचार्यले गुनासो गर्नुभयो ।

अनुमति नलिइकन कक्षा सञ्चालन गरेको सो विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले पनि कारबाही गरेको छैन । तत्कालिन विद्यालय निरीक्षक रेशमकुमारी श्रेष्ठ र श्रोत ब्याक्ति उमेश आचार्यले विद्यालयले गरेको अनधिकृत कामको शिक्षा कार्यालयमा जानकारी समेत नगराएको कार्यालयले बताएको छ । समयमा जानकारी गराएको भए कारबाही गरिन्थ्यो निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले भन्नुभयो ।

सो विद्यालयले भने आफुहरुले अनुमतिको लागि प्रक्रिया अगाडि बढाएर पढाउन सुरु गरेपनि  अन्तिम समयमा क्षेत्रिय शिक्षा निर्देशनालयले अनुमति नदिएका कारण यस्तो समस्या आएको बताएको छ । अहिले आफुहरु विद्यार्थीहरुको लागि केही गर्न नसक्ने पनि विद्यालयका प्रिन्सिपल आशा जोशीले बताउनुभयो । विद्यालयले अहिले भने अनुमति नपाएका तहमा अध्यापन गराएको छैन ।

…………………………..

जिल्ला विकास समिति गोरखाको स्वामित्वमा रहेको दुइवटा डोजरलाई लिलाम बिक्री गरी नयां चेववाला डोजर किन्ने भएको छ । गणतन्त्र घोषणापछिको दोश्रो जिल्ला परिषद् सकिएपछि जिल्ला विकास समिति गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा डोजर खरिदका लागि १ करोड रुपियां छुट्टयाउने निर्णय गरेको स्थानिय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

परिषद्ले जिल्लाका दलित वस्तीका प्रत्येक घरघरमा गोवरग्यांस प्लान्ट सहितको शौचालय निर्माणका लागि पहिलो चरणमा प्रत्येक निर्वाचन क्षेत्रमा १०० वटा प्लान्ट बनाउन पहल गर्ने लगायतका १४ वुंदे निर्णय गरेको छ । परिषद्ले पशु सेवा कार्यालय, भु संरक्षण कार्यालय, जिल्ला वन कार्यालयको भवन नेपाली सेनाले प्रयोग गर्दै आएकोले ती कार्यालयहरुलाई असुविधा भएका कारण वैकल्पिक ब्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय समेत गरेको स्थानिय विकास अधिकारी श्रेष्ठले बताउनुभयो । उहांले जिल्ला विकास समितिले यसवर्षदेखि सञ्चार क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

……………………………………

एमालेका महासचिव ईश्वर पोखरेल लगायतको नेताहरुमाथि आक्रमण गर्ने एकीकृत नेकपा माओवादीका कार्यकर्तालाई कानुनी कार्वाही गर्न लमजुङका तीन राजनीतिक दलले सरकारसंग माग गरेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रेस विज्ञप्ति निकालेर दोषीलाई कानुनी कार्वाही नगरिए शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने, संविधान वनाउन र गणतन्त्रलाई संस्थागत गर्न असहयोग पुग्ने निष्कर्ष निकालेको छ ।

एमाले सचिव मायानाथ अधिकारी, कांग्रेस निवर्तमान सभापति कृष्ण कोईराला र राप्रपा अध्यक्ष वालचन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ताखाले गतिविधि तुरून्त रोक्न एकीकृत माओवादीलाई आग्रह गरिएको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, पोलिटब्यूरो सदस्यद्वय रबीन्द्र श्रेष्ठ र पशुपति चौलागाइा, केन्द्रीय सदस्यहरु कमलप्रसाद सुनुवार, कमला सुवेदी लगायतका नेताहरुलाई रामेछापमा पार्टी कार्यकर्ता भेलालाई सम्ंवोधन गरि र्फकने क्रममा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले वाटोमा आक्रमण गरेका थिए ।

………………………………….

मकवानपुरको दामन पालुङमा सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले सामुदायिक सेवा केन्द्र गठन भएको छ ।

इलाका प्रहरी कार्यालय पालुङको सक्रियतामा विहान प्रहरी कार्यालय परिसरमा गठित संस्थाको तदर्थ समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन हुनु भएको छ । ९ सदस्यीय  केन्द्रको उपाध्यक्षमा इश्वरनाथ पौडेल, सचिवमा विमलकुमार ढकाल, कोषाध्यक्षमा रीता प्रधान, सदस्य सचिवमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक गोपाल प्रसाद कोइराला चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक प्रविणलाल श्रेष्ठले लोकप्रिय अवधारणा समाज विकासमा समुदायको सक्रियता अनुरुप दामन पालुङमा इलाका स्तरीय सामुदायिक सेवा केन्द्रको गठन गरिएको बताउनु भयो ।

केन्द्रले तत्काल विधान तयार पारि सदस्य विस्तार, सामुदायिक सरोकारका विषयमा सक्रियता, प्रहरी सहायतालगायतका क्षेत्रमा क्रियाशिल हुने नव गठित तदर्थ समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानले बताउनु भयो ।

प्रधानका अनुसार तत्काल दामनपालुङ, बज्रबाराही, टिष्टुङलगातका क्षेत्रमा क्रियासिल संघसंस्था, सहकारी संस्था, स्थानीय क्लव, विद्यालय, राजनीतिक दलका प्रतिनिधिलगायतलाई समेटेर कार्यक्रम संचालन गरिने छ ।

……………………………….

नेपाल टेलिकम तनहुं शाखाले जिल्लाभित्र दुई हजार ८६२ थान टलिफोन वितरण गरेको छ ।

जसअनुसार दमौलीमा एक हजार ८००, आाबुखौरेनीमा ४६५, दुलेगौंडा र खैरेनीटारमा ७००, डुम्रेमा १९० र बन्दीपुरमा २० थान टेलिफोन वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

ती बाहेक तनहुं जिल्लाको व्यास नगरपालिकाको ११ वटा  वडा र ४६ गाविसमा सिडिएमए प्रविधिको टेलिफोन वितरण गरीएको पनी टेलीकमले जनाएको छ । तनहु जिल्लामा प्रिपेड, पोस्टपेड र मेरो मोबाइलका गरी २५ देखि ३० हजार ग्राहक रहेका टेलिकमले जनाएको छ ।

गोरखाको देउराली गाउ विकास समीतीमा भएको मगर राष्ट्रिय मुक्तिमोर्चाको भेलाले नोख बहादुर थापा मगरको अध्यक्षतामा १३ सदस्यीय गाउ कमीटी चयन गरेको छ ।

इन्द्र बहादुर थापा मगरको अध्यक्ष्यतामा भएको सो भेलाले मोर्चाका जिल्ला अध्यक्ष सीता थापा मगरको सक्रियतामा गाउं कमीटी गठन गरेको हो ।यसैबिच, विजया भवानी उच्च माध्यामीक विद्यालय मकैसींहमा प्रविण सुनारको अध्यक्षतामा १३ सदस्यीय अखील क्रान्तीकारी मुल इकाई कमीटी गठन गरीएको छ ।

समीतीको उपाध्यक्षमा सन्तोषी थापा मगर, सचिवमा कुमार थापा मगर, सह सचिवमा सविना तमु, कोषाध्यक्षमा विरेन्द्र तमु लगायतका रहनुभएको छ ।

यसैबिच, एकीकृत नेकपा माओवादी गोरखाले बगुवामा शीवशक्ती श्रेष्ठ रक्तिमको नवौ स्मृती दिवस मनाएको छ । रक्तिमकी श्रीमती सरीता श्रेष्ठको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा अखील क्रान्तीकारी जिल्ला अध्यक्ष कुमार तिवारी, सदस्य जुना लामीछाने, माओवादी १० नं इलाका सेक्रेटरी विनोद पाण्डे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  

………………………………..

सामुदायिक आंखा अस्पताल मकवानपुरले छ महिनाको अवधिमा मकवानपुर र बारा जिल्लाका २० हजार २७८ जनाको आंखा परीक्षण गरी उपचार गरेको छ ।

 यसैगरी मोतियाबिन्दु रोगबाट अन्धोपन भएका ७११ जना आाखा रोगीको शल्यक्रिया गरी आाखाको ज्योति प्रदान गरिएको अस्पतालले  जनाएको छ ।

सो अस्पतालले आाखा उपचार शिविरमा सहयोग पुर्‍याउने मकवानपुर जिविसका स्थानीय विकास अधिकारी भुवन प्रकाश बिष्ट,  हेटौंडा नगरपालिकाका प्रमुख अधिकृत भरत ढुङ्गानालगायत अन्य सङ्घ सस्थाका प्रतिनिधिहरुलाई  एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

……………………………..

चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन ९४.६ मेगाहर्जको पहिलो बाषिर्कोत्सब समारोह हिजो रत्ननगरमा सम्पन्न भएको छ । रेडियोको संचालक संस्था चितवन सामुदायिक संचार सहकारी संस्था लिमिटेड को साधारण सभा पनि हिजै सकिएको छ ।

साधारण सभाले रेडियो चितवनको कार्यसमिति पुनर्गठन गरेको छ । पुनर्गठित समितिको अध्यक्षमा नारायण वन, उपाध्यक्षमा मदन पुरी, सचिवमा राजाराम रेग्मी, कोषाध्यक्षमा शिवराज सुवेदी, सहसचिवमा मिना गिरी रहनु भएको छ ।

यस्तै सदस्यहरुमा अरुण पिडित भण्डारी, कृष्ण गिरी, तुलसी चापागाई, नारायणकाजी श्रेष्ठ र केशब लामा रहनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मिनबहादुर शाहिको प्रमुख आतिथ्यता एवं कम्युनिकेशन कर्नरका निर्देशक भिमसेन राजबाहकको बिशिष्ठ आतिथ्यमा सम्पन्न बाषिर्कोत्सब समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष प्रेम रिमाल, सिनर्जि एफ एमका सहन प्रधान, रेडियो त्रिबेणीका रमेश जोशी, उद्योग बाणिज्य संघ नारायणगढका तिलचन्द्र भट्टराई, बिभिन्न राजनितिक दलका प्रतिनिधि, लगायतले बोल्नु भएको थियो । कार्यक्रम रेडियो चितवनका अध्यक्ष नारायण बनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: