RSS

नेपालद्वारा प्रधानमन्त्री पदको सपथ

25 May

प्रधानमन्त्रि पदको शपथ लिंदै माधव कुमार नेपाल

प्रधानमन्त्रि पदको शपथ लिंदै माधव कुमार नेपाल

नेकपा एमालेका पूर्व महासचिव एवं वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्रीको सपथ लिएका छन्।
नेपालले बिहान ११ बजेर ५ मिनेट जाँदा भएको सपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति यादवले ईश्वरको नाममा सपथ लिन गरेको आग्रहलाई अस्वीकार गर्दै दौरा सुरुवाल, कोट र भादगाउँले टोपीमा सजिएका नेपालले नेपाली भाषामा ईश्वरको नाममा भन्न शब्दलाई छाडेर अन्य शब्दहरुमा मात्र सपथ लिएका थिए।
आफ्ना ९० बर्षिय पिताका साथ राष्ट्रपति भवन पुगेका नेपालले पितासँग पनि बधाई ग्रहण गरेका थिए।
यसैबीच विद्यादेवी भण्डारी र सुरेन्द्र पाण्डे विनाविभागिय मन्त्रीमा नियुक्त भएका छन् । भण्डारी रक्षा र पाण्डेलाई अर्थ मन्त्रालय हेर्ने गरी जिम्मेवारी दिइएको छ।
राजनीतिक दलहरुबीच मन्त्रिपरिषद्मा जाने सदस्यहरुबारे टुंगो नलगेका कारण तत्काल पूर्व रक्षा र अर्थमन्त्रीका निर्णयहरु सच्याउनका लागि जिम्मेवारी दिइएको स्रोतको दाबी छ।
अर्थमन्त्रालयबाट कामचलाउ सरकारका अर्थमन्त्रीले अर्बौं रुपयाँ बाड्ने क्रम जारी राखेको भन्दै यसअघि एमालेले आपत्तिसमेत जनाएको थियो।

यता नेपाली काग्रेसले भने सोमबार बिहान पनि सरकारमा सहभागी हुने नेताहरुको टुंगो लगाउन सकेको छैन ।
शीर्ष नेताहरुको अनौपचारिक बैठकले पहिले दलहरुविच कुन कुन मन्त्रालय लिने भन्ने टुंगो लागेपछि मात्र काग्रेसले सरकारमा सहभागी हुने व्यक्तिहरुको टुंगो लगाउने काग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । ‘बैठकमा मन्त्रालय बाँडफाट भएपछि मात्र सहभागीको नामावली तय गर्ने विषयमा छलफल भयो’- पौडेलले भने ।
बैठकमा कांग्रेसले कुन कुन मन्त्रालय लिने भन्ने बिषयमा पनि छलफल भएपनि कुनै निर्णय हुन नसकेको बताइएको छ ।
नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीको विवाद मिलाउन तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा कार्यवाहक सभापति शुसील कोइराला, रामचन्द्र पौडेल र बिमलेन्द्र निधी सदस्य रहेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षले उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा मन्त्रीमण्डलमा सहभागी गराउने तयारी गरेपनि सहमति जुट्न सकेको छैन । यसैबीच, दुई खेमामा बिभाजित मधेसी जनअधिकार फोरमले पनि सरकारमा पठाउने मन्त्री चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।

 यसैविच नयाँ सरकार निर्माणमा सक्रियता देखाएका भारतीय राजदुत राकेश सुद बिहानैदेखि राष्ट्रपति भवन सितल निवासमा रहेका छन् ।

राष्ट्रपति भवन सितल निवासमा सपथका लागि तयारी भइरहँदा राजदुत सुद सवैभन्दा पहिले त्यहाँ पुगेका थिय ।

यसअघि राजदूत सुद नेपालले सपथ नलिदै हिजो नेपाल निवास पुगी शुभकामना पनि दिएका थिय । यसरि पद तथा गोपनियताको सपथ नलिदै कुटनीतिक भेटघाट गर्नुलाई कुटनीतिक मर्यादा बिपरित मानिन्छ । 

यता शपथ ग्रहण कार्यक्रम चलिरहदा एकिकृत नेकपा माओवादीका नेता बर्षमान पुन अनन्तले एमाले नेतृत्वको सरकारलाई साझेदार दलहरुले नै असफल पार्ने दावी गर्नुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी नेता पुनले बिगतमा माओवादीलाई समर्थन गरेका दलहरुले बिना राजनीतिक उदेश्य माधबकुमार नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेबाट त्यसको पुष्टि भएको बताउनुभयो ।

आफ्नै कर्मचारीले आदेश नमानेपछि सरकारबाट राजीनामा दिएर माओवादीले अन्य दललाई नैतिकताको पाठ सिकाएको भन्दै नेता अनन्तले अब पनि जिम्मेवार प्रतिपक्षको भूमिका खेलेर कस्तो प्रतिपक्ष हुनुपर्छ भनेर सिकाउने वताउनुभयो ।

दशथरी धारणा भएका दलहरुले सरकारलाई सहयोग गरेकाले उनीहरुलै नै सदन चल्न नदिने अवस्था आउने वताउनुभयो ।

संघीयता मान्ने र नमान्ने तथा एक प्रदेश एक मधेश स्विकार्ने र अस्विकार गर्ने फरक पृष्ठभूमिका दलहरु मिलेर जानै नसक्ने पनि माओवादी नेता अनन्तको दाबी थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: