RSS

भूमिहीनलाई बेरोजगार भत्ता

26 May
नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूमिहीनलाई जग्गा वितरण भन्दा बेरोजगार भत्ता दिनुपर्ने बताएका छन्। अर्थमन्त्री पदको सपथ लगत्तै मन्त्रालय पुगी कार्यभार सम्हालेका पाण्डेले कर्मचारीलाई सम्वोधन गदै यस्तो धारणा राखेका हुन्।
उर्जा विकास कोषमा सरकारले २० अर्ब राखेर १४ अञ्चलमा जलविद्युत परियोजना निर्माण गर्ने अवधारणा उनले अगाडि सारेका छन्। ‘विकासका लागि स्रोतको अभाव हुन नदिन कोष स्थापना गरी सर्वसाधारणबाट पैसा जम्मा गर्न सकिन्छ,’ उनले भने- ‘राजनीतिक जस्तो एकैरातमा आर्थिक परिवर्तन हुन सक्दैन।’ मूल्यवृद्धिलाई उनले अहिलेको समस्या ठानेका छन्।
कर्मचारी र सर्वसाधारणले एक अर्कालाइ विश्वास गर्ने वातावरण बनाउन पाण्डेले अनुरोध गरे। कर्मचारीलाई पूर्वाग्रहबाट सरुवा गर्ने नीति नलिने वचन उनले दिए। एमालेको नौ महिने शासनकालमा सुब्बा खरदारको सिफारिशमा सचिव बनाएको व्यंग्य स्मरण गर्दै उनले भने- ‘अनियमितता र ढिलाइ भएमा समर्थन गनेछैन।’
अर्थमन्त्रीको स्वागत गर्दै राष्ट्रबैंकका गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले जनअपेक्षा अनुरुप काम हुन नसके पनि आर्थिक सूचकांको अवस्था सकारात्मक रहेको बताए। उनले चालू आर्थिक वर्षको १० महिनामा मूल्यवृद्धि ११ दशमलव ९ प्रतिशतमा रहनुलाई समस्या देखाएउँदै भने- ‘निर्यात २१ र आयातको वृद्धिदर २५ प्रतिशत छ।’
वैशाख महिनासम्म शोधनान्तर वचत ३८ अर्ब ७६ करोड र विदेशी विनिमय संचिति अमेरिकि डलरमा ३ अर्ब ४७ करोड रहेको जानकारी क्षेत्रीले दिए। यो अवधिमा १ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको उनले बताए। ‘निजक्षेत्रको कर्जा वृद्धिदर १७ दशमलव ७ प्रतिशत छ’- क्षेत्रीले भने।
अर्थसचिव रामेश्वर खनालले आगामी बजेटका लागि कार्यतालिका परिवर्तन गर्नुपर्ने जानकारी दिए। जेठमा बजेट ल्याउने तयारी गरिरहेका खनालले भने- ‘नयाँ आर्थिक नीति समावेश गर्ने बाहेक कर्मचारी तहबाट बजेटका लागि गृहकार्य भैरहेको छ।’
कामु राजस्व सचिव कृष्णहरि बाँस्कोटाले बजेट निर्माणका लागि ४५ दिन बाँकी रहेको अवस्थामा कर्मचारीले विहानदेखि बेलुकीसम्म काम गर्नुपर्ने अवस्था आएको बताए ।
नयाँ अर्थमन्त्री पाण्डेलाई स्वागत गर्न मन्त्रालय अन्तगर्तका पदाधिकारी स्वागतका लागि हातमा फुल लिएर करिव दुइ घन्टा बसेका थिए। अर्थमन्त्री आउने वित्तिकै कार्यकक्षमा पगी विमिस्टेकको आगामी बैठकमा सहभागी हुने सम्वन्धी कागजातमा हस्ताक्षर गरे । त्यसपछि कर्मचारीलाई सम्वोधन गर्न सभाहलमा पुगेका थिए ।
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: