RSS

अदालतलाई पनि टेर्दैनन् कटवाल

29 May
salute_may29नागरिक सर्वोच्चतालाई खुलमखुला चुनौती दिएका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले सर्वोच्च अदालतलाई समेत नटेर्ने छनक देखाएका छन् । सर्वोच्चले उमेर विवादसम्बधी मुद्दामा तत्काल सिटरोल पठाउन कटवाल तथा जंगी अड्डालाई पटक पटक ताकेता गरेपनि दुवैले मानेका छैनन् । अदालतले यही जेठ १२ गते मंगलबारभित्र सिटरोल उपलब्ध गराउन वैशाख २९ गते आदेश गरेको थियो । सैन्य प्रवक्ता रमिन्द्र क्षेत्रीले सिटरोल पठाउने तयारी भइरहेको बताए पनि प्राड विभाग प्रमुख बीएकुमार शर्माले माथिबाट आदेश नआइ सिटरोल बुझाउन त के हेर्न समेत नमिल्ने बताएर अदालतलाई ठाडै चुनौती दिएका छन् ।
एकीकृत नेकपा -माओवादीको नेतृत्वमा रहेको सरकारले दिएको आदेशलाई बारम्बार अवज्ञा गर्दै आएका कटवालले अदालतको समेत आदेश अवज्ञा गरी आफूलाई सर्वशक्तिमान देखाउन लागेको विश्लेषकहरूको टिप्पणी छ । हुकुम प्रमाङगीबाट उमेर सच्याएका कटवाल उमेरहदकै कारण अवकाश भइसक्नु पर्ने थियो तर कानुन र नियम नलाग्ने भएपछि जे गर्दा पनि हुंदोरहेछ, एक कानुन व्यवसायीले भने । मुलुमभित्र कांग्रेस र एमाले तथा विदेशमा भारत र अमेरिकाको आर्शिवाद पाएका कटवालले अदालतलाई टेर्दैनन् भन्ने कुरा पहिल्यै थाहा थियो । नागरिक सर्वोच्चतालाई चुनौती दिनेले अदालतलाई चुनौती दिनु कुन ठूलो कुरा भयो ? माओवादी स्रोतले भन्यो, अब त उनलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि चलाउनु पर्दछ । माओवादी नेतृत्वले बर्खास्त गरेका कटवाललाई पुनः काममै फर्कन राष्ट्रपतिले दिएको असंवैधानिक आदेशकै कारण यो स्थितिको सिर्जना भएको हो भन्नेमा नागरिकहरू विश्वस्त छन् । नागरिक सर्वोच्चता तथा कानुनी राज्यविरुद्ध उभिने कटवाललाई कांग्रेस, एमालेलगायतका दलहरूले अझै काखी च्याप्छन् कि कारबाही गरेर देखाउछन् त्यो भने हेर्न बांकी छ । तर अहिलेसम्म बसेको मन्त्रिपरिषद्को बैठकले कटवाललाई कुनै कारबाही नगर्ने निश्चय गरेको छ । २२ दलको बैठकले समेत सेनापतिलाई कारबाही नगर्न सरकारलाई भनेको थियो । यसले देशलाई क्रमशः सैनिकीकरणतर्फ लैजाने निश्चित भएको बताइन्छ । 
 
१ टिप्पणी

Posted by on मे 29, 2009 in HOME

 

One response to “अदालतलाई पनि टेर्दैनन् कटवाल

  1. निहारिका शर्मा

    मे 29, 2009 at 9:51 बेलुका

    यस्तै हो, हरूवा चरूवाहरूले देश चलाउन लागेपछि । यिनले भारतीय र अमेरिकी प्रभुहरूलाइ वाहेक अरूलाइ टेर्दै टेर्दैनन्, जो जति उफ्रेपनि देश सैनिकीकरणमा गैसक्यो । हामी विदेशीका गुलाम भैसक्यों । पत्याए पत्याउनुहोस नपत्याए नपत्याउनुहोस ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: