RSS

मदन भण्डारीको हत्या आफ्नै कारणः नेपाल

30 May
हत्याको वास्तविकता रहस्यमै बेला एमाले बरिष्ठ नेता तथा प्रधानमन्त्री माधबकुमार नेपालले मदन भण्डारि आफ्नै कारण मारिएका दावी गर्नुभएको पुष्टि भएको छ ।
‘माधब नेपालले भने, मदन भण्डारी उनकै कारण मारिए’ शीर्षक दिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र माधब नेपालबीच भएको सम्वादको हवाला दिँदै आज प्रकाशित जनदिशा दैनिकले समाचार छापेको छ ।
 माओवादी ललितपुर जिल्ला समितिद्वारा शुक्रबार आयोजित गणतन्त्रको रक्षा र जनपक्षीय संबिधान निर्माणको चुनौतीहरु बिषयक प्रबचन कार्यक्रममा प्रचण्डले भण्डारीको हत्या सम्वन्धि सो रहस्योद्‌घाटन गर्नुभएको थियो ।
हामी त्यतिबेला मदनभण्डारीको हत्या भएको तेस्रो दिन माधबकुमार नेपालको कोटेश्वरको कोठामा गएका थियौं, हामीले दुःख प्रकट गर्‍यौं’, जनदिशाले प्रचण्डको भनाइ उदृत गर्दै लेखेको छ, ‘तर माधबले भन्नुभयो, हामीलाई पनि दुःख त लागेको छ तर के गर्ने उहाँकै कारण मारिनुभयो’ ।
माधब नेपालको भनाइ उद्द्यृत गर्दै प्रचण्डले अगाडि भन्नुभयो, ‘मदनजीले बढी भारतलाई गाली गर्दिनुभयो, राजालाई च्यालेन्ज गर्दिनुभयो, अमेरिकाले भेट्न खोज्दा मान्नुभएन त्यसैले उहाँको हत्या भयो’ । माधब नेपालले मदन भण्डारीले त्यसो नगरेको भए उहाँ मारिनुहुने थिएन भनेको प्रसङ्ग प्रचण्डले सुनाउनुभयो ।
भण्डारी मारिएपछि माधब नेपाल एमालेको महासचिब बन्नुभएको थियो भने २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार गठन भएको थियो एमालेले पटक पटक प्रतिवद्धता व्यक्त गरेपनि सो हत्याबारे अहिलेसम्म छानबिनको चासो देखाएको छैन । अहिले स्व. भण्डारिपत्नि विद्याले रक्षामन्त्रालयको पदभार ग्रहण गरेका वेला यस सवालले अझ प्राथमिकता पाएको छ ।
 
2 टिप्पणीहरु

Posted by on मे 30, 2009 in NEWS

 

2 responses to “मदन भण्डारीको हत्या आफ्नै कारणः नेपाल

  1. ABSAR CHAUHAN

    मे 30, 2009 at 8:16 बिहान

    एमालेले मदन भण्डारीको नाम भजाएरै पहिलोचोटी सरकारमा गयो, अहिले पनि फेरि हरुवाहरुको नेतृत्व गरेर माकुने देखावटि प्रभानमन्त्रि भएका छन् तिनले पनि माखो मार्ने होइनन् भन्ने सवैले वुझेकै कुरा हो । वल्ल वल्ल हात परेको मन्त्रि पद जोगाउन नलागेर भारत र अमेरिकालाई च्यालेञ्ज दिने मदनको पक्षमा वोल्न अहिले कसको काल वहुलाएको छ र ?

     
  2. deepak

    सेप्टेम्बर 19, 2010 at 5:30 बिहान

    purba sathi le kina kura ghumaunu bhayako? aaja ko jamanama kura khulasta rakhnu parcha, pheri kamsekam burjuwa loktantra bhanepani ta 6 ni, mero matlab- aphnai swasni lai aphno poiko barema chinta chhaina bhani tapailai k ko tauko dukhai ho k? uni ta grihalaxmi re aile ta ghan,tapailai thaha chhadai chha ni griha laxmi ko chala mala! tuhura ko gharma kanchhi aama chhireko jasto,aakhira tesai pani thaha chhani agha uniharu nai bhanchhan ki, nepal hindu rastra hunuparcha bhanera khaita khaita madan ko joi-poi ma hindu ko asmita? aphno sreeman prati yauta nepali hindu rastra ko educated srimati le sriman prati nibhanune bhumika tei holata? bichara aadarsa le marera bacheka madano sorgiya aatma lai jiudai mareka harule unko chir aatma nadukhun,

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: