RSS

Monthly Archives: जुन 2009

बेल्जियम स्थीत भारतीय दुतावासमा बिरोध प्रदर्शन

दधिराज घिमिरे, ब्रसेल्स, बेल्जियमaandolan

भारतीय पक्षबाट नेपालको सीमानामा बारम्वार भएको हस्तक्षेपका साथै नेपालको आर्थिक सामाजिक तथा राजनितीक क्षेत्रमा  भारतीय सरकारको गलत मनसायबाट चासो बढ्दै जानु नेपालको सार्वभौम माथिको ठाडो हस्तक्षेप हो । आफ्नो मुलुकमा कुनैपनि खालको बैदेशीक हस्तक्षेप हुंदा संसारको जुनसुकै कुनामा रहेका राष्ट्रबादीहरुले बिरोध नगरी बस्न सक्दैनन् । यसैले बिगतदेखी नेपाली जनताको मुक्तिकामी आन्दोलनलाई सहयोग पुर्याउदै र प्रवाशबाट अग्रागामी भुमिका निर्वाह गर्न सफल रहदै आएको संस्था नेपाली जनप्रगतिशील,मञ्च बेल्जियमले सोमवार बेल्जियम स्थीत भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन गरेको छ ।

स्थानीय समय अनुसार दिंउसो दुई बजेबाट भएको बिरोध प्रदर्शनमा उपस्थीत जनसमुदायले भारतीय हस्तक्षेप बिरुद्धको प्लेकार्ड बोकी आक्रोशपुर्ण नारा लगाएका थिए । यसैगरि मोर्चाका अध्यक्ष बिष्णु भुजेल, उपाध्यक्ष चित्र सुवेदी, मगरात मुक्ति मोर्चाका जिल्ला सदस्य बिरमान घर्ति मगर लगायतको टोलीले भारतका प्रधानमन्त्रि मनमोहन सिंहलाई संबोधन गरी बेल्जियम स्थीत भारतीय दुतावासमा दुतावासका प्रथम सचिवलाई ज्ञापन पत्र पढेर सुनाई बुझाएका थिए । ज्ञापन पत्र बुझाउने क्रममा भारतीय दुतावासका प्रथम सचिवले यथासक्दो चांडो सो ज्ञापनपत्र भारत सरकार समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली थारु समिती यूरोपका संयोजक सोम नारायण थारु नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका अध्यक्ष किष्ण तिवारी नेपाली प्रगतिशील महिला मञ्च ,बेल्जियमकी महासचिव शुशिला भुजेल लगायतको टोलीले भारतीय हस्तक्षेपको कडा शब्दमा बिरोध गर्दै भारतीय सरकारले सारेका सीमा स्तम्भहरुलाई पुरानो ठांउमै कायम गर्न तथा भारतीय सरकारबाट भएका सबै खाले हस्तक्षेप बन्द गर्न माग गर्नु भयो । कार्यक्रममा मन्तब्य दिंदै नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले भारतीय हस्तक्षेप तत्काल बन्द नभएमा संपुर्ण यूरोपबाट बिशाल जनसमुदाय लिएर हप्तौंसम्म आन्दोलन गर्न मोर्चा तयारी रहेको बताउनु भयो । उहांले नेपालको अहिलेको सरकार भारतीयहरुकै कठपुतली सरकार भएकोले यो सरकारले कुनैपनि समस्याको हल गर्न नसक्ने बताउनु भयो । वहांले अव नेपालमा नेपाली जनताले राष्ट्रिय संयुक्त सरकारको आवश्यकता ठानेका छन् भन्दै त्यस्तो सरकारले मात्रै नेपालीहरुको शान्तिको चाहानाका साथै संपुर्ण समस्याको संबोधन गर्न सक्ने बताउनु भयो । कार्यक्रम मोर्चाका महासचिव दधिराज घिमिरेले संचालन गर्नु भएको थियो ।

 
१ टिप्पणी

Posted by on जुन 30, 2009 in HOME

 

बेल्जियममा नेपालीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

दधिराज घिमिरे, ब्रसेल्स / ३० जुन ०९pasang

नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले हालै नागरिक सर्वोच्चता, नयां संबिधान निर्माण र सेना समायोजन सम्बन्धी एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो । वेल्जियमको राजधानी व्रसेल्समा आयोजित सो कार्यक्रममा एकिकृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना नेपालका कमाण्डर नन्द किशोर पुन पासाङ्ग तथा डेपुटी कमाण्डर क. बलदेबको प्रमुख आतिथ्यता रहेको थियो । मोर्चाका अध्यक्ष बिष्णु भुजेलको सभापतित्व रहेको सो कार्यक्रममा उपाध्यक्ष चित्र सुबेदीले स्वागत भाषण गर्नु भएको थियो भने महासचिव दधिराज घिमिरेले कार्यकम संचालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पासाङ्गले संबिधानसभाको निर्वाचन पछि नेकपा माओबादी सबैभन्दा ठुलो पार्टीको हैसियतमा आएपनि सरकार निर्माणदेखि हालसम्म निरन्तर देशीविदेशी प्रतिक्रियावादको घेराभित्र रहेर संघर्ष गर्नुपरेको कुरा स्मरण गराउनु भयो । उहांले सरकारमा सहभागी दल एमालेले विगतमा सरकार भित्रबाटै प्रतिपक्षको भुमिका निभाउनुले पनि नेपाली जनताले आशा राखेजस्तो मुलुकलाई अगाडी बढाउन नसकेको बताउनु भयो । “अहिले नेपालमा नागरिक सर्बोच्चताको बिषय प्रमुख रुपमा अगाडी  आएको छ, तर जनताको प्रतिनिधीले बहस गर्ने थलो संबिधान सभामा कांग्रेस-एमाले लगायतको गठवन्धनले जनताको सर्बोच्चताको बिषयलाई नै प्रबेश नदिएर चुनावको औचित्य  माथि नै प्रश्न चिन्ह खडा गरेका छन् ।” भन्दै उहांले बर्तमान सरकार बैधानिक सरकार नभएर कठपुतलीमात्र भएकाले यो सरकारलाई मान्यता दिने कुनै ष्पष्ट आधार नभएको जिकीर गर्नुभयो । उहांले नयां संबिधानको निर्माण र सेना समायोजन प्रकृया नङ र मासु जस्तो जोडीएको छ भन्दै नेपाली सेनाभित्र पनि अधिकांश एउटै सेना बनाउने कुरामा सकारात्मक रहेका भएपनि सेनाको नेतृत्वमा रहेका केही राजाभक्त ठालुहरुले ति बिषयलाई जवरजस्ती दवाउन खोजेको वताउनु भयो ।

 karyakramनेपाल जस्तो देशमा अनिवार्य सेनाको आवश्यक रहेको तर्क गर्दै उहांले अनिवार्य सेनाको बिषयलाई नेपाली जनताको बिचमा लिएर जान सक्ने दम एकिकृत माओबादी बाहेक अरु  कुनैपनि दलमा नभएको बताउनु भयो । उहांले एकिकृत माओबादीले अनिवार्य सेनाको अवधारणालाई दह्रोसंग उठाउने बताउदै शान्ति प्रकृया र नेपाली जनताको मुक्तिकालागी निरन्तर लडीरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा उहांले सबै पार्टीभित्र केहि राष्ट्रबादी चिन्तन वोक्ने व्यक्तित्वहरु भएपनि ति पार्टीले लिएको बिचार गलत भएकोले उनीहरुले नेपाली  जनताको मुक्तिको आवाज वुलन्द पार्न नसकेको बताउनु भयो ।

 कार्यक्रमका अर्का आकर्षण एकिकृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति नेपालका डिपुटी कमाण्डर क. बलदेबले मुलुकवाट धेरै टाढा यूरोपमा रहेरपनि मञ्चले बहस, उच्च चेतना र नेपाली जनताको मुक्तिको लागी खेलेको भुमीकाको प्रशंशा गर्दै नेपाली जनताको मुक्तिका लागी संगठनले गरेको योगदानको उच्च मुल्यांकन गरेको बताउनु भयो । उहांले सत्तारुढ पार्टीहरुले बिचार बिहीन भएर जनताको बिश्वास गुमाएपछि पनि सत्तामा टिकीरहन बिदेशीको बलबुताको वैशाखी टेकेको उल्लेख गर्दै यसको आयु लामो नभएको ठोकुवा गर्नुभयो । उहांले माओवादी नेतृत्वको सरकारमा छंदा नेकपा एमालेले बिकाश निर्माणदेखी राष्ट्रियताको प्रश्नमा समेत बिपक्षीको भुमिका निर्वाह गर्नुलाई सो पार्टि बामपन्थीको नैतिकताबाट पतन भएको टिप्पणी गर्नुभयो । कटवाल प्रकरणले नेपालका दलहरु मात्र नभएर भारत समेत दुई खेमामा बिभाजित भएको बताउदै उहांले अहिलेको परिप्रेक्ष्यमा नेकपा माओबादीले उठाएको नेपाली जनताको सर्वोच्चताको प्रश्नमा अरु दलहरु प्रबेशसम्म गर्न नचाहनुले जनताको नजरमा उनिहरुको नैतिकता गिरेको छ भन्नुभयो । त्यस्तै एक प्रसंगमा उहांले एकिकृत नेकपा माओबादी बाहेक राज्यको पुनः संरचना र संघिय राज्य प्रणाली अरु कुनै पार्टीले संबोधन गर्न नसक्ने बताउनु भयो । यसका साथै उहांले बिचार बिनाको युद्ध सफल नहुने भन्दै जातिय यूद्धलाई बर्गिय यूद्धसंग जोडेर जातिय मुक्तिको लागि लडेमा मात्र सफलता प्राप्त हुने पनि प्रष्ट्याउनु भयो । भारत अहिले संबिधानसभा भङ्ग गर्ने योजना अनुसार अगाडी वढेको र यसको लागी राष्ट्रपतिलाई अगाडी सारिएको विश्लेषण गर्दै उहांले संबिधानसभा भङ्ग गर्ने षडयन्त्र भएमा प्रवाशवाट समेत संपुर्ण राष्ट्रबादी नेपालीहरु एकजुट भई राष्ट्रिय हितको संरक्षणका लागी संघर्षरत रहनु पर्ने समेत औंल्याउनु भयो ।

 
 

पतितहरुको अरण्यरोदन र नैतिकताको प्रश्न

-विवश

जनताहरु समस्याका चाङ्गसंगै पुरिदै जाने क्रम जारी छ । सत्तामै मात्र आफ्नो भविश्य देख्नेहरु आपसी खिचतानी र कुर्सी मोहका कारण देशलाई कसरी अग्रगामी गति दिन सकिन्छ भन्ने भन्दा पनि कसरी र कुन बाटोबाट कुर्सीमा पुगेर तर मार्न सकिन्छ भन्ने विषयमा केन्द्रित भइरहेका छन् । मुलुकमा बेथिति र अराजकताका श्रृंखलाहरु दिन दुइगुणा र रात चौगुणा बृद्धि भईरहेको छ । मुलुकलाई विदेशीहरुको क्रिडास्थल बनाईएको छ, सीमा क्षेत्रका नेपाली वस्तीहरुलाई निर्मम तरिकाले कुल्चदै र तहसनहस बनाउदै सीमावासीलाई लखेट्ने क्रम निरन्तर जारी छ । जनताका पक्षवाट ज्यादती विरुद्ध आवाज उठ्दा विस्तारवादका ठेकेदारहरु किञ्चित पनि हिनतावोध नगरी दिनदहाडै सफेद झुठ बोल्न पछि पर्दैनन् । संसदीय समितिको अनुगमन टोलीले सीमा अतिक्रमण भएको प्रतिवेदन बुझाइसक्दा पनि विदेशी सचिवहरु पत्रकारहरुलाई साक्षी राखेर यी सवै अफवाह हुन् भन्न पछि पर्दैनन् । नेपाललाई भारतको कुनै एक प्रशासनिक निकाय मात्र भनेर व्याख्या गर्ने प्रभुत्ववादी चिन्तन सामु हाम्रा सत्ताका भोगीहरु निरीह वनेर तिनीहरुलाई नै राजसी सत्कार गर्न पुग्छन्, अतिक्रमणकारीहरुकै बोलीलाई अनुमोदन गरिरहन्छन् । नेपाली राष्ट्रियता यसरी खुल्लेआम वलात्कृत भइरहदापनि चुपचाप सहनुपर्ने हाम्रो यो कस्तो विडम्वना ?

राष्ट्रपतिलाई सक्रिय शासनमा उक्साउने, माओवादीको विरोध गर्ने नाउंमा सैनिकीकरणलाई प्रोत्साहन दिने र प्रत्यक्ष विदेशी हस्तक्षेपका अगाडी खुल्ला आत्मसमर्पण गर्ने जस्ता कार्य गरेकै कारण पुरस्कृत भएका भारतीय दलालहरु अहिले सरकारको नेतृत्वमा पुग्ने कल्पना वाहिरको अवसर प्राप्त भएपछि राष्ट्रिय ढुकुटीमा “उल्फाको धन फूपुको श्राद्ध” गर्न व्यस्त छन् । जनताको म्यान्डेड प्राप्त सरकारले देशलाई प्रत्यक्ष मुठभेडबाट रोक्नको लागि सत्ताको वागडोर छाडिदिएपछि र दोश्रो ठुलो दल कांग्रेसले आफु सत्ताको दावेदार हुदाहुदै पनि यही अवस्थामा बन्ने कुनै पनि सरकारको वैधानिकता नहुने देखेर एमालेलाई अगाडी सार्‍यो । चोरबाटोबाटै भएपनि नचिताएको अपुताली परेपछि एमाले अहिले देशले थेग्नै नसक्ने गरि खर्च गर्दै आफ्ना कार्यकर्ता पोस्ने कार्यमा लागेको छ । किस्तावन्दीमा मन्त्रीहरु भर्ती गदै सय दिन पुग्ने वेलासम्मपनि सत्ताको भागबण्डा गरिनै रहेको छ । एकपछि अर्को गर्दै मन्त्रालयहरु टुक्राएर अव कुनै दिन दाल, चामल र चिनी मन्त्रालयहरु समेतको जम्बो मन्त्रीमण्डल बनेमा पनि नेपाली जनताले अचम्म नमाने हुने भएको छ ।  

हिजोसम्म प्रधानमन्त्रीको लागि विन्तीपत्र चढाउदै र विभिन्न शक्तिकेन्द्रहरुको ढोका चाहार्दै हिडेका माधब वावु सत्ताको डाडु पन्यु हातमा पर्ने वित्तिकै जनतालाई यो गर्छु र उ गर्छु भनेर नबर्सिने बादल बनेर गर्जिएका थिए तर महिना दिन नवित्दै आफुले गर्न नसकेको कामको सम्पुर्ण दोष माओवादीमाथी थोपर्दै आफु पानी माथिको ओभानो हुने प्रयास गरिरहेका छन् । त्यसैले उनि संविधानसभाको निर्वाचनमा हारेका ठाउंहरुमा शाहीकालका ज्ञानेन्द्रको पारामा अभिनन्दन थाप्दै चर्का स्वरहरुमा माओवादीलाई गाली गर्ने अभियानमा लागेका छन् । एकदिन एउटा कुरा बोल्ने र अर्को दिन त्यसलाई सच्याउदै जाने गर्नाले पनि उनको आफ्नो विवेकले प्रधानमन्त्री भएको भन्दा पनि रिमोट कन्ट्रोलबाट चलिरहेका छन् भन्ने कुराको पुष्टी गरिरहेको छ । यता विदेशीको कठपुतली वनेर सत्तामा टांसीन थालेलगत्तै एमाले भित्र नेतादेखि कार्यकर्तासम्म पहिरो जाने क्रम बढिरहेको छ । विस्तारवादको पक्षपोषक र मालेमावादी सिद्धान्तबाट पतित भएको आरोप सहित नेतृत्वपंक्तिबाट पनि असहयोग र आलोचना गर्ने काम सुरु भइसकेको छ । त्यसैले माधववावु अव बनि नसक्दै भत्किसकेको यो आयातित (imported) सरकार ढलेको दोष माओवादीलाई लगाउने ग्य्राण्ड डिजाइनमा रहेका छन् । 

एमाले लगायतका दलहरुका स्वदेशदेखि विदेशसम्मका छरिएर रहेका कतिपय सत्ताको चास्नीमा भुलेका कार्यकर्ताहरु भने अहिले “नाच्न जान्दैन आागन टेढो” भनेझै माओवादीलाई गाली गर्ने गोरख धन्दामा व्यस्त देखिएका छन् । जनताबाट तिरस्कृतहरुको भीड जम्मा गरेर जनताको लागि काम गर्ने भ्रम फिजाउने सरकार र त्यसका भरौटेहरुले जनमत र सदाचारका पाठहरु घोकाएको देख्दा “गर्नेलाई भन्दा देख्नेलाई लाज” भने झै सचेत जनताहरु लाजले पानी पानी हुनु परेको छ । दलालहरुका पछि लागेर जिन्दगीभर नेपालीहरुलाई उत्पीडन गरिरहने र सत्ताको रहलपहल पाइन्छ कि भन्ने आशामा राष्ट्रियता भुलेर केवल माओवादीलाई मात्र बेतुकको गाली गर्नेहरुले बेलैमा बुझ्नु पर्छकि विर्तामा दिएको विदेशी अभिमान भन्दा नेपाली स्वाभिमान धेरै गुणा श्रेयष्कर हुन्छ । जुन स्वाभिमान नेपालीको त्याग तपस्या र बलिदानबाट मात्र प्राप्त हुन्छ, नेपाली जनताको अभिमतबाट प्राप्त हुन्छ न कि मेनन वा सुदको खल्तीबाट अथवा दिल्ली र वासिंटनका दरबारहरुबाट ।

एमालेका कतिपय कार्यकर्ताहरु आजकल जनता र माओवादीलाई ईमान्दारी र नैतिकताको पाठ पढाउन खोज्दैछन् । तर यतिखेर उनिहरुले यो कसरा भुलिरहेका छन् की अहिलेको परिस्थीतिमा जनताबाट अनुमोदितहरुलाई वाटो थुनेर सत्ताका लागि द्रव्य शाहकै शैलीमा एक्लै लिगलिगे दौड दौडिने दलहरु र तिनका कार्यकर्ताहरुले नै नैतिकता र जनमतका शिक्षा दिदै हिड्नु नाङ्गाहरुले अरुको उध्रिएको देखेर कुरीकुरी भनेको  भन्दा किमार्थ अन्यथा हुन सक्दैन । सरकारी कर्मचारीदेखि मन्त्री भर्ती गर्दासम्म विदेशीको मुख ताक्ने सरकार र उसका भरौटेहरुले लोकतन्त्रको कुरा उछाल्नु कहांको नैतिकता हो ? हुनत राजनैतिक इमान्दारी र नैतिकता के हो भन्नेकुरा आफुवाहेक अरुले गरेका कामहरुलाई अधिनायकवादी देख्नेहरुका सामु कुनै अर्थहीन वकवास भन्दा अरु नहोला । त्यसैले जनताबाट तिरस्कृत भएपनि जनतामाथि शासन गर्न खोज्दा, सत्ता सम्हाल्न नभ्याउदै व्यक्तिगतरुपमा ३६ करोड रकम आफ्ना कार्यकर्ताहरुलाई वांडेर चर्चा कमाएका एमालेगणका अर्थमन्त्रीले राज्यकोषको चरम दुरुपयोग गरेर लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउदा वा कम्युनिष्टको खोल ओढेर महिनैपिच्छे विभिन्न बहानामा राष्ट्रघात गरेवापतको तलब बुझ्न भारत पस्ने केपी ओली र उनका भजन मण्डलीहरु सामु यस्ता कुरा गर्नुपनि वेकार नै ठहरिनेछ । तर यसरि नै यिनीहरुको खुराफाती चरित्र विस्तारै नेपाली जनताका सामु उदाङ्गो हुंदै गएको छ र जुन दिन जनता यसको प्रतिकारमा उत्रनेछन्, राष्ट्रियता वेचेको एक एक हिसाव खोज्नेछन् त्यस दिनमात्र यिनीहरुलाई जनताको महत्व प्रष्ट हुनेछ, राष्ट्र र जनताप्रतिको दायित्व खुल्नेछ ।                                               bibash_alone@yahoo.com.

 
4 टिप्पणीहरु

Posted by on जुन 29, 2009 in HOME

 

माओवादियों ने फहराया भारत में नेपाली झंडा ?

 नेपाली माओवादियों ने भारत की सीमा में घुसकर नेपाली झंडा फहरा दिया।bharatiya jamin nepal le kabja garyo re Ha Ha Ha http://khabar.josh18.com/news/15190/1

नई दिल्ली । नेपाल के रेड वाइरस यानि माओवादियों ने भारत की सीमा में घुसकर नेपाली झंडा फहरा दिया। यही नहीं वो 24 घंटे तक भारतीय जमीन पर काबिज रहे और इस दौरान माओवादियों ने सीमा को बताने वाले तीन पिलर्स को भी तोड़ डाला। रेड वाइरस के इस खतरे से सरकार अच्छी तरह वाकिफ थी। लेकिन माओवादी हमला करते रहे और प्रशासन चैन की नींद सोता रहा ।

ऐसे में माओवादियों ने अपने खतरनाक इरादे जाहिर कर दिए हैं। पहले लाल सलाम ठोका, फिर भारत विरोधी नारे लगाए। भारतीय जमीन को अपना बताया और उसपर कब्जा करने की कसम खाई। रेड वाइरस का तांडव 24 घंटे तक चला और 24 घंटे तक माओवादियों ने भारतीय जमीन पर कब्जा जमाए रखा।

एसएसबी ने सूचना मिलते ही मौके पर कूच किया, झंडा कब्जे में ले लिए, तीन पिलर्स को क्षति पहुंचाई गई है। सुरक्षा की जिम्मेदारी एसएसबी को सौंपी गई है। नेपाल के डांग जिले से आए माओवादियों की तरफ से पिलर्स तोड़े गए हैं।

फिलहाल, नेपाली अफसरों से बात की जा रही है, भविष्य में ऐसा न हो इसलिये एसएसबी की टुकड़ी तैनात कर दी गई है।

समाचार राम्रोसंग पढ्नु भो त ?  यसमा भारतको कुन ठाउँमा माओवादीले कब्जा गरेको भनेर नै लेखिएको छैन। केवल दाङका माओवादी भनिएको छ । माओवादी छापामारका फाइल दृश्यलाई पनि त्यसै गरी प्रयोग गरिएको छ। समाचार वंग्याएर छाप्न त यिनीहरूसंग सिक्नु पर्ने भो नि हाम्ले पनि । हामी सोझा नेपालीहरू यस्ता सोझा समाचार छाप्छों

सीमानामा गाडियो नेपाली झण्डा

 कृष्णप्रसाद शर्मा/देउखुरी

‘बरु लडि मर्नेछौं स्वाधीनताका निम्ति, लान दिन्नौ कसैलाई माटो एक चिम्टी’ राष्ट्रिय भावनाले ओतप्रोत यो नारा कसैले महलमा बसेर गाएको गीत होइन, भारतीय पक्षबाट दाङको नाका क्षेत्रमा ज्यादती बढेपछि पूर्व सुनसरीको इटहरी जनता क्याम्पस, दाङको गणतन्त्र बहुमुखी क्याम्पस र देउखुरी बहुमुखी क्याम्पसबाट नाकाक्षेत्र पुगेका क्रान्तिकारी विद्यार्थीहरुको गर्जन हो । स्वाधीनता र देशभक्ति भावनासहित सीमावर्ती नाका क्षेत्र पुगेका विद्यार्थीहरुले दाङका विभिन्न ६ वटा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराएर फर्किए ।

राष्ट्रियता रक्षाका निम्ति अखिल क्रान्तिकारीको नेतृत्वमा नाका पुगेका विद्यार्थीहरुलाई देख्दा स्थानीयबासीहरु हर्षविभोर भए । ‘हामी नेपालमा छैनौं र नेपाली नै होइनौं कि जस्तो लाग्थ्यो तपाईहरु आएर नेपाली भाषा बोल्दा हाम्रो भू-भाग नेपाल नै रहेछ जस्तो लाग्यो ।’- राजपुर-९ खाङ्ग्रानिवासी रुद्र शाहीले खुसी व्यक्त गरे । ‘यो हाम्रो भू-भाग हो, यी पिलरहरु सबै नक्कली हुन् वास्तविक जंगे पिलर त ऊ उहां छ ।’- राजपुर खिर्की नाकाकी लक्ष्मी विकले हालको नेपाली भू-भागबाट १० किमि पर भारत क्षेत्रसम्म नेपाल पर्ने बताइन् ।

भारतीय एसएसबीले सीमा मिच्ने, कुट्ने पिट्ने, रात दिन सताउने र रासनपानी समेत ल्याउन नदिने बताउादै नाकाबासीले विद्यार्थीहरु सीमा क्षेत्र अवलोकन गर्न आएकोमा केही राहत महसुस गरेको बताए । कुनैपनि हालतमा नेपाली भू-भाग मिच्न नदिने बताउदै उनीहरुले ज्यानकै बाजी थापेर सीमा क्षेत्रमा बसेकोले राज्यले तत्काल समस्याको समाधान गर्नुपर्ने माग गरे ।

विद्यार्थी अनुगमन टोलीले विभिन्न नाकाका जनतासाग अन्तक्रिर्या गरेको थियो । सो क्रममा नाकाबासीले दैनिक उपभोग गर्ने सामान ल्याउन भारतमा जानुपर्ने बाध्यता भएको दर्शाउादै बिहान सामान ल्याउन गएका युवायुवतीहरु सााझमा घर फर्किन्छन् कि फर्किदैनन् त्यसको कुनै ग्यारेण्टी नहुने पीडा पोखे । उनीहरुले आफ्नै भूमिमा उपभोग्य सामानको व्यवस्था भए भारतीय ज्यादती र गुण्डागर्दीमा कमी आउने आशा समेत व्यक्त गरे ।

अनुगमनमा गएका विद्यार्थीहरुले ६ स्थानमा राष्ट्रिय झण्डा गाड्नुका साथै ४ वटा नक्कली सीमास्तम्भ भत्काइदिएका छन् । सीमा अनुगमन गरी फर्किएको विद्यार्थीहरुको टोलीले आफ्नो प्रतिवेदन प्रधानमन्त्री, परराष्ट्रमन्त्री र भारतीय दुताबासलाई बुझाउने बताएका छन् ।

आइतबार आईबीएन च्यानलले निकै नै अतिरञ्जित रुपमा भारतको भूमिमा नेपाली झण्डा गाडेर २४ घण्टा कब्जा गरिएको समाचार सम्प्रेषण गर्यो । के यो भारतले नेपालसंग सञ्चार युद्ध गर्न थालेको हो ? अव यसको हामीले कसरी प्रतिकार गर्ने होला तपाइंको विचार के छ ?
 
8 टिप्पणीहरु

Posted by on जुन 28, 2009 in HOME

 

कतैवाट ओइरो, कतैवाट पहिरोः वल्ल प्रधानमन्त्री भएको अनुभव

kalakar“अस्तिसम्म राजिनामा दिने प्रधानमन्त्रीको पछाडि कोही हुन्नथे तर मैले राजिनामा दिएपछि पो बल्ल प्रधानमन्त्री भएजस्तो लागेको छ ।” नेवाः राज्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले नेता र चलचित्रकर्मीहरुलाई पार्टी प्रवेश गराउँदै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भन्नुभएको कुरा हो यो । पटक पटक चमत्कारको कुरा गर्ने उहांले सरकारबाट बाहिरिएको दल माओवादीमा यसरि वुद्धिजिवी, कलाकार ओइरिनुपनि चमत्कार भएको वताउनुभयो । Read the rest of this entry »

 
7 टिप्पणीहरु

Posted by on जुन 28, 2009 in BLOG, NEWS

 

अपराधीलाइ जेलभित्रै प्रशिक्षण ?

अपहरणपछि परिवारसंग भनेजती फिरौती रकम असुलेरपनि विभत्स ढंगवाट मारिएकी ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै मुलुकमा वढ्दो अपहरण र व्यक्ति हत्यासंग जोडिएको आपराधीक क्रियाकलाप रोक्न नागरिक र सरकारले गर्नुपर्ने कार्यवारे गम्भीर वहस शुरु भएको छ । यस्ता चर्चा वेलावेलामा उठ्छन् अनि विस्तारै सेलाउदै जान्छन् तर समाजमा विभिन्न रुप धारण गरेर छिपेका अपराधीहरु आफ्ना कुकर्म अझ वढाउदै सामाजीक आवरणको दोसल्ला ओढेर हाम्रैसामु ससम्मान छाती फुलाउदै हिड्छन् । मौजुदा कानुनमा रहेको छिद्र पत्ता लगाई जस्तोसुकै अपराधवाट पनि सजिलै उम्कने वानी परेका अपराधीहरु कुनै न कुनै राजनैतिक संगठनको संरक्षणमा रहनुले पक्राउपछि पनि विना कारवाही छोडिदिनुपर्ने वाध्यता व्यहोरेका प्रहरीहरु घटनाको जानकारी पाउनासाथ कारवाहीमा उत्रिहाल्न समेत हिच्किचाउनुपर्ने अवस्था रहेको वताउछन् । अपराधीको पहुंच कुन राजनैतिक दलको कति माथीसम्म छ भन्ने पत्ता लगाएरमात्र कारवाही प्रकृया अघि वढाउनु पर्ने स्थिती छ प्रहरी प्रशाषनमा । Read the rest of this entry »

 
7 टिप्पणीहरु

Posted by on जुन 27, 2009 in BLOG

 

भाषा विवादका कारण एमाले-माओवादी बैठक निष्कर्ष विहीन

प्रधानन्त्रीले गर्ने सम्बोधनको भाषामा राष्ट्रपति र प्रधानसेनापति शब्द उल्लेख गर्न सत्तारुढ एमालेले अस्वीकार गरेपछि अवरुद्ध व्यवस्थापिका संसद् सुचारु गर्ने विषयमा माओवादी-एमाले सहमति शुक्रबारपनि हुन सकेन ।
बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश र प्रमुख सचेतक पोष्टबहादुर बोगटी तथा एमालेबाट नेताहरू विष्णु पौडेल, प्रमुख सचेतक भीम आचार्य, प्रदीप ज्ञवाली र रघुजी पन्त लगायतको सहभागीता थियो । कांग्रेसले भने वैठकमा सहभागिता जनाएन ।
बैठक स्रोतका अनुसार संसद्बाट प्रधानमन्त्रीले सम्बोधन गर्ने भाषामा माओवादीले प्रस्तावित गरेको भाषामा एमालेले असहमति जनाएको थियो । माओवादीले ‘माओवादीलगायतका पार्टीले राष्ट्रपतिले प्रधानसेनापतिका बारेमा चालेको कदम, संविधानको कार्यान्वयन र नागरिक सर्वोच्चताको बारेमा उठाएको विषयलाई यथाशीघ्र समाधान गर्न पहल गरिने’ बेहोराको प्रस्ताव गरेको थियो । तर, एमालेका नेताहरूले सम्बोधनको ड्राफ्टमा राष्ट्रपति र प्रधानसेनापति भन्ने शब्द उल्लेख गर्दा कांग्रेससहितका दलहरूले सहमति नजनाउने र त्यसले सरकारलाई नै अप्ठ्यारोमा पार्ने बताएका थिए ।

माओवादीले चाँडो सदनको अवरोध हटाउन चाहेको उल्लेख गर्दै  माओवादी वरिष्ठ नेता प्रकाश भन्नुहुन्छ  ‘हामीले जुन विषयलाई लिएर संसद्मा संकल्प प्रस्ताव गर्‍यौँ, र सदन अवरुद्ध गरिरहेका छौँ, त्यसलाई सम्बोधन नगरिकन सहमति हुन सक्दैन ।’ बैठकमा सहभागी एमाले नेता भीम आचार्यले पनि माओवादी प्रस्तावलाई सहमतिका आधारमा समाधान गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । ‘प्रधानमन्त्रीले सदनमा के-के बोल्ने भन्ने बारेमा सहमति भएको छैन, माओवादीको प्रस्ताव पनि कडा छैन,’ आचार्यले भने, ‘केही विषयमा सत्तारुढ दलहरूसँग पनि बसेर टुंगो लगाउनुपर्छ । हामी सहमतिका लागि पहल गरिरहेका छौँ ।