RSS

प्रधानमन्त्री नेपाललाई एक करोडको गाडी

01 जुन
पुर्व प्रधानमन्त्री प्रचण्डको लागि ल्याइएको भनिएको एक लाखको पलंगमा नसुत्ने भनेर चर्चा कमाएका माधबकुमार नेपालले अहिले अर्को चर्चा कमाएका छन् एक करोडको गाडी चढेर । आज प्रकाशित कान्तिपुर दैनिकले प्रधानमन्त्री हुनेबित्तिकै प्राधिकरणको गाडी शिर्षकमा सरकारका मुख्यसचिब भोजराज घिमिरेले बिद्युत प्राधिकरणको एक करोडको गाडीको व्यवस्था गरिदिएको समाचार छापेको छ । प्रधानमन्त्री नेपाललाई चमेलिया जलबिद्युत आयोजनाको टोयोटा जीप उपलब्ध गराइएको हो ।
कान्तिपुर दैनिकमा लेखिएको छ, ‘प्रधानमन्त्री नेपालले चढेको गाडी अबैध छ । गाडीको नम्बरप्लेट पनि नक्कली छ ।’ चमेलिया जलबिद्युत आयोजनाले ठकेदार मार्फत प्राइभेट तबरमा झिकाएकाले नम्बर प्लेट पनि रातो छ । अहिले त्यही नम्बरलाई राखेर ‘बा १ झ’ मात्र बनाइएको छ ।
प्रस्तुत छ कान्तिपुरको लेख जस्ताको तस्तैः

प्रधानमन्त्री हुनेबित्तिकै प्राधिकरणको गाडी

विकास थापा
काठमाडौं, माधवकुमार नेपाल प्रधानमन्त्री भएलगत्तै मुख्यसचिव भोजराज घिमिरेले विद्युत प्राधिकरणका उच्च अधिकारीलाई टेलिफोन गरे, ‘प्रधानमन्त्रीज्यूलाई एउटा राम्रो गाडी चाहियो ।’
प्राधिकरणले मुख्यसचिवको आदेश तत्काल तामेल गर्‍यो । र, व्यवस्था गरिहाल्यो, ‘बन्दै गरेको चमेलिया जलविद्युत आयोजनाको झन्डै एक करोड रुपैयाँ पर्ने टोयोटा जीप ।’ प्राधिकरणले आयोजनासँगै यस्ता महँगा आठवटा गाडी झिकाएको थियो ।
प्रधानमन्त्री नेपालले चढेको गाडी अवैध छ । चमेलियाले ठेकेदारमार्फत प्राइभेट तबरमा झिकाएकाले नम्बर प्लेट पनि रातो छ । अहिले त्यही नम्बरलाई राखेर ‘बा १ झ’ मात्र बनाइएको छ । अघिल्ला जलस्रोतमन्त्रीले पनि यसैगरी प्राइभेट नम्बर प्लेटलाई सरकारी बनाएका थिए । ‘प्रधानमन्त्री र मन्त्रीले चढेको गाडीको नम्बर प्लेट नक्कली छ,’ स्रोतले भन्यो, ‘यही नम्बर अर्को सरकारी गाडीमा पनि छ ।’
अघिल्ला प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्राधिकरणले यसैगरी चमेलियाकै गाडी दिएको थियो । प्रधानमन्त्रीबाट हटिसकेपछि पनि दाहालले प्राधिकरणको गाडी फिर्ता गरेका छैनन् । ‘यो त चलन नै भयो नि,’ प्राधिकरणका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीहरूले प्राधिकरणको गाडी लगेपछि फिर्ता नगर्ने ।’
चमेलिया आयोजनाका नाममा झिकाइएका महँगा गाडी ठूला नेता र उच्च ओहदाका कर्मचारीलाई प्राधिकरणले यसरी नै ‘उपहार’ दिँदै आएको छ । चमेलियाका गाडी चढ्नेमा जलस्रोतमन्त्री, जलस्रोत सचिव, प्राधिकरणका कार्यकारी निर्देशक मात्र होइनन्, अन्य पहुँचवाला पनि छन् ।
नेपाल प्रधानमन्त्री बन्ने पक्का भएपछि सोही दिन एमालेका प्रभावशाली नेता केपी ओलीले पनि मध्यमस्र्याङदी आयोजना प्रमुखले चढ्ने सबैभन्दा महँगो गाडी लगेको स्रोतले बतायो । प्रधानमन्त्री नेपालले लगेको गाडी पैसा दिने गरी प्राधिकरणले दिएको एक अधिकारीले दाबी गरे । ‘किन्ने गरी लग्या हो, यो पहिलेकै मोडालिटी हो,’ उनले भने, ‘दिनलाई के भो र ? प्रधानमन्त्रीका लागि भनी मागेपछि दिनैपर्‍यो ।’
यसअघि राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई पनि प्राधिकरणले चमेलियाकै दुई गाडी दिएको थियो ।
स्रोतका अनुसार जति पनि प्रधानमन्त्री हुन्छन् तिनले प्राधिकरणकै गाडी चढ्छन् र पदबाट हटेपछि फिर्ता गर्दैनन् । यसमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, शेरबहादुर देउवा र पुष्पकमल दाहालसमेत छन् । 
यस’bout प्राधिकरणका प्रवक्ता एवं सामान्य सेवा विभाग प्रमुख दण्डपाणि बस्यालले ठूला हाकिममार्फत पठाइएकाले आफूलाई विस्तृत विवरण र गाडी नम्बर थाहा नभएको बताए ।
Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: