RSS

धुमपान रोक्न जनचेतना

01 Jun
मे ३१ अर्थात विश्व धुमपान रहीत दिवस २००९ को अवसरमा हिजो गोरखा सदरमुकाममा एक कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्यको लागी सुर्ती सेवन विरुद्ध चेतावनी नारा रहेको यस वर्षको धुमपान रहित दिवशमा तुल्सीमेहर युनेस्को क्लब गोरखाले सोही विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रणका लागी जिल्ला सञ्जालको आयोजना र तुलसी मेहर युनेस्को क्लब गोरखाको समन्वयमा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले धुमपान रहित समाज निर्माणका लागी चेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज लोहनीले एक कार्यपत्र प्रस्तुत गर्दै विश्वमा र नेपालमा धुमपानको अवस्था, धुमपानको जोखिम समुह  र धुमपानबाट उत्पन्न हुने स्वास्थ्य समस्याका बारेमा जानकारी दिनुभएको थियो । 
सञ्जालका अध्यक्ष जनकलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका विश्वेश्वर कट्टेल, तुलसी मेहर युनेस्को क्लबका अध्यक्ष धिरजबहादुर मास्के, सदस्य पवनरमण खनाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
२०६० सालमा स्थापना भएको स्वास्थ्य अधीकार तथा सुर्ती नियन्त्रणका लागी जिल्ला सञ्जालले धुम्रपान एबम् सुर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रणका लागी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
विश्व धुम्रपान रहित दिवसकै अवसरमा चन्डेश्वरी युवा क्लब आरुपोखरी गोरखाको आयोजनामा बक्तृत्वकला तथा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १४ टीम सहभागी सो प्रतियोगितामा आर्दश महिला समुह प्रथम निर्मल महिला समुह दोश्रो र खड्ग शितला महिला समुह तेश्रो भएका छन् ।
त्यसैगरी लोक नृत्य प्रतियोगतामा नवज्योति महिला समुह पहिलो आदर्श महिला समुह दोश्रो र चण्डेश्वरी युवा क्लब तेश्रो भएका छन् । कार्यक्रममा र्‍याली, नाटक, कविता  लगायतका प्रतियोगिताहरु भएका थिए । कार्यक्रममा स्वास्थ्य सुधार समुहका अध्यक्ष नवराज पोखरेल, चण्डेश्वरी युवा क्लबका सदस्य राधा आले, कृष्ण बहादुर राना, दीर्घामान श्रेष्ठ र ईश्वर अधिकारीले मन्तब्य राख्नुभएको थियो ।
उता ब्रह्माकुमारी राजयोग प्रक्षिण केन्द दमौलीले ट्राफिक चोकमा आज आयोजना गरेको दुव्र्यसन मुक्ति प्रेरक चित्र प्रदर्शनी कार्यक्रममा युवाहरुले धुम्रपान छाड्ने प्रण गरेका हुन् । साथै उनीहरुले आगामी दिनमा अन्य युवाहरुलाई समेत यस्ता कार्यमा लाग्न नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रदर्शनीमा नशालु पर्दाथको परिचय,सेवनका कारण र रोकथामका विविध उपायहरुका बारेका चित्र राखिएको ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका महासचिव ब्रह्माकुमार राजु खड्काले जानकारी दिनुभयो ।
विश्व धुम्रपान रहित दिवस आज चितवनमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । आजैका दिन देखि सुर्तिजन्य पदार्थ त्याग गरौं, यसको लतमा कहिल्यै नपरौं र स्वस्थ जीवनतर्फ उन्मुख होऔं लगायतका नाराका साथ चितवनमा पनि विविध कार्यम गरि यो दिवस मनाईएको हो । नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न अस्पताल तथा नर्सिङ् कलेजहरुको सकृयताम विहान नारायणगढमा सचेतना र्याली निकालेको छ । धुम्रपान बिरुद्धका विभिन्न खालका प्लेकार्ड तथा व्यानरहरु बोकिएको सो र्यालिले नारायणगढ बजारका विभिन्न भागहरुको परिक्रमा गरेको थियो । 

 संविधानमा अपाङ्गको अधिकार संरक्षण गर्नुपर्ने

अपाङ्ग जागरण अभियान चितवन तथा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र काभ्रेको संयुक्त आयोजनामा भरतपुरमा आयोजित अपाङ्ग व्यवस्थापनका लागि सञ्जालीकरण सम्बन्धी अन्तर्क्रियात्मक गोष्ठमा बोल्ने अधिकांश बक्ताहरुले अव बन्ने नयाँ संबिधानमा अपाङ्गहरुका हक अधिकार सुनिश्चित गरिनपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले जिल्ला बिकास समितिले छुट्एको रकमले केही समस्या समाधान हुने भएपनि यो रकम पर्याप्त नभएको बताउनुभयो ।
अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुका लागि सेवा तथा सुबिधामा बृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेशका प्रेम पाठक, नेकपा मालेका चित्रबहादुर परियार, असहाय महिला वालवालिका पुर्नस्थापना केन्द्रका काउन्सिलर अर्जुन अधिकारी, जिल्ला शिक्षा कार्यालय चितवनका श्रोत व्यक्ति बिष्णुप्रसाद रेग्मी, स्थानीय बिकास अधिकारी कुमारबहादुर खड्का, अपाङ्ग जागरण अभियान चितवनका सदस्य बेलबहादुर थापा, जनस्वास्थ्य निरिक्षक गणेशप्रसाद पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी प्रमुख आतिथ्यता तथा अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।  
यसैविच लमजुङ्गको धमिलिकुवा गाउं विकास समितिका अपाङ्गहरुलाई हिजो अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । कार्यक्रममा पुर्ण अपाङ्ग ९ जना सहित ४८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । समाज कल्याण अधिकृत कल्पना बस्यालको प्रमुख अतिथ्यतामा सम्पन्न परिचय पत्र वितरण कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल अपाङ्ग संघ -सि.वि.आर. कार्यक्रमका संयोजक सिताराम बजगाई, गाविस सचिव कृष्णराज पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

आदिवासी युवाका लागि तालिम

गौरव प्रतिष्ठान गोरखाले भुमि युवा नेतृत्व तथा सीप विकास प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । बराम, गुरुङ, तामाङ, कुमाल, दलित लगायतका जातजातिका ५० भन्दा वढी युवा सहभागी सो तालिममा नेतृत्व विकास र जनचेतनामुलक तालिम प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष सुकदेव दवाडीले जानकारी दिनुभएको छ । तालिमका प्रशिक्षकहरुमा मनमोहन भट्टराई, मोहन पोखरेल र मिन विश्वकर्मा रहनुभएको छ ।
कार्यक्रममा गत वर्षको एसएलसी परीक्षामा गोरखा क्षेत्र नंबर २ मा उत्कृष्ट अंक हासिल गर्ने अमरज्योति जनता मावि लुइटेलका सुनिल न्यौपाने र रामशाह मावि देउरालीका सीता कैनीलाई पुरस्कृत गरिएको थियो ।
तालिमको आज आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली, वरिष्ठ प्रशिक्षक मनमोहन भट्टराई, स्थानिय विकास अधिकारी राजकुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष यदु अधिकारी, लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण पोखरेल, शिक्षक युनियनका केन्द्रिय सदस्य रहम्तुल्लाह मियां, नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका अध्यक्ष इश्वर परियार, गोरखा गौरव प्रतिष्ठानकी रविकला खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

 सौन्दर्यकर्मी संगठित

गोरखाका सौन्दर्यकर्मीहरु संगठित भएका छन् । युनियनका केन्द्रिय कोषाध्यक्ष सुमन गुरुङको अध्यक्षता र तनहुं अध्यक्ष प्रतिमा श्रेष्ठ, सचिव तिलु थापा, कोषाध्यक्ष जुना दराई लगायतको उपस्थितिमा गोरखामा कार्यरत सौन्दर्यकर्मीहरुको  भेलाले युनियनको गोरखा जिल्ला समिति गठन गरेको छ  । 
समितिको अध्यक्ष  रेखा विक, उपाध्यक्ष तारा गुरुङ, सचिव सरु विक, सहसचिव मञ्जु सेवा, कोषाध्यक्ष ललिता श्रेष्ठ, रहनुभएको छ ।  त्यसैगरी सदस्यहरुमा सृजना थापा, कविता श्रेष्ठ, मनिषा गुरुङ, सानु थापामगर, आरती गुरुङ, नमिता थापामगर रहनुभएको छ । गोरखामा झण्डै एक दर्जन सौन्दर्य ब्यवसाय सञ्चालनमा छन् ।
सौन्दर्यकर्मीहरुको हकहित संरक्षणका लागि काम गर्न र नयां संविधानमा आफ्ना सवालहरु समावेश गर्न संगठित भएको युनियनका केन्द्रिय कोषाध्यक्ष सुमन गुरुङले बताउनुभयो ।

 विद्युत निकाल्न गाउंले सक्रिय

पूर्वी लमजुङको पाचोक गाउं विकास समितिका वासिन्दाहरु गाउाको किसेदी खोलाको पानीबाट २१ किलोवाटको विद्युत उत्पादन गर्न दिनहुं श्रमदानमा जुटेका छन् ।
विद्युत निर्माणका लागि स्थानीय वासिन्दाले प्रतिघर पांच हजार रुपैंया उठाएका छन् । विद्युत निर्माणका लागि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले १७ लाख ८५ हजार, अर्थ मन्त्रालयवाट आठ र गाविसवाट ७ लाख सहयोग गरेको किसेदीखोला लघु जलविद्युत आयोजना निर्माण समितिका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
गएको पुषबाट शुरु निर्माण कार्य सुरु गरिएको सो जलविद्युत आयोजनाको दशैं अगावै सम्पुर्ण कार्य सम्पन्न गर्ने लक्ष्य निर्माण समितिले लिएको छ । निर्माण सम्पन्न भएपछि पाचोक गाविसको वडा नं. २, ३, ७ र ८ का दुईसय भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने छन् । किसेदी खोला लघु जलविद्युत आयोजनाका लागि करीब ५२ लाख रुपैाया लाग्ने अनुमान गरिएको छ ।

 बन्दीको आन्दोलन फिर्ता

स्थानिय प्रशासनले बन्दीहरुको माग पुरा गर्ने सहमति जनाएपछि लमजुङ कारागारका वन्दीहरुले आन्दोलन फिर्ता लिएका छन् । आज प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी नायब उपरीक्षक शिबहरि वास्कोटा तथा कारागार प्रशासनले कारागारलाई ब्यवस्थापन गर्न नसकेको ठहर गर्दै गृह मन्त्रालय र केन्द्रीय कारागार विभागलाई पत्र लेखेर जेलरको बैकल्पिक ब्यवस्था मिलाईदिन समेत अनुरोध गरेको छ ।
बन्दीहरुले आफ्ना समस्याका वारेमा पटक-पटक प्रशासनलाई जानकारी गराउादा पनि निमित्त जेलर नेत्रराज अधिकारी कहिलेकाहींमात्रै कारागारमा आउने, आएपनि मदिरा खाएर आउने र बेवास्ता गरेको भन्दै बन्दीहरुले अधिकारीलाई कार्वाही गर्नसमेत माग गरेका थिए । 
सरकारले ५० प्रतिशत कैद भुक्तान भएका बन्दीलाई गणतन्त्र दिवसका अवसरमा बांकी कैद मिनाह गरेपनि कार्यान्वयन नभएको, मासिक उपलब्ध गराइंदै आएको सिदालाई समयमा उपलब्ध नगराईएको, एकमहिनादेखि खानेपानी नभएको, कारागार प्रशासनले आफूलाई दिईने सुविधामा ब्यापक अनियमितता गरेको भन्दै बन्दीहरु आन्दोलनमा उत्रिएका थिए ।
लमजुङ कारागारमा दुईमहिलासहित ३१ जना बन्दीहरु छन् ।

वन्दका कारण खाली सडक

वन्दका कारण खाली सडक

आज काठमाडौ उपत्यका बन्द

 नेवा संयुक्त राज्य मंका संघर्ष समितिले आज काठमाडौ उपत्यका बन्दको आहृवान गरेको छ । बन्द आहृवानकर्ताहरुले उपत्यकाको ठाउंठाउंमा अवरोध गरी यातायात बन्द गराएका छन् । नेवा स्वायत्त राज्यको घोषणा र काठमाडौ उपत्यका सहरी विकास विधेययकको खारेजीको माग गर्दै समितिले गरेको बन्दमा प्रेस तथा आकस्मिक सेवाका यातायातहरुलाई समेत अवरोध गरिएको छ ।
काठमाडौ उपत्यका वन्दको आहृवान भएपनि गोरखाबाट अन्यत्र ठाउंमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको पृथ्वी राजमार्ग वस सञ्चालक समितिले जनाएको छ ।

 विद्यालय वन्द

अान्दोलनरत शिक्षकहरू

अान्दोलनरत शिक्षकहरू

विगतमा भएका विभिन्न सम्झौताहरूको कार्यान्वयन गर्नुपर्ने माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आज चितवनका बिद्यालय बन्द गराएको छ ।
बन्दलाई संस्थागत बिद्यालयका शिक्षकहरुको संगठन इष्टुले पनि समर्थन गरेपछि चितवनमा आज सामुदायिक तथा संस्थागत बिद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । आन्दोलन प्रति निजि श्रोत शिक्षक संघर्ष समिति चितवनले समेत एक्येबद्धता जनाएको छ । 
सरकारी तथा निजी विद्यालयका शिक्षक र कर्मचारीहरूलाई प्रक्रिया पुर्‍याइ स्थायी गरिनुपर्ने, सरकारी सरह तलव सुविधा उपलब्ध गराइनुपर्ने, नियुक्ति पत्र दिइनुपर्ने लगायतका माग राखी मञ्चले आन्दोलन गर्दै आएको छ । यस विषयमा सरकारसाग वार्ता भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै माग पूरा गर्न दवाब स्वरुप आइतबार बिद्यालयहरु बन्द गराएको मञ्चले जनाएको छ ।

    यातायात सुचारु

गाडीको ठक्करबाट स्थानिय महिलाको ज्यान गएपछि तनहुंको आंबुखैरेनी २ बाराहीका वासीन्दाले अवरुद्ध पारेका पृथ्वीराजमार्ग आाबुखैरेनी डुम्रे सडक खण्ड विहानदेखि सुचारु भएको छ ।स्थानिय प्रशासनले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको र मृतकका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि वाटो सुचारु भएको आंबुखैरेनीबाट सहकर्मी अमर कंडेलले जानकारी दिनुभएको छ । बाराहीका ५२ वर्षिय हरिमाया गौलीको जेठ २ गते ज्यान गएपछि स्थानिय प्रशासनले. घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानियवासीले राजमार्ग अवरुद्ध पारेका थिए ।

                                गोरखावाट विनोद ढकालको सहयोगमा ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: