RSS

भारतीय सुरक्षाकर्मीको ज्यादतीबाट दुई हजार नेपाली विस्थापित

02 Jun

bisthpitभारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को ज्यादतीका कारण पश्चिम नेपालको दाङ जिल्लाका करिब दुई हजार सर्वसाधारण विस्थापित भएका छन् । जिल्लाको राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङ्ग्रा, बेला, बरुवा, पटौली, सिरिया, कैलावासलगायत विभिन्न २२ ठाउंका बासिन्दामाथि एसएसबीले ज्यादती गरेपछि उनीहरु जिल्लाकै देउखुरी, सतवरियास्थित कर्री सामुदायिक वन कब्जा गरी जंगलमा ७ सय टहरा बनाएर बसेका छन् ।

नेपाली सीमा मिचिएको र भारतीय सुरक्षाकर्मीका साथै भारतीय गुण्डाहरुको निरन्तर दुर्व्यवहारका कारण असुरक्षा महसुस गरी महिला र वृद्धहरुले समेत शुक्रबारदेखि घरवास छाडेका छन्। यसरी घरवार छाड्ने क्रम बढिरहेको छ सुनपथरी नाकास्थित राम मन्दिर र दुर्गाको मन्दिर नेपालमै भएकोमा सीमाका पिलरहरु मिचेर भारतीय क्षेत्रमा पारिएको उल्लेख गर्दै राजपुर-९ का चन्द्रप्रकाश खड्काले भने- हामीले कुटाई खाने र चेलीवेटीको सुरक्षा नहुने भएपछि यहाँ आइयो। राजपुरमा सीमा प्रहरी चौकी भए पनि सुरक्षाको प्रत्याभूति नभएको उनिहरुले बताए । दैनिक दुई पटकभन्दा बढी जान नदिने केही सामान ल्याउँदा पनि दुव्र्यवहार गरिएको उल्लेख गर्दै नाका सुकुम्वासी व्यवस्थापन संघर्ष समितिका संयोजक रोशन पुनले भने- तिमीहरुलाई सुरक्षा दिने को छ र भन्दै दुर्व्यवहार गर्छन् । भारतीय हुँ भन्न जबरजस्ती दबाब दिन्छन् ।

भारतीय एसएसबीले नेपाली सीमामा ३५ मिटरसम्म सीमा स्तम्भ सारेर ‘तिमीहरु यहां बस्न पाउंदैनौ’ भन्दै दुर्व्यवहार गरी मार्ने धम्की दिएपछि उनीहरु विस्थापित भएका हुन् । पिडीतहरुले स्थानीय संचारकर्मीहरुलाई बताएअनुसार भारतीय सुरक्षाकर्मीले त्यस गाउंका १५ जना भन्दा बढी युवतीहरुलाई बेपत्ता पारेको छ । आफ्नै आंखा अगाडि दिदीबहिनी र श्रीमती बलात्कृत भएको टुलुटुलु हेरेर बस्नु परेको बाध्यता उनीहरुले बताए ।

भारतको बलरामपुर र सराबस्तीमा खटिएका सुरक्षाकर्मी (एसएसबी) ले उपभोग्य पदार्थ भारतबाट ल्याउँदा निरन्तर दुर्व्यवहार गरेको उल्लेख गर्दै विस्थापितहरुले दैनिक दुई केजीभन्दा बढी ल्याउन नदिएको बताए । स्थानीय मनबहादुर खत्रीलाई गोठाला गएका बेला भारतीय गुण्डाको समूहले टाउकोमा बञ्चरो प्रहार गरी बाख्रा लुटेको बताउँदै यमबहादुर थापाले थपे- कुनै सामान बेच्नुपर्यो भने उनीहरुले भनेकै मोलमा दिनुपर्छ नत्र भने सामानै लुट्छन् ।
जेठ ५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सुरक्षाको प्रत्याभूति दिन माग राख्दा पनि सुनुवाई नभएपछि वन कब्जा गर्नुपरेको संघर्ष समितिका संयोजक रोशन पुनले बताए ।

विस्थापित नहटे चक्काजाम गरिने

छोराछोरीझैं हुर्काएको वनमा विस्थापितहरुले टहरा निर्माण गरेपछि कर्री सामुदायिक वनका उपभोक्ता आन्दोलित भएका छन् ।
वन उपभोक्ता समूहले विस्थापितलाई तत्काल हटाउन माग गर्दै आइतबार जिल्ला वन कार्यालय जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र जिल्ला वन महासंघमा ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष देवनारायण चौधरीले बिहीबारसम्म विस्थापित नहटे चक्काजामलगायतका अन्य संघर्ष गरिने चेतावनी दिनुभयो ।
सामुदायिक वन महासंघको टोलीले पनि वन अतिक्रमित क्षेत्रको निरीक्षण गरी विस्थापितसँग अन्तरक्रिया गरेको छ । महासंघका जिल्ला अध्यक्ष भीमप्रकाश खड्काले विस्थापितहरुले आफ्नो माग पूरा गर्ने नाममा सामुदायिक वनको अतिक्रमण गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले यसबारे भने- मंगलबार सर्वपक्षीय बैठक गरी समस्या समाधान गरिनेछ ।

 
2 टिप्पणीहरु

Posted by on जुन 2, 2009 in NEWS

 

2 responses to “भारतीय सुरक्षाकर्मीको ज्यादतीबाट दुई हजार नेपाली विस्थापित

  1. सम्मोहन शर्मा

    जुन 2, 2009 at 10:31 बिहान

    नालायक र कठपुतली सरकारलाइ आफ्नो स्वार्थ पुर्तिका लागि भारतकै शरण पर्नुपरेका कारण नेपालमा हस्तक्षेपकारी भूमिकामा देखिदै आएको भारतीय बिस्तारबादले नेपाली भूमीमा भारतीय घुस पैठ बृद्धि गर्दै जाने र चरणबद्ध रुपमा नेपाली भूमीमा कव्जा जमाउदै जाने नीति लिएको देखिएको छ । यस प्रकारको बल मिच्याई हामीले कतिञ्जेल सम्म सहदै बस्ने ? अहिले एउटा छेउवाट शुरू भएको भारतीय गुण्डाहरुको दुर्व्यवहार भोली अन्य ठाउमापनि विस्तार हुने कुरामा कसैलाइ अझै शंका छ होला र ? यस्तो अवस्थामा नेपालमा राष्ट्रभक्त र देशप्रेमीहरू एकजुट भै अघि वढ्नुको विकल्प छैन ।

     
  2. नीता पाठक, चितवन

    जुन 3, 2009 at 6:53 बिहान

    दाङ जिल्लास्थित भारतीय सीमामा यौनशोषणका लागि नेपाली चेलीबेटीहरू अपहरित हुने गरेको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समयमा भारतको सशस्त्र सीमा बल एसएसबीबाट लखेटिएर सीमावर्ती क्षेत्रबाट विस्थापित भएकाहरू देउखुरी आएपछि यस्तो खुलासा भएको हो । हतियारधारी समूहले युवतीहरूलाई जबर्जस्ती भारतीय भूमितर्फ लगी यौनशोषण गरेको वताइएको छ । बेला गाविसका पटौली तथा राजपुरका सुनपथ्री र कल्याणी नाकाबाट मात्रै तीन वर्षयता १७ युवतीहरू हराएको स्थानीयवासीले बताए ।
    तर यस्तो अत्याचारवारे खोजि गर्ने र आवाज उठाउने कसले ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: