RSS

माओवादी जनबर्गीय सङ्गठनको देशभर धर्ना

03 Jun

एकीकृत नेकपा -माओवादीले नागरिक सर्वोच्चता विरूद्द राष्ट्रपतिको कदमको बिरोध र नागरिक सर्वोच्चता माग गर्दै आजदेखि सडक संघर्ष सुरु गरेको छ ।dharna

पूर्ब घोषित कार्यक्रम अनुसार आज पहिलो दिन देशका ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुमा अहिले माओवादीका कार्यकर्ताहरुले धर्ना दिइरहेका छन् । काठमाडौं उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरको धर्ना कार्यक्रममा माओवादीका शीर्ष नेताहरुको पनि सहभागिता छ ।

विहान १० बजे देखि सुरु धर्ना मध्यान्ह १२ बजेसम्म चल्ने छ ।

यसअघि माओवादी नेता तथा कार्यकर्ताहरुले उपत्यकाका बिभिन्न स्थानबाट जुलुश निकालेका थिए ।

राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता गर, संकल्प प्रस्तावलाई सदनमा प्रवेश दे, जननिर्वाचित सरकारले प्रधानसेनापतिलाई दिइएको अवकाश कार्यान्वयन गर, जनमुखी संविधान निर्माणमा जुटौं, सीमा अतिक्रमण बन्द गर, भारतीय हस्तक्षेप बन्द गरलगायत नारा लगाउँदै जुलुश जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर धर्नामा परिणत भएको थियो ।

धर्नाका कारण जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने उपत्यकाको आवागमन पनि प्रभाबित भएको छ ।

विकट हिमाली जिल्ला मनाङको जिल्ला प्रशासन कार्यालयमा भने माओवादी कार्यकर्ताहरुले तालावन्दी गरेका छन् । प्रशासन कार्यालय घेराउका लागि माओवादी मनाङ जिल्ला इञ्चार्ज लक्ष्मी लामाको नेतृत्वमा पुगेका कार्यकर्ताहरुले तालावन्दी गरिदिएका हुन् ।

उपत्यका आसपासका नुवाकोट, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपालचोकलगायत देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको एकीकृत माओवादीले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: