RSS

सीमा क्षेत्रबाट विस्थापित हुने क्रम बढ्दो

03 Jun

डिल्ली मल्ल, दाङ

राजपुर गाविसको सिरिया र गुरुङ नाकाबाट विस्थापित भएर देउखुरीस्थित शिविरमा आउंदै गरेका विस्थापितहरु

राजपुर गाविसको सिरिया र गुरुङ नाकाबाट विस्थापित भएर देउखुरीस्थित शिविरमा आउंदै गरेका विस्थापितहरु

सीमा क्षेत्रमा भारतीय गुण्डा र सुरक्षा बल एसएसबीको ज्यादती र हस्तक्षेप बढेपछि दाङको राजपुर, बेला, कोइलाबास र गोबरडिहा गाविसका नाकाबाट विस्थापित हुने सर्वसाधारणको संख्या दिनदिनै बढिरहेको छ । गत बुधबारदेखि शुरु भएको विस्थापित हुने क्रम जारी रहेको छ । मंगलबारमात्रै राजपुरको सिरिया नाका र गुरुङनाकाबाट करिब एक सय जना सर्वसाधारण देउखुरीको सतबरिया आइपुगेका छन् ।

नाकाबाट विस्थापित भएका सुकुम्बासीहरु देउखुरीको सतबरिया गाविसस्थित कर्रि सामुदायिक वनमा अस्थायी बसोबासका लागि टहरा बनाउंदै ।

नाकाबाट विस्थापित भएका सुकुम्बासीहरु देउखुरीको सतबरिया गाविसस्थित कर्रि सामुदायिक वनमा अस्थायी बसोबासका लागि टहरा बनाउंदै ।

यसरी विस्थापित हुनेहरुमा पश्चिममा राजपुर गाविसको मृगीखोला नाकादेखि पूर्वमा गोबरडिहा गाविसको भवरीसालसम्मका २७ वटा नाकामा बसोबास गर्दै आएका झण्डै २ हजार नागरिकहरु रहेका छन् । नाकामा बसोबास गर्दै आएका उनीहरुले भारतीय गुण्डा तथा अर्धसैनिक बल एसएसबीको दिनदिनैको लुटपात, कुटपीट, बलात्कार, धम्की र सीमा मिचाईका साथै दैनिक उपभोग्य सामानमाथि प्रतिबन्ध नै लगाउन थालेपछि बाध्य भएर राज्यलाई गुहार्न विस्थापित हुनु परेको बताएका छन् । उनीहरु अहिले देउखुरीको सतबरिया गाविसस्थित कर्रि सामुदायिक वनको करिब डेढ सय हेक्टर जमिनमा झण्डै ३ सय टहरा बनाई बसेका छन् ।

वरिपरि त्रिपालले बेरेर खुल्ला आकासमुनि ५ रात बिताइसकेका विस्थापितहरु पछिल्लो समयमा विरामी पर्न थालेका छन् । अधिकांशलाई झाडापखाला, टाइफाइड, टाउको दुख्नेलगायतका समस्या देखा परेको नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समितिका उपाध्यक्ष विस्थापित देविराम विकले बताए । बिरामीहरु बढ्न थालेपछि प्रत्येक व्यक्तिले ५ रुपैयां उठाई औषधी उपचार गरिरहेको पनि उनले जानकारी दिए । शिविरमा दुधेबालकसहितका महिलाहरुदेखि ७० वर्षका वृद्धवृद्धाहरु समेत रहेका छन् । शिविरमा घरबाट ल्याएको रासन सकिएको र किन्नलाई पैसा पनि नभएकोले खाद्यान्न संकट बढ्दै गएको विस्थापितहरुले बताए । ‘हामीसागको रासन सकियो, विरामी बढ्दैछन् मानवीय भावना कतै छ भने संघसंस्थाहरु, मानवअधिकारवादी, पत्रकार, नागरिक समाज, राजनैतिक दलहरुले केही पहल गरिदेऊन्’- समितिका उपाध्यक्ष विकले भने- ‘हामीलाई आशा छ, हाम्रो पीडा, बाध्यता र शिविरमा वेवारिसे भएर बस्नुपर्दाको अवस्था सबैले देख्नुहुनेछ ।’

पटक-पटक सीमामा भारतीयहरुको हस्तक्षेप, लुटपात र ज्यादती बढिरहेको भन्दै सुरक्षाको लागि राज्यसाग माग गर्दा पनि कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर बर्षौदेखि बस्दै आएको थलो छोड्नुपरेको विस्थापितहरु बताउाछन् । नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समिति समेतको गठन गरी आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले तत्काल नाकामा देखिएको समस्या हल गरी नाकाबासीहरुलाई उचित स्थानमा पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । त्यस्तै गांस, बास, कपास र भौतिक सुरक्षाका साथै एकीकृत बस्ती बसाली मौलिक हकको ग्यारेन्टी गरेमा जुनसुकै स्थानमा पनि जान तयार रहेको बताउंदै उनीहरुले अर्को व्यवस्था नगर्दासम्म ज्यानै गएपनि कब्जा गरी कसेको सामुदायिक वन नछोड्ने बताएका छन् ।  

नाकाबाट विस्थापित भएका सुकुम्बासीहरु बसोबासका लागि टहरा बनाउंदै ।

नाकाबाट विस्थापित भएका सुकुम्बासीहरु बसोबासका लागि टहरा बनाउंदै ।

भारतीय सुरक्षा बलका मान्छेहरुले नै नाकाबासीहरुलाई भारतको भू-भागमा बसेको भन्दै मनपरि गर्न थालेपछि केही सीप लागेर वर्षौंदेखिको बास छोड्नुपरेको पटौली नाकाका बहादुर घर्तीले बताए । ‘हामी कसरी बसौं त्यो ठाउंमा, दुष्टहरु दिनदिनै आउंछन् हाम्रा खसी, बाख्रा, कुखुरा केही राख्दैनन्, चेलीबेटीलाई परिवारकै सामू बलात्कार गर्छन् मार्ने धम्की दिदै बन्दुक ताक्छन्’ उनले भने- ‘के हामी मान्छे हैनौं र ? बरु खानै नपाई मरेछौं नेपालमै मरौंला भनेर यता आयौं ।’ ‘राज्यले तत्काल नाकाको विषयमा गम्भीरतापूर्वक सोचोस् नत्र हामी अझै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’ संघर्ष समितिका उपाध्यक्ष विकले बताउनु भयो । उहांले शुरुमा प्रशासनलाई ज्ञापनपत्र बुझाएको, पटक-पटक नाकाको विषयमा गम्भीर हुन आग्रह गरेपनि वेवास्ता गरेपछि मात्र थांतबास छोडेको बताउादै राज्यले आफूहरुको विचल्ली नदेखेर उल्टै नाकामै लखेट्ने दुस्प्रयास गरे कडा संघर्षको थालनी गरिने पनि बताउनुभयो । उहांले भन्नुभयो- ‘बरु नेपालमै मर्न तयार छौं तर भारतीयहरुको ज्यादती र हस्तक्षेप सहेर बस्न सक्दैनौं ।’

यसैबीच विस्थापितहरुले आफ्नो सामुदायिक वन क्षेत्र अतिक्रमण गरेको भन्दै सतबरियास्थित कर्रि सामुदायिक वन उपभोक्ता समितिले तत्काल उक्त स्थान छोड्न विस्थापित नाकाका सुकुम्बासीहरुलाई आग्रह गरेको छ । विस्थापित भएको भन्दै वर्षौवर्षदेखि संरक्षण गर्दै आएको वन अतिक्रमण हुादा आफूहरुलाई सहृय नहुने भन्दै उपभोक्ताहरुले आन्दोलनको घोषणा समेत गरेका छन् । उनीहरुले २१ गते देखि अनिश्चितकालीन राजमार्गमा यातायात अवरुद्ध गर्ने बताएका छन् ।

उता सीमा क्षेत्रबाट बिस्थापित भएर आउने क्रम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले मंगलवारदेखि समस्या समाधानका लागि पहल शुरु गरेको छ । प्रशासनले सर्वदलीय/सर्वपक्षीय बैठक आव्हान गरेर समस्या समाधानका लागि पहल शुरु गरेको हो ।

नाकाबाट विस्थापित भएर आउंदै गरेका सुकुम्बासीहरु

नाकाबाट विस्थापित भएर आउंदै गरेका सुकुम्बासीहरु

मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले भारतीय सुरक्षा बलले ज्यादति गरिरहेको सीमा क्षेत्रमा पुगेर यथार्थ जानकारी लिन र समस्या समाधानका लागि प्रतिवेदन तयार गर्न प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिमा जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, नेपाल पत्रकार महासंघ, जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला बन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघका एक/एक जना तथा पीडित बिस्थापितहरुको तर्फबाट दुई जना सदस्य रहने छन् । सो समितिले अनुगमन गरेपछि जिल्लाबाट संभव हुने जति व्यवस्था जिल्लाबाटै गर्ने र संभव नभएका बिषय सुल्झाउन केन्द्रलाई  अनुरोध गर्ने बताइएको छ ।

अनुगमन शुरु गर्नुभन्दा पहिले उनीहरु बसेको कर्रि सामूदायिक वन क्षेत्र छोड्न बिस्थापितहरुलाई राजनितिक दल र प्रशासनिक निकायका ब्यक्तिहरुले आग्रह गरेका थिए भने समस्या समाधानका लागि सुनिश्चित आधार तयार नहुँदासम्म आफूहरु बसेको क्षेत्र छाडेर अन्यत्र नजाने अडान बिस्थापितहरुले राखेका थिए । कुरा मिल्न बांकी रहेका बिषयमा छलफल गर्न बुधवार बिहान ११ बजे पुनः सर्वपक्षीय बैठक बस्ने भएको छ ।

 
2 टिप्पणीहरु

Posted by on जुन 3, 2009 in HOME

 

2 responses to “सीमा क्षेत्रबाट विस्थापित हुने क्रम बढ्दो

  1. दीनेश

    जुन 3, 2009 at 10:31 बिहान

    जे गरेपनि सहनुपरेको छ, प्रतिकार गर्दा गोली खाइन्छ । जीउ फाल्नुभन्दा इज्जत लुटाउनुपर्ने बाध्यता छ,
    जनताको यस्तो अवस्थामा यो नालायक सरकारले के हेरेर वसेको होला कुन्नि ?

     
  2. सुरेश कुमार

    जुन 4, 2009 at 7:19 बिहान

    नेकपा एमालेको नेतृत्वमा सरकार बनेको एक हप्ता नाघेपनि अझसम्म सरकारले पूर्णता पाउन सकेको छैन। सत्ता साझेदार दलहरुबीच भागवण्डाको आन्तरिक विवादले मन्त्रिमण्डल विस्तार नहुँदा सम्पूर्ण कामकाज ठप्प भएका छन् र देश अहिले सरकार भए नभएको दोधारे परिस्थितिबाट गुजि्ररहेको छ। जति सक्दो छिटो सरकारलाई पूर्णता दिएर छिटोभन्दा छिटो देश र जनताका लागि काम थाल्नु पर्नेमा केवल भागवण्डाकै विवादमा रुमल्लिनु दुःखद कुरा हो। सरकार विस्तार गर्ने काममा दलहरुबीच आपसी तालमेल हुँदैन भने भावी दिनमा यस्तो सरकारले गर्ने कामप्रति विश्वास गर्ने आधार के त?
    कुन टाउको कुन कुर्सीमा गएर बस्ने भन्ने विवादमा नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम र सरकारको नेतृत्वकर्ता नेकपा एमाले स्वयं आन्तरिक कलहको शिकार भएका छन्। कांग्रेसमा युवा पुस्ता र पुरानो पुस्ताबीच विवाद चर्किएको छ भने फोरम फुटको संघारमा पुगेको छ र एमालेमा शक्तिशाली मन्त्रालय आफ्नो हातमा हुनुपर्ने माग उठिरहेको छ। सबै दललाई समेटेर सहमति र सहकार्यका साथ अघि बढ्ने भन्ने प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिलाई यस भागबण्डा विवादले धोती ओडाइदिएको छ र अबरुद्ध रहेको संविधान निर्माण कार्य समयमै सम्पन्न गर्ने उनको बचनबद्धता शंकाको घेरामा परेको छ। समय कम र चुनौति बढिरहेको अवस्थामा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री नेपालले एक हप्तामा एक कदम पनि अघि बढाउन सकेका छैनन्। न त उनले आफैले फलाकेको सबैलाई समेटेर अघि बढ्ने बाचा पूरा गर्न सकेका छन् न त सत्ता साझेदारहरुले नै उनलाई साथ दिएका छन्। केवल कुर्सीका लागि झगडा गर्ने प्रधानमन्त्रीका साझेदारहरुले सत्तामा गएपछि कुर्सीको कतिसम्म दुरुपयोग गर्लान्, यो उनीहरुको अहिलेको व्यवहारले नै देखाउँछ। एमाले नेतृत्वले अब पनि सरकार विस्तारमा ढिलाइ गर्ने हो र विगतमा भ्रष्टाचारीको पगरी गुथेर अख्तियारले डामेका र कुख्याती कमाएकाहरुको झुण्ड बोकेर हिँड्ने हो भने यो सरकार इतिहासमै घृणाको पात्र हुनेछ, यो कुरा प्रधानमन्त्री नेपाललाई चेतना भया।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: