RSS

चेपाङ स्वायत्त प्रदेशको माग

04 Jun

विनोद ढकाल, गोरखा / चेपाङ राष्ट्रिय मुक्ति मोर्चा गोरखाले चेपाङहरुको वसोवास रहेको क्षेत्रलाई चेपाङ स्वायत्त प्रदेश बनाउन माग गरेको छ । मोर्चाको दोश्रो जिल्ला सम्मेलनले चेपाङहरुको वसोवास रहेको भुम्लीचोक, घ्याल्चोक, मकैसीं, ताक्लुङ र ताङ्लीचोक गाउं विकास समिति तथा धादिङ, चितवन र मकवानपुर जिल्लाको २३ गाविसलाइ समेटेर स्वायत्त प्रदेश वनाउन माग गरेको हो ।

सम्मेलनपछि हिजो गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

सम्मेलनले कृष्ण बहादुर चेपाङ अध्यक्ष रहनेगरी २४ सदस्यीय नयां कार्यसमिति र ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष कमान सिं चेपाङ, सचिव आशिष चेपाङ, सहसचिव रमेश चेपाङ, र कोषाध्यक्ष सन्त कुमारी चेपाङ रहनुभएको छ । त्यसैगरी सल्लाहकार समितिको संयोजक चन्द्र बहादुर चेपाङ, सचिव भीमलाल चेपाङ,  लगायत रहनुभएको छ ।

 

यसैविच चेपाङ विकास कार्यक्रम अन्तर्गत जिल्ला विकास समिति गोरखाले जिल्लाका चेपाङ विद्यार्थीहरुलाई विद्यालय पोशाक, छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण शुरु गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट चेपाङ विकास कार्यक्रमका लागि  जिल्ला विकास समितिमा प्राप्त ७ लाख ५० हजारमध्येबाट यस वर्ष १ लाख ८० हजारको छात्रवृत्ति, १ लाख ७५ हजारको विद्यालय पोशाक र १ लाख ७० हजारको शैक्षिक सामाग्री चेपाङ विद्यार्थीहरुलाई हिजोदेखि वितरण सुरु गरिएको जिल्ला विकास समितिका रामप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

यस कार्यक्रम अन्तर्गत प्राथमिक तहका विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री, निम्न माध्यामिक तहकालाई शैक्षिक सामाग्री र ६०० रुपैयां छात्रवृत्ति, माध्यामिक तहकालाई शैक्षिक सामग्री र १ हजार १ सय रुपैयां छात्रवृत्ति प्रदान गरिएको छ ।

त्यसैगरी उच्च शिक्षा अध्ययनका लागि १५ जना चेपाङ विद्यार्थीलाई जनही ४ हजार रुपियां छात्रवृत्ति प्रदान गरिने स्थानिय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । गोरखामा प्राथमिक तहमा ९ सय ६५ जना, निम्न माध्यमिक तहमा १४३ र माध्यमिक तहमा २२ जना चेपाङ विद्यार्थीहरु अध्ययनरत छन् ।

सो कार्यक्रम अन्तर्गत गोरखाका घ्याल्चोक र भुम्लीचोक गाउं विकास समितिका बिभिन्न ६ विद्यालयका चेपाङ विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरिएको छ ।

हिजो घ्याल्चोकको शिव, प्रजाज्योति र नेत्रज्योति प्राथमिक विद्यालय र ज्ञानमार्ग उच्च माध्यमिक विद्यालय तथा भुम्लीचोकको थुम्का र बालाकी प्राथमीक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो । बांकी रहेका विद्यार्थीहरुलाई आज र भोली पनि वितरण गरिने जिल्ला विकास समितिले जनाएको छ ।

२०५१ सालबाट सुरु भएको चेपाङ विकास कार्यक्रमका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्राप्त भएको रकम नेपाल चेपाङ संघको सिफारिश र चेपाङ विकास सञ्चालक समितिको निर्णय अनुसार विद्यार्थीहरुको शैक्षिक विकासमा खर्च गरिएको नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष चन्द्र बहादुर चेपाङले बताउनुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: