RSS

जनप्रगतिशील मञ्च बेल्जियमद्वारा विशाल विरोध सभा

04 Jun

दधिराज घिमिरे, ब्रसेल्स , बेल्जियम / ०३ जुन ०९महिला मञ्च

नेपाली जनमत प्राप्त एकीकृत नेकपा -माओवादीको नेतृत्वमा रहेको सरकारले नेपाली सेनाका प्रधानसेनापति रुंक्मागत कटवाललाई प्रधानसेनापतिबाट दिएको अवकाशको निर्णयलाई राष्टपति डा. रामवरणले वदर गर्दै नागरिक सर्वोच्चता उलघंन गर्दै सैनिक सर्वोच्चता तर्फ उन्मुख भएपनि देश विदेशमा राष्टपतिको कदमको विरोधमा जहांतहि विरोधका स्वरहरु गुञ्जायमान भएका छन् भने त्यसको विरोधमा निरन्तर संघर्षको हुंदै आईरहेको छ ।

यूरोपको राजधानी मानिने बेल्जियममा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको आयोजनामा राष्टपतिको उक्त कदमको विरुद्ध आज ३ जुन २००९ मा ब्रसेल्सस्थित नेपाली दूतावासमा २ घण्टे धर्ना तथा विरोध सभाको कार्यक्रम सम्पन्न भएको छ । विरोध सभाको अयोजक नेपाली जनप्रगतिशील मञ्चका महासचिव दधिराज घिमिरेले कार्यक्रमको औचित्यमाथि जानाकारी दिनु हुदै शुरु गर्नुभएको कार्यक्रममा विभिन्न प्रगतिशील संगठनका अध्यक्षहरुले आ-आफ्नो मन्तव्य समेत राख्नु भएको थियो ।

विविध नाराहरु गुञ्जायमान गर्दै अयोजना गरिएको सो विरोध सभामा २०० जना भन्दा वढिको उपस्थिति रहेको थियो । नेपाली दूतावासका महामहिम राजदूत प्रमेश हमाल मार्फत् प्रधानमन्त्री तथा राष्ट्रपतिलाई ज्ञापन पत्र वुझाइएको छ ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष विष्णु भूजेलले १० वर्षे महान् जनयुद्धको आडमा सम्पन्न १९ दिने जनआन्दोलन र आजभन्दा ३ वर्ष अगाडि सम्पन्न वृहत शान्ति सम्झौता मार्फत् राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको स्मरण गर्दै नेपाली जनताले एकीकृत ने.क.पा. -माओवादीलाई सवभन्दा ठूलो दल बनाएको र सरकार गठनमा जनताले उसैलाई सरकार गठनको म्याण्डेड दिएता पनि स्वदेशी प्रतिक्रियावादी, सामान्तीवादी, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीहरुले षड्यन्त्र गरेको उल्लेख गर्दै माधव नेपालको नेतृत्वमा वनेको अप्राकृतिक कठपुतली सरकार आफूहरुलाई मान्य नहुने वताउनु भयो । 

उहांले भर्खरैमात्र भारतीय प्रतिक्रियावादी विस्तारवादी सुदको निर्देशनमा विस्थापित पश्चिम तराईका विस्थापित नेपालीहरुको जिम्मेवारी कठपुतली सरकारका नाइके माधव नेपालले लिने कि नलिने ? भन्ने प्रतिप्रश्न गर्नुभयो ।मन्तव्यका क्रममा उहांले यसरी विदेशी हस्तक्षेपका साथ साथै नेपाली पूंजीपति, सामान्त, नोकरशाही दलालहरुले भर्खरै मात्र स्थापना भएको गणतन्त्रमाथि षड्यन्त्र गरिन्छ भने नेपाली जनताले आउदो हिंउदभित्रै जनगणतन्त्र स्थापित गरि छाड्ने पनि वताउनु भयो ।

नेपाली जनताको विरुद्ध, राष्टियताको विरुद्ध राजनीति गर्नेहरुलाई वामपन्थी भन्ने अधिकार समेत नभएको उल्लेख गर्दै अवको सहमति वास्तविक नेपाली जनताको मुक्ति चाहने र जनगणतन्त्र स्थापनामा जोड दिने शक्तिहरुसाग मात्रै हुने धारणा उहांले व्यक्त गर्नु भयो ।

त्यस्तै नेपाली जनजाति सराकार मञ्च, यूरोपका अध्यक्ष रामबहादुर गुरुङ्गले नेपालको राष्टियता ठूलो संकट पैदा भैरहेकाले यसका विरुद्ध डटेर लड्नु पर्ने वताउनु भयो । यद्यपि नेपाली राष्ट्रियता माथिको हस्ताक्षेप पहिलो र नौलो भने होइन भन्दै भारतीय विस्तारवादी तथा अमेरिकी साम्राज्यवादीहरुको निर्देशनमा नेपाली जनताले २।२ ठांउबाट निर्वाचनमा पराजय गराई सकेका माधव नेपालको नेतृत्वमा कठपुतली सरकार गराउनु नै त्यसको ज्वलन्त उदाहरण भएको वताउनु भयो । उहांले राष्ट्रपति रामवरण यादवको असंवैधिनिक कदमलाई तुरुन्त सच्चाइयोस् र एकीकृत नेकपा -माओवादीले प्रस्तुत गरेको संकल्प प्रस्ताव माथि छलफल गरियोस् भन्ने आग्रह पनि गर्नुभयो ।जुलुस

कार्यक्रममा बोल्दै नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष कृष्ण तिवारीले नेपालमा कागजी रुपमा लोकतान्त्रिक गणतन्त्र घोषित  भएपनि व्यवहारिक रुपमा सैनिक शासनतर्फ नै उन्मुख भएको छ । अन्तराष्ट्रिय आड भरोसा, भारतीय तथा अमेरिकन इशारामा नौटंकी सरकार गठन भएकाले विदेशमा रहेर पनि वाहृय हस्तक्षेपको विरोधमा उत्रनु अत्यावश्यक रहेको वताउनु भयो । राष्टपति यादवले चालेको कदम पूर्ण असंवैधानिक भएकाले राष्टपतिको राजीनामा समेत माग गर्दै उहांले यदि राष्ट्रपतिले आफ्नो असंवैधानिक कदम नसच्याए नेपाली जनताले पूर्व राजा ज्ञानेन्द्रको  हालत गराई छाड्ने चेतावन समेत दिनु भयो ।

कार्यक्रममा संविधान सुझाव संयोजन समिति यूरोपका संयोजक सुरेन्द्र भूसालले राजाको पांउमा दाम चढाउने माधव नेपालहरुतर्फ लक्षित गर्दै नेपालमा गणतन्त्र आएपनि गणतन्त्रको पक्षमा वसेका भनिएकाहरु बोक्सी सुडेनीहरु भएको उल्लेख गर्नु भयो । त्यस्तै राजाका पाउमा ढ्याक चढाउने, २,२ ठांउबाट निर्वाचनमा पराजय भोगेका र पार्टी संचालनमा समेत म असक्षम भएं भनी पार्टीको महासचिवबाट राजीनामा दिएका माधव नेपाललाइ अमेरिकी साम्राज्यवादी तथा भारतीय विस्तारवादीहरुको निर्देशनमा फेरी पनि सरकारको नेतृत्वमा ल्याइनु सिक्किमिकरणको प्रयास भएको तर्क प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियमकी कल्पना मगरले हजारौं सुपुत शहिदको सपनालाई चकनाचुर राष्ट्रियता माथि नै खतरा उत्पन्न गराउनु शहिदहरुको घोर अपमान हुनु हो भन्दै राजतन्त्र कागजी रुपमा मात्रै अन्त्य भएको तथ्य कटवाल प्रकरणले स्पष्ट पारेको वताउनु भयो । उहांले यसै विरोधसभा मार्फत् उक्त चालिएको कदम फिर्ता गर्ने माग गर्नु भयो ।

त्यस्तै मगरात मुक्ति मोर्चा, इकाई समिति बेल्जियमको संयोजक कुलबहादुर मगरले १० वर्षे जनयुद्ध र १९ दिन जनआन्दोलन मार्फत् प्राप्त उपलव्धीहरुलाई समेत खोस्ने कुचेष्टा राष्टपति प्रकरणले देखाएकाले आफूहरुलाई सैनिक सर्वोच्चता कुनै हालतमा पनि मान्य नहुने वताउनु भयो । त्यस्तै जनताबाट तिरस्कृत भएकाहरुलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रयास र इराशामा पुर्नस्थापना गराउने कार्य आफूहरुलाई सहृय नहुने कुरामा जोड दिनु भयो ।

त्यस्तै थारु समाज, बेल्जियमका सोमनारायण थनेतले नेपालमा राष्टियताको सवाल गम्भिर खतरामा परेकाले त्यस्तो रक्षाको लागि सचेत नेपालीहरु सतर्क रहनु पर्ने तर्फ जोड दिदै राष्टपति यादवले चालेको असंवैधानिक कू को विरुद्ध कडा विरोध जनाउनु भयो ।

कार्यक्रममा उपस्थीत जनसमुदायले राष्ट्रपतीको असंबैधनिक कदम प्रति आक्रोसीत लगातार नारा लगाउदै कार्यक्रम स्थलनै गन्जयमान भएको थियो । उक्त कार्यक्रमलाई स्थायि बासिन्दा तथा बटुवाले समेत निकै चासो देखाएका थिए । 

 मञ्चद्वारा प्रस्तुत ज्ञापन पत्रको पुर्ण पाठःज्ञापन पत्र

 सम्माननिय प्रधानमन्त्री ज्यू

नेपाल सरकार

प्रधानमन्त्रिको कार्यालय

सिंहदरवार काठमाण्डौं

 वोधार्थ  

सम्माननीय राष्ट्रपति ज्यू

नेपाल सरकार

राष्ट्रपतिको कार्यालय

सितल निवास काठमाण्डौं

 २

महामहिम राजदुत ज्यू

नेपाली दुतावास

व्रसेल्स

वेल्जियम

 ज्ञापन पत्र 

 सैनिक सर्वोच्चताको खारेज गर्दै नागरिक सर्वोच्चता कायम गर

 नेपाल सरकारको निर्देशनलाई पटक पटक लत्याउंदै, नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई चुनौति दिंदै आएका नेपाली सेनाका प्रधानसेनापति रुक्मागत कटुवालाई एकिकृत नेकपा माओवादीको नेतृत्वको तत्कालिन  नेपाल सरकारले मागेको स्पष्टिकरण र कार्वाही प्रकृयाले नेपालको राजनैतिक अवस्थाको स्पष्टसंग उजागर गरेको छ ।यो प्रकरणले दश वर्षे नेपाली जनयुद्ध र १९ दिने जनआन्दोलको फलस्वरुप सम्पन्न संविधान सभा र लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चात पनि नेपाली जनताका विरुद्ध प्रतिकृयावादीहरुको मोर्चावन्दी र नेपाली लोकतन्त्र,नेपाली राष्ट्रियता र नेपाली जनताको आत्मनिर्णयको अधिकार माथि भइरहेको षडयन्त्र र प्रहार जनतासामु ल्याइदिएको छ ।

नेपाल सरकारको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रि र मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल सरकारले कटुवालसंग लिएको स्पष्टिकरण र कार्वाहीको  विषयलाई लिएर नेपालका आलंकारिक हैसियतका राष्ट्रपतिले कार्वाहीमा परेका प्रधान सेनापतिको पक्षमा निर्देश गर्नु,कार्वाहिको पक्षमा अडान राख्दा तत्कालिन सरकारका प्रधानमन्त्रिले राजीनामा दिने अवस्था सृजना हुनु,र प्रतिकृयावादी,यथास्थितिवादीहरुको अस्वस्थ गठजोडवाट नेकपा एमालेको नेतृत्वको मन्त्रिमन्डल वन्ने नौटंकी नेपाली लोकतान्त्रिक गणतन्त्र विरुद्ध गम्भिर षडयन्त्र वाहेक केही होइन भन्ने हाम्रो ठहर छ। यी घटना र परिघटनाहरुले नेपालवाट पुर्ण रुपमा अन्त्य हुन लागिरहेको नेपाली  सामन्तवाद र तानाशाहीतन्त्रलाई फेरी एकपटक व्युंताउने असफल प्रयासमा नेकपा एमाले विस्तारवादी,साम्राज्यवादी र नेपाली प्रतिकृयावादीहरुको हतियारको रुपमा प्रयोग भएको छ ।यसरी नेपाली नागरिक सर्वोच्चताको खिल्ली उडाई र शैनिक तानाशाहीको संस्थागत विकास गर्ने प्रकृयाको नेतृत्व गर्ने तपाईंको असफल प्रयासको हाम्रो संगठन घोर भ्रत्र्सना गर्दछ ।

संविधान सभामा नेपाली जनताले मत दिएर सवैभन्दा ठुलो पार्टी वनेको एकिकृत नेकपा माओवादीको नेतृत्वको सरकारले सन् १९५० को नेपाल भारतवीच सम्पन्न सुगौली सन्धिलाई करिव २४० वर्ष पुरानो नेपाली सामन्तवादी राजतन्त्रको अन्त्य पछि नयां नेपाल,नेपाली जनता र नेपाली लोकतन्त्रको भावना अनुसार परिभाषित गर्नुपर्दछ भन्ने मान्यता ठोस रुपमा भारत सरकार समक्ष राखेको सर्वविदितै छ ।यसले भारतिय शाषक वर्गको स्वार्थमा चुनौती र भारतीय सत्ताको चाकडिको भरमा नेपाली सत्ताको कुर्सी समाति राख्ने नेपाली प्रतिकृयावादीहरुको पुर्ण रुपमा अन्त्य हुने सम्भावना वलियो हुदै गयो ।नेपालको यो अग्रगामी राजनैतिक गतिलाई रोक्ने र यसलाई तार्किक निष्कर्षमा पुग्न नदिने षडयन्त्रको रुपमा हामीले तपाईंको नेतृत्वको सरकालाई वुझेका छौं ।यसरी नेपाललाई आफ्नो उपनिवेशको रुपमा लिंदै आएको र विस्तारवादी हस्तक्षेप गरिरहेको र नेपालको आन्तरिक मामलामा प्रत्यक्ष हस्तक्षेप गरिरहेको भारत सरकारको निर्देशनमा वनेको तपाईको नेतृत्वको सरकारले नेपाली जनता र नेपालको राष्ट्रियताको पक्षमा स्वभाविक रुपमानै काम गर्न नसक्ने हाम्रो ठहर छ ।

संविधान सभामा सवैभन्दा ठुलो दल एकिकृत नेकपा माओवादीले उठाएका जनपक्षिय एजेण्डाहरुलाई सहमतिको आधारमा पुरा गर्दै जानुको सट्टा त्यसलाई शैनिक तानाशाही मार्फत दवाउने प्रकृयामा जानुले नेपाली जनताको अपेक्षा अनुसार नयां संविधान वन्ने विषय वस्तु ओझेलमा परेको छ । एकिकृत नेकपा माओवादीले कटुवालको कार्वाहीको पक्षमा दर्ता गरेको संकल्प प्रस्ताव माथि छलफल नगर्ने निर्णय ले नेपाल सरकार र व्यवस्थापिका संसद अधिनायकवाद तर्फ उन्मुख भएको र एकिकृत नेकपा माओवादीलाई घेरावन्दी गरी अन्त्यमा दमन गरी प्रतिक्रान्ति सम्पन्न गर्ने तपाइंको दुस्वप्न सफल नहुने कुरा पनि हामी यही ज्ञापन पत्र मार्फत विश्वस्त गराउंदछौं ।

 नेपाली जनताका महान छोराछोरीको वलीदानीवाट प्राप्त नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी हर्कतहरु तपाईको नेतृत्वको सरकारले हतास मनस्थितिमा सवै नेपाली जनताले वुझ्ने गरी शुरु गरेको छ। तत्कालिन सरकारको नारायणहिटी दरवार भित्र गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णयलाई रातारात फेर्नु, कटुवालको कार्वाही फिर्ता गर्नु, तत्कालिन सरकारले अवकास दिएका आर्मी जनरलहरुलाई पुनर्वाहली गर्नु,सदियौं देखि उत्पिडित वर्ग,जाती ,क्षेत्र, लिङ्घ लगाएतको आधारमा नेपालको राज्यको पुनर्संरचना गर्ने महत्वपुर्ण मुद्धाहरु संग सम्वन्धित राज्य पुनर्संरचना मन्त्रालयको खारेजी गर्नु जस्ता कृयाकलापहरुले तपाइंको गणतन्त्र विरोधी चरित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमानै उदाङ्घो पारेको छ।

यस्ता प्रतिकृयावादी तथा जनविरोधी गतिविधीहरु तुरुन्त रोक्न,नेपाली लोकतन्त्रको खिल्लि उडाउने नेपाली सेनाका तत्कालिन सेना प्रमुखमाथिको कार्वाहीलाई यथावत कायम राख्न,सेनापति कार्वाही प्रकरणमा नेपाल सरकारका तत्कालिन प्रधानमन्त्रिलाई चुनौति दिंदै नेपालमा द्धैद्य सत्ता संचालन गर्ने नेपालका राष्ट्रपतिलाई सार्वजनिक रुपमा आत्माआलोचित गराउन र नयां संविधान निर्माणको मार्गमा अगाडि वढ्न हामी यसै ज्ञापनपत्र मार्फत आहृान गर्दछौं । यदी तपाईको नेतृत्वको सरकारले लोकतान्त्रिक गणतान्त्रिक पद्धती अनुसार र  नेपाली जनताको भावाना अनुरुप नयां सबिधान निर्माणको गर्ने मार्गमा अगाडी नबढेमा  हामी प्रवाशमा रहेका बामपन्थि, प्रगतीशिल तथा गणतन्त्रवादीहरु संपुर्ण प्रवाशी नेपालीहरु तथा अन्तर्राष्ट्रीय समुदायलाई संगठीत गर्दै संघर्षमा उत्रन बाध्य हुनेछौं ।

 राष्ट्रपतिको ‘कु’ का विरुद्ध संघर्ष गरौं

नागरिक सर्वोच्चता कायम गरौं

राष्ट्रपतिको असंवैधानिक आदेश खारेज गर

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं

बाहृय हस्तक्षेपको विरोध गरौं

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याऔं

नयां संविधान निर्माण गरौं

देशभक्त, गणतन्त्रवादी र वामपन्थीहरू एक जुट होऔं

भारतीय विस्तारवाद       मुर्दावाद

अमेरिकन साम्राज्यवाद     मुर्दावाद 

 अध्यक्ष

विष्णु भुजेल

नेपाली जनप्रगतिशील मञ्च, वेल्जियम

मिति ०३।०६ ।२००९

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: