RSS

नेपाली जनप्रगतिशील मञ्च यु ए इ द्वारा जारि प्रेश विज्ञप्ति

04 Jun

       प्रेसबक्तब्य                                                                                                                                                                                                                       

                दश बर्से जनयुध्दको पृष्‍ठभुमिमा सम्पन्न  ऐतिहासिक दोस्रो जनआन्दोलनले लोकतन्त्रको स्थापना गरी संबिधान सभा मार्फत २४० बर्ष पुरानो एकात्मक सामन्ती राजतन्त्र पतन  भएर गणतन्त्र स्थापना भएको एक बर्ष नपुग्दै शिशु गणतन्त्र धरापमा मात्र परेकोछैन अपितु लोकतन्त्र र यसको सर्बमान्य बिशेषता नागरिक सर्बोच्चताको गला पनि रेटिएकोछ। शान्ती प्रक्रियालाई तार्किक निस्कर्समा पुराइ जनताको चाहना अनुसारको संबिधान बनाउने मुख्य कामलाई ओझेलमा पार्न र तत्कालिन एकिक्रित नेकपा माओवादीको नेत्रित्वमा बनेको सरकारले ल्याएको जनपक्षिय कामहरुबाट अत्तालिएर आफ्नो गुमेको लूटको स्वर्ग कहिल्लै फर्किएर नआउलाकी भनी कथित सम्सदिय पार्टीहरु फेरी एकपटक् जनबिरोधी मोर्चामा सामेल भएर बिगतको सम्सदिय कालमा गरिएको सरकार ढाल्ने र बनाउने कार्यमा सुरा सुन्दरी र साँसद खरिद बिक्रिलाई निरन्तरता दिएकाछन। आफुलाई समर्थन गर्न पूर्ण रुपमा तयार नभएका पार्टीहरुमाथी फुटाउ र राज गरको निती अख्तियार गरी साम र दामको प्रयोग हुन थालेकोछ । यसको पछील्लो उदाहरण मधेसी जनाधिकार फोरम भित्रको चलखेलहो।                                                                                                                                                                                                                      गत संबिधान सभाको निर्वाचनमा दुई दुई ठाउबाट लज्जास्पद तरिकाले पराजित भई जनबिश्वास गुमाएको प्रमाणित भएका ब्यक्ती माधव कुमार नेपाललाई देसी बिदेसी शक्तिकेन्द्रको ग्राइन्ड डिजाइनमा नागरिक सर्बोच्चताको घांटी रेटेर सैनिक सर्बोच्चताको बलमा नागरिकको सर्बोच्च पदमा पुराउनु राष्ट्रियता र लोकतन्त्र माथिकै छलकपट र अपमानहो। यो कठपुतली सरकारले भारतीय बिस्तारबादद्वारा हालैका दिनहरुमा आफ्नै भुमिबाट लखेटिएर नेपाली नागरिकहरु  घरबार बिहिन हुँदा नतमस्तक भएर हेर्नु सरकार प्रमुख लेण्डुप दोर्जे बन्न खोजेको स्पस्टछ। बिभिन्न सञ्चार माध्यममा माधव नेपालको राष्ट्रियता बारे टिका टिप्पणी आइरहदा उनको यो रबैयाले ति समाचारलाई पूस्टि गर्न थप बल मिलेकोछ र सिंगो राष्ट्रियतानै खतरामा परेकोछ।  त्यस्तै  जनचाहना बिपरित र गैर लोकतान्त्रिक तरिकाले बनेको सरकारले पूर्णता नपाउदै उनिहरु आफै संलग्न रहेको अघिल्लो सरकारले गरेका हरेक जनपक्षिय निर्णयहरु बदर् गर्नु अप्रजातान्त्रिक त होनै सिधा मुठभेडमा निम्ताउदै चुनौती दिनु पनि हो। जसले नेपाली जनताको शान्ती प्रतिको चाहनालाई फेरी एकपटक कुठाराघात गरेकोछ। बिधी संगत तरिकाले ब्यबस्थापिका संसदमा सबभन्दा ठुलो दलले ल्याएको संकल्प प्रस्ताब  माथि छलफल नगरिनु फेरी युध्दमा फर्काउने कुटिल चाल हो र बैधानिक उपायहरुको ढोका बन्द गरिनु पनि हो। राजतन्त्रको बिरासत नारायणहिटिमा अघिल्लो सरकारद्वारा बनाउन लागिएको गणतन्त्र स्तम्भ अन्यत्रै सारीनु तिम्रो दरबार भोलिको लागि सुरक्षित छ भनेर ज्ञानेन्द्रलाई रिझाउने र बेबी किङ जन्माउने कथित संसदबादी दलहरु र राजाबादीहरुको योजना रहेको स्पस्ट छ । त्यस्तै अघिल्लो सरकारले आफ्नो आदेश अबज्ञा गरेर पटक पटक सरकारलाई चुनौती दिदै आएका ज्ञानेन्द्रका सेबक कटुवाललाई कारबाही गरेको निर्णय बदर गर्दै उसलाई मुसररफ बनाउने अर्को षड्यन्त्र पनि गरिदैछ। संस्क्रिति तथा राज्य पुनरसमरचना मन्त्रालय खारेज गर्नु जनताको चाहना भाबना र मर्म माथिको अर्को प्रहारहो। शान्ती प्रक्रियाको मुख्य पाटो सेना समायोजन हुन नदिन बिस्त्रित शान्ती सम्झौता बिपरित समायोजन हुन हुनु हुँदैन भनेर कटुवालको बोलिमा लोली मिलाउदै आएको नेपाली काङ्रेसलाई बिशेष समितिको नेत्रित्व दिन तैयारी गरिनु सेना समायोजन हुँदैन भन्ने रक्षा मन्त्रिको अभिब्यक्तीले समस्त शान्ती प्रक्रियानै संकटमा परेकोछ भने संबिधान निर्माण कार्य अबरुध्द हुने निश्चित छ। नेपाली जन प्रगतिशिल मञ्च यू ए ई सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट कथित नयाँ गठबन्धन र बर्तमान सरकारको पछिल्लो रबैयाप्रति घोर निन्दा र भर्त्सनासमेत गर्दछ ।                                                                                                                                                                                 

                सैनिक सर्वोच्चतामा बनेको एमाले नेतृत्वको बर्तमान कठपुतली सरकार सैनिक शासनतिर उन्मुख हुँदै गएको छ । मुलुकलाई सैनिकिकरण बाट जोगाउन र लुटिएको नागरिक सर्बोच्चता फिर्ता ल्याउनको लागि फेरी एक पटक आन्दोलनको आधी बेहरी सिर्जना गर्नु जरुरी भएकोछ। नेपालीहरुको गौरबमय क्रान्तिकारी छबीलाई अझ उचाइमा पुराउन र शान्ती प्रक्रियालाई तार्किक निस्कर्समा पुराइ समयमै संबिधान बनाउनको लागि स्वदेश र बिदेशमा रहेका सम्पूर्ण न्यायप्रेमी जन समुदायहरु, नागरिक समाज, बुध्दिजिबी, लोकतान्त्रिक गणतन्त्रबादी, प्रगतिशिल देसभक्त र राष्ट्रबादीहरुलाई लुटिएको नागरिक सर्बोच्चता फिर्ता ल्याउन र बर्तमान कठपुतली सरकार  एबम यसको रबैया प्रती एकताबध्द भएर आन्दोलित हुन बिशेष अनुरोध गर्दछ ।

क्रान्तिकारी अभिबादन सहित

 दुर्गादत्त पोखरेल           अध्यक्ष           केन्द्रिय समिती

रमेश बेल्बासे          महासचिब    केन्द्रिय समिती

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: