RSS

मन्त्रिपरिषद् विस्तार, आठ मन्त्री थपिए

04 Jun

sapathप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कंग्रेसका ६, मधेशी जनअधिकार फोरम १ र नेकपा मालेका १ सदस्य थप गरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिपद् विस्तारमा फोरम स‌ंसदीय दलका नेता बिजयकुमार गच्छदारलाई उप प्रधानमन्त्रि तथा भौतिक योजना तथा निर्माणको जिम्मेवारी दिएको छ । राष्ट्रपति निवासमा बिहीबार साँझ ८ बजे आयोजित एक कार्यक्रमविच नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री नेपालले सपथ गराए । नेपाली कांग्रेसको नेतृत्व गर्दै सुजाता कोइरालाले परराष्ट्र मन्त्रीको रुपमा शपथ लिएकी छन् । कांग्रेसका पाँच मन्त्री र मालेका एक गरि ६ मन्त्रीको जिम्मेवारी तोक्न बाँकी छ ।

मन्त्रालय नतोकिएका मन्त्रीहरुमा मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा तथा मालेका डम्बर श्रेष्ठ छन् ।

यद्यपि नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन ।

यसैविच गच्छदारको नेतृत्वमा फोरमलाई सरकारमा लिन प्रधानमन्त्री तयार भएदेखी नै फोरम अध्यक्ष उपेन्द्र यादव पक्षधरले पार्टीको निर्णय विपरित गच्छदारलाई सरकारमा सहभागी गराएकाले सरकारलाई दिएको समर्थन फिर्ताका लागि हस्ताक्षर अभियान सुरु गरेका छन् ।
गच्छदारले सरकारको नेतृत्व गर्ने पक्का भएपछि बिहीबारबाटै अध्यक्ष यादवले हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीको निर्णय सर्वोपरी हुनुपर्ने भन्दै त्यस विपरित सरकारमा सहभागी हुनेलाई कारवाही गर्ने र त्यसरी सरकार बने सरकारविरुद्धमा सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी पनि दिइने फोरमका नेताहरुले जनाएका छन् ।

 
१ टिप्पणी

Posted by on जुन 4, 2009 in HOME

 

One response to “मन्त्रिपरिषद् विस्तार, आठ मन्त्री थपिए

  1. सुमीत मल्ल

    जुन 4, 2009 at 11:07 बेलुका

    सैनिक अधिनायकवादी शासन लादेर नेपाललाई पनि बर्मा बङ्गलादेश र पाकिस्तानजस्तै बनाउने योजनामा वर्तमान कठपुतली सरकारले काम गरिरहेको छ । नागरिक सर्वोच्चताको उपहास र जनमतमाथि कुठराघातको प्रमाण पनि हो यो ।
    सवै हरूवा र टीके सांसदहरूको वथानले कसरि देश चलाउने हो कुन्नि ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: