RSS

वाइ सी यल नेपालद्वारा जारी प्रेस विज्ञप्ती

04 Jun

                                                      विषयः प्रेस विज्ञप्ती 

१० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र शान्तिप्रक्रियाबाट नेपाली जनताले राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना गर्ने लगायतका महान उपलब्धीहरु हासील गरेका छन् । यो उपलब्धी हासील गर्न नेपाली न्यायप्रेमी जनसमुदाय तथा क्रान्तिकारी युवहरुको त्याग तपस्या र ठुलो बलिदान भएको छ । आज यो उपलब्धीलाई अपहरण गर्न सैन्य सर्बोच्चता अभ्यास गर्न नागरिक सर्वोच्चताको हरण गरिएको छ । यसै विचमा राष्ट्रपति, सेनापति र सभामूखको असंबैधानीक र अधिनायकवादी कदमका साथ प्रतिक्रान्तिकारी र विदेशी कठपुतली सरकार बनेको छ । ठिक यसै बेला भारतिय विस्तारवादद्वारा दाङ, वारा लगाएतका ठाउाहरूमा सीमा अतिक्रमण, हस्तक्षेप, विस्थापन, आगजनी, जनदमन र नाकाबन्दीको कार्य थालिएको छ । यस कार्यका विरूद्ध एकिकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी र यसका भातृसंगठनहरूले लगातार आफ्ना संघर्षका कार्यक्रमहरू अगाडी बढाईरहेका छन् भने हाम्रो संगठन योङ्ग कम्युनिष्ट लीग, नेपालले यी कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी बन्दै आएको छ । यतिखेर प्रतिगमन तथा प्रतिक्रान्तिकारी कदमका विरूद्ध नागरिक सर्वोच्चता, सदनको सर्वोच्चता तथा युवाहरूको वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न तथा सीमा अतिक्रमण र नेपाली जनतामाथिको विभिन्न खाले वैदेशिक हस्तक्षेपका विरूद्ध थप संघर्षका कार्यक्रमहरू योङ्ग कम्युनिष्ट लीग, केन्द्रीय कार्यलयको तर्फबाट निम्नानुसार घोषणा गरिन्छ । 

१) यही जेष्ठ २९ गते देशव्यापीरुपमा युवार्‍याली खासगरी भौगोलिक स्थिति अनुसार मोटरसाईकल र्‍याली, साईकल र्‍याली, दौड जुलुस तथा युवा मार्च कार्यक्रम सवै शहर र सदरमुकामहरुमा सम्पन्न गर्ने । 

२) भारतीय सीमा सुरक्षाबल लगायत भारतीय शासकवर्ग तथा भारतीय सत्ताद्वारा सीमा अतिक्रमण गरिएको दाङ्ग जिल्लाको भैसाही नाका देखि कोईलावास नाका सम्मको २२ स्थानमा हत्या आगजनी, नाकावन्दी अपहरण, वलात्कार र जनदमनको हाम्रो संगठन घोर निन्द र भर्त्सना गर्दछ । यदि यस्तो क्रियाकलाप नरेकिएमा भारतीय विस्तारवाद र त्यसको नेपाली कठपुतली सरकारका विरुद्ध कडा प्रतिरोधी संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं । र विस्थापितको पुनःस्थापना, क्षतिपुर्ती र न्यायिक स्वतन्त्रताको प्रत्याभूति गराउन जोडदार माग गर्दै उत्पिडनमा परेका जनसमुदायका विच स्थलगत अनुगमन/निरिक्षण गर्न हाम्रो संगठनको आयोजनामा नेता, कार्यकर्ता, पत्रकार, सीमा विज्ञ, मानव अधिकारबादी, नागरिक समाजको अनुगमन/निरिक्षण टोली यही जेष्ठ २४ गते त्यसतर्फ प्रस्थान गर्ने । 

३) दाङ, वारा, नवलपरासी, दार्चुला, ईलाम, झापा, पर्सा लगायतका जिल्लामा भारतीय विस्तारवादद्वारा भएको नाङ्गो हस्तक्षेप र सीमा अतिक्रमणको विरोधमा देशव्यपी रुपमा भण्डाफोर, जागरण सभा र राष्ट्रियताको चेतना प्रवाह गर्ने जनजागरणका कार्यक्रमहरु सम्पन्न गर्ने । 

४) संघीय लोकतान्त्रीक गणतन्त्रको लागि नागरिक सर्वोच्चता कायम गर्ने सवाल र राष्ट्रियता माथीको हस्तक्षेपका विरुद्ध केन्द्रीय रुपमा वृहत अन्तरक्रिया तथा गोष्ठी गर्ने, साथै सवै राज्य, जिल्लाहरु र गाउा गाउासम्म युवा अन्तरक्रियाहरु सञ्चालन गर्ने । राष्ट्रियताको सवालमा सबै राजनितिक युवा संगठनहरु संग वार्ता, तालमेल गर्दै संयुक्त संघर्षकेा कार्यक्रम बनाउन पहल गर्ने ।

५) नागरिक सर्वोच्चता, सदनको सर्वोच्चताका लागि एकीकृत ने.क.पा. -माओवादी) र त्यसको भातृसंगठन लगायत विभिन्न न्यायप्रेमी जनसमुदाय एवं पक्षहरुबाट गरिएका संघर्षका कार्यक्रम सम्पन्न गर्न सक्रियतापूर्वक युवाहरु परिचालन गर्ने ।

 

 क्रान्तिकारी अभिवादन सहित । 

गणेशमान पुन

संयोजक

२०६६ जेष्ठ २१ गते  

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: