RSS

सीमा अतिक्रमणबारे स्थलगत अध्ययन गरिने

04 Jun

भारतीय पक्षवाट भएको सीमा अतिक्रमणको समाधानका लागि कुटनीतिक पहल थाल्न संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलले सरकारको ध्यानाकर्षण गराएका छन्।
माओवादीको आव्हानमा बिहीबार बिहान भएको सर्वदलीय बैठकमा पटक–पटक सीमा अतिक्रमणका विषयमा विवाद देखिएकाले कुटनीतिक पहलबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
बारा, दाङलगाएतका जिल्लामा भएको सीमा अतिक्रमणको अध्ययन गर्न माओवादी नेता अमिक शेरचनको संयोजकत्वमा कार्यदल जाने भएको छ।
माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले कार्यदलमा सबै दलका एक/एक प्रतिनिधि रहने जानकारी दिनुभयो ।
माओवादीले आब्हान गरेको बैठकमा कांग्रेस, फोरम, तमलोपा, सद्भावनालगायतका दलहरुको भने सहभागिता रहेको थिएन। बैठकमा एमालेका तर्फबाट बामदेव गौतमको सहभागिता रहेको थियो।
सीमा अतिक्रमणको विषयलाई व्यवस्थापिका संसदमा समेत प्रवेश गराउने सहमति भएको छ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: