RSS

हक हितको लागि किसानद्वारा ज्ञापन पत्र पेश

04 Jun

गोरखा / अखील नेपाल किसान महासंघ गोरखाले किसानका हक हितको बारेमा विभीन्न १२१ बुंदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघका अध्यक्ष विपीन चन्द्र ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले निती कार्यक्रम तथा बजेटमा समाबेश गर्नुपर्ने विषय, किसान हितको संबैधानीक संरक्षण र नैसर्गीक अधीकार तथा कीसानका जल्दाबल्दा समस्याहरु समेटिएको १२१ बुंदे ज्ञापन पत्र बुझाएको हो ।  

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधीकारी जिवनप्रसाद वलीले सो पत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने जानकारी दिनुभयो ।

किसानलाइ सिप प्रवर्धन तालिम

धादिङ / मानविय विकास तथा श्रोत व्यवस्थापन नेपाल – हर्डम्यानको आयोजनामा धादीङमा  स्थानीय कृषक समुहहरुको प्रभावकारी परिचालन र अनुभवि अगुवा कृषक प्रवर्धन तालिम  सम्पन्न भएको छ ।

दिगो भुव्यवस्थापन कार्यक्रम इकाईको सहयोगमा चालु वर्ष २००९ को वार्षिक कार्ययोजना अनुसार सो तालिम सञ्चालन भएको हो। जेठ १५ र १६ संचालन गरिएको समुहको प्रभावकारी  परिचालन तालिममा कृषक समुहको संस्थागत विकासका लागि लेखा व्यवस्थापन तथा अभिलेखिकरण कसरी गर्ने भन्ने विषयमा जानकारी गराईएको थियो ।

यसैगरि जेठ १७ र १८ गते सोहि कृषक समुहलाई दिगो भुव्यवस्थापनमुखी तरकारी खेती , रोगकिरा व्यवस्थापन ,वानस्पतिक विषादी निर्माण र गोठेमल तथा कम्पोष्ठमल प्रवर्धन लगायतका विषयमा  तालिम संचालन  गरिएको थियो ।

तालिममा ज्यामरुङ , चैनपुर र आगिन्चोक गाविसका विभिन्न कृषक समुहका ३८ जना कृषकहरुको सहभागिता रहेको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: