RSS

नेपाल भारतविच पुनः सिमाङ्कन गर्नुपर्छ

05 Jun

Buddi simaसीमाबिद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारतको सीमा पुनः सिमाङ्कन गरिनुपर्ने बताउनुभएको छ ।

जनसञ्चार अभियान नेपालद्धारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाले ब्रिटिश इन्डियासंग ‘फिल्ड बुक’ लिएर पुन सिमाङकन गरिनुपर्ने बताउनुभयो ।

‘अहिलेको सीमालाई हामी मान्दैनौ ।’ सिमाबिद श्रेठले भन्नुभयो – ’अहिले लालपुर्जा नेपालीसँग छ, तर जमिन भारतको कब्जामा छ ।’

सीमा संबेदनशिल क्षेत्र भएको चर्चा गर्दै उहाँले सम्पुर्ण नेपालीहरुले भारतको मिचाहा प्रबृतिको प्रतिरोध गर्ने हो भने भारत पछि हट्ने बताउनुभयो । उहाँले सिमा समस्या दुई देश बीचका सिमाबिज्ञहरु बसेर समाधान गर्नुपर्ने तर्क गर्दै भन्नुभयो ‘नेपालको भुमी जोगाउन सिमामा काँडेतार लगाउनुपर्छ,  आउने जाने निश्चित मार्ग बनाउनुपर्छ ।’ उहाँले नेपाल भारत सिमामा परिचय पत्रको ब्यवस्था गरिनुपर्ने पनि माग राख्नुभयो ।

यस्तै सिमा बिज्ञ फणिन्द्र नेपालले राजनितिक समस्याको कारण सिमा समस्या समाधान हुन नसकेको बताउनुभयो । ‘सरकारमा टिकिरहन भारतको आर्शिवाद लिने परम्पराले सिमा समस्या समाधान हुन सकेको छैन ।’ उहाँले भन्नुभयो -’अहिले नयां सरकार बन्ने बित्तिकै सिमा अतिक्रमण हुनुले यो सरकार भारतको आर्शिवादमा बनेको भन्ने कुरा प्रमाणित भएको छ ।’

बिज्ञ नेपालले अहिले पनि नेपालको जमिन उपनिवेशमा रहेको धारणा राख्नुभयो । ‘अहिले हाम्रै अगाडी हाम्रा सिमाहरु बलात्कृत भएका छन् ।’ उहाँले भन्नुभयो – ’नेपालमा अहिले प्रधानमन्त्रीको भन्दा बढी प्रभाव राकेश सुदको छ ।’ उहाले सिमामा कुन प्रहरी खटाउने भन्ने कुरा भारतको निर्देशन अनुसार हुने गरेको रहस्य पनि बताउनुभयो ।

उहाँले सीमा स्तम्भ हेर्ने छुट्टै सुरक्षा संयन्त्र परिचालन गरिनपर्ने बताउनुभयो  ।

 
2 टिप्पणीहरु

Posted by on जुन 5, 2009 in HOME

 

2 responses to “नेपाल भारतविच पुनः सिमाङ्कन गर्नुपर्छ

  1. जे. लम्साल

    जुन 5, 2009 at 12:51 बेलुका

    नेपाल सरकारको अघोषित प्रमुख सल्लाहकार र योजनाकार नै रहेका विस्तारवादका प्रतिनिधि राकेश सुद र उसका मतियारहरुको संलग्नतामा कतै यो कुकार्य भइरहेको त छैन शंका गर्नुपर्ने विषय यहांनेर उव्जिएको छ । नत्र किन आफ्ना देशका हजारौ जनता विदेशी सेना र भाडाका गुण्डाहरुबाट लखेटिदा पनि चुं-सम्म बोल्दैन ? नेपाली जनताले स्पष्टसंग बुझेको कुरा के हो भने आफ्ना देशका नागरिकहरु जुन देशका सुरक्षाकर्मीहरुबाट तहस नहस भइरहेका छन् उसैकेा आर्शिवाद थापेर सरकारलाई दीर्घजीवि बनाउने योजनामा तल्लीन छ । त्यसैले “प्रभु” हरुलाई मनपर्दी गर्न छुट दिइरहेको छ । सचेत गराउने अलिकति पनि कोशिश गर्दैन । देश र जनताको लागि राजनीति गरेको भन्ने बाइस दलका जनमत प्राप्त प्रधानमन्त्री माधव कुमार नेपालले कति चाडै आफैले जनताको नाममा दिएको भनिएको सम्बोधनलाई भुल्न पुगेछ । भर्खरै गरेकेा ताजा प्रतिवद्धतालाई त यसरी लाजै पचाएर रद्दीको टोकीमा फाल्ने बुख्यांचा सरकारले भोलीका दिनमा जनता र राष्ट्रियताका सवालहरुलाई गम्भीरताका साथ लिन्छ भन्ने कुरामा दिमागी हालत ठीक भएका कुनै पनि नेपालीले विश्वास गर्ने अवस्था रहदैन ।
    यदि यही र यस्तै अबस्था रहने हो भने डा. बाबुराम भट्टराईको भाषामा भन्नुपर्दा खलासीको हातमा गएको गाडी दुर्घटनामा परे जस्तै देशको हालत पनि त्यस्तै दुर्घटनामा पर्ने निश्चित छ । जसले गर्दा हामी सम्पुर्ण नेपालीहरु नेपाली भएर बांच्न नपाउने स्थितीको सिर्जना नहोला भन्न सकिन्न । आन्तरिक विस्थापितहरुको पीडामा दुख्न सक्दैन, समस्याको उचित र भरपर्दो समाधान गर्न चांहदैन र थाहा पाएर पनि बुझ पचाई पचाई देश र जनतको रक्षा को सबालहरुलाई रछ्यानमा थन्काएर सत्ता र कुर्सीकै लागि विदेशी “भैया”हरुको नै जी हजुरी गरिरहन्छ भने यस्ता सत्ताका नपुंसक ठेकेदारहरुका विरुद्ध र राष्ट्रिय अस्मिता जोगाउनका लागि फेरी एकपटक ज्वालामुखी बनेर विष्फोट हुन जरुरी नहोला भन्न सकिन्न । बेलैमा सोच्न जरुरी छ विष बृक्ष नचाहनेहरुले अल्पबृक्ष बनेको देख्ने दिन नआओस् ।

     
  2. नेपालभक्त महतो

    जुन 5, 2009 at 4:25 बेलुका

    दूतावासमा धर्ना
    भारतीय अतिक्रमणको विरोधमा बुधबार पाँच साना दलले काठमाडौँस्थित भारतीय दूतावासमा धर्ना दियो। धर्नाका क्रममा चर्को नाराबाजी भएको थियो।

    हिन्दी गीत बन्द
    पोखराको विग एफएम १०१.२ मेगाहर्जले साङ्केतिक विरोधस्वरुप बुधबार दिनभर भारतीय गीत सङ्गीत बजाएन।

    विद्यार्थीको जुलुस
    भारतीय रवैयाविरुद्ध सुनसरीको इटहरीमा बुधबार विद्यार्थीले जुलुस प्रदर्शन गरे। जनता बहुखुखी क्याम्पसका विद्यार्थीले जुलुस प्रदर्शनसहित इटहरी चोकमा आधाधण्टा यातायात बन्द गरी त्यो अतिक्रमण तत्काल बन्द गर्न चेतावनी दिए।

    सर्वदलीय बैठक
    भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, नेपाली नागरिकमाथि भएको आक्रमण र नेपालको आन्तरिक मामिलामा हुँदै आएको हस्तक्षेपका विषयमा छलफल गर्न बिहीबार सर्वदलीय बैठक बोलाएको छ। बैठकमा काँग्रेस र फोरम उपस्थित भएन।

    मार्क्सवादीको विरोध
    नेकपा (संयुक्त मार्क्सवादी)का महासचिव लोकनारायण सुवेदीलेएक प्रेस विज्ञप्ति जारी गरी भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको निन्दा गरेका छन्। विज्ञप्तिमा नेपालको सार्वभौमिकतालाई कुल्चादै नेपाल प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको अनधिकृत गस्ती बन्द गर्न र नेपाली जनतालाई दमन र थिचोमिचो गर्ने कार्य तत्काल रोक्न भारत सरकारसँग माग गरिएको छ।

    साथै नेपालको सार्वभौमिकता र अखण्डतामाथि गम्भीर आँच पुग्ने गरी भइरहेको भारतको यस्तो क्रियाकलापप्रति तुरुन्त विरोध जनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ।

    मालेको विरोध
    नेकपा (माले) का प्रवक्ता एवं पोलिटब्युरो सदस्य कुमार बेलबासेले प्रेस विज्ञप्ति निकाली भारतको यस्तो क्रियाकलापको विरोध गर्दै विस्थापित सबै नेपाली नागरिकलाई समुचित राहत उपलब्ध गराउन र उनीहरूलाई आफ्नो घरजग्गा निर्बाध उपभोग गर्ने परिस्थिति सृजना गर्न नेपाल सरकारसँग माग गरेको छ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: