RSS

माटो बचाउ अभियानका युवा भारतीयको फन्दामा

05 Jun

सीमा मिचिएको विरोधमा माओवादीले आन्दोलन चर्काएलगत्तै भारतले सीमा क्षेत्रमा कडाइ गरेको छ । भारत आवत जावत गर्ने नेपालीलाई सोधपुछ गर्नुका साथै खानतलासी समेत गर्न थालेकोले सीमा क्षेत्रमा नेपाली जनजीवन प्रभावित भएको छ ।

एक साताअघि कालापानी जान हिंडेका दुई नेपाली युवालाई भारतीय सुरक्षाकर्मीले बिहीबार दुई घण्टा थुनेका छन् । माटो बचाऊ अभियानको थालनी गर्न महेन्द्रनगरबाट धार्चुला हुंदै कालापानी जान लागेका दुवैजनालाई ‘र’का स्थानीय एजेण्ट विजय जोशीले धार्चुलास्थित देव होटलमा थुनेका हुन् ।

कालापानी जान हिंडेका ‘माटो बचाऊ अभियान’का संयोजक हेमबाबु लेखक र पुरुषोत्तम विष्टलाई भारतीय गुप्तचर संस्था ‘र’का गुप्तचरले भारतको धार्चुलामा दुई घण्टा थुनेर कडा सोधपुछ गरे ।

“नेपाली मोबाइल प्रयोग गरेर भेट्न बोलाए,” लेखकले भने, “भारतीय भूमिमा जान दिंदैनौं भन्दै मानसिक यातना दिए ।” भारतीय गुप्तचर जोशीले माओवादी कार्यकर्ता भएको आरोप लगाउँदै कालापानी गए ठीक नहुने भन्दै दैनिक फोनमा धम्की दिने गरेको लेखक बताउछन् ।

शौचालय जाने बहानामा दुवै जना भागेर नेपाल आउन सफल भएका थिए । भारतीयबाट आफूहरु असुरक्षित भएको बताउँदै दुवै युवाले कालापानी नजाने पनि बताए ।

“नेपाली प्रशासनले पनि सुरक्षा दिन मानेन,” लेखकले भने । कालापानीलगायत मुलुकमा विभिन्न भागमा भारतीय अतिक्रमणको विरोध गर्दै शुरू गरिएको माटो बचाऊ अभियानका संयोजक लेखक र सदस्य विष्टले दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज धामीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

कालापानी प्रकरणबारे स्थानीय स्तरमा कुरा गरेर समस्या हल नहुने प्रमुख जिल्ला अधिकारी धामीले बताए । “अतिक्रमण रोक्ने र आफ्नो भूमि कब्जाबाट मुक्त गर्ने काम सरकारको हो,” केन्द्रले बेवास्ता गर्दा स्थानीयवासीले दुःख पाएको र कर्मचारीलेसमेत मानसिक यातना भोग्नुपरेको भन्दै धामीको गुनासो थियो— “सहानुभूति प्रकट गर्नुबाहेक अर्को विकल्प छैन ।”

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: