RSS

युद्धचित्रको प्रदर्शनीमा दर्शकको घुंइचो

05 Jun

विनोद ढकाल, गोरखा / नेपालयको आयोजनामा आज गोरखामा युद्धचित्र नामक वृत्तचित्र प्रदर्शन गरिएको छ । वृत्तचित्रको गोरखाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु, कार्यालय प्रमुखहरु राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले उत्साहजनक रुपमा अवलोकन गरेका छन् । विहान १० वजेदेखि सुरु गरिएको वृत्तचित्र वेलुकी ५ वजेसम्म ८ सो प्रदर्शनी गरिएको थियो ।

२०५२ सालदेखि २०६३ सालसम्म मुलुकमा भएको हिंसात्मक द्वन्द्व समाप्त भएपनि सर्वसाधारणलाई त्यसले पारेको प्रभावबारे राज्य संञ्चालकहरुलाई जानकारी गराउन देशब्यापी रुपमा यस्तो प्रदर्शनी गरेको नेपालयका कुन्द दीक्षितले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ गोरखा र रेडियो गोरखाको सहआयोजनामा प्रदर्शन गरिएको सो वृत्तचित्रमा द्वन्द्वको समयमा कुनै न कुनै रुपमा पीडित गोपाल श्रेष्ठ, रीता ढकाल, आकाश खत्वे, लिलाराज आचार्य, वासुदेव विष्ट र नानीमाया पाख्रिनको कथावस्तु समेटिएको छ ।

केसाङ छेतेन र प्रेम विकद्धारा निर्देशित उक्त वृत्तचित्र नेपालयले यसअघि २७ शहरमा प्रदर्शन गरिसकेको छ भने काठमाडौ लगायत ३ शहरमा प्रदर्शन गर्न बांकी रहेको जनाएको छ ।

हिंसात्मक द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा यस्ता खालको प्रदर्शनीलाई अवलोकन कर्ताले भने मिश्रीत रुपमा लिएका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: