RSS

राष्ट्रपतिको कदम विरुद्ध सडक इजलास

05 Jun

 चितवन / राष्ट्रपतिको पछिल्लो कदमलाई असंबैधानिक भन्दै आन्दोलनमा उत्रिएको एकिकृत नेकपा माओवादी चितवनले भोली सडक ईजलास गर्ने भएको छ । सडकमै सर्बोच्च अदालतको स्थापना गरेर राष्ट्रपतिको कदम संबैधानिक की असंबैधानिक भन्ने बिषयमा फैसला गर्ने माओवादीले जनाएको छ ।

माओवादी नेता तथा कानुन व्यवसायी गोपीलाल देवकोटाका अनुसार भोली नारायणगढको मुख्य सडकमै हुने भनिएको ईजलासमा राष्ट्रपतिको कदमको पक्ष तथा विपक्षमा वकिलहरुले वहस गर्नेछन् । साथै भोलीनै अखिल नेपाल ट्रेड युनियन महासंघले नारायणगढमा दूई घण्टा चक्काजाम गर्ने जनाएको छ ।

प्रधानसेनापतिलाई पदमै रहेर काम गर्न राष्ट्रपतिले दिएको निर्देशनको बिरोधमा एकिकृत नेकपा माओवादी चितवनले हिजो देखि ३१ गते सम्मका लागि आन्दोलनको घोषणा गरिसकेको छ । 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: